Devghat

Devghat For seeker

योगमाया : एक नारी विद्रोह                 सुष्मा दाहाल ✍️प्रस्तावना :नेपालको इतिहासमा धार्मिक, सामाजिक र लैंगिक असमानताक...
07/07/2025

योगमाया : एक नारी विद्रोह
सुष्मा दाहाल ✍️

प्रस्तावना :
नेपालको इतिहासमा धार्मिक, सामाजिक र लैंगिक असमानताको अँध्यारो छायाँलाई चुनौती दिने विरलाहरूको नाम लिंदाखेरि योगमाया न्यौपाने अग्रपंक्तिमा आउँछिन्। ‘स्त्री’ नामको पहिचानलाई अपमान र बन्धनको पर्यायजस्तो बनाइएको समयको अन्धकारमा उनले आफ्ना विचार, चेतना र आत्मबलका माध्यमबाट एउटा विद्रोही स्वरको स्थापना गरिन्। "योगमाया : एक नारी विद्रोह" भन्ने शीर्षक यथार्थमै त्यस ऐतिहासिक प्रतिरोध र आत्मसम्मानको उद्घोष हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ।

ऐतिहासिक पृष्ठभूमि र योगमायाको उदय:
याेगमाया जन्मिएको वि.सं. १९२५ तिरको नेपाली समाज गहिरो धार्मिक कट्टरता, जातीय विभेद, लैंगिक उत्पीडन, र निरंकुश राणा शासनको कठोर नियमनमा थियो। स्त्रीको अस्तित्व मात्र घर, भान्सा र सन्तान उत्पादनमा सीमित थियो। यही कठोर परिवेशमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने बालविवाह, बलात् विधवा जीवन, अपमान र बहिष्करणको चपेटामा परिन्। तर उनले यो पीडालाई आत्मदया वा मौनतामा परिणत गरिनन्, बरु यहीँबाट उनको विद्रोहको बिउ उम्रियो।

विद्रोहको स्वर: कविता, साधना र संगठन:
योगमायाले आफ्नो प्रतिरोधको भाषा कविता बनाइन्। उनका पदहरू (भाखा) सामाजिक न्यायका आह्वान थिए
"ज्योतिर्मयी धर्मकी छोरी, अधर्म बोक्नेहरूसँग युद्धमा होमिएकी स्त्री"
उनले विद्या अध्ययन गरिन्, साधना गरिन्, र समाजमा नारी चेतना फैलाइन्। उनले आफूजस्ता उत्पीडित महिलाहरूलाई सङ्गठित गरिन्। त्यो समूह "योगमाया पन्थ" मात्र आध्यात्मिक साधना केन्द्र थिएन, त्यो एउटै संगठित महिला प्रतिरोध आन्दोलन थियो, जसले राज्यशक्तिसँग प्रत्यक्ष टक्कर लिन हिम्मत गर्यो।

योगमायाको माग र राज्यसँगको टक्कर:
योगमायाको प्रमुख माग थियो
• विधवा पुनर्विवाहको अधिकार
• बलात्कारीलाई दण्ड
• जातीय छुवाछुतको अन्त्य
• धर्मको नाममा हुने पाखण्ड र लुटखसोटको अन्त्य
• स्त्री शिक्षाको हक
उनले यी सबै माग राणाशासनलाई औपचारिक रूपमा पत्र पठाएर राखिन्। यो कदम राज्यसत्ता विरुद्ध एक ऐतिहासिक विद्रोह थियो।
तर जब राज्यले उनको मागहरू अस्वीकार मात्र गरेन, बरु उनलाई ‘पागल’, ‘धार्मिक अन्धविश्वासी’ भन्न थाले, तब योगमायाले अन्तिम प्रतिरोधको बाटो रोजिन् ।

वि.सं. १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसहित अरुण नदीमा सामूहिक जलसमाधि:
योगमायाको विद्रोहको विशेष

07/11/2024

हर हर गँगे माँ

Send a message to learn more

06/09/2024

हर हर महादेव

Send a message to learn more

03/09/2024

दिब्य देवघाट धाम

26/08/2024

देवघाट सीता गुफा।

जोगी, सन्यासी, सन्त, महन्त, वेदान्ति, योगि, ऋषि, मुनि नभए हामीलाई ज्ञान कस्ले दिन्छ र? म यो धर्तिमा म किन जन्मे?आत्मा के...
11/05/2024

जोगी, सन्यासी, सन्त, महन्त, वेदान्ति, योगि, ऋषि, मुनि नभए हामीलाई ज्ञान कस्ले दिन्छ र?

