श्री मालिकादेवी संरक्षण तथा विकास समिति, मध्यनेपाल १०, थान्सिङकोट - लमजुङ

  • Home
  • Nepal
  • Lamjung
  • श्री मालिकादेवी संरक्षण तथा विकास समिति, मध्यनेपाल १०, थान्सिङकोट - लमजुङ

श्री मालिकादेवी संरक्षण तथा विकास समिति, मध्यनेपाल १०, थान्सिङकोट - लमजुङ श्री मालिकादेवी संरक्षण तथा विकास सम?

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!जन्मदिने दत्तं दानंभक्त्या समर्पितं हि यत्।तस्य पुण्यफलं देविवर्धतां मालिका ...
22/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

जन्मदिने दत्तं दानं
भक्त्या समर्पितं हि यत्।
तस्य पुण्यफलं देवि
वर्धतां मालिका सदा॥

➥ धार्मिक पर्यटनको केन्द्रका रूपमा निरन्तर उदीयमान रहँदै आएको मालिकादेवी धामको स्तर उन्नति तथा पवित्र कोषको श्रीवृद्धिका निम्ति मध्य नेपाल–१० थानसिङ्ग निवासी श्रद्धेय समाजसेवी व्यक्तित्व श्री रिद्धि बहादुर मल्लज्यूले आफ्नो शुभ जन्मदिनको पावन अवसरलाई धर्ममय बनाउँदै एक प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ। आज चैत्र ८ गते परेको उहाँको जन्मोत्सवको मंगलमय सन्दर्भमा, हिजो मिति २०८२ चैत्र ७ गते सम्पन्न श्री मालिकादेवी दिव्य महाआरतीमा रु १६,३७०। (अक्षरुपी सोह्र हजार तीन सय सत्तरी) रुपैयाँ बराबरको प्रसादीको व्यवस्था गरी देवीप्रति अगाध श्रद्धा, भक्ति र समर्पण अर्पण गर्नुभएको छ । शुभ जन्मदिनको यस पावन अवसरमा श्री मालिकादेवीको असीम कृपा, आशीर्वाद तथा दिव्य संरक्षण सधैं श्रद्धेय समाजसेवी व्यक्तित्व श्री रिद्धि बहादुर मल्लज्यूमा अविरल रहिरहोस - जन्मदिनको धेरै धेरै शुभ कामना ।

समाजसेवी व्यक्तित्व श्री रिद्धि बहादुर मल्लज्यूलाई [नवग्रह शान्ति, आयु–शान्ति, आत्मजन्म–नवजीवन] सहित सुस्वास्थ्य र दीर्घायु जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, यश, ऐश्वर्य, विद्या, विनयशीलता, प्रेम, क्षमा र सद्भाव सधैं फुलिरहोस भन्ने कामनासहित पावन श्री मालिकादेवीको चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौं।
देवी मालिकाको कृपादृष्टिले तपाईंहरूको परिवार सधैं उज्यालो, समुन्नत र मंगलमय बनिरहोस्।
धेरै धेरै धन्यवाद।

“श्री मालिकादेवी संरक्षण तथा विकास समिति” परिवार
मध्यनेपाल–१०, लमजुङ

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!जन्मदिने दत्तं दानंभक्त्या समर्पितं हि यत्।तस्य पुण्यफलं देविवर्धतां मालिका ...
19/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

जन्मदिने दत्तं दानं
भक्त्या समर्पितं हि यत्।
तस्य पुण्यफलं देवि
वर्धतां मालिका सदा॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवी स्थानको स्तर उन्नति तथा कोषको श्रीवृद्धिकालागि, बाग्लुङ निवासी हाल नेपाली सेनामा सेवारत समाजसेवी श्री साम कुँवारज्यूको आज चैत्र ५ गते परेको शुभ जन्मदिनको पावन अवसरमा "श्री मालिकादेवी संरक्षण तथा विकास समिति" लाई रु. १,०५०।- (अक्षरुपि एक हजार पचास रुपैयाँ मात्र) मालिकादेवीमा अर्पण गर्नुभएकोमा उहाँ तथा उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

