Khadgakali Temple Chapakot 4 Malyangkot

Khadgakali Temple Chapakot 4 Malyangkot to promote the buty of khadgakali temple we all have to like this page

04/04/2026

जानकारी

आफैसंग चिमोट्नु आफूलाई र ऐया भन्नू थप्थपाउनु आफैलाई र लामो सास तान्नु !यहाँ कोही आउला र बिचरा भनिदेला भनेर नपर्खिनु !बोल...
10/26/2025

आफैसंग

चिमोट्नु आफूलाई र ऐया भन्नू
थप्थपाउनु आफैलाई र लामो सास तान्नु !
यहाँ कोही आउला

बिचरा भनिदेला भनेर नपर्खिनु !

बोलाउनु आफैलाई र हई भन्नु
हराउनु आफैलाई र खै भन्नु
कसैले खोजी गर्ला भनेर नपर्खिनु
पत्ता लगाउनु आफैलाई र पत्तो नदिनु !

टेकेको जमिन ओढेको आकास
पाएको जिन्दगी अनि फेरिरहेको सास
यी भन्दा अर्को छैन केही सम्बन्ध र नाताहरु
आफैभित्र कोलाहल छ आफैभित्र सन्नाटाहरु !

नरुनु देखिने गरी, हाँस्नु नदेखिने गरी
छायाँ सत्य हो-
कतैबाट उज्यालो आउँदा सम्म मात्र !
माया सत्य हो-
आफै रित्तिएर खन्याउँदा सम्म मात्र !

बाँड्नु आफैलाई एक गड्डी तास
र जोकर बनाउनु आफैलाई
जुट मिलाउनु आफैसंग
र जित्नु आफैलाई, कसैलाई नहराई !

पकाउनु बासना आउने गरी
पस्किनु भाग पुग्ने गरी
र खानु सास आउने गरी
यहाँ कसैले सोध्दैन भोक तिम्रो
यहाँ कसैले छाम्दैन रोग तिम्रो
सुम्सुम्याउनु आफैलाई
र सुई लाउनु सहाराको !
अडेस लाउनु आफैलाई
र गुल्कोज चढाउनु सम्भावनाको !

जे छौ जस्तो छौ
तिमी तिम्रो लागि
असाध्यै राम्रो छौ
आहा नपर्खिनु कोहीबाट
डाहाको परवाह नगर्नु कसैको !

सत्य तिमी हौ, साथी तिमी हौ
इन्धन तिमी हौ, बाती तिमी हौ
नडराउनु हल्ला र मिथ्याहरुसंग
अफवाह र भ्रमभन्दा माथि तिमी हौ !

थाहा पाउनु किन आयौ
बोध गर्नु एकदिन जाने हौ
किन भौतारिन्छौ यहाँ र त्याहाँ
यो खोज्दै र त्यो खोज्दै !
निकाल्नु अलिकति फुर्सद
र बस्नु आफैसंग
आफैलाई अंगालोमा समेट्दै !

एउटा प्रेमपत्र लेख्नु आफैलाई
र सुस्तरी पढ्नु
लजाउनु आफैसंग
र गाली गर्नु ऐनालाई !

कसैले लेखिदिन्न तिम्रो
कथा र कविता यहाँ
विम्ब आफै हौ, पात्र स्वयं तिमी
पाठक आफै हौ लेखक स्वयं तिमी

तिमी तिम्रै प्रेम हौ तिमी तिम्रै अनुराग !
तिमी तिम्रै समर्पण हौ तिमी तिम्रै त्याग !
कसैले गर्दैन तिमीलाई तिमीले भन्दा बढि माया
कसैले चिन्दैन तिमीलाई तिमीले भन्दा बढि यहाँ !

ती स्पष्टिकरणमा खर्चिएका समयहरु समेटर
त्यो बालुवामा खन्याइएको पानीलाई संगालेर

छ्याप्प छ्याप्नु आफैलाई
र बिउँझाउनु निद्राबाट !
च्याप्य समाउनु समयलाई
र निस्किनु भ्रमको पर्दाबाट !

जीवन दिए पनि जोवन दिए पनि
संसार दिए पनि सर्वस्व दिए पनि
कसैले पाएँ भनेको छ र आजसम्म ?

