कमल दह - Kamal Dah

कमल दह - Kamal Dah Kamal dah is one mysterious lake and have a beautiful nature. It is suitated at Mirchaiya Nagarpalika - 09,Siraha(Nepal).

Theme: To make kamal dah tourist place and fame their name all over the nation.

14/01/2026

“ कमलदह सरसफाई तथा पर्यटकीय स्थल निर्माण अभियान "

सबैले मिलेर सहयोग गरौं। #श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण #अभियान #युवाअभियान

12/01/2026

कमलदह सरसफाई अभियान:
सरसफाइ, बाटो मिलाउने कार्य गरिएको छ। यसले पार्कको सौन्दर्य बढाउनुका साथै व्यवस्थित बगैंचा निर्माणको आधार तयार गरेको छ।

स्थानीय युवाहरूकाे सक्रिय सहभागितामा कमलदह पार्कलाई व्यवस्थित, हराभरा र सबैका लागि उपयोगी सार्वजनिक स्थल बनाउने उद्देश्यसहित आगामी दिनहरूमा थप संरचना र विकास कार्यहरू अगाडि बढाइने जानकारीसमेत गराइएको छ।
धन्यबाद ! #‍ThankYouth👏♥️

© Santosh Yadav ❤️

#श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण #अभियान

📢 सूचनासिरहा जिल्ला अन्तर्गत मिर्चैया नगरपालिका–०९ मा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको कमलदह क्षेत्रमा स्थानीय ...
10/01/2026

📢 सूचना

सिरहा जिल्ला अन्तर्गत मिर्चैया नगरपालिका–०९ मा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको कमलदह क्षेत्रमा स्थानीय युवाहरूको पहलमा, मिति: २०८२ साल पुस २७ गते, आइतबार
एक सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी गराइन्छ।

यस अवसरमा वडा नं. ०९ का सम्पूर्ण बुद्धिजीवी, भद्रभलाद्मी, शिक्षाप्रेमी, युवा मित्र तथा दाजुभाइहरूलाई उपस्थित भई कार्यक्रममा सक्रिय सहभागिता जनाई कमलदह संरक्षण तथा स्वच्छता अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरिन्छ।

🕗 समय: बिहान ०८:०० बजे
📍 स्थान: कमलदह प्राङ्गण, मिर्चैया–०९

हामी सबै मिलेर
“आफ्नो ठाउँ आफैं सफा गरौँ” 🙏🌿


#श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण #अभियान
#विकाससँगैसंरक्षणगरौँ

कमल दह, सिरहा जिल्लाको मिर्चैया नगरपालिका–०९ मा अवस्थित पार्कलाई स्थानीय युवाहरूले श्रमदानमार्फत आफ्नै पहलमा निर्माण तथा...
10/01/2026

कमल दह, सिरहा जिल्लाको मिर्चैया नगरपालिका–०९ मा अवस्थित पार्कलाई स्थानीय युवाहरूले श्रमदानमार्फत आफ्नै पहलमा निर्माण तथा सुधार गर्ने क्रममा हाम्रो कामप्रति देखाइएको माया र विश्वासका लागि वडा नं. ०९, रमपुर निवासी श्री सतीराम यादव ज्यू ले खुसी भई रु. ५,०००/- (पाँच हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नु भएको छ।

उहाँले युवाहरूको मेहनत, समर्पण र सक्रियता देखेर सहयोग गर्नु भएकोमा हामी सम्पूर्ण युवा टिम उहाँप्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।

यस प्रकारको हौसला र साथले हामीलाई अझ उत्साहित बनाएको छ र आगामी दिनहरूमा कमल दह पार्कलाई अझ राम्रो, व्यवस्थित र आकर्षक बनाउने प्रेरणा दिएको छ।

हामी युवाहरूको सामूहिक प्रयासलाई माया र साथ दिनु भएकोमा पुनः एक पटक धन्यवाद ज्ञापन गर्दछौं। ❤️🙏

- सबैले सहयोग गरौं, पर्यटकीय स्थल निर्माण गरौं।❤️

#श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण
#एकताकायमराखौ

06/01/2026

Night View Of Kamal Dah, Mirchaiya ♉🕉️🕊️

#श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण
#विकाससँगैसंरक्षणगरौँ #एकताकायमराखौ

सिरहा जिल्ला, मिर्चैया नपा–९ मा अवस्थित हाम्रो गौरव ‘कमल दह’ 🌸आज प्रकृतिको अनुपम उपहार बनेर उभिएको यो दह,यदि हाम्रो समाज...
03/01/2026

सिरहा जिल्ला, मिर्चैया नपा–९ मा अवस्थित हाम्रो गौरव ‘कमल दह’ 🌸

आज प्रकृतिको अनुपम उपहार बनेर उभिएको यो दह,
यदि हाम्रो समाज एकताबद्ध रह्यो,
यदि लोभ, स्वार्थ र विनाशकारी सोचलाई रोक्यौं,
भोलि यही कमल दह
पर्यटन, रोजगारी र पहिचानको
अन्तर्राष्ट्रिय नमुना गन्तव्य बन्न सक्छ।
कमलको सुगन्ध,
मन्दिरको शान्त वातावरण—
यो सपना होइन,

हामी सबैको साझा जिम्मेवारी पूरा भयो भने सम्भव भविष्य हो।
अहिले Ai बाट वनायेर हालेछु हामी चाहियो भन्ने येस्तो बनाउन सक्छौ माता दहवार्नी कृपाले 🙏🙏🙏🙏🙏

Cr. Shashi Rebel /AI Photo

#कमलदहबचाऔँ #श्रमदानबाटकमलदहपर्यटकियस्थलनिर्माण
#एकताकायमराखौ
#विकाससँगैसंरक्षणगरौँ

Address

Kamal Dah, Mirchaiya
Siraha

Website

Alerts

Be the first to know and let us send you an email when कमल दह - Kamal Dah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share