Church of God in Nepal

Church of God in Nepal Church of God was established in 4th May 1983. It is situated in Lagankhel,Lalitpur near Midat Clinic. It is 200 meters far away from Gwarko towards North

It is 200 meters far away from Gwarko towards North-West and 50 meters far away from Lagankhel Bus Stop towards North-East. It has spreading Gospel to the Nepali communtiy about 28 years. The vision of Church of God is "Holiness, Unity and Service". The sub-vision of Church of God are Evangelism, Leadership and Ministry. Until now, It has expanded its 14 sister churches within Nepal.

24/07/2020
18/07/2020
18/07/2020

जय मसिह ! आज ११ बजे हुने साप्ताहिक संगतीमा सहभागी हुन यो लिंक पछ्याउनु होला l
Church of God Nepal is inviting you to a scheduled Zoom meeting.
Topic: Church of God Nepal's saturday fellowship
Time: Jul 18, 2020 11:00 AM Kathmandu
Join Zoom Meeting
https://us02web.zoom.us/j/3113966531
Meeting ID: 311 396 6531

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

11/07/2020

आज ११ बजे हुने साप्ताहिक संगतिमा सबैजनालाई हार्दिक स्वागत छ, आफ्नो नजिकको मित्रलाई लिंक शेयर गर्नुहोला l

Topic: Church of God Nepal's Saturday Fellowship
Time: Jul 11, 2020 11:00 AM Kathmandu

Join Zoom Meeting
https://us02web.zoom.us/j/3113966531

Meeting ID: 311 396 6531

27/06/2020

जय मसिह मण्डली परिवार !

साप्ताहिक अनलाइन (जुम) संगतिकोमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ l
समय: शनिबार बिहान ११ बजे
जुम आइडी: 311 396 653

06/06/2020

हामी अबको ठिक ११ बजे जुम एप मार्फत अनलाइन संगती गर्दै छौँ, इच्छुक व्यक्तिहरू तलको लिंक पछ्याउनु होला:
Join Zoom Meeting
https://us02web.zoom.us/j/3113966531

29/05/2020

➡️ नेपालको वर्तमान अवस्था:
जातीय व्यवस्था सामाजिक सभ्याताको बाधक हो भन्ने कुरामा दुइमत नहोला । जातकै आधारमा गरिने सामाजिक विभेद दक्षिण एसियामा खास गरी भारत र नेपालमा सदिऔँदेखी रहिआएँको छ र यसको जरा धर्म, संस्कृति र सभ्यतासँग गाँसिएको छ । सैयौँ वर्षदेखि जन्मको आधारमा एउटा विशेष समुदायलाई अछुत बनाइएको छ जसलाई हामी दलित भनेर चिन्छौँ । दलित समुदायले पुस्तौँसम्म सहँदै आएँको पीडा र अपमानको सही विश्लेषणको गहिराइसम्म पुग्न मजस्तो एउटा गैरदलितले चाहेर पनि सक्दिनँ । कैयौँ पुस्तासम्म दलित समुदायले भोग्नुपरेको अन्याय, अत्याचार, अपमान र विभेदको क्षतिपूर्ति जति दिए पनि कम हुन्छ र समताको सिद्धान्त वा कोटा सरकारले दलित समुदायलाई क्षतिपूर्ति दिन गरेको प्रयासको एउटा उत्तम नमुना मात्र हुन सक्छ ।

कानुनतः जातको आधारमा गरिने विभेद पूर्ण रूपमा निषेध छ । मानव अधिकारको विश्वव्यापी घोषणाको धारा २ अनुसार व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म आदिको आधारमा भेदभाव गर्न पाईंदैन । तर नेपाली समुदायमा व्यावहारिक रूपमा यसले अझै जरा गाडेर बसेको छ । नेपालको जनसङ्ख्याको लगभग १५ प्रतिशत वा ४५ लाख जनसङ्ख्या दलित छन् । ८० प्रतिशत दलित गरिबीको रेखामुनि पर्दछन् । शिक्षा, रोजगार, सम्पत्तिको उपभोगसाथै अन्य अवसर तथा सुविधाको पहुँचमा दलितलाई पछि पारिएको छ । मानिस भएर जन्मेर पनि मानिसले नै जिउन नसकिने जीवन जिउन बाध्य बनाइएको छ । यो नेपालको समग्र विकासको लागि समेत बाधा बनेको छ किनकि १५ प्रतिशत जनसङ्ख्या यस किसिमको विभेदमा परेका छन् । उच्च वर्गका व्यक्तिले समाजका धेरै विशेषाधिकारको प्रयोग गरिरहेका छन् भने दलित र सीमान्तकृत समुदायले अझै पनि आफूले पाउने अधिकारका लागि सङ्घर्ष गरिरहेका छन् । जातीय व्यवस्था हटाउनका लागि धेरै कुरा कागजमा लेखिए पनि व्यवहारमा लागु हुन सकिरहेको छैन । किनभने अझै पनि नेपाली समाजको मानसिकता जातीय व्यवस्थाबाट ग्रसित छ । त्यसबाट छुटकारा पाउन सकिरहेको छैन ।