धार्मिक आस्था, श्रद्धा र समर्पणका साथ गरिएको यो महान दान अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। शुभ जन्मदिनको यस पावन अवसरमा श्री मालिकादेवीको असीम कृपा, आशीर्वाद तथा दिव्य संरक्षण सधैं समाजसेवी श्री साम कुँवारज्यूमा अविरल रहिरहोस - जन्मदिनको धेरै धेरै शुभ कामना ।

समाजसेवी श्री साम कुँवारज्यूलाई [नवग्रह शान्ति, आयु–शान्ति, आत्मजन्म–नवजीवन] सहित सुस्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य र सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्री साम कुँवार तथा पूजा कुँवारज्यूको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, यश, ऐश्वर्य, विद्या, विनयशीलता, प्रेम, क्षमा र सद्भाव सधैं फुलिरहोस भन्ने कामनासहित पावन श्री मालिकादेवीको चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौं।

देवी मालिकाको कृपादृष्टिले तपाईंहरूको परिवार सधैं उज्यालो, समुन्नत र मंगलमय बनिरहोस्।

[ नोटः-समाजसेवी श्री साम कुँवार तथा पूजा कुँवारज्यू, मध्यनेपाल–१०, खड्कागाउँ निवासी हरिमाया खड्काज्यूको छोरी–ज्वाइँ हुनुहुन्छ। ]

धेरै धेरै धन्यवाद।

“श्री मालिकादेवी संरक्षण तथा विकास समिति” परिवार
मध्यनेपाल–१०, लमजुङ

अत्यन्त जरुरी सूचना !!!प्रत्येक महिनाको पहिलो शनिबार मालिकादेवी परिसरमा नियमित रूपमा संञ्चालन हुँदै आएको "श्री मालिकादेव...
18/03/2026

अत्यन्त जरुरी सूचना !!!

प्रत्येक महिनाको पहिलो शनिबार मालिकादेवी परिसरमा नियमित रूपमा संञ्चालन हुँदै आएको "श्री मालिकादेवी दिव्य महाआरती"
चैत्र महिनामा ७ गते संञ्चालन हुँदैछ । यस पटक मालिका समितिले २०८३ सालको भित्ते पात्रो प्रकाशन गरेको छ। भक्तजनहरूको जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले मालिका देवीमा भाकल पूजा नहुने दिनहरू समेत समेटिएको छ। देवी मन्दिरको सुन्दर फोटो अंकित यो नयाँ भित्ते पात्रो आफ्नो घरका लागि सुरक्षित राख्नुहोला। कर्ताको रुपमा महाआरतीमा सहभागि हुन इच्छुक महानुभावहरुले मालिका समितिका कोषाध्यक्ष राज कुमार खड्का र श्री मालिकादेवी दिव्य महाआरती उप समितिका संयोजक राजन थापा बगालेज्यूलाइ सम्पर्क गर्नुहुन अनुरोध छ साथै उक्त दिन भाकल पूजाको कार्य नराखिदिनुहुन सम्पूर्ण भक्तजनहरूलाई विनम्र अनुरोध गर्दछाैं । भक्तजनहरुमा पर्न गएको असुबिधाकोलागि हामि क्षमा चाहन्छाैं ।

सम्पर्क- कोषाध्यक्ष, राज कुमार खड्का [ ९८१५१५८८७०]

वीर बहादुर थापा
अध्यक्ष - श्री मालिकादेवि संरक्षण तथा विकास समिति !!!

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!! हाम्रा पुज्यनिय पिताश्री स्वर्गीय दल बहादुर घिमिरेकाे मिती २०८२/१२/०१ गते प...
15/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

हाम्रा पुज्यनिय पिताश्री स्वर्गीय दल बहादुर घिमिरेकाे मिती २०८२/१२/०१ गते पर्न गएकाे बार्षिक पुण्य तिथिमा उहाँकाे बैकुण्ठ बासकाे कामना गर्दै श्री मालिका देवीकाे चरण कमलमा रू ३३३३/- अक्षरुपि रु तीन हजार तीन सय तेत्तीस रुपैयाँ मात्र मालिका देवीमा अर्पण गरेका छौं ।

-
श्रीमती-
देव कुमारी घिमिरे

छाेरा बुहारी -
जमदार बाबुराम घिमिरे(अ.प्रा)/बिन्दु अधिकारी घिमिरे
हुद्दा नारायण बहादुर घिमिरे/अज्जली थापा घिमिरे

छाेरी ज्वाइँ-
कविन धिताल/सुबिना घिमिरे धिताल

नाति नातिना-
अतीत घिमिरे
अनुस्का घिमिरे
अन्शु घिमिरे
अनुशा घिमिरे
अर्बिन बाबु घिमिरे
कृषन धिताल

( भरतपुर ,ताेरीखेत )

…..........…..................................................

