लक्ष्मीनारायण मठ, मटिहानी

  • Home
  • Nepal
  • mahottari
  • लक्ष्मीनारायण मठ, मटिहानी

लक्ष्मीनारायण मठ, मटिहानी Official page of Laxminarayan Math in Matihani, Mahottari.

02/03/2026

पवित्र फागु पूर्णिमाको अवसरमा रङ, उमंग, सद्भाव र आपसी प्रेमको प्रतीक महान पर्व होलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पावन अवसरमा रङहरूको उत्सवले हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि तथा आध्यात्मिक चेतनाको उज्यालो भरियोस् भन्ने मंगलकामना गर्दछौं।
होलीले आपसी द्वेष, कटुता र विभेदलाई समाप्त गरी समाजमा एकता, सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाओस्।
यस श्री लक्ष्मीनारायण मठ ( मटिहानी-स्थान )परिवारको तर्फबाट सम्पूर्ण श्रद्धालु भक्तजन, शुभेच्छुक, सहयोगी महानुभाव तथा देश-विदेशमा रहनु भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
साथै, मेरो व्यक्तिगत तर्फबाट समेत यहाँहरूको जीवनमा भगवान श्री लक्ष्मीनारायणको कृपा सदा बनिरहोस्, परिवारमा सुख-समृद्धि र उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दछु।

श्री लक्ष्मीनारायण मठ( मटिहानी-स्थान)
डॉ. रविन्द्र दास वैष्णव

15/02/2026

महाशिवरात्रीको पावन अवसरमा हार्दिक शुभकामना!
पवित्र महाशिवरात्री पर्वको अवसरमा श्री लक्ष्मीनारायण मठ मटिहानी-स्थान परिवारको तर्फबाट सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान शिवको असीम कृपाले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा आध्यात्मिक उन्नति प्रदान गरून् भन्ने कामना गर्दछौं।

29/01/2026
सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित निवर्तमान सांसद माननीय अमरेश कुमार सिंह ज्यूको आज यस मठमा  आगमन भई दर्शन–पूजन तथा भ्...
18/12/2025

सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित निवर्तमान सांसद माननीय अमरेश कुमार सिंह ज्यूको आज यस मठमा आगमन भई दर्शन–पूजन तथा भ्रमण अवलोकन सम्पन्न भयो।
यस अवसरमा उहाँले मठ तथा मठ मातहतका सम्पदाहरूको संरक्षणका लागि हरसम्भव सहयोग र सदैव तत्पर रहने आश्वासन दिनु भएकोमा मठ परिवारद्वारा उच्च सम्मान व्यक्त गरिएको छ।

Address

Matihani
Mahottari
45700

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्मीनारायण मठ, मटिहानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share