Tamu Shamanism

Tamu Shamanism This is the page of Tamu(Gurung) Community, specifically created for the purpose of saving own culture and tradition based on Pachyu, Klebrin and Bon Lama.

07/25/2023
01/11/2022

“प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हीमु”

Sampurna manubhav haruma binamra anurod . Tala prastut shubhakamana mantabya ma kehi bargaharu lai nakaratmak prabhav pa...
12/09/2018

Sampurna manubhav haruma binamra anurod . Tala prastut shubhakamana mantabya ma kehi bargaharu lai nakaratmak prabhav parna sakne bhaniye ta pani kunai byakti bishes ko janma nakshyatra ghadi ko adharma farak huna sakne janakari garauna chahanchhu.

khegi pachyu ko chinari
02/27/2017

khegi pachyu ko chinari

11/13/2016

Sabaile jaani rakhnu parne kura

Sabaile jaani rakhnu parne kura
06/26/2016

Sabaile jaani rakhnu parne kura

Toldan Kohinbo(Monastery). kasto Lagyo hajur harulai?
06/25/2015

Toldan Kohinbo(Monastery). kasto Lagyo hajur harulai?

06/19/2015

प्हैँ र प्हैँबोको कुरा गर्दा
प्हैँबो भन्ने शब्द प्हैँ भन्ने शब्दबाट परिमार्जित भएर आएको शब्द हो । जस्तै स्यामा क्ह्रोँलु पच्युलाई क्ह्रोंलु प्हैँ पनि भनिन्छ जुन क्ल्हेबृ भन्दा युगौं पुरानो मानिन्छ, । यो प्येताँल्हुताको कुरा हो । तर पछि जव क्ल्हेबृको सुरुवात भयो तब प्हैँ शब्दमा परिमार्जन भइ प्हैँ शब्दबाट प्हैँवो शब्दको जन्म भयो । जस्तै उग्र्यानी प्हैँवो(क्ल्हेबृ –जेठी), युरु प्हैँवो(लम – माइली) । यिनीहरुलाई उग्र्यानी प्हैँ, युरु प्हैँ पनि भन्ने गरीन्छ । त्यस्तैगरी जस्ले खेगी शास्त्र अस्त्र ग्यान आर्जन गरी पुरोहितको काम गर्छ, त्यसलाई कलीप्हेँ मुलीप्है खेगी लोरपनी च्ह पनि भनिन्छ । यहाँनिर मैले भन्न चाहेको के भने प्हैं र प्हैँवो शब्दको अर्थ एउटै हो तर फरक यति हो की प्हैंवो चाहीँ प्हैं शब्दको दोस्रो रुप हो । जसरी पच्युको परिमार्जित रुप क्ल्हेबृ हुन आयो त्यस्तै गरी प्हैँको परिमार्जित रुप पनि प्हैँवो हुन आएको हो की भन्ने मलाई लाग्छ ।
अब आयो प्हैँवो र बोनको कुरा । प्हैँवो र बोनको अर्थ एउटै होइन तर बोन शब्दको परिभाषा भने प्हैँबोबाट नै भएको हो भन्ने मलाई लाग्छ । प्हैँ वा प्हैँवोको अर्थ त्यस्तो आत्म शक्ती युक्त ब्यक्ती हो, जस्ले कुनै पनि दुष्टात्माहरुलाई तन्त्र, मन्त्र, शास्त्र अस्त्र युद्धको माध्यमबाट पराजित गरी शुद्ध आत्माहरुलाई मुक्ती दिलाउने काम गर्न सक्षम हुन्छ, जसलाई तमु भाषामा पच्यु र चोँ भाषामा प्हैँ वा प्हैँवो भनिन्छ भने बोनको अर्थ यसको समग्रतामा आधारीत भएर धर्म(च्भष्निष्यल) प्रति जोडिदिएको छ । हुन सक्छ, तमूको प्येताँल्हुताँ अनुसार उग्र्यानी प्हैँ, युरुप्हैँ भनेर पहिले भनिन्थ्यो तर पछि जव उग्र्यानी प्हैँ को समयदेखी बोन धर्मको प्रतिपादन भएर आएको हुनाले प्हैँवों शब्दले शुसज्जीत पारेको हुन सक्छ । वास्तवमा प्हैँ र प्हैँवो शब्दमा यही भिन्नता भए पनि अर्थ भने एउटै लागु हुन्छ । बोन भनेको ती बिश्वास र अभ्यासहरुको संग्रह हो जो मृतकको आत्मा र दाह सस्कारमा केन्द्रीकृत देखिन्छ ।

