Tarahara Shanti Baptist Youth Fellowship- TSBYF

Tarahara Shanti Baptist Youth Fellowship- TSBYF This page is created to save the memories,reflect the history and spread the endless love among all the members of TSBC.

We will continue to believe that JESUS CHRIST is the Savior and Head of every generations.

Happy International Youth Day!❤💌💛1 Timothy 4:12, "Don't let anyone look down on you because you are young, but set an ex...
12/08/2020

Happy International Youth Day!
❤💌💛
1 Timothy 4:12, "Don't let anyone look down on you because you are young, but set an example for the believers in speech, in conduct, in love, in faith and in purity."

24/07/2020

New Creation!
Created during lockdown!
#मँसंग बोल्ने सुन्दर कमलको फुल (Lotus)!
By-Raj Kumar Sampang (President of TSBYF)

कुरा केहि समय अघिको मात्र हो। रातमा मँ मस्त निन्द्रामा सुतिरहेको थिए। कता-कता निन्द्रा भित्र मोबाईलको घण्टी बजेको आवज जस्तो सुने। बिउँझिदाँ मोबाइल मेरै पो रिङ्गगिङ भैरहेको रहेछ। नयाँ नम्बर थियो मैले कल उठाए निद्राको भारी स्वरमा हेलो😕...भने, उसले भन्यो, तपाई राज हो ? मैले भने, होत ! उसले भन्यो, धरानबाट २० मिनेटमा गाडी आइपुग्छ हाइवेमा निस्किराख्नु नत्र गाडि छुटला ! त्यस पछि मँ हतार-हतार गरेर तयारी भइ गाडि त साचिकै पो छुटलाकी भन्ने डरले हस्यङ्फस्यङ गर्दै हाइवै निस्के बल्ल त्यहाँ पाँच मिनेट पछि मात्र स्याँ-स्याँ लामो स्वस फेर्न छोडे। त्यस पछि उही गाडिमा आउने मेरो साथिलाई कल गरे र कहाँ आइपुग्नुभो भनेर सोधे, बल्ल पो भानु चोकबाट गुडकिन लागेको २० मिनेटमा त्यहाँ आइपुग्छ है भन्ने प्रतिक्रिया पाए । उल्टा २० मिनेट मैले कुर्नुपरो । त्यस पछि बल्ल गाडि आइपुगो । कुर्नु पर्दा गाडिवालासंग अलिअलि रिस उठेको थियो तर केहि भनिन् । गाडि समाते अनि साथिको छेउमा बसे । हाम्रो ताप्लेजुङ्को लामो यात्रा बिहान देखि बेलुकीसम्म । के मात्र साथिसंग एक्छिन कुरा गरेर सान्त बसेको भुसुक्क निधाएछु । बिउझिदाँ एक्छिन जस्तो मात्र लाग्यो तर गाडि भने निकै पर बिर्तामोड पुगिसकेको रहेछ । आखाँ खोल्दा बाहिर उजय्लो देखे निन्द्राले छोडेर तुरुन्तै मँ फ्रेश भए ! गाडिको देब्रे छेउको सिटमा बसेर बाहिर हेर्दैरहे गाडि आफ्नै रफ्तारमा गुडिरहेको छ । मैले बिर्तामोडको बाहिरका दृश्यहरु हेर्दैरहे एतिकैमा मेरो आखाले बिहानिको घामको किरणसंगै कालो मैलो गल्लीको हिलोमा छेउ-छेउमा सुन्दर कोपिलाहरुसंगै ४/५ वटा अत्यन्तै सुन्दर कमलको फुल फुलिरहेको देखे । अरु कुराको चासो तेति हुन्न फुल भनेपछि हुरुक्क हुने मान्छे मँ । आहा😀 !कति सुन्दर कमलको फुल 😍😍😍! भनेर गाडि भित्र बोलि पठाइएछु !बिहान पख गाडिभित्र कोहि बोलेको अवस्था छैन । संगै बसेको साथिले खोइ कहाँ ?? भनेर हेर्ने प्रयास गर्दा गाडि फुल फुलेको ठाउँबाट धेरै पर पुगिसकेको थियो । दुर्भाग्यबस फोहोरी कुहिएको हिलोको गन्ध मात्र सबैले सुग्न भ्यए । बिहानको खालिपेटमा सबैलाई दुर्गन्धले वाक्क-वक्का नै बनायो मँ पनि उहि पीडित नाक छोपदै खित्त हासे😊😴! नराम्रो अमिलो गन्ध दिनभरि नाकमा नै टाँसिएको जस्तो भयो फेरि उहि छ यात्रा पहाडको जे भए तापनि त्यसै रमाइलो छ! तराईको जस्तो काहाँ होर,दिउसोको खाँना चिसो ठाउमा फ्रेश खाना अनि लोकल कुखुराको बाकुलो सुप बिहानको गन्धको कारण बन्दै एक गाँस पनि रुचेन अहिले भए बाकी राखिन्न सम्झिदा दाँत चिलौछ।
