23/08/2016
१९ महिना अगाडि सञ्जीव अबुधाबीस्थित लुलु हाइपर मार्केटमा वैदेशिक रोजगारका लागि आएका थिए । पछिल्लो समय सञ्जीवका यी दुई जोडी सँगसँगै रहँदा सोनमका माइतीले वास्ता नगरे पनि सञ्जीव विदेश गएको भन्ने खबर सुनेपछि भने फेरि उनीहरुलाई छुटाउने प्रयास सुरु गरे । माइती पक्षले सञ्जीव दलित भएको, पढालेखा पनि नभएकाले छोरी सोनमलाई अस्ट्रेलिया पठाइदिने भनी फकाए । सोनमले पछिल्लो समयमा माइती पक्षकै उक्साहटमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरिन् । - See more at: http://www.ratopati.com/news/73333/ .d3senZpZ.dpuf
अन्तरजातीय विवाहले अजित मिजार ढकालको मृत्युको यात्रा दिलाएको खबर सेलाउन नपाउँदै पोखरामा अर्का एक जोडीले आफ्नो अमूल्य जीवन गुमाए । स्याङ्जाको किचनास–३ का सञ्जीव नेपाली र पौवेगौडे–२ की सोनम रेग्मीको जीवनले पूर्णविराम पाएको यो दर्दानक हत्याको कारण पनि अन्तरजातीय विवाह थियो । सञ्जीव र सोनमको विवाहले विश...