धार्मिक आस्था, श्रद्धा र समर्पणका साथ गरिएको यो महान दान अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। स्वर्गीय आत्मको बैकुण्ठ बासको कामना गर्दछौं । सम्पूर्ण घर–परिवारमा सुख, शान्ति, समृद्धि, यश, ऐश्वर्य, विद्या, विनयशीलता, प्रेम, क्षमा र सद्भाव सधैं फुलिरहोस भन्ने कामनासहित पावन श्री मालिकादेवीको चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौं।
देवी मालिकाको कृपादृष्टिले तपाईँहरूको परिवार सधैं उज्यालो, समुन्नत र मंगलमय बनिरहोस ।

धेरै धेरै धन्यवाद।

"श्री मालिका देवि संरक्षण तथा बिकास समिति" परिवार
मध्यनेपाल १०, लमजुङ !!!

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!जन्मदिने दत्तं दानंभक्त्या समर्पितं हि यत । तस्य पुण्यफलं देविवर्धतां मालिका...
12/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

जन्मदिने दत्तं दानं
भक्त्या समर्पितं हि यत ।
तस्य पुण्यफलं देवि
वर्धतां मालिका सदा ॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवी स्थानको स्तर उन्नति तथा कोषको श्रीवृद्धिकालागि मध्यनेपाल ६, भोर्लेटार निवासि समाजसेवी दम्पती हरि रेग्मि क्षेत्रि र कमला कुँवारज्यूको छोरि हाल अष्ट्रेलियामा रहनुहुने श्वेता रेग्मिज्यूको आज फाल्गुन २८ गते परेको शुभ जन्मदिनको शुभ अवसरमा "श्री मालिकादेवि संरक्षण तथा बिकास समिति" लाइ रु ५५०५।- अक्षरुपि रु पाँच हजार पाँच सय पाँच रुपैयाँ मात्र मालिकादेविमा अर्पण गर्नुभएकोमा सम्पुर्ण परिवारमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछाैं । धार्मिक आस्था, श्रद्धा र समर्पणका साथ गरिएको यो महान दान अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। शुभ जन्मदिनको यस पावन अवसरमा श्री मालिकादेवीको असीम कृपा, आशीर्वाद र दिव्य संरक्षण सधैं नानी श्वेता रेग्मीज्यू तथा उहाँको सम्पूर्ण परिवारमाथि अविरल रहिरहोस भन्ने कामना गर्दछौं। नानी श्वेता रेग्मी ज्यूलाई [ नवग्रह शान्ति , आयु-शान्ति, आत्मजन्म–नवजीवन ] सुस्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य र सफल जीवनको कामना गर्दै जन्म दिनको धेरै धेरै शुभ कामना ब्यक्त गर्दछाैं । सम्पूर्ण घर–परिवारमा सुख, शान्ति, समृद्धि, यश, ऐश्वर्य, विद्या, विनयशीलता, प्रेम, क्षमा र सद्भाव सधैं फुलिरहोस भन्ने कामनासहित पावन श्री मालिकादेवीको चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौं।
देवी मालिकाको कृपादृष्टिले तपाईँहरूको परिवार सधैं उज्यालो, समुन्नत र मंगलमय बनिरहोस ।

धेरै धेरै धन्यवाद।
नानी श्वेता रेग्मीज्यूलाई पुनः जन्मदिनको हार्दिक शुभकामना।

"श्री मालिका देवि संरक्षण तथा बिकास समिति" परिवार
मध्यनेपाल १०, लमजुङ !!!

श्री मालिकादेवीले हामी सबैको कल्याण गरून् !!!विवाहबन्धनं दिव्यंस्नेहविश्वाससंयुतम्।दीर्घायुष्मन्तु दंपत्यौसदा सौख्यसमन्व...
10/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरून् !!!

