Nawalparasi West update

Nawalparasi West update Contact 078580274,9857080038

सनातन धर्म, सेवा, श्रद्धा तथा आध्यात्मिक चेतनाको  भावनासहित प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको MRR Team बर्दघाट ...
22/05/2026

सनातन धर्म, सेवा, श्रद्धा तथा आध्यात्मिक चेतनाको भावनासहित प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको MRR Team बर्दघाट द्वारा आयोजित भजन–कीर्तनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। 🙏🔱

मिति: २०८३ साल जेठ ९ गते, शनिबार

🕠 समय: साँझ ६:०० बजेदेखि ८:००बजेसम्म

📍 स्थान: शिवालय मन्दिर बर्दघाट

भक्ति, संगीत, साधना तथा आध्यात्मिक ऊर्जा सहितको यो दिव्य भजनमा यहाँहरूको श्रद्धामय उपस्थितिले भजनलाई अझ दिव्य, प्रेरणादायी एवं भक्तिमय बनाउने पूर्ण विश्वास लिएका छौं।

अतः सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई समयमै उपस्थित भई पावन भजन–कीर्तनलाई सफल, भव्य तथा पुण्यदायी बनाउन सहर्ष सहभागिता जनाइदिनुहुन विनम्र अनुरोध गर्दछौं।

🕉️🔱 जय होस् । मंगलमय कल्याण होस् । 🔱🕉️
- MRR Team बर्दघाट

​"वसुधैव कुटुम्बकम्" 🕉️

​आफ्नो धर्म र संस्कारभन्दा माथि केही छैन। सनातन संस्कृतिको संरक्षणका लागि सम्पूर्ण नेपाली दाजुभाइ एक कदम अघि बढौँ। जय सनातन धर्म! 🙏🚩

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम न...
09/05/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ।

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।

यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ।

​प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो।

दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पार्नुभएको छ।

जनताले पोर्टलमा दिएका आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी 'सुझाव ट्र्याक' गर्ने विशेष सुविधा समेत यस प्रणालीमा समावेश गरिएको छ।

​सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई 'समृद्ध नेपाल' निर्माणको महाभियानमा रचनात्मक योगदान पुर्‍याउन सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेको छ।

नागरिकहरूले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन्।

सुझावका लागि :

https://suggestions.opmcm.gov.np/

सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस !!.सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशम...
07/05/2026

सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस !!.
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

४ असार, २०२७ सालमा पर्सामा जन्मिएका शर्मा ३ असार, २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्रको पुनर्स्थापनापछि कुनैपनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन् । ६ वर्षे कायकाल पूरा गर्दा उनी वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन् ।
नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि अवकाश भएका थिए ।

सरकारी जग्गा खाली गर्ने सम्बन्धी बर्दघाट नगरपालिकाको अत्यन्त जरुरी सूचना!!
06/05/2026

सरकारी जग्गा खाली गर्ने सम्बन्धी बर्दघाट नगरपालिकाको अत्यन्त जरुरी सूचना!!

संसदको अधिवेशन बैशाख २८ गतेका लागि आह्वान ।
06/05/2026

संसदको अधिवेशन बैशाख २८ गतेका लागि आह्वान ।

सरकारले मन्त्रालय, विभाग र सबै सरकारी निकायहरूमा रहेका ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। मंग...
06/05/2026

सरकारले मन्त्रालय, विभाग र सबै सरकारी निकायहरूमा रहेका ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। मंगलबार साँझ परिपत्र जारी गर्दै सरकारले युनियनले प्रयोग गरिरहेका भवन, कार्यकक्ष, सवारीसाधन लगायतका सरकारी सम्पत्ति फिर्ता लिन र त्यहाँ आबद्ध कर्मचारीहरूलाई आ-आफ्नो दरबन्दी अनुसारको नियमित कार्य जिम्मेवारीमा खटाउन आदेश दिएको हो।

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन
06/05/2026

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् अध्यादेश जारी गरेका छन् ।
05/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् अध्यादेश जारी गरेका छन् ।

05/05/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथ...
05/05/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी !! राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा निम्न पदहरूमा नियुक्ति गर्नुहुन्छ :...
05/05/2026

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी !!
राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा निम्न पदहरूमा नियुक्ति गर्नुहुन्छ :
👉️प्रधान न्यायाधीश
👉️अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरू
👉️महालेखा परीक्षक
👉️लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरू
👉️निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू
👉️राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यहरू
👉️अन्य संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू (संविधान बमोजिम)

Address

Nearby Khemanand Oil Store , Bardaghat Municipality Ward No-4
Nawalparasi
33011

Telephone

+97778580785

Website

Alerts

Be the first to know and let us send you an email when Nawalparasi West update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nawalparasi West update:

Share