Sri Nav Durga Devi Sanstha Sikkim

Sri Nav Durga Devi Sanstha Sikkim Jay mata di

जय माता दी🙏" म दृढतापूर्वक विश्वास गर्छु कि आमाले मलाई अहिले सबै तहहरूमा धैर्यता राख्नु सिकाउनु हुँदैछ "
28/08/2026

जय माता दी🙏
" म दृढतापूर्वक विश्वास गर्छु कि आमाले मलाई अहिले सबै तहहरूमा धैर्यता राख्नु सिकाउनु हुँदैछ "

🙏जय माता दी 🙏" ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनीदुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽसतु तेजय त्वं देवि चामुण्ड...
27/08/2026

🙏जय माता दी 🙏
" ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽसतु ते
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥"
🙏 जयन्ती, मङ्गला,काली,भद्रकाली, कपालिनी,दुर्गा, क्षमा, शिवा,धात्री, स्वाहा ,स्वधा देवीको रूपलाई नमस्कार छ
सबै भन्दा उत्कृष्ट र विजय शालिनी जयन्ती देवी,
जन्म-मरणको बन्धन काटेर मोक्ष दिने मङ्गला देवी,
प्रलयकालमा सृष्टिलाई निल्ने काली देवी,
आफ्ना भक्तलाई दिन दुःखी , सुख वा मङ्गल स्वीकार गर्ने भद्रकाली देवी,
हातमा खप्पर र घाँटीमा मुण्डमाला धारण गर्ने कपालिनी देवी,
जो अष्टाङ्गयोग र कर्मो उपासना जस्ता कठोर साधनाले प्राप्त हुन्छिन् ती हुन् दुर्गा देवी,
सम्पुर्ण जगतकी जननी हुनाले जो आफ्ना भक्त वा अन्यको पनि सबै अपराध क्षमा गर्दछिन्, उनको नाम क्षमा देवी,
सबैको कल्याण गर्ने जगदम्बालाई शिवा देवी भन्दछन् ,
सबै प्रपञ्चलाई धारण गर्ने भगवतीको नाम धात्री देवी हो,
स्वाहारूपले यज्ञभाग ग्रहण गरेर देवताहरूको पोषण गर्ने देवीको नाम हो स्वाहा देवी,
स्वाधारूपले श्राद्ध र तर्पण स्वीकार गरेर पितृहरूलाई तृप्त पार्ने भगवतीको नाम हो स्वाधा देवी ॥ 🙏
हे देवि चामुण्डे! तिम्रो जय होस्
सम्पुर्ण प्राणीहरूको पीडा हरण गर्ने हे देवि तिम्रो जय होस्
सबैमा व्याप्त रहने हे देवि कालरात्रि! तिमीलाई नमस्कार छ॥ 🙏
काली खड्ग निसानी देवी धाम,/ गडि मन्दिर

जय माता दी 🙏 जन्मदिनको धेरै धेरै शुभकामना माता जी"शुभ तव जन्म दिवस सर्व मंगलम्जय जय जय तव सिद्ध साधनम् सुख शान्ति समृद्ध...
26/08/2026

जय माता दी 🙏
जन्मदिनको धेरै धेरै शुभकामना माता जी
"शुभ तव जन्म दिवस सर्व मंगलम्
जय जय जय तव सिद्ध साधनम्
सुख शान्ति समृद्धि चिर जीवनम्
शुभ तव जन्म दिवस सर्व मंगलम् "
प्रार्थयामहे भव शतायु: ईश्वर सदा त्वाम् च रक्षतु
पुण्य कर्मणा कीर्तिमार्जय जीवनम् तव भवतु सार्थकम्
- ईश्वरले सदैव हजुरको रक्षा गरून, समाजमा हजुरले गर्न भएको उपयोगी कार्यहरूको यश प्राप्त होस्
हजुरको जीवन सबैको निम्ति कल्याणकारी रहोस्
परमात्मा सँग तेही कामना गर्दछु 🕉

Ganapati Bappa MoriyaMangal murti moriya
26/08/2026

Ganapati Bappa Moriya
Mangal murti moriya

🙏जय माता दी 🙏🕉जय हो मैयाँ की🕉"सर्वसिद्धिप्रदां नित्यामनित्यां गुणवर्जिताम् ।सगुणां निर्गुणां ध्येयामर्चितां सर्वसिद्धिदा...
25/08/2026

🙏जय माता दी 🙏
🕉जय हो मैयाँ की🕉
"सर्वसिद्धिप्रदां नित्यामनित्यां गुणवर्जिताम् ।
सगुणां निर्गुणां ध्येयामर्चितां सर्वसिद्धिदाम् ॥"
- हे देवी! हजुर सबै सिद्धिहरूको दायिनी हुनुहुन्छ , हजुर नित्या हुनुहुन्छ , हजुर अनित्य (नष्ट हुने) गुणहरूबाट मुक्त हुनुहुन्छ ।
हजुर सगुणा हो साथै ध्यानको योग्य हुनुहुन्छ, पूजिता हुनको साथै सर्व सिद्धिहरू प्रदान गराई दिनु हुने हुनुहुन्छ।
#दश महाविद्या स्तोत्र 🙏
#जय जय काली जय महाकाली 🚩🚩
जय जय काली जय महाकाली 🚩🚩

