Gets mani church

Gets mani church येशू संसारको ज्योति हुनु हुन्छ..��

09/02/2025

Saturday Fellowship✝️
Praise The Lord 🙏❣️
2082/05/14

10/23/2022

मिति:२०७९/०७-०५ गते आराधना संगति को केही झलक✝️
प्रभुको महिमा भएको होस् ❤️❣️❤️

आज मिति:2079/06-22 गतेको आराधना सँगतिमा यसै मण्डलीका सदस्य जवान (तिर्थ तामाङ र दिल कुमारी तामाङ) को छोरीको नामाकरण गरिएक...
10/08/2022

आज मिति:2079/06-22 गतेको आराधना सँगतिमा यसै मण्डलीका सदस्य जवान (तिर्थ तामाङ र दिल कुमारी तामाङ) को छोरीको नामाकरण गरिएको छ,,
यसै मण्डलीका सहायक पास्टर ( हर्क तामाङ ज्यू)
बाट नामाकरण सम्पन्न गरिएको छ,,
नानी को नाम: (दृष्टि तामाङ) राखिएको छ..
यसरी नै उहाँहरू को जीवनमा अझै परमेश्वरले धेरै मात्रामा आशिष दिनु भएको होस,,र दृष्टि नानी ले प्रभुको डरमा र प्रभुको वचन अनुसार हिँड्न सकेको होस् र प्रभुको अनुग्रह सधैं उहाँहरुको परिवारमा रहिरहोस्❤️❣️❤️आमेन✝️

08/27/2022

आज मिति:२०७९/०५/११ गते शनिबारको आराधना संगति को दिन
यसै मण्डलीका सहायक पास्टर(हर्क तामाङ्ग)ज्यू बाट यसै मण्डलीका
सदस्य(सर पावल तामाङ र मेडम अनुभा तामाङ को दोस्रो सन्तान को रूपमा फेरि अर्को दोस्रो छोरा को आज नामाकरण गरिएको छ..!
नाम:आशेस तामाङ्ग
प्रभुले उहाँहरू को परिवारमा अझै धेरै मात्रामा आशिष दिनु भएको होस्..र बाबु को जीवनमा प्रभुको अनुग्रह सधैं भरी रहीरहोस्🙏आमेन🤎✝️🤎

08/13/2022

लुदियन पञ्जाब पास्टर:Andrew kumal
पुनर्वास 2 अरनिको बस्ती
यो वचन द्वारा सबैलाई आशिष मिलेको होस् 🙏
Amen 🙏✝️🙏

08/07/2022

लुदियन पञ्जाब पास्टर:Andrew kumal
पुनर्वास 2 अरनिको बस्ती
यो वचन द्वारा सबैलाई आशिष मिलेको होस् 🙏
Amen 🙏✝️🙏

जयमसिह सबैलाई,हुन त म कुनै पाष्टर वा अगुवा होइन । म एक साधारण प्रभुको सेवक, मण्डलीको साधारण विश्वासी हुँ । तर आज म सम्पु...
07/22/2022