तिमीले तिमीलाई तिमी दिंदा
तिमीले तिमीबाट तिमी पाउँदा
रिस गरेछ कसैले भने गरोस्
कुरा काटेछ कसैले भने काटोस्

आफ्नो अंगालोमा आफ्नै ब्रह्माण्ड छ यहाँ
आफ्नो संगालोमा आफ्नै साम्राज्य छ यहाँ

सुनिएला स्वार्थको कविता जस्तो
देखिएला मतलबी कथा जस्तो
काटे दुख्ने तिमीलाई हो
फाटे रुने तिमी नै हो

मलामी देख्ने छैनौ आफ्नै आँखाले
मृत्यु भोग्ने छैनौ छोएर आफैले
सास छ त जीवन छ आफैसंग
आस छ त जगत छ आफैसंग

बस् तिमी,
बाँचे जस्तो गरी बाँच आफैसंग
मरेपछि फाल्ने त यहाँ कैयौं भेटिन्छन् !
नभेटिए पो के फरक पर्छ र
आफूले आफैलाई भेटाएर बाँचेको
शानदार जीवन हौ तिमी !

त्यही नै प्रयाप्त हुनेछ
जिन्दगीको अन्तिम हरफको लागि !!

दुर्गा माताले हामी सबैकाे कल्याण गरून् ।
10/01/2025

दुर्गा माताले हामी सबैकाे कल्याण गरून् ।

09/29/2025

✓ बिस्तारै सुधार गर्दै जानुहोस्
- हतार गर्ने बानीमा
- निर्णय निर्माण
- अलमलिने बानी
- राम्रोसँग प्रश्न नपढ्ने बानीमा
- परीक्षा भन्ने बित्तिकै डराउने
- अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
- आफ्नो क्षमतामा शंका गर्ने
- आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
- आफै केही गर्नै नसक्ने
- अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
- सचेत भएर नपढ्ने
- उत्तर लेख्न हतार गर्ने
- चिन्तन होईन चिन्ता गर्ने
- तत्काल नतिजा चाहने
- आफुलाई सर्वज्ञ ठान्ने

✓ चटक्कै छोड्नुहोस्(Leave These):
- अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
- अस्वस्थकर र अव्यवस्थित खानपिन/जीवनशैली
- फजुल खर्च
- अनुत्पादक काम
- किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
- गुनासो मात्रै गर्ने
- डर मान्ने
- किताबको मोटाई हेर्ने
- सीमित अध्ययन गर्ने बानी

✓ Do Believe( मज्जाले विश्वास गर्नुहोस्)
- आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा
- मेहेनत र कर्ममा
- प्रकृति, ब्रह्माण्ड र प्रेममा
- सकारात्मक सोचमा
- हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
- निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ।
- स्वच्छ प्रतिस्पर्धा
- सहि समयमा सहि निर्णय

✓ Share(बाँड्दै गरौं):
- आफुले जानेका कुरा। पढेका कुरा।
- सहि तरिका।

✓ Accept(स्वीकार गर्नुहोस्):
- आफ्ना कमजोरी
- उपयुक्त सुझाव
- सहि मार्गदर्शन
- समय
- मेहेनत अनुरुपको नतिजा

यो चाइ राम्रो लाग्यो
✓ अभ्यास गर्नुहोस्(Exercise):
- पढेर
- पढ्दै लेख्दै गरेर
- सुनेर
- छलफल गरेर
- आफै नमूना परीक्षा गरेर
- हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर

( सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता , सकारात्मक सोच, आत्मविश्वास , समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह , खुशी, समयसीमा , रणनीति , योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ , बानीको निरन्तरता भए।
Khanal

🌿 अत्यधिक सोचाइको बोझ 🌿यो जीवनको एउटा गहिरो सत्य हो किजब हामी कुनै पनि विषयलाई लिएरअत्यधिक सोच्न थाल्छौं,त्यसको पहिलो चो...
09/06/2025

🌿 अत्यधिक सोचाइको बोझ 🌿
यो जीवनको एउटा गहिरो सत्य हो कि
जब हामी कुनै पनि विषयलाई लिएर
अत्यधिक सोच्न थाल्छौं,
त्यसको पहिलो चोट हाम्रो मन र शरीरमा पर्छ ।

