Diamond Buddhist Center UK

Diamond Buddhist Center UK Diamond Buddhist Centre, UK has multiple objectives which are reflected in the constitution of this organization.

Diamond Sutra (Sanskrit: Vajracchedikā Prajñāpāramitā, a Mahāyāna (Buddhist) Sũtra. Diamond Buddhist Centre, UK has multiple objectives which are reflected in the constitution of this organization (posted in the website). Diamond word is taken from the Diamond Sutra (Sanskrit: Vajracchedikā Prajñāpāramitā, a Mahāyāna (Buddhist) Sũtra, to name this organization. Mostly Nepalese living in this area

are the follower of Nyingma tradition of Tibetan Buddhism (Vajrayāna, Mahāyāna). However, the organization welcome all sects Gurus and lay practitioners to practice the Buddhism in DBC UK. Keeping in view of the growing number of students and practitioners in UK, it has felt to establish a Buddhist Centre to organize routine practice of the faith in South East region of London. Diamond Buddhist Centre, UK was established on 5th of March 2016 under the leadership of Mr Sumal Kumar Gurung by the Buddhist community living in South East London area. Community practice of Buddhism in a temple means to cleanse the heart and mind to bring peace and love for all sentient beings to allow insight compassion from the reverend Gurus. It is anticipated that thousands of the practitioners shall be benefitted from the Buddhist Temple especially to older and vulnerable practitioners once a temple is established. The temple aims to open for all walk of life for practice, study and perform the rituals. Since all the faiths have their churches, temples and mosques, a Buddhist temple in this area shall motivate all the Buddhist followers. Its purpose is to provide a place for contemplation, study, and meditation and through this to help with the most important task of preserving and spreading Lord Buddha’s teachings in this rapidly changing world for the benefit of all sentient beings.

२५६७औं  बुद्ध जयन्तिको सुखद उपलक्ष्यमा हार्दिक  मंगलमय शुभकामना ! |
05/05/2023

२५६७औं बुद्ध जयन्तिको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ! |

Swasti Vachan by Shir Lama Gurung, chief Guru of Diamond Buddhist Center, UK
20/05/2022

Swasti Vachan by Shir Lama Gurung, chief Guru of Diamond Buddhist Center, UK

Vachan by Shir Lama Gurung(Thupten Yeshe), chief Guru of Diamond Buddhist Center, UK💟Please, S...

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत
20/05/2022

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत

भगवान बुद्धको २५६६औँ जयन्तीको पुण्यतिथिको अवसर पारेर विलेनहाल रोड, वुलविच, लण्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्ट.....

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत
20/05/2022

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत डायमन्ड ब....

तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न।बैसाख १७, २०७९ | पोखरा...
30/04/2022

तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न।
बैसाख १७, २०७९ | पोखरा
तमु (गुरुङ) समाज कतार द्वारा "तमुहरुको एकता,आजको आवश्यक्ता" भन्ने मुल नारालाई आत्मासाथ गर्दै तमु धीं नेपाल पोखराको सभाहलमा आयोजना गरिएको परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
https://milanworld.news/तमु-गुरुङ-समाज-कतार-द्वार/

तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न। बैसाख १७, २०७९ ...

Hike For Salme Dada 2022मा हार्दिक निमन्त्रणा !फाल्गुन ८, आइतबार (Feb 20) का दिन निम्न समय र स्थानमा वि विल फाउन्डेसन ने...
18/02/2022

Hike For Salme Dada 2022
मा हार्दिक निमन्त्रणा !
फाल्गुन ८, आइतबार (Feb 20) का दिन निम्न समय र स्थानमा वि विल फाउन्डेसन नेपाल र पोखरेली मंच यु के को संयुक्त आयोजनामा Hike for Salme Dada ( साल्मे डाडाको लागि पदयात्रा) कार्यक्रम हुनगैरहेको हुँदा स्वदेशी तथा विदेशी पाहुनाहरु साथै इच्छुक दाज्यु भाई दिदीबहिनीहरुलाई कार्यक्रममा सहाभागी भइ दिनका निम्ति हार्दिक निमन्त्रणा गर्दछौं ।

आकर्षक ब्याक्तित्वहरु: नेपाली चलचित्र ९० को दशकमा सबैभन्दा प्रभावशाली अभिनेत्री करिश्मा मानन्धर ,
प्रख्यात नेपाली लोक गायिका बहुप्रतिभाशाली नेपाली अभिनेत्री , एनटिभीमा कार्यक्रम प्रस्तुता र मोडलिङ सुनिता दुलाल,१४ पटक सगरमाथा सफल आरोहण गरि सक्नु भएका गिनिजबूक मा विश्व कृर्तिमान नाम दर्ज गरिसक्नु भएका फुर्वा शेर्पा साथमा अन्य प्रतिभाशाली ब्याक्तित्वहरु पनि छ्न।

