08/02/2026
Holy Childhood day celebration
पवित्र बाल्यकाल दिवसले हामीलाई बालबालिकाहरू केवल मण्डलीका सदस्य मात्र होइन, मण्डलीको मुटु हुन् भन्ने कुरा सम्झाउँछ। आजको दिनले बालबालिकाको विश्वास, सरलता र शुद्ध मनलाई सम्मान गर्छ।
यस दिवसको माध्यमबाट बालबालिकाले सानै उमेरदेखि प्रार्थनाको शक्ति बुझ्छन् र आफू पनि साना मिसनरी हुन् भन्ने चेतना पाउँछन्। उनीहरूले सिक्छन् कि सुसमाचार फैलाउन ठूलो हुनुपर्दैन—प्रेम देखाउन, सहयोग गर्न र प्रार्थना गर्न जान्नु नै पर्याप्त हुन्छ।
यो दिवसले बालबालिकामा सेवा गर्ने मनोभाव, जिम्मेवारी र मण्डलीप्रतिको प्रेम जगाउँछ। साथै, मण्डलीकोका सबै विश्वासीहरूलाई बालबालिकालाई मार्गदर्शन गर्न, संरक्षण गर्न र विश्वासमा हुर्काउन हाम्रो कर्तव्य सम्झाउँछ।
यसैले पवित्र बाल्यकाल दिवस महत्वपूर्ण छ—किनभने आज हामी बालबालिकाको विश्वास रोप्छौँ, र भोलि चर्चको उज्यालो भविष्य देख्छौँ।