सानो कुरा पनि बारम्बार सोचिरहनु
हामीलाई उल्झन, तनाव र थकानतर्फ धकेल्छ ।
यो सोचको भारीले हाम्रो आत्मबललाई कमजोर बनाउँछ,
मनलाई थकित पार्छ, शरीरलाई रोगतर्फ धकेल्छ ।

जीवनमा सन्तुलन अत्यावश्यक छ ।
हरेक समस्याको समाधान केवल सोचाइमा होइन,
सही समयमा सही कदम चाल्न सक्ने क्षमतामा हुन्छ ।

अत्यधिक सोच्दा हामी आफैं कमजोर बन्छौं,
धेरै अवसरहरू गुमाउँछौं,
र सुख शान्तिलाई आफ्नै हातले चोरिदिन्छौं ।

त्यसैले, जे कुरा हाम्रो नियन्त्रणमा छ,
त्यसमा मात्र ध्यान केन्द्रित गरौं ।
जे कुरा हाम्रो हातमा छैन,
त्यसलाई समयलाई सुम्पिदिनु नै बुद्धिमानी हो ।

स्मरण रहोस् –
अत्यधिक सोचले हाम्रो खुशीलाई हराउँछ,
सपनालाई मेटाउँछ,
र हामीलाई केवल पीडामै बाँधिदिन्छ ।

👉 जीवनलाई हल्का बनाऔं,
मनलाई सहज राखौँ,
समयको विश्वास गरौँ,
र विश्वास गरौँ –य
सही सोच र सही कदमले मात्र
जीवनलाई उज्यालो भविष्यतर्फ लैजान्छ ।
#रमजान_बाबू
#समाजका_कुरा
सामाजिक संजालबाट साभार

09/03/2025

सोच्नुभएको छ ? फेसबुक र गुगल विश्वकै ठूला पूँजीवादी उत्पादन हुन् । यी दुबै निःशुल्क छन् । कमाइका हिसाबले गुगल विश्वको दोस्रो ठूलो कम्पनी हो तर विश्वभर यसको मुख्य उत्पादन प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन ।

युट्युब, गुगल म्याप, क्रोम ब्राउजर, गुगल सर्च र जिमेलजस्ता मुख्य उत्पादन अमेरिकी जनतालाई मात्रै नभई विश्वभर बिनाकुनै शुल्क चलाउन सकिन्छ र यसले अरबौं मान्छेलाई दैनिक लाभ पुऱ्याइरहेको छ ।

इमेल खाता सञ्चालन गर्न, त्यसलाई आक्रमणबाट सुरक्षित गर्न र बर्सौंसम्म डेटा सेन्टरमा स्टोर गर्न ठूलो खर्च लाग्छ । तर त्यो खर्च तपाईंले तिर्न पर्दैन । तपाईंले काठमाडौंको गल्लीमा गुगलम्याप चलाउँदा स्याटेलाइटदेखि भौतिक पूर्वाधार र करोडौंमा तलब बुझ्ने आइटी-जनशक्तिको तलब बेहोर्नु पर्दैन ।

विश्वकै एक नम्बर सोसल मिडिया फेसबुकमा संसारभरका पत्रपत्रिका र खबर निःशुल्क छ । तपाईंका हजारौं फोटा, भिडियो र डेटा त्यहाँ सुरक्षित छ । यसको वैयक्तिक प्रयोगमा कुनै शुल्क तिर्न पर्दैन । आफ्नै देशको मोबाइल कम्पनीले एक मिनेट कुरा गरेको पैसा लिन्छ तर फेसबुक मेसेन्जर या ह्वाट्सएपबाट विश्वभर अनलिमिटेड निःशुल्क कुराकानी गर्न सकिन्छ । यो निकै ठूलो सुविधा हो ।

फेसबुक या गुगलले गरिबबाट पैसा उठाएर धनीलाई झन् धनी बनाउने पनि होइन । तपाईंको सूचना जम्मा गरेर बेचेर खान्छन् भन्ने आरोप त लगाउन सकिन्छ तर फेसबुकमा मेरो सूचना भनेको उमेर समूह, मेरो रुचि, मेरो लोकेशन र मलाई मन पर्ने सामग्रीहरूबारेको सूचना न हो । यो त मैले आफै शेयर गरेको सूचना हो र यो करोडौं मूल्यको पनि होइन । मेरो निजी सूचना कसैले किन्ने पनि होइन । यिनै सूचनाहरूका आधारमा अन्य उत्पादक कम्पनीले के उत्पादन गर्ने र कसलाई बेच्ने भन्ने निर्णय लिन्छन् । फेसबुकका लागि हामी अमूल्य समय दिएर खटिएको तर्क पनि गर्न भ्याउँछन् कसैले । यो खटाइ नितान्त स्वैच्छिक र आफ्नै फाइदाका निम्ति हो ।