पद यात्राको लागि भेला हुने स्थान : पोखरा रंगशाला
समय : बिहान ८:३० बजे(8:30am)
गन्तव्य : साल्मे डाडा गोर्खा स्मारक पार्क ,स्याङ्जा
पदयात्रा समय : ४५ मिनेट देखि १ घन्टा ( मट्टीखान टावर देखि साल्मे डाडा)
पदयात्रा सम्पन्न पछि( गन्तव्यमा ) कार्यक्रम :
* गोर्खा स्मारक पार्क निरीक्षण
* गोर्खा स्मारक पार्क परिसर भित्र वीर पुर्खाहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

आयोजक:
वि विल राईज फाउन्डेसन ,नेपाल
तथा पोखरेली मंच यु के

साल्मेडाडामा गोरखा स्मारक ट्रष्टद्धारा बृहत अन्तरक्रियागोरखा स्मारक मुलुक कै गौरबःनिवर्तमान मुख्यमन्त्री गुरुङहुम तमुपोख...
18/09/2021

साल्मेडाडामा गोरखा स्मारक ट्रष्टद्धारा बृहत अन्तरक्रिया
गोरखा स्मारक मुलुक कै गौरबःनिवर्तमान मुख्यमन्त्री गुरुङ
हुम तमु
पोखरा, २ असोज
प्रथम विश्वयुद्ध, द्धितिय विश्वयुद्ध लगायत क्षेत्रीय लडाईहरुमा मारिएका, बेपत्ता भएका ६० हजार भन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधिन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङजा जिल्ला फेदिखोला गाँउपालिका वडा नं.१ रामकोट साल्मेडाडामा शनिवार बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

