Magar Community Saint Louis ,MO

Magar Community Saint Louis ,MO To preserve and promote the Magar history,
culture, tradition and religion.To promote
education and awareness in the Magar
community.

05/17/2025

बुद्ध जयन्ती तथा बैशाख पूर्णीमाको
उपलक्षमा सामाजिक बुद्ध पूजा सुसम्पन्न मेई 17-2025

हार्दिक श्रध्दाञ्जलि  01/22/2025स्व० बिर्ख बहादुर क्यापछाकी मगरको संक्षिप्त जीवनी 1/1/1947-1/18/2025
01/22/2025

हार्दिक श्रध्दाञ्जलि 01/22/2025
स्व० बिर्ख बहादुर क्यापछाकी मगरको संक्षिप्त जीवनी 1/1/1947-1/18/2025

हार्दिक  समवेदना तथा श्रध्दाञ्जलि ☸️☸️☸️☸️☸️☸️☸️☸️☸️☸️☸️हाम्रा मगर समाज  सेन्टलुईज मिजौरीका  अग्रज समाज सेवी सदस्य बिर्ख...
01/19/2025

हार्दिक समवेदना तथा श्रध्दाञ्जलि

☸️☸️☸️☸️☸️☸️☸️☸️☸️☸️☸️हाम्रा मगर समाज सेन्टलुईज मिजौरीका अग्रज समाज सेवी सदस्य बिर्ख बहादुर क्यापछाकी मगर को मिति 01/18/2025 शनिबारको दिन ठीक 6:30 बजे बेलुकी , निजी निवास 3414 Mckean Ave.Saint Louis MO 63118 मा असामयिक
रुपमा निधन हुनु भएको छ। सम्पूर्ण क्यापछाकी मगर परिवारमा समवेदना प्रकट गर्दै दिवङ्गत प्रति सुगतिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं।मगर समाज सेन्टलुई मिजौरी।💐☸️🙏दाह संस्कार मिति 01/22/2025 को दिन बिहान 10 बजे देखि दिनको 1:00 बजे सम्म 2135 Choteau Ave STL MO 63103 मा हुनेछ। साधुवाद☸️💐🙏

01/18/2025

Information
Our society member Mr. Birkh Bahadur Kyapchhaki Magar has been ill for a long time. The hospital has provided hospice service at his own home. The society should be informed. May everyone be well. Wishing you a speedy recovery.

💐💐💐💐💐💐💐💐💐💐जानकारी
हाम्रो समाजको सदस्य श्री बिर्ख बहादुर क्यापछाकी मगर लामो समय देखि बिमारी हुनुहुन्छ। आफ्नै घरमा अस्पतालले हस्पिस सेवा दिएको छ। समाजलाई जानकारी होस। सबैको भलो होस। शीघ्र सुस्वास्थ्यको शुभकामना ।

https://youtu.be/OWXyaj7RgIc?si=jvD6I185URQ-MYMd
10/20/2024

https://youtu.be/OWXyaj7RgIc?si=jvD6I185URQ-MYMd

Hello, My friend! Welcome to this TRIRATNA USA YouTube channel. यस च्यानलमा बौद्ध मगरहरुले अपनाई ल्याएका बुद्ध मार्ग अनुसार र स्थानीय परिवेशमा बौद्ध सम....

