02/02/2026
यस योक्दीङ थेक्क्षेन् दोङाग क्षोखोर्लिङ गोन्पा निर्माण समिति तथ, हेवा सामाजिक–सांस्कृतिक संस्थाका अध्यक्षज्यू, भूतपूर्व अध्यक्षज्यू, सल्लाहकारज्यूहरू, धर्मप्रेमीहरू, सहयोगी दाताहरू तथा सम्पूर्ण महानुभावहरूमा यस संस्थाका कोषाध्यक्ष म ङिमा नुरु शेर्पा तथा सम्पूर्ण संस्थाको तर्फबाट यही आउँदै गरेको २१५३ मे फो तो ल्हो ग्याल्पो लोसारको सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिका शुभकामना व्यक्त गर्दछौं।
सर्वप्रथम, यस योक्दीङ थेक्क्षेन् दोङाग क्षोखोर्लिङ गोन्पा निर्माणको आय–व्यय विवरण तपाईंहरूबीच प्रस्तुत गर्न ढिलाइ भएकोमा म लगायत हाम्रो संस्थाको तर्फबाट क्षमायाचना गर्द्छु ।
यस गोन्पा निर्माणका लागि सहयोग पुर्याउनु भएका विभिन्न संघ–संस्था, नगरपालिका, प्रदेशसभा, धर्मप्रेमी सहयोगी दाताहरूलाई हाम्रो संस्थाको तर्फ बाट मुरीमुरी धन्यवाद व्यक्त गर्दछो ।
यहि मिति २०८२ माघ १६ गते, सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–१, हेवा गाउँस्थित गोन्पा डाँडामा यस योक्दीङ थेक्क्षेन् दोङाग क्षोखोर्लिङ गोन्पा निर्माण समितिको आय–व्यय विवरण मिति २०६६ सालदेखि २०८२ माघ ९ गतेसम्मको आमदानी प्रस्तुत गरीका छो। प्रस्तुत आर्थिक विवरण यस प्रकर छ की हाम्रो संस्थाको आमदानी जम्मा : रु ३,०६,६५,८७३ अक्षरुपी : तीन करोड छ लाख पैँसट्ठी हजार आठ सय त्रिहत्तर रुपैयाँ) भएको छ भने जम्मा खर्च : रु २,८६,१३,६६४ अक्षरुपी : दुई करोड छयासी लाख तेह्र हजार छ सय चौसट्ठी रुपैयाँ भएको छ र हाम्रो बचत रकम : रु २०,५२,२०९ अक्षरुपी : बीस लाख बाउन्न हजार दुई सय नौ रुपैयाँ रहेको छ । हाम्रो कार्यक्रम हेवा गाउँमै आयोजना भएकोले सम्पूर्ण सहयोगी दाताहरूलाई निमन्त्रणा गर्न नसकेकोमा मा लगायत हाम्रो संस्थाको तर्फ क्षमायाचना गर्द्छो ।
यस योक्दीङ थेक्क्षेन् दोङाग क्षोखोर्लिङ गोन्पाको आय–व्यय विवरण सामाजिक सञ्जाल (गोन्पाको आधिकारिक फेसबुक पेज) मार्फत पनि राखेका छो ।
यस योक्दीङ थेक्क्षेन् दोङाग क्षोखोर्लिङ गोन्पा निर्माण समितिको आय–व्यय विवरणमा कुनै त्रुटि हुन गएको भए क्षमायाचना गर्द्छो । साथै, यस विषयमा कुनै जिज्ञासा वा सुझाव भएमा कमेन्ट बक्समा राखिदिनुहुन विनम्र अनुरोध गर्दछु। थुचेछे!
यस गुम्बा निर्माणका लागि अतुलनीय सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि मा लगायत हाम्रो संस्थाको तर्फ वाट धन्यवाद व्यक्त गर्दछो । अझै पनि गुम्बा निर्माण कार्य बाँकी रहेकाले तपाईहरु अमूल्य सहयोगको अपेक्षा गर्द्छो । साथै, नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्द्छो ।
पूर्व कोषाध्यक्ष ङिमा नुरु शेर्पा