Pokhara Baptist Church

Pokhara Baptist Church ✝️One Lord, One Faith, One Baptism.✝️

🇳🇵 नेपालका लागि प्रार्थना गरौँ। 🙏भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा हुँदै त्रिशूली नदी आसपासका बस्ती, पूर्वाधार र जनज...
27/08/2026

🇳🇵 नेपालका लागि प्रार्थना गरौँ। 🙏

भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा हुँदै त्रिशूली नदी आसपासका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ। धेरैजना अझै सम्पर्कविहीन छन् र उद्धार तथा खोजी कार्य जारी छ।

आउनुहोस्, प्रार्थना गरौँ:
🙏 ज्यान गुमाउनेहरूका परिवारका लागि
🙏 सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि
🙏 प्रभावित परिवारहरूलाई सुरक्षा, सान्त्वना र आवश्यक सहयोगका लागि
🙏 उद्धार तथा राहतमा खटिनुभएका सबैका लागि
🙏 थप क्षति र जोखिमबाट नेपालका लागि

“परमप्रभु टुटेका हृदय भएकाहरूका नजिक हुनुहुन्छ।”
भजनसंग्रह ३४:१८

❤ नेपाल, हामी तिम्रो लागि प्रार्थना गर्दैछौँ।

🇳🇵

📖✨ बाल सङ्गति | Quiz!Bhadra 06, 2083 | August 22, 2026सिक्दै, सम्झँदै, रमाउँदैपरमेश्वरको वचनमा अझै गहिरो हुँदै! 💛हाम्रा ...
24/08/2026

📖✨ बाल सङ्गति | Quiz!
Bhadra 06, 2083 | August 22, 2026

सिक्दै, सम्झँदै, रमाउँदै
परमेश्वरको वचनमा अझै गहिरो हुँदै! 💛

हाम्रा नानीहरूको बाल सङ्गतिमा Quiz
जहाँ सिकाइ पनि छ, उत्साह पनि! 🥰📚

“तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ।”
२ तिमोथी ३:१५

हिजोको आराधना सभाबाट केही झलकहरू।हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।A glimpse fro...
23/08/2026

हिजोको आराधना सभाबाट केही झलकहरू।
हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।

A glimpse from yesterday's fellowship [Bhadra 06, 2083].
You are always welcome to join us every Saturday at 10:30 AM.

📍 Pokhara, Nepal

20/08/2026

🎶 कोरस २८ — इश्वरको राज पहिले खोजी गर

“तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।”
मत्ती ६:३३

तर के हामी परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्दैछौँ?
कि केवल परमेश्वरले दिन सक्ने कुराहरू मात्र खोज्दैछौँ?

पहिले उहाँलाई खोज। ❤️

#परमेश्वरलाईखोज #सुसमाचार

अस्तीको युवा संगतिबाट केही झलकहरू।हरेक शनिबार दिउसो ०१:०० बजे युवा संगतिमा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।A glimps...
17/08/2026

अस्तीको युवा संगतिबाट केही झलकहरू।
हरेक शनिबार दिउसो ०१:०० बजे युवा संगतिमा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।

A glimpse from ereyesterday's Youth's Fellowship [Shrawan 30, 2083].
You are always welcome to join us every Saturday at 1:00 PM.

📍 Pokhara, Nepal

हिजोको आराधना सभाबाट संगति साथै प्रार्थनाका केही झलकहरू। [साउन ३०, २०८३]हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन ...
16/08/2026

हिजोको आराधना सभाबाट संगति साथै प्रार्थनाका केही झलकहरू। [साउन ३०, २०८३]
हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।

A glimpse from yesterday's fellowship and prayer.
You are always welcome to join us every Saturday at 10:30 AM.

📍 Pokhara, Nepal

12/08/2026

Which one do you stand for?
See the post for complete understanding!

Pokhara Baptist Church


📖 भौतिक पवित्र बाइबल vs. डिजिटल पवित्र बाइबल 📱 || वादविवाद ||Technology vs. Faith — Episode 1साउन २३, २०८३ बि.स || अगस्ट...
12/08/2026

📖 भौतिक पवित्र बाइबल vs. डिजिटल पवित्र बाइबल 📱 || वादविवाद ||
Technology vs. Faith — Episode 1
साउन २३, २०८३ बि.स || अगस्ट ८, २०२६ ई.स

पहिलो नजरमा यो विषय विवादास्पद जस्तो देखिन सक्छ| विशेषगरी बाइबल पढ्ने र प्रयोग गर्ने माध्यमका विषयमा विभिन्न पुस्ताका आ-आफ्नै दृष्टिकोणहरू भएकाले।