हामीले कुनै कम्पनी या बिजनेस खोल्यौं भने कति मार्जिनमा बेच्ने भन्ने सोच हुन्छ । अनौठो त आफ्ना मुख्य उत्पादन यो पृथ्वीमा भएजति मान्छेलाई सित्तैमा बेचेर पनि यिनले खरबौं कमाउँछन् ।
यी कम्पनीले मुट्ठीभरका ठूला ठूला बिजनेस र कम्पनीबाट पैसा जम्मा गर्छन् र धेरैलाई निःशुल्क सेवा दिन्छन् । ठूलाबाट लिएर सानालाई सुविधा दिनु पूँजीवादप्रतिको मेरो बुझाइको उल्टो हो ।

अझ आज आममान्छेलाई समेत विश्वको जुनसुकै कुनामा रहेर पनि कमाउन सक्ने अवसर यिनले दिएका छन् । पत्रिकासम्म पहुँच भएन भने तपाईंले फेसबुकमैं लेखेर कमाउन सक्नुहुन्छ । तपाईंको भिडियो कुनै टेलिभिजनले बजाएन भने फेसबुक या युट्युबले बजाइदिन्छन् । अलिकति पनि सिर्जनात्मकता र क्षमता छ भने जीहजुर नगरी फेमस हुन सकिन्छ । नेपालजस्तो देशमा रहेर, आफ्नै रुचि र खुशीको काम गरेर पनि लाखौं रुपियाँ आम्दानी हुन सक्छ । यो आफैमा ठूलो क्रान्ति हो ।

फेसबुक, अमेजन, युट्युब (गुगल)जस्ता कम्पनीले कसैलाई गरिब नबनाई लाखौंलाई मिलियनेयर बनाएका छन् । शेयर किन्ने धनी पनि मिलियनेयर छन् । त्यसलाई प्रयोग गरेर उत्पादन या सिर्जनात्मकता बेच्नेहरू पनि मिलियनेयर छन् । टिकटकबाट लाखौं नयाँ कलाकार जन्मिएका छन् । लाखौंले आफ्नो सानो व्यापार र कमाइको स्रोत पाएका छन् । आज हरेक नेपाली घरबाट एउटा कन्टेन्ट क्रिएटर बन्न र घरमैं बसी बसी डलर कमाउन सम्भव छ । हिमाल र पहाड़का भिडियो अपलोड गरेर साउदीभन्दा बढ़ी तलब 'कमाउन' सकिन्छ ।

आज सोसल मिडियाकै कारण कति देशले सुशासन पाएका छन्, नयाँ नेतृत्व पाएका छन् । साधनस्रोत नभएका विद्यार्थीले उच्चस्तरको शैक्षिक सामग्री र सूचना पाएका छन् । कति धेरै लुप्तप्रायः संस्कृति र चाडपर्वको पुनरुत्थान भएको छ । कति धेरै परिवार टाढै भएर पनि जोड़िएका छन् । कति धेरै मानवीय र समाजिक सहयोग सम्भव भएको छ । कति धेरै आममान्छेको कमाइको स्रोत पनि बनेको छ ।

अझै त युट्युबे भनेर हेप्ने चलन बाँकी छ भने हिजो सूचनामाथि पत्रिका र टेलिभिजनको एकाधिकार भएको बेला हजारौं सिर्जनशील व्यक्तिहरूको अवस्था कस्तो थियो होला ?

