Shree Purohit Karma Sewa

Call Directions Website Contact the place of worship

Shree Purohit Karma Sewa Registered Marriage Celebrant
विवाह, ब्रतबन्ध, गृहवस्तुपूजा, नामकरण आदि

🕉️.  यस Astha Nepali Hindu Society of Victoria-Shree Pashupatinath Temple  मा घटस्थापनाको दिनदेखि दैनिक दुर्गासप्तसतीको ...
16/10/2026

🕉️. यस Astha Nepali Hindu Society of Victoria-Shree Pashupatinath Temple मा घटस्थापनाको दिनदेखि दैनिक दुर्गासप्तसतीको पाठ र पूजा भैरहेका छन् !
पर्सि आइतबारको दिनमा बिहान 10 बजेदेखि 1 बजेसम्म lynbrook family and children centre 25 River Redgum place मा कन्यापूजाको कार्यक्रम हुँदैछ ! 1 देखि 9 बर्षसम्मका नानीहरुलाइ लिएर आउनुहोला !
साथै दशैको दिन देवी बिर्सजन पछि 269 pearcedale road cranbourne south र 102 scotsdale drive cranbourne east मा जमरा उपलब्ध हुनेछन भने Clayton , noble park area बाट पनि pick up गर्न सकिने बेबस्था हुनेछ !

16/07/2026

🕉️🙏🏽
समूदायको जानाकारीकालागी
आज असार मसान्त देखि साउनको 24 सम्म ( 16 july to August 9 ) सम्म बृहस्पति अस्त छन् !
बृहस्पति ,शुक्र अस्त भनेको दिनदिनै सूर्य उदय र अस्त भएको जस्तो हैन |
सौर्य मण्डलमा ग्रहहरु घुम्ने क्रममा जब ती ग्रहहरु सूर्यको नजिक पुग्छन सूर्यको तेजको कारण ती ग्रहहरु मलिन वा निस्तेज हुन्छन त्यो अवस्था नै ग्रहको अस्तको अवस्था हो | अर्थात ग्रहहरु उदय र अस्त भैरहन्छन तर अरु ग्रहको उदय अस्तको पात्रोमा चर्चा हुन्न तर शुक्र र वृहस्पतिको उल्लेख हुन्छ |
बृहस्पति र सूर्य एउटै राशिमा पर्दा बृहस्पति अस्तको सम्भावना हुन्छ | बृहस्पति देवताका गुरु हुन् भने शुक्र दैत्यका , यी दुबै ग्रह शुभ कार्यका मुख्य कारक मानिन्छन !
बिबाह , ब्रतबन्ध लगाएत अरु ठूला शुभकर्म गर्दा यीनीहरुको बल हेरिन्छ ( खास गरी सूर्य चन्द्र र बृहस्पति ) ! यिनको शक्ति वा प्रभाव कम हुँदा त्यस्ता कर्मको फल शुभ नहुने मान्यताले बिबाह , ब्रतबन्ध , गृह पूजा , नया ब्यबशायको शुरु , नयाँ ब्रत को शुरु , लगायतका साइत हेरेर जुराएर गर्नुपर्ने मांगलिक कर्म नगर्नु भनिएको हो |साइत हेराएर गर्न नपर्ने खालका श्राद्द , न्वारन , मृत्यू संस्कार , जन्मोत्सव , गरिरहेको ब्रत जस्ता कर्म गर्न हुनेकुरा बताइएको छ !
यहाहरुको दिन शुभ होस् 🕉️🙏🏽

