Buddhist Community Swindon UK

Buddhist Community Swindon UK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddhist Community Swindon UK, Religious organisation, Swindon.

१० भाद्र २०८३ का दिन नेपालको भोटेकोशी र त्रिशुली हुँदै तिब्बतबाट आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका ज्ञात अज्...
31/08/2026

१० भाद्र २०८३ का दिन नेपालको भोटेकोशी र त्रिशुली हुँदै तिब्बतबाट आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका ज्ञात अज्ञात व्यक्तिहरूको मृत आत्माको चिर शान्तिको कामना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ र सम्पर्क विहीन भएका व्यक्तिहरू सकुशल घर फिर्ताको कामना गर्दै बुद्धिष्ट कम्युनिटी स्विण्डन युकेले मलम पूजा गरियो ।
ओम मान्ने पद्मे हुं १०८
🙏🌺💐🙏

31/08/2026

नेपालको रसुवा भोटेकोशी, त्रिशुली हुँदै चाइनाबाट आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।
बाढीका कारण हजारौं व्यक्तिहरू प्रभावित भएका छन् दिवंगत व्यक्तिहरूको मृत आत्माको चीर शान्तिको कामना तथा हराइरहनुभएका व्यक्तिहरू र घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुद्धिस्ट कम्युनिटी स्विण्डन युकेले मलम पाठ पूजा गरियो । ओम माने देवारी १०८ 🙏🙏🙏 Monday 31 August 2026

26/08/2026

Royal Residency Hotel Bihar and Nyingma Gumba Bihar 2026

चार महाधाम तीर्थ यात्राको क्रममा छ Royal Residency Hotel Bihar India
26/08/2026

चार महाधाम तीर्थ यात्राको क्रममा छ Royal Residency Hotel Bihar India

25/08/2026

कहिलेकाहीँ हामी सबैलाई खुसी बनाउन खोज्दै आफ्नै शान्ति गुमाउँछौँ। तर बुद्धको शिक्षा भन्छ— साँचो सुख अरूको स्वीकृतिमा होइन, आफ्नै मनको शान्तिमा लुकेको हुन्छ। आफ्नो आत्मसम्मान र शान्तिलाई जोगाएर अघि बढ्नु नै बुद्धिमानी हो।


Buddha Wisdom Daily Buddhism

25/08/2026

Few Glimpses clips of Mahakal Puja Organized by Buddhist Community Swindon UK on Sunday 19 July 2026

बुद्धिस्ट कम्युनिटी स्विण्डन युकेको आयोजनामा भएको महाकाल पूजाको केही झलकहरु Sunday 19 July 2026
20/07/2026

बुद्धिस्ट कम्युनिटी स्विण्डन युकेको आयोजनामा भएको महाकाल पूजाको केही झलकहरु Sunday 19 July 2026

अङ्गुली माला र भगवान् बुद्धको कथा :भगवान गौतम बुद्ध र डाँकु अङ्गुलीमालको कथा बौद्ध इतिहासमा हृदय परिवर्तन र करुणाको सबैभ...
19/07/2026

अङ्गुली माला र भगवान् बुद्धको कथा :

भगवान गौतम बुद्ध र डाँकु अङ्गुलीमालको कथा बौद्ध इतिहासमा हृदय परिवर्तन र करुणाको सबैभन्दा उत्कृष्ट उदाहरण हो। यस कथाले मानिस जतिसुकै पापी वा दुष्ट भए पनि सही मार्गदर्शन पाएमा ऊ असल मार्गमा फर्कन सक्छ भन्ने सन्देश दिन्छ।अङ्गुलीमाल डाँकु कसरी बने?अङ्गुलीमालको वास्तविक नाम अहिंसक थियो। उनी तक्षशिला विश्वविद्यालयमा एक जेहेन्दार र ज्ञानी छात्र थिए। उनको लोकप्रियता देखेर अन्य सहपाठीहरू डाहा गर्थे। उनीहरूले गुरुकी पत्नीसँग अहिंसकको नाम जोडेर गुरुको कान भरे। गुरुले रिसको झोँकमा गुरुदक्षिणा स्वरूप अहिंसकलाई १००० जना मानिसको औँला काटेर ल्याउन आदेश दिए। गुरुको आज्ञा टार्न नसकी उनी जङ्गलमा बस्न थाले र बाटो हिँड्ने मानिसहरूको हत्या गरी औँला काट्न थाले। ती औँलाहरू हराउने डरले उनले त्यसको माला बनाएर गलामा पहिरिए, जसका कारण उनको नाम अङ्गुलीमाल रहन गयो।बुद्धसँगको भेट र संवाद्अङ्गुलीमालले ९९९ जनाको हत्या गरिसकेका थिए र अब उनलाई मात्र एउटा औँलाको आवश्यकता थियो। डरले गर्दा त्यस जङ्गलको बाटो भएर कोही पनि हिँड्दैनथे। अङ्गुलीमालले आफ्नै आमालाई समेत मार्न तयार भएको बेला, गौतम बुद्ध उनको उद्धार गर्न र हिंसा रोक्न सोही जङ्गलको बाटो हुँदै अघि बढे।बुद्धलाई एक्लै आउँदै गरेको देखेर अङ्गुलीमाल खुसी भए र हतियार लिएर बुद्धको पछि कुद्न थाले। बुद्ध शान्त भावले हिँडिरहनुभएको थियो, तर अङ्गुलीमालले जति धेरै बल गरेर कुद्दा पनि बुद्धलाई भेट्टाउन सकेनन्। थाकेपछि उनले चिच्याउँदै भने, "ए भिक्षु, रोक!"बुद्धले पछाडि नफर्की भन्नुभयो, "म त धेरै पहिले नै रोकिसकें, अङ्गुलीमाल! तिमी कहिले रोकिन्छौ?"यस गम्भीर भनाइको अर्थ अङ्गुलीमालले बुझ्न सकेनन् र सोधे, "तिमी हिँडिरहेका छौ र भन्छौ रोकिएँ, म उभिएको छु र भन्छौ रोकिएको छैनौ। यसको अर्थ के हो?"बुद्धले भन्नुभयो, "मले संसारका सबै जीवप्रतिको हिंसा र अधर्म त्यागिसकेको छु, त्यसैले म स्थिर छु। तर तिमी अझै पनि पाप, क्रोध र हिंसाको मार्गमा दौडिरहेका छौ। तिम्रो मन कहिले रोकिन्छ?"हृदय परिवर्तन र भिक्षु जीवनबुद्धको अनुहारको अलौकिक शान्ति, निर्भयता र करुणाले भरिएका शब्दहरू सुनेर अङ्गुलीमालको चेत खुल्यो। उनलाई आफ्नो गल्तीको महसुस भयो। उनले तुरुन्तै आफ्ना हतियारहरू फालिदिए र बुद्धको चरणमा परेर माफी मागे। बुद्धले उनलाई "एही भिक्षु" भन्दै आफ्नो संघमा सामेल गराउनुभयो।

महाकाल पुजा 2026 Organiser Buddhist Community Swindon UK
19/07/2026

महाकाल पुजा 2026 Organiser Buddhist Community Swindon UK

19/07/2026

महाकाल पुजा 2026

Address

Swindon

Website

Alerts

Be the first to know and let us send you an email when Buddhist Community Swindon UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share