06/16/2015

“धर्म भनेको सत्यता हो, बिश्वास हो । सत्यता र बिश्वास नै धर्मको अर्को नाम हो । जहाँ सत्यता छैन जहाँ बिश्वास छैन त्यहाँ पापी आत्माहरुले वास गर्दछन् ।” – होमन ल्हेगेँ तमु

This is the footprints of the evil spirits(Ri) captured during a shamanic ritual called "Ri Tehn".यी पाइलाहरु दुष्टात्मा...
06/16/2015

This is the footprints of the evil spirits(Ri) captured during a shamanic ritual called "Ri Tehn".
यी पाइलाहरु दुष्टात्माहरुको पाइलाहरु हुन् जसलाई पच्युखेगी गुरुहरुले री त्हेँ भन्ने यज्ञमा बोलाएर पासोमा पार्दछन र आफ्नो तन्त्र मन्त्र शास्त्र बिधिबाट मार्छन् र दवाएर राख्दछन् ।

गत बैशाख १२,१३ र २९ गते गएको बिनाशकारी भुकम्प र त्यसपछि गएको पराकम्पनबाट मृत्यु भएका दिवंगत आत्माहरुको चिर सान्ती तथा जि...
06/10/2015

गत बैशाख १२,१३ र २९ गते गएको बिनाशकारी भुकम्प र त्यसपछि गएको पराकम्पनबाट मृत्यु भएका दिवंगत आत्माहरुको चिर सान्ती तथा जिवित प्राणी, मानिस लगाएत प्राकृतीक तत्वहरुको शान्ती सुरक्षा हेतु गत सोमवार २५ गते स्यांजा ढापुक गुरुधीँका ल्हेगेँखेगीगुरुहरुबाट म्हौसी त्हेँ(स्वस्ती शान्ती पुजा) भएको थियो । बिहान ९ बजेदेखी सुरु भएर राती १२ बज्दानबस्दै सम्पन्न भएको उक्त म्हौसी त्हेँमा श्री होमन ल्हेगेँ पच्यु, श्री डिलप्रसाद ल्हेगेँ पच्यु, श्री सन्तोष ल्हेगेँ पच्यु, श्री कुल प्रसाद ल्हेगेँ पच्यु र श्री रबिन पंगीलम पच्युगुरुको सहभागीता थियो । तमू प्ये ल्हु संघ काठमाण्डौ उपत्यका तदर्थ समितिद्वारा आयोजित यस कार्यक्रममा नेपाल अधिराज्य भरका भूकम्प ग्रसित क्षेत्रबाट संकलित ४१३ जना मृतात्माहरुको नामावलीमा पूर्व आइ.जि.पि हेमबहादुर त्होर्जे तमू र क्या. धनबिर क्रोम्छैं तमू र पच्युगुरु होमन ल्हेगेँ तमू र अन्य सबै उपस्थीत मानुभावहरुबाट श्रद्धान्जली स्वरुप धुप, द्विप र पुप्पमाला अर्पण गरिएको थियो । भने पच्युखेगीगुरुहरुबाट तन्त्र मन्त्र शास्त्र ज्ञान शक्ति उपयोग गर्दै म्होसी त्हेँको बिशेष बिधिहरु शिल्दोनाल्दोको प्रमुख शक्तीशाली देवता पग्रेँशिल्दो सामु क्ल्हे, सर्वि मो सर्विच्योँ पुकार गरिएको थियो । त्यसपछि साधाना बिधिबाट पयुँको दुई ओटा लठ्ठीमा बिर साधना गरी बिर साधना गर्दै दोवाटो(सोग्यँबु)मा आगोका ज्वाला छोडिएको थियो । त्यसपछि उपस्थित सम्पुर्ण मानुभावहरुलाई पुरुष र महिलागरी पच्युगुरुहरुबाट मान्त्र जप गरिएको नौ गाँठो र सात गाँठोको रिपा(बिशेष खालको धागो) लगाई दिएका थिए । त्यसको लगतै पच्युखेगीगुरुहरुबाट क्ल्हेकोइवा र फैलु तेँवा बिधि गर्दै जिवित तथा मृत आत्माहरुलाई दुःख दिने खालका दुष्टात्माहरु(री) लाई बोलाएर पु अर्थात हाँडीमा हाली दवाउने बिधि समेत गरी अन्तमा कुल छोडी म्होसी त्हेँ समाप्त गरिएको थियो ।

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Tamu Shamanism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Tamu Shamanism:

Share