पुनः हाम्रो गाडि आफ्नै रफ्तारमा बिर्तामोडको चाराली हुदै सुन्दर कन्याम, इलाम सदरमुकाम,पाच्थरको फिदिम हुदै ताप्लेजुङ जाने यात्रा भने अबस्या लामो छ तर मेरो मन र मस्तिष्कसंग मँ बाहेक संगैको साथि र गाडिको सवार यात्रुहरु कसैले नदेखेको त्यही सुनदर कमलको फुल अप्रतक्ष्य रूपमा बोल्न मँसंग खोजिरहेको आभाष भित्री मन्मा भैरहयो । यति सुन्दर रसिलो कमलको फुल सायद यसको सुन्दरताको बारेमा लेख्ने हो भने एउटा ठुलो पुस्तक बन्ने थियो। अरु कसैलाई थाहाँ भएन उहि एक झलकको दृश्य कमलको फुल केहि नौलो सन्देश र पाठ दिन खोजी रहयो। मैले सोचे, सायद सन्सारमा यस्तो मान्छे कोहि छैन होला जसले कमल फुलेको फुल देख्ने बितिकै मोहित भएर आहा😆! कति सुन्दर फुल नभन्ने! यति धेरै सुन्दर,मनमोहक कमल फुल प्रति धेरै मान्छेहरु छेउमा गएर छुन,चुम्न,टिपन,नियलेर हेर्न,सेल्फी खिच्न इत्यादि हिलाम्मे भागमा डर भएपनि प्रयास गरिन्छ। आखिर यति सुन्दर र आकर्सक कमलको फुलमा के छ यस्तो जादू र रहस्यहरु ???
कारण,कमलको भित्री रुप नै कमल हो कुनै परिस्थिति परक परिवर्तन हुने नक्कली बिरुवा होइन र यसले कमलकै सुन्दर फुल फुलौछ त्यो उसको आफुभित्रको प्रजातिको गुण,पहिचान र चिनारी हो अरु होइन । उसको वरिपरि हिलो-मैलो-कालो-गहनौने-फोहोरको-डगुर जस्तो सुकै वातावरण र परिस्थितिले कुनै हालतमा असर गर्दैन अर्थात मत्लप राख्दैन नत उसको सकली रुप परिबर्तन नै गर्नसक्छ। सायद,वातावरण र परिस्थितिले असर पार्न सक्क्ने भएको भए कमलको फुलेको फुल हिलोजस्तै कालो-मैलो-धैलो-रंगको फुल्ने थियो होला जसको गन्ती न वास्ता कसैले गर्ने छैन तर त्यसतो कदापि हुन्न । फोहोर हिलाम्मे आफ्नो परिस्थितिले परिबर्तन गर्न नसके सुन्दर कमलको फुल! नालाएक हिलाम्मे संसारलाई बदलेर सबैलाई सुन्दरताको आकर्ष र मोहित बनाउने कला कमल फुलसंग छ। मेरो दिमागले मान्छेलाइ टपक्क टिपेर कमल फुलेको फोहोरी तालको वातावरणमा राखी दियो अब त्यो मान्छेको प्रतिक्रिया कस्तो हुन्छ होला मैले भन्न सकिन न लेख्न।
अझ मँ यात्रामा नै लगभग ईलाम जिल्ला क्रस गर्न लागि रहेको थिए। मेरो मन र दिमागले सिङ्गो संसारको बारेमा सोचिरहेको थियो। यद्यपि यहाँ राम्रो र असल कुरा नभएको होइन । तर हामी जहाँ छौ यो संसार वास्तवमा उहि सानो कमल फुलेको ठाँउ वरिपरिको प्रदुसित अर्थ फोहोरी डुंगडुङ्गति गहनौने खराव वातावरण भन्द कमको छैन। यहाँ केचही पाइन्न खराबी सब थोक छ । असल कम । खराबीको विषयमा लेखेर साध्य छैन।
अन्तमा मैले सोचे! हुनत यो पहिलो सोच थिएन। "जीवन हिलोमा फुलेको सुन्दर कमलको फुल रहेछ!" जसले आफ्नो भित्री रुप र गुणको कारण वातावरणलाइ नै परिवर्तन गरेर सुन्दरतामा बदलि दिन सक्छ। यतिकैमा पाच्थरको फिदिम पुगियो । गोजीबाट मोबाईल झिके अनि अनुहार पुस्तिकामा त्यहि इसटाटस लेख।अझ पनि त्यही छ।
मेरो गुरु कमलको फुल जसले मलाई मेरो वरिपरी परिस्थिति जेसुकै होस आफ्नो सुन्दर संसार बनाउन र सजाउन उत्प्रेरित गरायो। मेरो सोच बत्लिएको छ अनि आत्ममा बलियो भएको छु ।
मँ मेरो आफ्नो संसार सुन्दर बनाउन सक्छु