14/05/2026

🙏🏽🕉️सबैको जानकारीका लागि

यो साल आज जेठ 1 बाट असार 1 सम्म ( may 15 देखि june 15 ) मलमास / अधिकमास leap year परेका छन् यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ !
! हाम्रो महिना गणना सौरमास (solar calender , जस्तै गते तारिख 1,2,3…) र चन्द्रमास ( lunar calander , जस्तै तिथि हरु प्रतिपदा , द्वितीया तृतीया .....)अनुसार हुन्छन ! चाडपर्व हरु चन्द्रमास अनुसार गनिन्छन !
सूर्यमास अनुसार सामान्यतया २९ देखि ३२ दिनको एकमहिना हुन्छ भने चन्द्रमास अनुसार एउटा पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेटको महिना हुन्छ! गते अनुसार ३६५ दिनको बर्ष हुन्छ भने तिथि अनुसार ३५४ दिनको एकबर्ष हुन्छ! यस हिसाबले हरेक बर्ष ११ दिनको फरक पर्दा ११x३ = ३३ को हाराहारीमा ( ३२ महिना १४ दिन roughly) मा त्यो अतिरिक्त थपिएको महिना मलमास पर्छ! अर्थात त्यो थपिएको अधिक extra महिना पर्छ सजिलोकोलागी !
अझ सजिलोकोलागी चन्द्रमास अनुसार 13 महिना हुन्छन त्यसैले तिथि अनुसारका पर्व पछाडी धकेलिन्छन !

ज्योतिष शास्त्रका अनुसार थपिएको महिनाको अधिपति कोहिहुन तयार नभएपछि भगवान बिष्णुले ग्रहण गरेकाले यो महिनालाइ पुरुसोत्तम महिना पनि भनिन्छ!
कथा अनुसार हिरण्यकश्यपले बरदान माग्दा नर, नारी, पशु, शस्त्र, दिन रात, १२ महिना कसैले मार्न नसकोस भनेर बर मागेकाले, भगवान बिष्णुले चलनको १२ महिनाभन्दा परको मलमासमा हिरण्य कश्यपको बधगरेका हुन भन्ने छ!
यो अवधिमा माङ्गलिक कार्यहरु जस्तै गृहप्रवेश, गृहपूजा, ब्रतबन्ध, बिबाह , देवताका मूर्तीको प्राणप्रतिष्ठा , ब्रतको आरम्भ र समापन , पहिलोपटक केश मुण्डन जस्ता कर्म गरिँदैन भने सिमोन्तनयन ( baby shower भन्दा भयो ) नामाकरण , अन्न्प्राशन, ग्रहशान्ति , कृया , श्राद्द बार्षिकी , गरिरहेका ब्रत गर्न हुन्छ भनिएको छ !
यो महिनालाई पुरुषोत्तम महिना पनि भनिएकाले भगवान नारायणको पूजा आराधना भजन किर्तन तथा माहात्म्या पाठ सुन्नाले पुण्य मिल्ने बताइएको छ !
परम्परा अनुसार बिहेपछिको पहिलो मलमासमा बिबाहित जोडी सँगै नबस्नु भन्ने मान्यता छ! यो अबधिमा गर्भ रहनुहुन्न भएमा अशुभ हुन्छ भन्ने मान्यताले त्यसो भनिएको होला शायद !!
सबैको दिन शुभ होस् 🕉️
🙏🏾🙏🏾

20/04/2026

🕉️🙏🏽
आज अक्षय तृतिया ( बैसाख शुल्क तृतीया तिथि )
आजको दिनबाट त्रेता युगको शुरुवात भएको मानिन्छ !
भगवान बिष्णुको छैठौँ अवतारको रुपमा आजै भगवान परशुरामको जन्म भएको मानिन्छ ! !
आज जौको सातु र सर्बत खाने खुवाउने चलन छ ! आज यी चिज खुवाउनाले अक्षय ( नास नहुने ) पुन्ड्य पाइन्छ भन्ने मान्यता छ
आजको यहा हरुको दिन शुभ होस् 🙏🏽🕉️

🙏🏽🕉️सामूहिक बेल बिबाह ( इही ) हुँदैछ  June 27 2026 ! यो बिबाह नेवार गुरुले गराउँदै हुनुहुन्छ ! इच्छुक अविभावकले फ्लाएरमा...
12/04/2026

🙏🏽🕉️सामूहिक बेल बिबाह ( इही ) हुँदैछ June 27 2026 ! यो बिबाह नेवार गुरुले गराउँदै हुनुहुन्छ ! इच्छुक अविभावकले फ्लाएरमा दीएको नम्बरमा सम्पर्क गर्नुहोला 🙏🏽🕉️

Address

Melbourne, VIC

Alerts

Be the first to know and let us send you an email when Shree Purohit Karma Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree Purohit Karma Sewa:

Share