कुनै पनि कुरा राम्रो मात्रै हुँदैन । पक्कै पनि आज सोसल मिडिया या यस्ता उत्पादनले ल्याएका थुप्रै विकृति छन् । सामाजिक र कानुनी जटिलता छन् । तर तिनले पुऱ्याइरहेको र पुऱ्याउन सक्ने असीमित आर्थिक-सामाजिक लाभका सन्दर्भमा ती विकृतिलाई जोखेर मात्रै निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ ।

नियमनको पहल नै नगरेको भए शायद फेसबुकले नेपाललाई मोनेटाइजेशनको योग्य देशमा राखिहाल्ने थिएन । पहलका निम्ति सरकारलाई धन्यवाद छ । तर सबै कम्पनी र उत्पादनलाई एकै डालोमा राखेर निषेधात्मक कदम नचाल्न र संवादात्मक रूपले फेसबुक या टिकटकबाट लाखौं नेपाली नागरिकले प्राप्त गर्न सक्ने आम्दानी र सामाजिक लाभलाई ध्यानमा राखेर मात्रै कुनै निर्णय गर्न अनुरोध छ ।

तपाईंको बुझाइ के छ ?- Narayan Gaunle

08/17/2025

सारै चित्त बुझ्यो 😊 एक पटक पढौ 😊
अबको १०/२० वर्षमा एउटा पुस्ताले यो संसार छाड्ने छ, जो ज्येष्ठ नागरिक हुन्, जसको उमेर अहिले ६०-७० वर्षको हाराहारीमा छ ।

यस पुस्ताका मानिसहरु बिल्कुलै फरक छन्...

जो राति चाँडै सुत्छन्, बिहान सबेरै उठ्छन्, बिहानै बाहिर निस्किन्छन् ।
आँगन र बोटबिरुवामा पानी हाल्ने, देवताको पुजाका लागि फूल टिप्ने, पुजा गर्ने, दिनहुँ मन्दिर जान्छन् ।

बाटोमा भेट्नेसँग कुरा गर्ने, सुख-दुःख सोध्ने ,घर परिवार सोध्ने, तिमि फलानाको छोरा छोरि नाति हैन भन्ने , नाता केलाउने हात जोडेर नतमस्तक हुनेहरू पूजा नगरी खाना नखाने ।।

उहाहरुको अनौठो संसार...
दसैँ तिहार, अतिथि शिष्टाचार, अन्न बालिको चिन्ता , तीर्थयात्रा, धर्म को वरिपरि घुम्ने।

पुरानो फोनमा मोहित, फोन नम्बरहरु डायरीमा राख्ने, रङ नम्बर आउदा पनि कुरा गर्ने, पत्रीका दिनभरमा दुइ तिन पटक पढ्ने , रेडियोमा समाचार सुन्ने ।।

एकादशी औसि , पुर्णिामा सधै याद गर्ने , भगवानमा दृढ आस्था, समाजको डर, पुरानो चप्पल,टोपि चस्मा कलम सधै साथमा हुने ।।

गर्मीमा अचार, सिन्कि बनाउने, घरमा पकाएको मसला प्रयोग गर्ने र सधैँ बारीकै सागसब्जी खोज्ने आफनै बारीमा काँक्रा, फर्सी, धनिया, मेथि, टमाटर, लाउने ।

ज्वोरो टाउको दुखेको पेट दुखेको फुकेर सन्च पारिदिने ।।

हजुरहरुलाइ थाहा छ यी सबै मानिसहरु बिस्तारै हामीलाइ छोडेर जादैछन् ।
तपाईको घरमा यस्तो कोहि ब्यक्ति हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने उहाहरुलाइ सम्मान साथ राख्नुस असल व्यबहार गर्नुस , सायद उहा हरुको कुरा हामिलाइ मन पर्दैन होला ठुलो बोल्नुहुन्छ होला झर्किनुहुन्छ होला तेहि पनि उहाबाट केहि लिनुस ।।
अन्यथा, एउटा महत्त्वपूर्ण पाठ उहाहरूसँग जान्छ ... त्यो हो, सन्तुष्ट जीवन, एक सरल जीवन, एक प्रेरणादायी जीवन, एक मिसावट र बनावट रहित जीवन, धर्म को मार्ग पछ्याउने जीवन र सबैको ख्याल गर्ने एक आत्मीय जीवन। ।

तपाईंको परिवारमा जो कोही जेठो छ, उनीहरूलाई सम्मान र आफ्नो सम्बन्ध, समय र माया दिनुहोस्, र सम्भव भएमा उनीहरूको पाइला पछ्याउने प्रयास गर्नुहोस्।