➡️ जातीय विभेद: बाइबलीय दृष्टिकोण

विभेद किन हुन्छ भनेर खोज्नुअगि मानिसले आफू सृष्टि भएको "आफ्नै सृष्टिको वर्णन अर्थात् म कसरी र कोद्वारा सृष्टि गरिए" भनेर बुझ्नु जरुरी हुन्छ । यो क्रममा म तपाईंलाई ५ वटा प्रश्नको फराकिलो फ्रेमवर्क दिन चाहन्छु जस्ले “म को हुँ” भन्ने तपाईंको खोजलाई सहज बनाउने छ र निर्देशित गर्ने छ भन्ने मेरो विश्वास छ ।
यी प्रश्नलाई विचार गर्नुहोस्:
१. म कहाँबाट आएँ ? (Where did I come from? The question of Origin)
२. म को हुँ ? (Who am I? The question of Identity)
३. म यहाँ किन छु ? (Why am I here? The question of purpose and meaning of life)
४. म कसरी जिउनुपर्छ ? (How should I live? The question of ethics, morality and religion)
५. म कहाँ जाँदै छु ? (Where am I going? The question of eternal destiny)
यी पाँचैवटा प्रश्नको बारेमा गहन छलफल गर्न नसके पनि सुरुका दुइवटा प्रश्नलाई मध्यनजर गर्दै यो छलफललाई अगाडि बढाउने प्रयास गर्ने छु ।
बाइबलीय दृष्टिकोणमा "मनिस को हो" भन्ने कुरा हामी ३ चरणमा बुझ्न सक्छौँ:-

१. CREATION- मानिसको सृष्टि
२. CHAOS- पापको चौतर्फी असर
३. CHRIST- ख्रीष्टमा मानिसको समानता

१. CREATION- मानिसको सृष्टि
आफ्नो परिचय खोज्ने क्रममा 'म कहाँबाट आएँ ? म को हुँ ? वा मलाई कसले, किन र कसरी सृष्टि गर्‍यो ?' आदि प्रश्नहरू अति नै महत्त्वपूर्ण र आधारभूत हुन्छन् । हामी हरेकले आआफ्नो धर्मशास्त्रमा यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्न जरुरी छ जसरी मैले यहाँ बाइबलीय आधारमा परमेश्वरको सृष्टि र दृष्टिमा मानिसको मुल्य खोज्ने जमर्को गर्दै छु ।
मानिसको सृष्टिबारे बाइबलको पहिलो पुस्तक उत्पत्ति १ र २ अध्यायमा उल्लेख गरिएको छ जहाँ यसरी लेखिएको छ-
“यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो" (उत्पत्ति १:२७) ।

परमेश्वरले उहाँको आफ्नै आत्मिक, चारित्रिक तथा नैतिक स्वरूपमा नर र नारी नै गरी मानिस जातिलाई सृष्टि गर्नुभएको हो । यसबाट के स्पस्ट हुन्छ भने परमेश्वरको योजनामा कुनै जातीय विभाजन थिएन । उहाँले दुइवटा जात अर्थात् महिला र पुरुष मात्र सृष्टि गर्नुभएको छ । हरेक मानिस परमेश्वरको स्वरूपको बाहक हो र परमेश्वरको दृष्टिमा उ सधैँ समान र बराबरी मूल्यको हुन्छ ।

२. CHAOS- पापको चौतर्फी असर
उत्पत्तिको पुस्तक ३ अध्यायले बताएअनुसार आदम र हव्वाले परमेश्वरले दिनुभएको आज्ञा उल्लङ्घन गरेसँगै परमेश्वरको सुन्दर सृष्टिमा पापको प्रवेश भयो । फलस्वरूप पापको चौतर्फी असर मानव जीवनका सबै क्षेत्रमा पर्न गयो र तल उल्लेख गरिएका सबै सम्बन्धलाई पापले नराम्ररी प्रभाव पार्‍यो:

क. आत्मिक (मानिस र परमेश्वरबिचको सम्बन्ध)
ख. शारीरिक तथा मानसिक (मानिसको आफैसँगको सम्बन्ध)
ग. वातावरणीय (मानिस र वातावरणबिचको सम्बन्ध)
घ. सामाजिक (मानिस र मानिसबिचको सम्बन्ध)

