19/07/2026
सिसेक्पा ताङ्नाम अथवा साउने सङ्क्रान्ति
सिसेक्पा ताङ्नाम अथवा साउने सङ्क्रान्ति लिम्बू जातिले युगौँदेखि मनाउँदै आएको एउटा महत्वपूर्ण पर्व हो। यो पर्व अनिकाललाई खेदेर सहकाल भित्र्याउने उद्देश्यले मनाइन्छ। यस पर्वले सुख, शान्ति, समृद्धि र राम्रो समयको आगमनको कामना गर्दछ।
यसै अवसरमा विगत १७ जुलाई २०२६, अर्थात् साउने सङ्क्रान्तिको दिन, माङ्सिला सिरिजङ्गा माङ्हिममा पनि एउटा सानो पूजा आयोजना गरिएको थियो। उक्त पूजा माङ्हिम कमिटीका अध्यक्ष श्री राजबहादुर लिम्बूज्यूको नेतृत्वमा सम्पन्न गरिएको थियो।
उक्त पूजामा माङ्हिम कमिटीका सम्पूर्ण सदस्यहरूका साथै माङ्सिला उच्च माध्यमिक विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी नानीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। सबैको सहभागिताले कार्यक्रमलाई अझ विशेष र सफल बनाएको थियो।