10/05/2020
मे १०, अाईतबार
दैनिक प्रार्थना र प्रशंसाको निम्ति आधार वचन
तपाईंको पवित्र मन्दिरतर्फ म दण्डवत् गर्नेछु र तपाईंको करुणा र तपाईंको सत्यताका निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनभने तपाईंले आफ्नो वचन आफ्नो सारा नामभन्दा उच्च तुल्याउनुभएको छ। भजन १३८:२
राजा दाऊदले साहससाथ भन्दछ, देवताहरूकाे सामु ; पूरा हृदयले प्रभु तपाईकाे स्तुति प्रशंसा गर्छु। दानियल जब बाबेलकाे बन्धनमा थिए, उनका झ्यालहरू यरूशलेमतिर खुला रहेका उनको कौसी-कोठामा उनले दिनमा तीन पल्ट आफ्ना घुँड़ा टेके, र पहिलेदेखि गरेझैं आफ्ना परमेश्वरको सामु प्रार्थना गरे र धन्यवाद चढ़ाए। (दानिएल ६:१०) याे थाहा पाएर, त्यहाँ रहेका अरू विराेधि मानिसहरू गट्ठा बाँधेर, राजा सँग उर्दी ल्याँउछ तीस दिनसम्म कुनै मानिसले कुनै देवतालाई प्रार्थना गर्न नपाँउन । यदि पाँएमा त्यसलाई सिहँकाे खाेरमा हालिने। ती मानिसहरूले याे सब खेदाे केवल दानियललाई प्रार्थना गर्न राेक्नकाे लागि गरेका थिए तर यस नयाँ उर्दी, अादेशबाट दानियल डराएन नता पछि सरे तर निरन्तर गरिरहे। ऊ सिहँकाे मुखमा गए ता पनि परमेश्वर सत्यता र करूणामय भएकाे कारण सिहँकाे मुख परमेश्वरले बन्द पारी दिनुभयाे किनकि परमेश्वर अाफैले उहाँकाे नाम सर्वोच्च उच्च पार्न चाहानुहुन्छ अाफनाे प्रिय दासद्वारा। उहाँले हामीलाई अानन्दसाथ प्रशंसा गर्ने तुल्याउनुहुन्छ; अाफनाे वचनकाे प्रतिज्ञा पूरा गरिकन। परमेश्वर भन्नुहुन्छ, त समुन्द्रकाे बिच बाट भएर जाँदा अथवा अागाेमा रहँदा तेराे एउटा केश सम्मेत हानी हुनेछैन । यशैया ४३:२ सत्य परमेश्वरकाे यि वचनहरू दानियलले विश्वास गरेका थिए र उसले परमेश्वरकाे करूणा पाए र अाफनाे चेहरा येरूशलेम पट्टी फर्केर परमेश्वरलाई प्रार्थना, धन्यवाद र प्रशंसा गर्न छाेडेन। दानियल यति साहासि र विश्वासिलो व्यक्ति बन्न पुगे , उसले पराई देवताकाे मुर्तिलाई दाेग्न अस्विकार गरे बरू अागाेकाे भट्टिमा जान तयार भए र सत्य परमेश्वरले दानियललाई बचाउनुभयाे।
राजा दाऊदले नि परमेश्वरकाे प्रशंसा गर्नबाट अाफैलाई कहिल्यै पनि पछि सरेन, शाऊलले उनलाई खेदाे गरे त पनि उनले परमेश्वरलाई प्रार्थना गर्दै ऊ जङ्गल तिर भागि हिडे, अाफनै छाेरा अबशलाेम बाट लखेटिएका अवस्थामा पनि उनले परमेश्वरलाई नै पुकारीरहे, उसले परमेश्वरकाे अावाजलाई सुन्न चाहान्थे । अरूले उनलाई थुक्दा पनि उनले दण्ड दिनकाे सट्टा करूणा देखाँउछ सबै कुरा परमेश्वरलाई सुम्पिन्छ। उसले ठुला घिनलाग्दा पाप गरेकाे बेलामा पनि परमेश्वरकाे वचन उनीकहाँ अाँउदा ऊ पस्चतापि बने र त्यस बालक नमरिञ्जल सम्म परमेश्वर सँग बिन्ती गर्छ । पूरा पढन् तल थिच्नुहाेस
https://daily2p.wordpress.com/2020/05/10/psalm1382/