Shree Purohit Karma Sewa

Shree Purohit Karma Sewa Registered Marriage Celebrant
विवाह, ब्रतबन्ध, गृहवस्तुपूजा, नामकरण आदि

14/05/2026

🙏🏽🕉️सबैको जानकारीका लागि

यो साल आज जेठ 1 बाट असार 1 सम्म ( may 15 देखि june 15 ) मलमास / अधिकमास leap year परेका छन् यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ !
! हाम्रो महिना गणना सौरमास (solar calender , जस्तै गते तारिख 1,2,3…) र चन्द्रमास ( lunar calander , जस्तै तिथि हरु प्रतिपदा , द्वितीया तृतीया .....)अनुसार हुन्छन ! चाडपर्व हरु चन्द्रमास अनुसार गनिन्छन !
सूर्यमास अनुसार सामान्यतया २९ देखि ३२ दिनको एकमहिना हुन्छ भने चन्द्रमास अनुसार एउटा पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेटको महिना हुन्छ! गते अनुसार ३६५ दिनको बर्ष हुन्छ भने तिथि अनुसार ३५४ दिनको एकबर्ष हुन्छ! यस हिसाबले हरेक बर्ष ११ दिनको फरक पर्दा ११x३ = ३३ को हाराहारीमा ( ३२ महिना १४ दिन roughly) मा त्यो अतिरिक्त थपिएको महिना मलमास पर्छ! अर्थात त्यो थपिएको अधिक extra महिना पर्छ सजिलोकोलागी !
अझ सजिलोकोलागी चन्द्रमास अनुसार 13 महिना हुन्छन त्यसैले तिथि अनुसारका पर्व पछाडी धकेलिन्छन !

ज्योतिष शास्त्रका अनुसार थपिएको महिनाको अधिपति कोहिहुन तयार नभएपछि भगवान बिष्णुले ग्रहण गरेकाले यो महिनालाइ पुरुसोत्तम महिना पनि भनिन्छ!
कथा अनुसार हिरण्यकश्यपले बरदान माग्दा नर, नारी, पशु, शस्त्र, दिन रात, १२ महिना कसैले मार्न नसकोस भनेर बर मागेकाले, भगवान बिष्णुले चलनको १२ महिनाभन्दा परको मलमासमा हिरण्य कश्यपको बधगरेका हुन भन्ने छ!
यो अवधिमा माङ्गलिक कार्यहरु जस्तै गृहप्रवेश, गृहपूजा, ब्रतबन्ध, बिबाह , देवताका मूर्तीको प्राणप्रतिष्ठा , ब्रतको आरम्भ र समापन , पहिलोपटक केश मुण्डन जस्ता कर्म गरिँदैन भने सिमोन्तनयन ( baby shower भन्दा भयो ) नामाकरण , अन्न्प्राशन, ग्रहशान्ति , कृया , श्राद्द बार्षिकी , गरिरहेका ब्रत गर्न हुन्छ भनिएको छ !
यो महिनालाई पुरुषोत्तम महिना पनि भनिएकाले भगवान नारायणको पूजा आराधना भजन किर्तन तथा माहात्म्या पाठ सुन्नाले पुण्य मिल्ने बताइएको छ !
परम्परा अनुसार बिहेपछिको पहिलो मलमासमा बिबाहित जोडी सँगै नबस्नु भन्ने मान्यता छ! यो अबधिमा गर्भ रहनुहुन्न भएमा अशुभ हुन्छ भन्ने मान्यताले त्यसो भनिएको होला शायद !!
सबैको दिन शुभ होस् 🕉️
🙏🏾🙏🏾

20/04/2026

🕉️🙏🏽
आज अक्षय तृतिया ( बैसाख शुल्क तृतीया तिथि )
आजको दिनबाट त्रेता युगको शुरुवात भएको मानिन्छ !
भगवान बिष्णुको छैठौँ अवतारको रुपमा आजै भगवान परशुरामको जन्म भएको मानिन्छ ! !
आज जौको सातु र सर्बत खाने खुवाउने चलन छ ! आज यी चिज खुवाउनाले अक्षय ( नास नहुने ) पुन्ड्य पाइन्छ भन्ने मान्यता छ
आजको यहा हरुको दिन शुभ होस् 🙏🏽🕉️

🙏🏽🕉️सामूहिक बेल बिबाह ( इही ) हुँदैछ  June 27 2026 ! यो बिबाह नेवार गुरुले गराउँदै हुनुहुन्छ ! इच्छुक अविभावकले फ्लाएरमा...
12/04/2026

🙏🏽🕉️सामूहिक बेल बिबाह ( इही ) हुँदैछ June 27 2026 ! यो बिबाह नेवार गुरुले गराउँदै हुनुहुन्छ ! इच्छुक अविभावकले फ्लाएरमा दीएको नम्बरमा सम्पर्क गर्नुहोला 🙏🏽🕉️

🙏🏽🕉️ Everyone is welcome to Join  at the Dandenong North Senior Citizen Club on April 13 from 5 to 8 pm for an enlighten...
07/04/2026

🙏🏽🕉️ Everyone is welcome to Join at the Dandenong North Senior Citizen Club on April 13 from 5 to 8 pm for an enlightening session with Patri Das, a celebrated expert on the Geeta. Family and friends are encouraged to attend. Prasad will be provided .
He has been preaching the essence of Geeta in many languages around the world . Address is in the flyer . 🙏🏽🕉️

Congratulations to these young entrepreneurs for opening your second business. Wish you all the best for your second ven...
03/04/2026

Congratulations to these young entrepreneurs for opening your second business. Wish you all the best for your second venture. May your business flourish🙏🏽

Address

Melbourne, VIC

Alerts

Be the first to know and let us send you an email when Shree Purohit Karma Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree Purohit Karma Sewa:

Share