यो मानव इतिहासको अन्तिम पुस्ता हो, जसले आफ्ना ठूलाको कुरा सुने र अहिले आफ्ना सानाको कुरा सुनिरहेका छन्, यिनीहरू जेष्ठ नागरिक हुन् हाम्रा माता पिता हुन हाम्रो सस्कार हुन।

चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू-१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्।तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग...
05/20/2025

चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू-

१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्।
तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन्।
अर्थ; संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन्। चील चीलहरूसँग उड्छ। राम्रो संगत राख्नुहोस्।
२. चीलहरूको सही दृष्टिकोण हुन्छ। तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। जतिसुकै बाधाहरू किन नहोस्, चीलले शिकारलाई नसमातेसम्म आफ्नो ध्यान शिकारबाट हटाउँदैन। आदिमकालमा पनि मानिसको खानेकुरा मासु मात्र थियो । अन्न हजारौं वर्षपछि मात्र पत्ता लागेको हो ।
अर्थ; दृष्टि राख्नुहोस् र जतिसुकै बाधाहरू आए पनि ध्यान केन्द्रित गर्नुहोस् र तपाईं सफल हुनुहुनेछ।
३. चीलहरूले मरेका चीजहरू खाँदैनन्। तिनीहरूले ताजा शिकार मात्र खान्छन्।
अर्थ; आफ्नो विगतको सफलतामा भर नपर्नुहोस्, जित्नको लागि नयाँ सीमाहरू खोजिरहनुहोस्। आफ्नो विगतलाई जहाँ छ, विगतमा छोड्नुहोस्।
४. चीलहरूलाई आँधी मन पर्छ।
जब बादलहरू जम्मा हुन्छन्, चील उत्साहित हुन्छ, चीलले आफूलाई माथि उठाउन आँधीबेहरीको प्रयोग गर्दछ। एक पटक आँधीबेहरीको हावा फेला परेपछि, चीलले बादलभन्दा माथि उठ्नको लागि क्रोधित आँधीको प्रयोग गर्छ। यसले चीललाई उड्ने र आफ्नो पखेटा आराम गर्ने अवसर दिन्छ। यसैबीच, अन्य सबै चराहरू रूखका हाँगाहरू र पातहरूमा लुक्छन्।
अर्थ; आफ्ना चुनौतीहरूको सामना गर्नुहोस्, यो जान्नुहोस् कि यसले तपाईंलाई पहिलेभन्दा बलियो र राम्रो बनाउनेछ। हामी जीवनको आँधीबेहरीलाई अझ उचाइमा पुग्न प्रयोग गर्न सक्छौं। उपलब्धिहरू अझ उचाइमा पुग्न डराउँदैनन्। उपलब्धिहरू चुनौतीहरूबाट डराउँदैनन्, बरु तिनीहरू तिनीहरूलाई स्वाद लिन्छन् र लाभदायक रूपमा प्रयोग गर्छन्।
५. चीलहरू तालिमको लागि तयारी गर्छन्;
तिनीहरूले गुँडमा प्वाँख र नरम घाँस हटाउँछन् ताकि साना बच्चाहरू उडानको तयारीमा असहज हुन सकून् र अन्ततः उड्छन्/ जब गुँडमा बस्न असहनीय हुन्छ।/
उपचार; आफ्नो आराम क्षेत्र छोड्नुहोस्, त्यहाँ कुनै वृद्धि हुँदैन।
६. जब चील बूढो हुन्छ,
उसका प्वाँखहरू कमजोर हुन्छन् र उसलाई जति छिटो र जति माथि लैजानुपर्छ त्यति उठाउन सक्दैनन्। यसले उसलाई कमजोर बनाउँछ र उसलाई मर्न सक्छ। त्यसैले ऊ पहाडको टाढाको ठाउँमा अवकाश लिन्छ। त्यहाँ रहँदा, उसले आफ्नो शरीरका कमजोर प्वाँखहरू उखेल्छ र यसको चुच्चो र पञ्जाहरू ढुङ्गामा ठोक्काएर पूर्ण रूपमा नाङ्गो नभएसम्म भाँच्छ; यो धेरै रक्तपातपूर्ण र पीडादायी प्रक्रिया हो। त्यसपछि ऊ नयाँ प्वाँखहरू, नयाँ चुच्चो र पञ्जाहरू नबढुञ्जेल यो लुक्ने ठाउँमा बस्छ र त्यसपछि ऊ पहिलेभन्दा माथि उड्दै बाहिर निस्कन्छ।
अर्थ; हामीले कहिलेकाहीं पुरानो बानी त्याग्नुपर्छ, जतिसुकै गाह्रो भए पनि, हामीलाई बोझ पार्ने वा हाम्रो जीवनमा कुनै मूल्य नदिने कुराहरू त्याग्नुपर्छ।
Source-Social media.