साल्मेडाडामा गोरखा स्मारक ट्रष्टद्धारा बृहत अन्तरक्रिया
गोरखा स्मारक मुलुक कै गौरबःनिवर्तमान मुख्यमन्त्री गुरुङ
हुम तमु
पोखरा, २ असोज
प्रथम विश्वयुद्ध, द्धितिय विश्वयुद्ध लगायत क्षेत्रीय लडाईहरुमा मारिएका, बेपत्ता भएका ६० हजार भन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधिन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङजा जिल्ला फेदिखोला गाँउपालिका वडा नं.१ रामकोट साल्मेडाडामा शनिवार बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गोरखा स्मारक ट्रष्टले फेदिखोला गााउपालिकाका निर्वाचित जनप्रतिनीधिहरु बिच गोर्खा स्मृति स्थल विकास तथा सम्बद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बीर गोर्खाहरुको गौरबगाथा झल्कने र युद्धहरुमा मारिएका, बेपत्ता भएका गोर्खाज पितृहरुको समाधिसहितको गोरखा स्मारक स्थलमा आयोजिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले सिंगो नेपाल र नेपालीको गौरबका योजनालाई सबैको साथ जरुरी रहेको बताउनुभयो। सरकारले बनाउनुपर्ने गोर्खा स्मारक भुपु गोर्खाहरुले परिकल्पना गरी निर्माण अघि बढाएको योजनामा सरकारहरुले निरन्तर साथ दिनुपर्नेमा सरकार परिवर्तन हुदाँ संकिर्ण सोंच प्रस्तुत गर्दै विगतका योजनाहरुमा बजेट कटौती गर्नु गलत भएको उहाँको भनाई थियो। गोर्खा स्मारक यस क्षेत्र मात्रै नभई मुलुककै गौरबको आयोजना हो, सडक, खानेपानी लगायतका योजना सबै नागरिकका लागि भए पनि विकासका लागि आफुले अघि बढाएका योजनाहरुमा बजेट कटौती मात्रै होइन प्रदेश सरकारले शुन्यसम्म बनाएको भन्दै आपत्ति जनाउनुभयो।
प्रकृतिको सुन्दर साल्मेडाडामा गोर्खाहरुले मानवनिर्मित गुल्जार बनाउन खोजेको हो भन्नुहुदै उहाँले अबको पन्ध्र वर्षमा उक्त क्षेत्र सबैको आकर्षणको केन्द्र बन्ने ठोकुवा समेत पुर्व मुख्यमन्त्री गुरुङको थियो। बरु उक्त क्षेत्रका सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था, गोरखा स्मारकमा प्रवेश शुल्का लागि गाउपालिकाका पहल गर्न सुझाव दिनुभयो। गोरखा स्मारक ट्रष्टको माग अनुसार जग्गा भोगाधिकार उपलब्ध गराउन गाँउपालिकाले प्रकृयागत ढंगले सिफारिस गर्न, ट्रष्ट कार्यसमितिमा स्थानिय वडाध्यक्षसहित गाँउपालिकाबाट गोर्खाहरुकै प्रतिनीधित्व गराई अपनत्व र विकासका सघाउनुपर्ने उहाँको भनाई थियो। गोर्खाको पुण्य सोंचलाइ सार्थक बनाउन विगतमा विशेष योगदान पुर्याउन गेसोका पुर्व सभापति पदमबहादुर गुरुङ, पुर्व माननीय हितकाजी गुरुङ लगायतको योगदान सम्मान गर्नपुर्न सुझाव गुरुङले दिनुभयो।
शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङले गोरखा स्मारक नेपाल र नेपालीको गौरब, गोर्खाजको स्वाभिमानको योजनालाई सबैको साझा संकल्न जरुरी रहेको भन्दै उक्त योजनाको सफलताको शुभेच्छा प्रकट गर्नुभयो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै गोरखा स्मारक ट्रष्टका सचिव डा.चन्द्रबहादुर गुरुङले साल्मेडाडाको उक्त जग्गा भोगाधिकारका लागि सिफारिस गरिदिन फेदिखोला गाँउपालिकालाई आग्रह गर्नुभयो। हालसम्म करिब १६ करोड ७१ लाख खर्च भएको स्मारक निर्माणका लागि सम्पर्क कार्यालय, गोरखा कदको मुर्ति, सहादत नामावलीको प्रकाशन, गोरखा बगैचा, गोरखा संग्रहालय, फेन्सिङ तरबार, समाधि उद्घाटन लगायतका लागि संघ, प्रदेश, स्थानीय सरकारसहित सहयोगदाताहरुसँग सहयोगको लागि अनुरोध उहाँको थियो।
यसरी नै शहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वय इकाई पोखराका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले शहरी विकास मन्त्रालय मार्फत गोरखा स्मारकमा गरिएका निर्माण कार्यका बारेमा जानकारी गराउनुभएको थियो।
फेदिखोला गाँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साल्मेडाडाको स्मारकका निम्ती जग्गा भोगाधिकारका निम्ती गाँउपालिकाले प्रकृयागत पहल गर्ने बताउनुभयो। प्रदेशको गन्तव्य छनौटमा परेको साल्मेडाडाका लागि माग गरिएको बजेट प्रदेश सरकारले योजनामा समावेश नगरेको मात्रै नभएर उक्त क्षेत्रका विगतका निरन्तरताको योजनाका बजेट समेत कटौती गरिएको भन्दै आपत्ति समेत जनाउनुभयो। गोर्खाजको स्मृति भुमि, पुण्य स्थल, पर्यटनको केन्द्र साल्मेडाडामा सरकारहरुको सहयोग हुनुपर्दछ भन्दै विगतमा गरिएको वरिष्ठ आर्किटेक्चर शंकरनाथ रिमालको अनुसारको डिजाइनको निर्माण, बाँकी कामको खाका तयार गर्नुपर्ने, स्मारकको स्वामित्व र संचालनका बारेमा स्पष्टता जरुरी रहेको उहाँको भनाई थियो। यसरी नै लामिस्वाँरा र चारघरेको चिहानको बारेमा पनि प्रष्टता हुनुपर्दछ भन्दै उहाँे उक्त क्षेत्रमा गण्डकी प्राविधीक शिक्षालय, सडक, खानेपानी लगायतको योजनाका लागि निवर्तमान सरकारलाई धन्यवाद अध्यक्ष सुवेदीले व्यक्त गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै वडाअध्यक्षहरु मध्येबाट फेदिखोला गाँउपालिका वडा नं.१ का वडाध्यक्ष खिमबहादुर क्षेत्रीले गाँउपालिका लगायत उक्त क्षेत्रलाई चिनाउने, समृद्धिको गोरखा स्मारकलाई गााउसभा बाटै जग्गाको भोगाधिकारका लागि पहल गरिने बताउनुभयो।
कार्यक्रममा समाजसेवी मेजर डिलबहादुर गुरुङ, तारापति सुवेदी, सिद्धार्थ बहुमुखी क्याम्पसका प्रमुख हुमनाथ शर्मा लगायतले शुभकामना सहित गोरखा स्मारकका योजनामा सबैको साथसहयोगका बारेमा जोड दिनुभएको थियो।
कार्यक्रममा आँधीखोला दोहोरी साँझका कलाकारहरुले साँस्कृतिक प्रस्तुती गरेका थियो भने स्मारक ट्रष्टलाई कुर्ची सहयोगदातालाई सम्मान गरिएको थियो।
गोरखा स्मारक ट्रष्टका अध्यक्ष जङगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य जसबहादुर गुरुङले गर्नुभएको थियो।
गोरखा स्मारक, समाधिस्थल निर्माणका लागि गोरखा स्मारक ट्रष्ट, युकेस्थित गोरखा हेरिटेज मार्फत गोर्खाज लगायत सहयोगदाताहरुले सहयोग गरिदै आएको छ भने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, फेदिखोला गाँउपालिकाले सहयोग गरेको छ।

28/08/2021

Address

14 Harvey Gardens, Charlton
London
SE78AL

Telephone

+447735369167

Alerts

Be the first to know and let us send you an email when Diamond Buddhist Center UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share