तर यस बहसको उद्देश्य भौतिक र डिजिटल बाइबलबीच विवाद सिर्जना गर्नु थिएन। यसको निष्कर्ष अझ गहिरो थियो। प्रश्न केवल “हामीले कुन माध्यम प्रयोग गर्ने?” भन्ने होइन, बरु “परमेश्वरको वचन हाम्रो जीवनभित्र जीवित र सक्रिय छ कि छैन?” भन्ने हो।

भौतिक बाइबल होस् वा डिजिटल बाइबल—दुवै परमेश्वरको वचन सुरक्षित राख्न, सिक्न, अध्ययन गर्न र अरूसँग बाँड्न प्रयोग हुने माध्यमहरू हुन्। तर परमेश्वरले हाम्रा घरहरू बाइबलका थुप्रोले मात्र भरिएको चाहनुहुन्न; उहाँको इच्छा हाम्रो हृदय उहाँको वचनले भरिनु र हाम्रो जीवन परिवर्तन हुनु हो। ❤️‍🔥

यस बहसको उद्देश्य विषयमा मात्र छलफल गर्नु नभई युवाहरूलाई आवश्यक जीवन तथा सेवकाइका सीपहरू विकास गर्न अवसर दिनु पनि थियो—सार्वजनिक रूपमा बोल्ने, दबाबको अवस्थामा प्रश्न बुझ्ने, प्रतिप्रश्नको सामना गर्ने, उचित उत्तर प्रस्तुत गर्ने, आलोचनात्मक रूपमा सोच्ने, र आफ्ना शब्द तथा शारीरिक हाउभाउ दुवैमा ख्रीष्टको प्रेम झल्काउने।

आजको समयमा ख्रीष्टियनहरूले आफ्नो विश्वासका कारण विभिन्न चुनौती र विरोधको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले आफ्नो विश्वासलाई बुझ्नु र आवश्यक पर्दा त्यसको पक्षमा दृढतापूर्वक प्रस्तुत गर्न सक्नु महत्त्वपूर्ण छ। पत्रुसले सिकाउनुभएझैँ [१ पत्रुस ३:१५], हामी पनि आफ्नो विश्वासमा तयार र सुसज्जित हुनुपर्छ। बहसको अभ्यासले यस्ता सीपहरू विकास गर्न व्यावहारिक अवसर प्रदान गर्छ।

यस बहसले विभिन्न धर्मशास्त्रीय दृष्टिकोणहरू बुझ्ने र जीवन तथा सेवकाइका लागि उपयोगी सीपहरू सिक्ने एउटा रोचक माध्यम प्रदान गर्‍यो। बहसका क्रममा धेरै महत्त्वपूर्ण विषयहरू उठाइए, जसलाई श्रृङ्खलाका सञ्चालकले अन्तिम विचारहरूमार्फत थप स्पष्ट पार्नुभयो।

🎙️ Technology vs. Faith — Episode 1
होस्ट: Jonsen Gaire

यो त सुरुवात मात्र हो। आगामी एपिसोडहरूमा Technology र Faith बीचको सम्बन्ध, अन्तरसम्बन्ध, समानता र देखिने विरोधाभासहरू बारे थप रोचक विषयहरूमा छलफल हुनेछ।

माध्यम फरक हुन सक्छन् तर वचन एउटै हो। परिवर्तन हुनुपर्ने हृदय हो। ✝️

अस्तीको युवा संगतिबाट केही झलकहरू।हरेक शनिबार दिउसो ०१:०० बजे युवा संगतिमा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।A glimps...
11/08/2026

अस्तीको युवा संगतिबाट केही झलकहरू।
हरेक शनिबार दिउसो ०१:०० बजे युवा संगतिमा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।

A glimpse from ereyesterday's Youth's Fellowship [Shrawan 23, 2083].
You are always welcome to join us every Saturday at 1:00 PM.

📍 Pokhara, Nepal

अस्तीको आराधना सभाबाट केही झलकहरू।हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।A glimpse fr...
10/08/2026

अस्तीको आराधना सभाबाट केही झलकहरू।
हरेक शनिबार बिहान १०:३० बजे आराधनामा सहभागी हुन तपाईंलाई हार्दिक स्वागत छ।

A glimpse from ereyesterday's fellowship [Shrawan 23, 2083].
You are always welcome to join us every Saturday at 10:30 AM.

📍 Pokhara, Nepal

Address

Rakshya Marg
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Baptist Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share