05/17/2025

I got 20 reactions and comments on one of my posts last week! Thanks everyone for your support! 🎉

05/15/2025

**व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना*
नेपाल सरकारद्वारा भोलिदेखि सामाजिक सञ्जाल सम्बन्धि नयाँ सञ्चार नीतिहरु लागू हुनेछन्। यी नियमहरू सबै प्रयोगकर्ताहरूका लागि अनिवार्य हुनेछ ।

१.अबदेखि सबै व्हाट्सएप भ्वाइस र भिडियो कलहरू रेकर्ड गरिनेछ।

२. रेकर्ड गरिएका कलहरू सरकारद्वारा सुरक्षित रूपमा संकलन गरिनेछ।

३. व्हाट्सएप, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायत सम्पूर्ण सामाजिक सञ्जालहरूको तीब्र रुपमा निगरानी गरिनेछ।

४. प्रयोगकर्ताहरूको सामाजिक संजाल उपकरणहरू सूचना तथा सञ्चार मन्त्रालयको निगरानी प्रणालीसँग जोडिनेछ।

५.कसैलाई आपत्तिजनक वा भ्रामक सन्देश पठाउने कार्यबाट आजैदेखि टाढा रहनुहोस्।

६.आफ्ना बालबालिका, दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ तथा चिनेजानेकाहरूलाई सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग गर्न सुझाव दिनुहोस्।

७. नेपाल सरकार, प्रधानमन्त्री वा वर्तमान राजनीतिक अवस्थासम्बन्धी कुनैपनि आपत्तिजनक सन्देश वा भिडियो नपठाउनुहोस्।

८. राजनीतिक वा धार्मिक विषयमा नकारात्मक सन्देश लेख्नु वा पठाउनु अहिलेको अवस्थामा कानुनी अपराध मानिनेछ, जसका लागि बिना वारेन्ट पक्राउ गर्न सकिनेछ।

९.यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि साइबर अपराध अन्तर्गत मुद्दा चलाइनेछ जसले गम्भीर कानुनी परिणाम निम्त्याउन सक्छ।

१०. समूहका सबै सदस्य तथा प्रशासकहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुहोस्।

११. गलत सन्देश पठाउनबाट टाढा रहनुहोस् र सबै साथीहरूलाई यसबारे जानकारी गराउनुहोस्।

सन्देशको स्थिति दर्शाउने संकेतहरू यस प्रकार रहेका छन् :
--------------------------------------------------------------------------

१. ✅ = सन्देश पठाइएको छ।

२. ✅✅ = सन्देश प्राप्तकर्तासम्म पुगेको छ।

३. ☑️☑️☑️ (तीन निलो टिक) = सन्देश सरकारले पढेको छ।

४. ☑️☑️ (दुई निलो) + ✔️ (रातो) = सरकार तपाईं विरुद्ध कारबाही गर्न सक्छ।

५. ☑️ (निलो) + ✔️✔️ (दुई रातो) = सरकारले तपाईंको व्यक्तिगत विवरण जाँच गरिरहेको छ।

६. ✔️✔️✔️(तीन रातो टिक) = तपाईं विरुद्ध कानुनी कारबाही शुरु भइसकेको छ र तपाईंलाई कार्वाहीको लागि अदालतसम्म पठाउन सकिनेछ । 🇳🇵✍️

सावधानी अपनाउनुहोस्, सचेत रहनुहोस्, र सुरक्षित डिजिटल प्रविधि प्रयोग गर्नुहोस्।

धन्यवाद !!

05/13/2025

Address

Charlotte, NC

Telephone

+19806556852

Website

Alerts

Be the first to know and let us send you an email when Khadgakali Temple Chapakot 4 Malyangkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share