09/13/2024

-Bhikkhu Karuko
(Arjun Bhante) सर्वशान्ति बुद्ध विहार बाट पोष्ट गर्नु भएको हो।
''संसार दुःखचक्रको यात्रामा कठिन दान दिने दायकहरूलाई प्राप्त हुने फल आनिसंश गाथाहरु यस प्रकार छन्=
सकामावचरो भार निक्खेपो बहुवत्थिको ।
अनेकभोजनं लाभी च, नादिन्नादानभोगवा ॥
पञ्चत्येके लभिस्सन्ति, यस्मा कयिनदायिनो ।
दुल्लभं कथितं दानं, ददेय्युं बुद्धवण्णितं ॥
१. सकामावचरी - कुनै यात्र गर्दा कुनै प्रकारको भय, अन्तराय, बाधा अवरोध हुने छैन । स्व इच्छानुसार पुग्न सक्ने ।
२. भार निक्खेपो - जुनै पनि अभिभारलाई सरलतापूर्वक निर्वाह गर्न सक्ने । आफ्‌नो कार्य अफिस, खेतीपाती, व्यापारमा कुनै समय्या जटिलता विना नै गर्न सक्नेछन् ।अनि आश्रवक्षय ज्ञानलाई पनि सहजपूर्वक बोध गर्न सक्ने ।
३. बहुवत्थिको -कहिलै पनि वस्त्रपहिरनको अभाव नहुने ।स्वइच्छित बहुमूल्य कपडा पहिरनहरू प्राप्त हुने ।
४. अनेकभोजनलाभी - खाद्यान्न भोजन प्रसस्त प्राप्त हुनेछ, कहिले अभाव हुनेछैन भने खानाबाट कुनै खतरा पनि हुनेछैन ।
५. नादिन्नादानभोगवा - आगो, पानी, राजा, चोर र अज्ञानी सन्तान कसैले पनि सम्पत्ति नास गर्न सक्नेछैन । श्री सम्पत्ति सधैं सुरक्षित हुनेछ ।
नागित थेरले भन्नु भएको थियो पूर्व जन्ममा कथिन चीवरदान
दिएको आनुभावले नरकमा कहिलै जानुपरेन अनगिन्ती पटक चक्रवर्ती राजा भएर निर्वाणसम्म पुग्नको लागि सो दानको आनु‌भाव मुख्यकारण बन्यो । सुमेरु पर्वत वा हिमालय पर्वतलाई ढाक्ने कपडा दान दिनुभन्दा पनि कथिन चीवर दान दिनुको पुण्य कैयौं गुणा धेरै छ भनिएको छ ।कथिन दान एउटा धार्मिक उत्सब हो । जसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूलाई एक ठाउँमा जम्माहुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । धेरै टाढा टाढाबाट
भिक्षुहरू, गुरुआमाहरू, उपासक, उपासिकाहरू एक ठाउँमा जम्मा हुनेहुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कथिन उत्सव सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित भएको छ । यो उत्सवको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षावास सम्पन्नता माथि यो कथिन चीवरदान अडिएको छ । बर्षाबास सम्पन्नता-जमिन, कथिनदान-रुख, विरुवा जस्तै हो । जमिन नै भएन भने, छैन भने रुख विरुवा कसरी अडिन्छ र !
वर्षाबास सम्पन्न, शील, समाधि, प्रज्ञामा महान प्रगुणता रहेको छ । जसरी वर्षायाम-किसानलाई जत्तिको महत्वपूर्ण छ । भिक्षु भिक्षुणीहरूको लागि उपासक उपासिकाहरूको लागि-दान, शिल, भावना र सील, समाधि, प्रज्ञाको वर्षायाम जस्तै हो । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरूको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण छ । किसानहरूले पहिलो अनाज भित्राएको बेला उत्सव मनाउँछ त्यस्तै हामीले शील, समाधि, प्रज्ञा र दान, शील, भावना भित्राएको अर्थात निर्वाण भित्राएको, निर्वाणसँग नजिक भएको उत्सबको रुपमा लिनुपर्दछ । किसानलाई बर्षे अनाज घाम, पानी, पशुपंक्षी, जंगली जनवारबाट जोगाएर घरमा भित्राउन जतिको गाह्रो छ, सबै चिजबाट जोगाएर अनाज भित्राउन किसानको लागि जतिको महत्वपूर्ण छ । त्यस्तै गरी कथिन उत्सव गर्न गाह्रो छ, त्यतिकै महत्वपूर्ण छ । त्यस्तै
गरी निर्वाणसँग नजिक हुन् गाह्रो छ, अमूल्य छ । हाम्रो मनमा शील समाधी, प्रज्ञा र दान, शील, भावना उब्जाउन गाह्रो छ, फलदावी छ । यो गाह्रो चिज भित्राएको, तीन महिना संघर्ष गरेर अमुल्य, फलदायी महत्वपूर्ण रत्न भित्राएको उत्सब भएकोले कथिन उत्सब हुन गाह्रो भएको मानिन्छ ।भवतु सब्ब मङ्गलं।'' ☸️💐🙏साधु साधु साधु।

Address

3832 Upton Street
St. Louis, MO
63116

Website

Alerts

Be the first to know and let us send you an email when Magar Community Saint Louis ,MO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Magar Community Saint Louis ,MO:

Share