विवाहबन्धनं दिव्यं
स्नेहविश्वाससंयुतम्।
दीर्घायुष्मन्तु दंपत्यौ
सदा सौख्यसमन्वितौ॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवी स्थानको स्तर उन्नति तथा कोषको श्रीवृद्धिकालागि मध्यनेपाल १०, नेटा निसान चौताराकी चेली हाल युकेमा रहनुहुने समाजसेवी दम्पती कल्पना भण्डारी कुँवर र राम बहादुर कुँवरज्यूले आज २०८२ साल फाल्गुन २६ गते परेको वैवाहिक वर्षगाँठको शुभ दिनको अवसरमा "श्री मालिकादेवी संरक्षण तथा विकास समिति" लाई रु ५०५०।– (अक्षरूपीः पाँच हजार पचास रुपैयाँ मात्र) मालिकादेवीमा अर्पण गर्नुभएकोमा सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

धार्मिक आस्था र श्रद्धाभावका साथ गरिएको यो महान् दान अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। वैवाहिक वर्षगाँठको यो शुभ दिनमा मालिकादेवीको असीम कृपा, आशीर्वाद र संरक्षण सधैँ उहाँहरूको परिवारमाथि रहिरहोस्। सम्पूर्ण घरपरिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पावन श्री मालिकादेवी चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौँ।

स्वस्थ जीवन, यश, ऐश्वर्य, विद्या, विनयशीलता तथा प्रेम–क्षमा–सद्भावले सुशोभित उहाँहरूको परिवारमा सधैँ–सधैँ देवी मालिकाको कृपादृष्टि अविरल रहिरहोस्।

धेरै धेरै धन्यवाद, धेरै धेरै शुभकामना।

“श्री मालिकादेवी संरक्षण तथा विकास समिति” परिवार
मध्यनेपाल–१०, लमजुङ।

श्री मालिकादेवीले हामी सबैको कल्याण गरून् !!!आयुः श्रीः यशो बलं विद्यासन्तानः सौख्यमेव च।दानशीलस्य नित्यं स्युःदेवीकृपाक...
10/03/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरून् !!!

आयुः श्रीः यशो बलं विद्या
सन्तानः सौख्यमेव च।
दानशीलस्य नित्यं स्युः
देवीकृपाकटाक्षतः॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवी स्थानको स्तर उन्नति तथा कोषको श्रीवृद्धिकालागि मध्यनेपाल–९, खलकछाप निवासी हाल काठमाडौंमा रहनुहुने समाजसेवी आदरणीय विष्णु नारायण शाहज्यू तथा उहाँकी धर्मपत्नी चन्द्र कुमारी शाहीज्यूले वि.सं. २०८१ साल बैशाख ७ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिकादेवी धार्मिक महोत्सव–२०८१” मा प्रदान गर्नुभएको रकम रु १,०१,००५।– मा वि.सं. २०८२ साल फाल्गुन २५ गते पुनः रु १०,०२५।– थप गरी "श्री मालिकादेवी संरक्षण तथा विकास समिति" लाई जम्मा रकम रु १,११,०३०।– (अक्षरूपीः एक लाख एघार हजार तीस रुपैयाँ मात्र) मालिकादेवीमा अर्पण गर्नुभएकोमा सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

धार्मिक आस्था र श्रद्धाभावका साथ गरिएको यो महान् दान अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। मालिकादेवीको असीम कृपा, आशीर्वाद र संरक्षण सधैँ उहाँहरूको परिवारमाथि रहिरहोस्। सम्पूर्ण घरपरिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पावन श्री मालिकादेवी चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौँ।

स्वस्थ जीवन, यश, ऐश्वर्य, विद्या, विनयशीलता तथा प्रेम–क्षमा–सद्भावले सुशोभित उहाँहरूको परिवारमा सधैँ–सधैँ देवी मालिकाको कृपादृष्टि अविरल रहिरहोस्।

धेरै धेरै धन्यवाद, धेरै धेरै शुभकामना।

“श्री मालिकादेवी संरक्षण तथा विकास समिति” परिवार
मध्यनेपाल–१०, लमजुङ।

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!जन्मदिने दत्तं दानंभक्त्या समर्पितं हि यत । तस्य पुण्यफलं देविवर्धतां मालिका...
28/02/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

