Shiva Mandir, Lower Bermiok, West Sikkim

Shiva Mandir, Lower Bermiok, West Sikkim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shiva Mandir, Lower Bermiok, West Sikkim, Religious organisation, Lower Bermiok, Gyalshing.

आज २५/०८/२०२४ को दिन लोवर बर्मेक शिव मन्दिर र गुरूकुलको संयुक्त तत्वावधानमा श्रीकृष्ण जन्माष्टमीको पालन गरियो।
26/08/2024

आज २५/०८/२०२४ को दिन लोवर बर्मेक शिव मन्दिर र गुरूकुलको संयुक्त तत्वावधानमा श्रीकृष्ण जन्माष्टमीको पालन गरियो।

18/08/2024

सम्पूर्ण भक्तजनहरूमा सादर प्रणाम।
भोलि १९/०८/२०२४ का दिन लोवर बर्मेक शिव मन्दिरमा श्रावणको समापन पूजा आयोजना गरिएको छ। उक्त पुजा मा हजुरहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
ऊँ नमः शिवाय।
मन्दिर समितिको तर्फबाट।

लोवर बर्मेक शिव मन्दिर समितिको तत्वधानमा गत तारिख ०८/०३/२०२४ को दिन लोवर बर्मेक शिव मन्दिरमा शिवरात्रिको भव्य पूजाको आयो...
09/03/2024

लोवर बर्मेक शिव मन्दिर समितिको तत्वधानमा गत तारिख ०८/०३/२०२४ को दिन लोवर बर्मेक शिव मन्दिरमा शिवरात्रिको भव्य पूजाको आयोजना गरियो। उक्त अवसरमा हिङदाम बाट पूजनीय माता सिताजीले आफ्नो आध्यात्मिक प्रवचन राख्नुभयो। माताजीलाई स्वागत गर्न विषेश माननीय क्षेत्र विधायक श्रीमान लोक नाथ नेपाल, मन्दिर समितिका अध्यक्ष श्रीमान याम कुमार शर्मा साथै सम्पूर्ण कार्यकारिणी समिति, पन्चायत सभापति गणेश प्रसाद शर्मा, गेजिङ बर्मेक निर्वाचन क्षेत्रका सत्तारुढ पार्टीका जिल्ला अध्यक्ष श्रीमान ए०बि०लिम्बु, सि एल सी अध्यक्ष सनवीर लिम्बू, लोवर बर्मेक संस्कृत पाठशाला साथै लोवर बर्मेक माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका एवम् विध्यार्थी , अनि धेरै मात्रामा श्रद्धालु भक्तजनहरुको उपस्थिती रहेको थियो।
उक्त अवसरमा समितिले माताजीलाई अभिनन्दन पत्रद्वारा सम्मान जनायो। समितिका तर्फबाट महासचिव राम कुमार शर्माले कार्यक्रम सञ्चालन गरेभने कोषाध्यक्ष श्रीमान इन्द्र लाल निरौलाका साथमा पण्डित खुमराज लुईटेल, नरपति नेपालको उपस्थिति रहेको थियो।
कार्यक्रम भव्यताका साथमा पालन गरियो।
उक्त शिवरात्रिको भव्य पूजामा संलग्न हुनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई मन्दिर समिति सह्दयले आभार ब्यक्त गर्दछ।

आगामी तारिख 08/03/ 24 को दिन लोवर बर्मेक शिव मन्दिरमा हिङदाम बाट श्री श्री श्री शक्ति माताजी ले आएर भक्तजनहरू लाई प्रवचन...
04/03/2024

आगामी तारिख 08/03/ 24 को दिन लोवर बर्मेक शिव मन्दिरमा हिङदाम बाट श्री श्री श्री शक्ति माताजी ले आएर भक्तजनहरू लाई प्रवचन प्रदान गर्नुहुनेछ। यसर्थ हजुरहरू सम्पूर्णलाई सो दिन मन्दिरमा उपस्थित भएर प्रवचन ग्रहण गर्नुहुन विनम्र अनुरोध गर्दछौं।
समय--10 बजे विहान देखि।
धन्यवाद।
समिति
लोवर बर्मेक शिव मन्दिर।

22/01/2024
जय श्री रामभगवान श्री रामको प्राण प्रतिष्ठा आज  २२/०१/२०२४ को दिनमा अयोध्यामा धुमधामका साथमा भयो।यसै सन्दर्भमा लोवर बर्म...
22/01/2024

जय श्री राम
भगवान श्री रामको प्राण प्रतिष्ठा आज २२/०१/२०२४ को दिनमा अयोध्यामा धुमधामका साथमा भयो।यसै सन्दर्भमा लोवर बर्मेक शिव मन्दिरको तत्वधानमा यस विशेष कार्यक्रमलाई भव्यताका साथमा पालन गरियो।
रामललाको भव्यताका साथमा भजन कीर्तन गरेर यस पूण्य दिनलाई श्रीरामको सम्झनामा समर्पित गरियो।
यस्तो पूनित कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई लोवर बर्मेक शिव मन्दिर समिति कृतज्ञता जनाउँछ।
विषेश गरेर गेजिङ बर्मेक निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक श्रीमान लोक नाथ नेपाल, लोवर बर्मेक संस्कृत पाठशालाका आदरणीय शिक्षक - शिक्षिका, वरिपरिका सम्पूर्ण श्रद्धालु भक्तजन, , बर्मेक, मार्तम, पेचरेक बाट सो कार्यक्रममा उपस्थिति दिनुहुने सम्पूर्ण भक्तजनहरूलाई मन्दिर समिति आभार व्यक्त गर्दछ।
यो एउटा विश्व कै निम्ति एतिहासिक एवं सम्मानित कार्यक्रम रहेको छ। यस्तो पूण्य कार्यक्रम हाम्रो मन्दिरमा समापन गर्न पाउनु श्रीराम को ठूलो कृपा पर्नु हो। भगवान श्री राम को कृपा सबैमा छाईरहोस भन्ने कामनाका साथ सम्पूर्णलाई फेरि समिति आभार ब्यक्त गर्दछ।
धन्यवाद।