फर्केर हेर्छु बिगत दिनहरु वर्तमान नियल्छुआशिसको झरी जीवन भरि बर्सेको थाहा गर्छु.Friends, do you remember the time when t...
09/07/2020

फर्केर हेर्छु बिगत दिनहरु वर्तमान नियल्छु
आशिसको झरी जीवन भरि बर्सेको थाहा गर्छु.
Friends, do you remember the time when these photos were taken?

19/06/2020

सम्पुर्ण ख्रिस्ट प्रेमी जनहरुमा अभिबादन साथसाथै जय मसिह!
Covid-19 कोरोना भाइरस ले निम्ताएको यस विषम परिस्थिति र lockdown को कारण तरहरा शान्ति बप्तिस मंडलीका सम्पुर्ण आफ्नो देश भित्र र देश बहिर बसिरहेका जवानहरूलाइ संगालि गत बैशाख ११ गते देखि १ घन्टे साप्तहिक प्रार्थना संगतिमा संगसंगै सहभागी भाइरहेका थियौं।
प्रार्थना संगसंगै परमेश्वरको बचनको आवस्यकतालाई मध्यनजर गरि गत जेष्ठ ३१ देखि हाम्रो साप्ताहिक युवा संगतिको ढाँचा र तालिका अनुरुप (केहि भागहरु हटाइ) Zoom App. मा Regular Weekly Youth Service भइरहेकाे पुन जानकारि गराउन चाहन्छौं र संगतीको निम्ति प्रार्थना सहित साप्ताहिक रूपमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौं।

मिति: २०७७-०३-०६
(दिउसो २ देखी ३ बजे सम्म)
युवा संगती तालिका
सेवा संचालक: नबिना राई
सुरुको प्रार्थना: नबिना राई
स्तुति प्रशंसा: बिजय राई
प्रवचन: ध्यानश्वर राई
सूचना: युवा संगती सचीव(भावना राई)
अन्तिम प्रार्थना: पर्वत राई

तरहरा शान्ति बप्तिस युवा कार्यकरी समिती
धन्यवाद!

Address

Itahari-21
Tarahara

Telephone

+9779816371796

Website

Alerts

Be the first to know and let us send you an email when Tarahara Shanti Baptist Youth Fellowship- TSBYF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Tarahara Shanti Baptist Youth Fellowship- TSBYF:

Share