जय माता दी"ईश्वरको साथले जीवनमा भै रहेको असम्भव कार्यहरूलाई पनि सम्भव गर्ने  गर्दछ "
24/08/2026

जय माता दी
"ईश्वरको साथले जीवनमा भै रहेको असम्भव कार्यहरूलाई पनि सम्भव गर्ने गर्दछ "

जय माता दीसदैव हजुरको नाम जप गरी रहनु पाऊसदैव हजुरको वाणी सुनाई रहनु पाऊ सदैव हजुरलाई यी नेत्रले हेरी रहनु पाऊ हजुरले दि...
23/08/2026

जय माता दी
सदैव हजुरको नाम जप गरी रहनु पाऊ
सदैव हजुरको वाणी सुनाई रहनु पाऊ
सदैव हजुरलाई यी नेत्रले हेरी रहनु पाऊ
हजुरले दिनु भएको जीवन हजुरकै लागी जीउन पाऊ

🙏जय माता दी🙏🕉जय हो मैयाँ की 🕉" ब्रम्हाजीले श्री हरिले ध्यान किन र कसको गर्न भएको भनेर प्रशन राख्नु हुँदा, श्री हरिद्वारा...
22/08/2026

🙏जय माता दी🙏
🕉जय हो मैयाँ की 🕉
" ब्रम्हाजीले श्री हरिले ध्यान किन र कसको गर्न भएको भनेर प्रशन राख्नु हुँदा, श्री हरिद्वारा ब्रम्हाजीलाई बुझाउनु भएको-
" जसले हामी त्रिदेवलाई भवको स्वामी बनाई दियो,
जसको पाइ अपार शक्ति क्रमले संसार चल्दै छ यो
गर्दैछौं अधिकार पाइ जसको यो सृष्टिको कल्पना
गर्छौ सृष्टि तिमी र नाश शिवजी मै गर्दछु पालना॥"
- जसले हामीहरुलाई त्रिदेव- ब्रम्हा, विष्णु ,महेश, यो ब्रम्हाण्डको मुख्य बनाउनु भएको हो, जुन शक्तिले यो सारा संसारको प्राण वायु चलाई रहनु भएको छ, उनीकै आदेशमा तिमी सृष्टिकर्ता, म पालनहार र शिवजी संहारकर्ता हुनु भएको हो ।

" उन्कै हौ तिमी शक्ति राजस तथा दोस्रो म हूँ सात्विक
तेस्रो हुन् शिवरूप तामस उनै हुन् सृष्टि संहारक
आदिशक्ति उनै त्रिलोक-जननी सम्पूर्णकी ईश्वरी
उनकै ध्यान म गर्दछु शरणमा ती ईश्वरीकै परी॥"
- उनकै शक्तिहरूले ब्रम्हा रज, विष्णु सत, र शिव तम गुण लिएर आफ्नो कार्य समपन्न गरी राख्नु भएको छ,
उनै त्रैलोकेश्वरी जननी आदि शक्ति भवानीको शरणमा ध्यान भक्ति गर्दछु ।
#प्रथमस्कन्ध:
#श्रीमद्भदेवीभागवत

जय माता दी "दीर्घायु-आरोग्ययस्तु।सुयशः भवतु। विजयः भवतु।जन्मदिनशुभेच्छा: "- हजुरलाई दिर्घायु र आरोग्य प्राप्त होस, जीवनम...
21/08/2026

जय माता दी
"दीर्घायु-आरोग्ययस्तु।
सुयशः भवतु। विजयः भवतु।
जन्मदिनशुभेच्छा: "
- हजुरलाई दिर्घायु र आरोग्य प्राप्त होस,
जीवनमा यश र विजय सदैव प्राप्त भई रहोस् ।
जन्मदिनको धेरै धेरै शुभकामना ।
मातारानीको कृपा र आशीर्वाद सदैव बनी रहोस् भन्ने कामना गर्दछौ

🙏जय माता दी 🙏🕉जय हो मैयाँ की 🕉" सर्वरूपमयी देवी सर्वं देवीमयं जगत् ।अतोऽहं विश्वरूपां त्वां नमामि परमेश्वरीम् ॥- देवी सर...
20/08/2026

🙏जय माता दी 🙏
🕉जय हो मैयाँ की 🕉
" सर्वरूपमयी देवी सर्वं देवीमयं जगत् ।
अतोऽहं विश्वरूपां त्वां नमामि परमेश्वरीम् ॥
- देवी सर्वरूपमयी हुनुहुन्छ, यो विश्व देवीमय छ। हे विश्व रूपिणी परमेश्वरी देवी! हजुरलाई नमस्कार छ ।
#श्री रामदासकृतं

Address

Gangtok
Gangtok
737421

Telephone

+17478374581

Website

Alerts

Be the first to know and let us send you an email when Sri Nav Durga Devi Sanstha Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sri Nav Durga Devi Sanstha Sikkim:

Shortcuts

Share