07/07/2025
योगमाया : एक नारी विद्रोह
सुष्मा दाहाल ✍️
प्रस्तावना :
नेपालको इतिहासमा धार्मिक, सामाजिक र लैंगिक असमानताको अँध्यारो छायाँलाई चुनौती दिने विरलाहरूको नाम लिंदाखेरि योगमाया न्यौपाने अग्रपंक्तिमा आउँछिन्। ‘स्त्री’ नामको पहिचानलाई अपमान र बन्धनको पर्यायजस्तो बनाइएको समयको अन्धकारमा उनले आफ्ना विचार, चेतना र आत्मबलका माध्यमबाट एउटा विद्रोही स्वरको स्थापना गरिन्। "योगमाया : एक नारी विद्रोह" भन्ने शीर्षक यथार्थमै त्यस ऐतिहासिक प्रतिरोध र आत्मसम्मानको उद्घोष हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ।
ऐतिहासिक पृष्ठभूमि र योगमायाको उदय:
याेगमाया जन्मिएको वि.सं. १९२५ तिरको नेपाली समाज गहिरो धार्मिक कट्टरता, जातीय विभेद, लैंगिक उत्पीडन, र निरंकुश राणा शासनको कठोर नियमनमा थियो। स्त्रीको अस्तित्व मात्र घर, भान्सा र सन्तान उत्पादनमा सीमित थियो। यही कठोर परिवेशमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने बालविवाह, बलात् विधवा जीवन, अपमान र बहिष्करणको चपेटामा परिन्। तर उनले यो पीडालाई आत्मदया वा मौनतामा परिणत गरिनन्, बरु यहीँबाट उनको विद्रोहको बिउ उम्रियो।
विद्रोहको स्वर: कविता, साधना र संगठन:
योगमायाले आफ्नो प्रतिरोधको भाषा कविता बनाइन्। उनका पदहरू (भाखा) सामाजिक न्यायका आह्वान थिए
"ज्योतिर्मयी धर्मकी छोरी, अधर्म बोक्नेहरूसँग युद्धमा होमिएकी स्त्री"
उनले विद्या अध्ययन गरिन्, साधना गरिन्, र समाजमा नारी चेतना फैलाइन्। उनले आफूजस्ता उत्पीडित महिलाहरूलाई सङ्गठित गरिन्। त्यो समूह "योगमाया पन्थ" मात्र आध्यात्मिक साधना केन्द्र थिएन, त्यो एउटै संगठित महिला प्रतिरोध आन्दोलन थियो, जसले राज्यशक्तिसँग प्रत्यक्ष टक्कर लिन हिम्मत गर्यो।
योगमायाको माग र राज्यसँगको टक्कर:
योगमायाको प्रमुख माग थियो
• विधवा पुनर्विवाहको अधिकार
• बलात्कारीलाई दण्ड
• जातीय छुवाछुतको अन्त्य
• धर्मको नाममा हुने पाखण्ड र लुटखसोटको अन्त्य
• स्त्री शिक्षाको हक
उनले यी सबै माग राणाशासनलाई औपचारिक रूपमा पत्र पठाएर राखिन्। यो कदम राज्यसत्ता विरुद्ध एक ऐतिहासिक विद्रोह थियो।
तर जब राज्यले उनको मागहरू अस्वीकार मात्र गरेन, बरु उनलाई ‘पागल’, ‘धार्मिक अन्धविश्वासी’ भन्न थाले, तब योगमायाले अन्तिम प्रतिरोधको बाटो रोजिन् ।
वि.सं. १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसहित अरुण नदीमा सामूहिक जलसमाधि:
योगमायाको विद्रोहको विशेष