जन्मदिने दत्तं दानं
भक्त्या समर्पितं हि यत ।
तस्य पुण्यफलं देवि
वर्धतां मालिका सदा ॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवि स्थानको स्तर उन्नति र कोषको श्रीवृद्धिकोलागि सुन्दरबजार नगरपालिका १ भागिरथि निवासि हाल नागर्जुन २ ठूलो भर्याङ्ग काठमाडाैंमा रहनुहुने समाजसेवि मध्य नेपाल १० नेटाकी चेलि लक्ष्मी कुवाँरज्यूको आज फाल्गुन १६ गते परेको शुभ जन्मदिनको शुभ अवसरमा "श्री मालिकादेवि संरक्षण तथा बिकास समिति" लाइ रु १५०५।- अक्षरुपि रु एक हजार पाँच सय पाँच रुपैयाँ मात्र मालिकादेविमा अर्पण गर्नुभएकोमा सम्पुर्ण परिवारमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछाैं । मध्य नेपाल १० नेटाकी चेलि लक्ष्मी कुवाँरज्यूलाइ [ नवग्रह शान्ति , आयु-शान्ति, आत्मजन्म–नवजीवन ] सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै जन्म दिनको धेरै धेरै शुभ कामना ब्यक्त गर्दछाैं । सम्पूर्ण घर परिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पावन श्री मालिकादेवी चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौँ। स्वस्थ जीवन , यश, ऐश्वर्य, बिद्या, बिनयशीलता , प्रेम-क्षमा-सद्भावले सुशोभित तपाइहरुको परिवारमा सधै सधै देवि मालिकाको कृपादृष्टि अविरल रहिरहोस । धेरै धेरै धन्यबाद, धेरै धेरै शुभ कामना ।

"श्री मालिका देवि संरक्षण तथा बिकास समिति" परिवार
मध्यनेपाल १०, लमजुङ !!!

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!विवाहवर्षगाठायां शुभेऽस्मिन् मंगलप्रदे ।दीर्घायुष्मान् भवेत् दम्पती प्रेमसौख...
20/02/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

विवाहवर्षगाठायां शुभेऽस्मिन् मंगलप्रदे ।
दीर्घायुष्मान् भवेत् दम्पती प्रेमसौख्यसमन्वितौ ॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवि स्थानको स्तर उन्नति र कोषको श्रीवृद्धिकोलागि मध्य नेपाल १०, थानसिङ्ग डाँडा चौतारा निवासी समाजसेवि विजय केसी र सूर्य केसीज्युको आज फागुन ८ गते परेको वैवाहिक वर्षगाँठको शुभ अवसरमा "श्री मालिकादेवि संरक्षण तथा बिकास समिति" लाइ रु ५१११।- अक्षरुपि रु पाँच हजार एक सय एघार रुपैयाँ मात्र मालिकादेविमा अर्पण गर्नुभएकोमा सम्पुर्ण परिवारमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछाैं । समाजसेवी विजय केसी र सूर्य केसीज्युलाई [ नवग्रह शान्ति , आयु-शान्ति, आत्मजन्म–नवजीवन ] सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै वैवाहिक वर्षगाँठको धेरै धेरै शुभ कामना ब्यक्त गर्दछाैं । तपाईंहरू दुवैको दाम्पत्य जीवन सधैं प्रेम, समझदारी र सम्मानले भरिपूर्ण रहोस्। एक अर्काप्रतिको विश्वास र मित्रता अझ प्रगाढ बनी जीवनका हरेक चुनौती सहजतापूर्वक पार होस्। देवी मालिकाको असीम कृपाले तपाईंहरूको घर–आँगनमा सधैं सुख, शान्ति र समृद्धि ल्याओस्। यस वैवाहिक वर्षगाँठले बितेका मधुर स्मृतिहरूलाई अझ गाढा बनाइ आगामी दिनहरू सफलता, आनन्द र सौभाग्यले पूर्ण बनाओस्। सम्पूर्ण घर परिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पावन श्री मालिकादेवी चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौँ। स्वस्थ जीवन , यश, ऐश्वर्य, बिद्या, बिनयशीलता , प्रेम-क्षमा-सद्भावले सुशोभित तपाइहरुको परिवारमा सधै सधै देवि मालिकाको कृपादृष्टि अविरल रहिरहोस । धेरै धेरै धन्यबाद, धेरै धेरै शुभ कामना ।

"श्री मालिका देवि संरक्षण तथा बिकास समिति" परिवार
मध्यनेपाल १०, लमजुङ !!!