म यो धर्तिमा म किन जन्मे?
आत्मा के हो ?
पुनर्जन्म कसरी हुन्छ?
ब्रहमाण्डको रहस्य के हो?
मानव हुनुको कर्तव्य के हो?
दुखबाट कसरि मुक्ति पाउन सकिन्छ ?

यस्तै प्रश्नका लागि सन्तको सत्संग। सन्तको दर्शन। ज्ञानिका कुरा सुन्ने र पालना गर्ने गर्नु पर्छ।

यस्ता दार्शनिक भेटेमा आफुले सकेको दान दिनुहोस। यिनले थालना गरेका गुरुकुलमा वा मन्दिरमा सहयोग गर्नुहोस। यिनै हाम्रा दार्शनिकले हामीलाई सत्मार्गमा लगाउन ज्ञान र प्रेरणा दिन्छन। यिनै सनातन धर्मका धरोहर हुन।

जय सनातन।
जय सनातन चौतारी।

11/05/2024
10/05/2024

१- गायत्री मन्त्र नेपालको आफ्नो हो, दोलखा जिल्लाको कोशी नदी किनारमा विश्वामित्र ऋषिले सूर्यको साधना गर्दा सूर्य भगवान प्रसन्न भएर गायत्री मन्त्र समग्र मानिसका लागि प्रदान गरेका हुन। यस गायत्री मन्त्रलाई नेपालले आफ्नो स्वामित्वमा लिनु पर्छ। ढिला गर्न हुन्न ।
—————
२- व्यास नेपालको तनहुँ व्यास नगरपालिकामा जन्मेका हुन। उनी हाम्रा हुन। सम्पूर्ण वेदा उपनिषद र पुराण सम्पादन तथा लिपिबद्ध वेदव्यासले गरेका हुन। उनी हाम्रा गुरु हुन। हामीले आफ्नो चिन्नु पर्छ।
———————-
३- कालिदासको कुमार संभव नेपालमा लेखिएको हो। कुमार (सिव-पार्वति पुत्र) सम्भव भएकै यानेकि जन्मेकै गौरी संकर हिमालको काखमा हो। रोल्वालिङ्ग (रोल्वा-कृढा, लिङ् भनेको स्थल) उपत्याकामा हो। रोल्वालिङ्ग भनेको कृडा स्थल हो। रोल्वालिङ् हिमाल नै गौरी-संकर हिमाल हो। उनीहरुको कृडा स्थल हो।
———————
४- संस्कृत व्याकरण प्रणेता पाणिनी नेपालको गुल्मि सेरोफेरोमा जन्मेका हुन। संस्कृत व्याकरणका रचयिता पाणिनी सम्पूर्ण संस्कृतको व्याकरण रचना गरेका हुन। संस्कृत हाम्रो हो।
———————
५- चार वेद मध्य यजुर्वेद( शुक्ल यजुर्वेद), सथपथ ब्राहमण, बृहदारण्यक उपनिषदका रचयिता ऋषि यज्ञवल्क हुन। उनी नेपालकै मिथिला क्षेत्रका मुर्धन्य ऋषि हुन। नेपालको धर्ति पूत्र हुन। उनी जनक राजाका गुरु हुन र हाम्रै मिथिला क्षेत्रमा जन्मेका हुन।
——————-
जनक राजा नेपालका ऋषि हुन, उनलाई ज्ञान दिने अष्टाबक्र ऋषि नेपालकै हुन र उनको दिव्य पुष्तक अष्टाबक्र गीता हो, जो भागवत गीता भन्दा महत्वपूर्ण मानिन्छ। यो अष्टाबक्र गीतालाई नेपालले अपन्त्व लिनु पर्छ। आफ्नो सम्पत्ति ठान्नु पर्छ। यो अष्टाबक्र गीतालाई नेपालले आफ्नो राष्ट्रिय पुष्तक घोषणा गर्नु पर्छ।
———————
आफ्नो चिनौ।
आफ्नोको अनुसन्धान गरौ।
आफ्नो के हो चिनेर हक स्थापित गरौ।
आफ्नो चिनिएन भने अर्कोले हाम्रो सम्पत्ति आफ्नो वनाउछ।
————
नेपाल गुरु राष्ट्र बन्नु पर्छ।
विदेशी पाउना आउदा यो पुष्तक नेपालले दिनु पर्छ।
नेपलले विश्वलाई ज्ञान बाढ्नु पर्छ।