लोवर बर्मेक शिव मन्दिर समिति
पश्चिम सिक्किम।

२२/०१/२४ मा श्री रामजी को प्रतिष्ठा अयोध्यामा हुनेछ भने हामीले पनि यहीँबाट श्रीरामलाई भव्य स्वागतको निम्ति मन्दिर सजाईयो...
20/01/2024

२२/०१/२४ मा श्री रामजी को प्रतिष्ठा अयोध्यामा हुनेछ भने हामीले पनि यहीँबाट श्रीरामलाई भव्य स्वागतको निम्ति मन्दिर सजाईयो।
सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई भोलि २१/०१/२४ को शोभा यात्रामा सामेल भइदिन साथै २२/०१/२४मा लोवर बर्मेक शिव मन्दिरमा उपस्थित भएर भव्य भजन कीर्तनमा सहभागी भईदिन विनम्र निवेदन गरिन्छ।
सधन्यवादसहित,
लोवर बर्मेक शिव मन्दिर समिति।

15/01/2024

जय श्री राम
आदरणीय भक्तजन,
सम्पूर्णमा यो सूचित गरिन्छ की आगामी तारिख 20/01/2024 का दिन लोवर बर्मेक शिव मन्दिरमा हामी सबै भेला हुने निश्चित भएको ले तपाईँहरू सम्पूर्णलाई सो दिन मन्दिरमा उपस्थित भइदिन हार्दिक अपिल गर्दछौं।
कार्यक्रमको रूप रेखा -
20/01/2024- लोवर बर्मेक शिव मन्दिरमा बातचीत साथै मन्दिर श्रृंगार।
21/01/2024- शोभा यात्रा।
22/01/2024- भव्य राम कीर्तन ।
सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई सो तीन दिनको कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ साथै 22/01/24 को शोभा यात्रा मा सामेल भइदिन विनम्र आग्रह गरिन्छ।
यी सबै कार्यक्रम २२/०१/२०२४ मा अयोध्यामा श्रीराम मन्दिर स्थापनासँगै सम्बन्धित छन्।
सधन्यवादसहित

01/01/2024

जय श्री राम
अयोध्यामा पूजित अक्षता लोवर बर्मेक शिव मन्दिरबाट विषेश रूपमा यहाँ का ठाउँमा वितरण गरियो। गुम्बा र माङहिममा साथै सम्पूर्ण भक्तजनहरूमा सो पवित्र अक्षता वितरण गरियो। जानकारी गराइन्छ कि आउँदो २२ जनवरी २०२४ मा अयोध्यामा श्रीराम मन्दिरको प्रतिष्ठित स्थापना भव्य पूजाका साथमा भैरहेको छ। यो आउँदो २२/०१/२०२४ मा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई लोवर बर्मेक शिव मन्दिरमा उपस्थित भएर सो पवित्र दिनमा भजन कीर्तन गरेर श्रीराम को आशिर्वाद ग्रहण गर्ने निवेदन गरिन्छ।
लोवर बर्मेक शिव मन्दिर समिति

12/12/2023

लोवर बर्मेक शिव मन्दिरमा बाला चतुर्दशीको उपलक्ष्यमा भक्तजन श्रीमान टाशी लेप्चा साथै सपरिवार द्वारा बालन खेलाइयो।

निमन्त्रणाआगामी तारिख १५/१०/२०२३ देखि २३/१०/२०२३ सम्म रातोमाटे शिव मन्दिरमा नवदुर्गाको भब्य अनुष्ठान साथै पूजाको आयोजना ...
11/10/2023

निमन्त्रणा
आगामी तारिख १५/१०/२०२३ देखि २३/१०/२०२३ सम्म रातोमाटे शिव मन्दिरमा नवदुर्गाको भब्य अनुष्ठान साथै पूजाको आयोजना गरिएको छ। उक्त पुजामा सहभागी भई भगवानको आशिर्वाद ग्रहण गर्न हजुरहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

आर के शर्मा
सचिव
शिव मन्दिर समिति

लोवर बर्मेक शिव मन्दिरमा श्रावणी पूर्णिमाको पुजा अनुष्ठान भव्य रूपमा सम्पन्न भईरहेको छ। उक्त पुजामा सहभागी भई भगवानको आश...
31/08/2023

लोवर बर्मेक शिव मन्दिरमा श्रावणी पूर्णिमाको पुजा अनुष्ठान भव्य रूपमा सम्पन्न भईरहेको छ। उक्त पुजामा सहभागी भई भगवानको आशिर्वाद ग्रहण गर्न सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौं।
तारिख - ३१/०८/२०२३

Address

Lower Bermiok
Gyalshing

Telephone

+19733240372

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Mandir, Lower Bermiok, West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share