जयमसिह सबैलाई,
हुन त म कुनै पाष्टर वा अगुवा होइन । म एक साधारण प्रभुको सेवक, मण्डलीको साधारण विश्वासी हुँ । तर आज म सम्पुर्ण मण्डलीलाई यो भन्न चाहन्छु कि एउटा पाष्टर वा सेवकलाई हामी मण्डलीले आदर गर्नुपर्छ, साथ दिनुपर्छ । परमेश्वरको अभिषिक्तजन, एउटा सेवकको हरेक अवस्थाहरुमा सबै ख्रीष्ट विश्वासीहरुले साथ खडा हुनुपर्छ । पाष्टरले मण्डलीमा दशांश वा भेटिको कुरा उठाउने वित्तिकै मण्डली तर्सिने गर्छ, हामी सोँच्छौं कि ती सब पाष्टर वा अगुवा वा लागि हुन् । तर यो एकदम गलत हो । ती सबै भेटि र दशांश परमप्रभु परमेश्वरका लागि हुन्, परमेश्वरको कामका लागि हुन्, त्यसमा उहाँहरुको कुनै हात हुदैँन ।
विचार गर्नुहोस्, एउटा पाष्टर, अगुवाहरुले मण्डलीका हरेक खाँचो र समस्याहरुलाई आफ्नो दिलोज्यानले प्रभुमा समर्पित भएर प्रार्थना सहित प्रभुमा समाधान गरिरहेका हुन्छन् । हामी ठुलाठुला भवन देख्छौं, धेरै विश्वासीहरु भरिभराउ देख्छौं मण्डलीमा जागृति देख्छौं, शनिबार चर्चमा गएर हालेल्लुयाह भन्दै भजन गाउन त निकै रमाइलो र आशिषमय हुन्छ तर यस्तो आशिष र जागृतिमा परमेश्वरको अनुग्रहमा मण्डलीका हरेक कार्पेट र कुर्सीहरु ती पाष्टर र अगुवाहरुका प्रार्थनाका आँशु र पसिनाले भिजेका हुन्छन् जुन् हामी साधारण विश्वासीहरुले नितान्त बुझ्न आवश्यक छ । उहाँहरुबाट हामी सधैं प्रार्थना, सङ्गति, वास्ता, भेटघाट चाहिरहेका हुन्छौं तर के यस्तै वास्ता र प्रार्थना उहाँहरुलाई आवश्यक छैन र ? मेरो मण्डलीका पास्टरलाई जब म हेर्छु, म साह्रै आशिषित हुन्छु । उहाँ आफु अभावमा हुँदा पनि मलाई दिनुहुन्छ। उहाँलाई भोक लाग्दा मलाई खुवाउनु हुन्छ। उहाँहरुलाई थकाइ लाग्दा पनि हाम्रो लागि प्रार्थना गर्न टाढा टाढाबाट आउनुहुन्छ । सङ्गति दिनुहुन्छ । परमेश्वरलाई धन्यवाद होस् ।
हामी उहाँहरुलाई अगाडिबाट सम्पन्न र व्यवस्थित देख्छौं । तर प्रभुमा उहाँहरुको परिश्रम, समर्पण र वलिदान देख्दैनौं ‌। पाष्टरले गाडी चढेको, घर बनाएको मात्र देख्छौं तर उहाँको चप्पल चुँडिएको, पाइन्ट च्यातिएको, कोट च्यातिएको किन देख्दैनौं। आज पनि नेपालका यस्ता धेरै मण्डलीहरुका प्रभुका असल सेवकहरु छन्, जो विश्वासैमा विना तलब र विना सपोर्ट By Faith प्रभुको महान् सेवामा छन् । आज धेरै ख्रीष्टियन संघ संस्थाहरु छन् जो आफ्नै सम्प्रदाय र संस्थाका Logo र संस्थाको नाम चाहन्छन् तर साँचो हृदयले सेवा गर्ने सेवकहरुलाई सेवाकाईका लागि एउटा चप्पल सहयोग गर्न पनि सक्दैनन् ।
म आग्रह गर्दछु मेरो सबै मण्डली परिवारहरुलाई कृपया आफ्नो बगालको हेरचाह गर्ने, हामीलाई परमेश्वरमा डो-याउने, उत्साह दिने, सान्त्वना दिने प्रभुको दासलाई साथ दिऔं । उहाँहरुको हरेक खाँचो र घटिकमीहरुमा मण्डली खडा हुनै पर्छ ।विश्वासीहरुको साथ र सपोर्ट नपाएर कोही पनि सेवकले सेवकाइ छोडेर विदेशीनु नपरोस्।

07/09/2022

2078 youth program

स्थान:विजय गालील चर्च
पुनर्वास,अरनिको बस्ती
परमेश्वरको महिमा भएको होस 🙏

डान्सर हरुको नामवली:
१) बाल कृष्ण तामाङ
२) अर्चना "
३) प्रिस्किला "
४) हसिना "
५) सपना "
६) सुदिना "

Address

Charlotte, NC

Telephone

+19805764663

Website

Alerts

Be the first to know and let us send you an email when Gets mani church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share