त्यसैले वेलैमा सचेत हुनु पर्छ।

06/05/2024

खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो ।

उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।

उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई 'विचार विज्ञान' भनेर नामकरण गरेका छन् ।

आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् ।

आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्:

१. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर ।

२. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । 'ईश्वर सब प्राणीहरुमा समभावल

01/05/2024

केहि गुरुकुलहरूको नामावली:

१ ब्रह्मयोगाश्रम गुरुकुल जोर पोखरी, पाँचथर कक्षा १-५

२ जोरपोखरी संस्कृत विद्यालय एकतिन, खुँगा, पाँचथर कक्षा १-५

३ अनन्तादर्श संस्कृत वेदविद्यालय सतासी धाम, झापा गुरुकुल

४ विवेकाश्रम साङ्गवेद संस्कृत माध्यमिक विद्यालय चारपाने, झापा कक्षा ४-१०

५ वेदवेदाङ्ग संस्कृत पाठशाला खुदुनाबारी १ साधुटार, झापा कक्षा १-५

६ सुबोध साधनाकेन्द्र मेचीनगर ४, झापा गुरुकुल

७ कनकाई गायत्री वैदिक विद्यापीठ कोटिहोम, कनपा ४, झापा गुरुकुल

८ माधव संस्कृत गुरुकुल विद्याश्रम धाइजन, झापा गुरुकुल

९ ओंकारेश्वर वैदिक विद्यापीठ गायत्रीस्वरूपाश्रम, गोलधाप २, झापा गुरुकुल

१० कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रम महेशपुर ८, भद्रपुर, झापा कक्षा १-६

११ हरिहर आश्रम गुरुकुल खजुरगाछी १, झापा कक्षा १-६

१२ कालिका संस्कृत विद्यापीठ शनि-अर्जुन नगरपालिका, कालीस्थान, झापा गुरुकुल

१३ भगवद्भक्ति आश्रम महर्षि वेदविद्यालय शनिअर्जुन नपा, गोलधाप, झापा गुरुकुल

१४ अर्जुनधारा संस्कृत विद्यापीठ शनिअर्जुन नपा, अर्जुनधारा, झापा गुरुकुल

१५ गौरीशङ्कर गायत्रीस्वरूपाश्रम डाँगीबारी ८, झापा गुरुकुल

१६ सत्यसाई प्राथमिक विद्यालय ज्यामिरगडी, झापा कक्षा १-५

१७ पशुपति बालवेदाश्रम, गुरुकुल दमक नगरपालिका, झापा कक्षा १-५

१८ सिद्धेश्वर गुरुकुल शिक्षामन्दिर लखनपुर,झापा कक्षा १-५

१९ अभिमुक्तेश्वर गुरुकुल विद्यापीठ पथरिया, झापा

२० सप्तर्षि गुरुकुल वेदविद्याश्रम शनिश्चरे, झापा कक्षा १-५

२१ वशिष्ठ संस्कृत गुरुकुल विद्यापीठ दमक नगरपालिका, झापा

२२ शिवशक्ति विद्यापीठ बैगुन्धुरा, झापा

२३ निजानन्द गुरुकुल चन्द्रगढी, झापा

२४ जनहित सामाजिक गुरुकुल दमक नगरपालिका, झापा

२५ विश्वनाथ संस्कृत विद्यालय पथरी शनिश्चरे नगरपालिका, मोरङ कक्षा १-५

२६ श्री लक्ष्मीनारायण वेद विद्याश्रम पाञ्चाली,विराटनगर १६, मोरङ कक्षा ६-१२

२७ ऋषिकुल विद्यापीठ धरान १४, सुनसरी कक्षा ६-१०

२८ राधाकृष्ण संस्कृत वेदविद्याश्रम वराहक्षेत्र १, सुनसरी चतरा कक्षा ४-८

२९ पिण्डेश्वर संस्कृत माध्यमिक विद्याश्रम विजयपुर, धरान, सुनसरी कक्षा ७-१०

३० लक्ष्मी वैकुण्ठनाथ वैदिक प्रतिष्ठान भरतपुर नगरपालिका, ५, चितवन गुरुकुल

३१ रामजानकी बालिकाश्रम देवघाट, भरतपुर नगरपालिका १, चितवन गुरुकुल

३२ गायत्री वेदवेदाङ्ग संस्कृत विद्यालय रत्ननगर नगरप

Address

Chitwan
Tanhu

Telephone

9816795214

Website

Alerts

Be the first to know and let us send you an email when Devghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share