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!जन्मदिने दत्तं दानंभक्त्या समर्पितं हि यत । तस्य पुण्यफलं देविवर्धतां मालिका...
15/02/2026

श्री मालिकादेवीले हामी सबैको कल्याण गरुन !!!

जन्मदिने दत्तं दानं
भक्त्या समर्पितं हि यत ।
तस्य पुण्यफलं देवि
वर्धतां मालिका सदा ॥

➥ धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मालिकादेवि स्थानको स्तर उन्नति र कोषको श्रीवृद्धिकोलागि मध्य नेपाल १०, थानसिङ्ग थापा गाउँ निवासी समाजसेवि बुबा रुद्र बहादुर थापा र आमा वसुन्धरा थपाज्युको सुपुत्र हाल भारतीय सेनामा सेवारत नवराज थापाज्यूको आज फागुन ३ गते परेको शुभ जन्मदिनको शुभ अवसरमा "श्री मालिकादेवि संरक्षण तथा बिकास समिति" लाइ रु २०२०।- अक्षरुपि रु दुई हजार विस रुपैयाँ मात्र मालिकादेविमा अर्पण गर्नुभएकोमा सम्पुर्ण परिवारमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछाैं । समाजसेवी बाबु नवराज थापाज्युलाई [ नवग्रह शान्ति , आयु-शान्ति, आत्मजन्म–नवजीवन ] सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै जन्म दिनको धेरै धेरै शुभ कामना ब्यक्त गर्दछाैं । सम्पूर्ण घर परिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पावन श्री मालिकादेवी चरणकमलमा हार्दिक प्रार्थना अर्पण गर्दछौँ। स्वस्थ जीवन , यश, ऐश्वर्य, बिद्या, बिनयशीलता , प्रेम-क्षमा-सद्भावले सुशोभित तपाइहरुको परिवारमा सधै सधै देवि मालिकाको कृपादृष्टि अविरल रहिरहोस । धेरै धेरै धन्यबाद, धेरै धेरै शुभ कामना ।

"श्री मालिका देवि संरक्षण तथा बिकास समिति" परिवार
मध्यनेपाल १०, लमजुङ !!!

14/02/2026

जय मालिकादेवी !!!

श्री मालिकादेवी संरक्षण तथा विकास समिति र मध्य नेपाल १० वडा कार्यालयको संयुक्त प्रयासमा मध्य नेपाल १० मा रहनुहुने ज्येष्ठ बुबाआमाहरुलाइ वडामा रहेको रेकर्ड अनुसारको ज्येष्ठताको रोलक्रम अनुसार सम्मान गर्ने कार्यक्रम यो महिना पनि निरन्तर रहेको छ । जस अनुसार मध्य नेपाल 10 थानसिङ्ग निवासी आमा आदरणीय हरिमाया कुँवर ज्यू ( ८९ वर्ष ) लाइ आज मिति 2082 साल फाल्गुन २ गते दोसल्ला , रामनामी र तातोपानी पिउनकोलागी थर्मस सहितको सम्मान कार्य सम्पन्न भएको छ ।

जय जय जय मालिकादेवि !!!

14/02/2026

जय मालिकादेवी !!!

श्री मालिकादेवी संरक्षण तथा विकास समिति र मध्य नेपाल १० वडा कार्यालयको संयुक्त प्रयासमा मध्य नेपाल १० मा रहनुहुने ज्येष्ठ बुबाआमाहरुलाइ वडामा रहेको रेकर्ड अनुसारको ज्येष्ठताको रोलक्रम अनुसार सम्मान गर्ने कार्यक्रम यो महिना पनि निरन्तर रहेको छ । जस अनुसार मध्य नेपाल 10 नेटा निवासी बुबा आदरणीय कर्ण बहादुर भण्डारी ज्यू ( ८६ वर्ष ) लाइ आज मिति 2082 साल फाल्गुन २ गते दोसल्ला , रामनामी र तातोपानी पिउनकोलागी थर्मस सहितको सम्मान कार्य सम्पन्न भएको छ ।

जय जय जय मालिकादेवि !!!

Address

Madhyanepal-10, Thansingkot
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when श्री मालिकादेवी संरक्षण तथा विकास समिति, मध्यनेपाल १०, थान्सिङकोट - लमजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category