पापले मानिसको जीवनमा बहुआयामिक असरहरू ल्यायो । दोषारोपण र आफूलाई ठिक ठान्ने प्रवृत्तिको सुरुवात पापको असरको रूपमा सुरुका मानिसहरूमा देखियो । यो बढ्दै गयो । एक–आपसमा तिक्तता बढ्यो । मानिसले शासन गर्नतिर पाइला बढायो । मानिसको मन उपद्रवले भरियो । “किनकि सबैले पाप गरेका छन्‌, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्‌" (रोमी ३:२३) । परमेश्वरसँग र अरू मानिससँग सम्बन्ध बिग्रँदै गयो । यसरी अहिले पनि हाम्रो समाजमा देखिने मानिसले मानिसलाई गरिने सामाजिक वा जातीय विभेदलाई पापको असरको रूपमा लिन सकिन्छ ।

३. CHRIST- ख्रीष्टमा मानिसको समानता
परमेश्वरले सम्पूर्ण मानव जातिको लागि छुटकाराको योजना बनाउनुभयो र आजभन्दा २००० वर्ष अगाडि येशूले क्रूसमा सम्पूर्ण मानव-जातिको उद्धार वा मुक्तिको लागि रगत बगाउनुभयो अनि उहाँको रगतले पापले प्रभाव पारेका सबै सम्बन्धलाई ठिक गर्न सक्छ ।

"तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं । किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं । यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ । यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ । यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनससम्म राज्य गरोस्‌ (रोमी ५:८,९,१०,११,१८,२१) ।

येशूमा विश्वास गर्ने हरेक व्यक्ति नयाँ सृष्टि हुन्छ, "यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ" (२ कोरिन्थी ५:१७)

येशूमा भएका मनिसहरू सबै समान हुन्छन् भन्ने कुरा नयाँ नियममा यसरी लेखिएको छ, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।

अब येशूमा भएकाहरूलाई कुनै पनि जातीय व्यवस्थाले छुँदैन । उहाँको नजरमा सबै मानिस समान छन् किनभने हामी सबै उहाँकै स्वरूपमा सृष्टि भएका हौँ

➡️ जातीय विभेद न्यूनिकरणमा मण्डलीको भूमिका:

परमेश्वरको राज्यमा कुनै प्रकारको विभेद हुँदैन । ख्रीष्ट येशूमा नयाँ जन्म पाएका मानिसहरूको सोच पनि नयाँ भएको हुन्छ र उनीहरू कुनै प्रकारको विभेद गर्दैनन् वा विभेद हुन नदिन्ने कुरामा कटिबद्ध हुन्छन । मण्डली त्यस्तो समुदाय हो जहाँ सबै जातका मानिसहरू अटाउँछन् र त्यहाँ जातको आधारमा कुनै विभेद गरिँदैन अनि सबै जात, सबै बर्ग, सबै भाषाका मानिसहरू एकै ठाउँमा खडा भएर समान हैसियतमा आफ्ना सृष्टिकर्ता परमेश्वरको आराधाना गर्छन् । जातीय विभेद न्यूनिकरणको लागि मण्डली एउटा उत्तम नमुना हो र यसको लागि मण्डलीले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।

१. मण्डली र आफ्नो समुदायमा मानिस जातिको सृष्टिको वर्णनबारे सही शिक्षा दिनु
खासमा आज समाजमा जति पनि विभेदहरू कायम छन्, त्यो शिक्षाको कमिले मानिसहरूमा भएको गलत सोचको कारणले भएको छ । त्यसैले मण्डलीले सही शिक्षा दिएर मानिसहरूको सोच बदल्न खेल्नुपर्ने भूमिकाको महत्त्वबारे जति व्याख्या गरे पनि कम हुन्छ । मण्डलीले जातीय विभेदका पीडित र पिडक दुवैलाई बाइबलीय सत्यताको ज्ञान दिन जरुरी छ । परमेश्वरको सृष्टि र दृष्टिमा सबै मानिस समान छन् र उहाँको नजरमा सबै प्रकारका विभेद घृणित छन् भन्ने कुरा सबै मानिसलाई बुझाउनु मण्डलीको दायित्व हो ।

२. जातीय विभेदको विरोधमा शसक्त आवाज
परमेश्वरलाई कुनै पनि प्रकारको विभेद सह्य छैन । यो सत्यलाई बुझेको मण्डली जातीय विभेदको विषयमा चुप लागेर बस्नै सक्दैन । मण्डली परमेश्वरले राख्नुभएको समाज परिवर्तनको वाहक हो । त्यसैले मण्डलीले नीति निर्माणदेखि राज्यका सबै तहमा जातीय विभेद विरुद्ध आफ्नो आवाज बुलन्द गर्न सबै प्रकारका कदम चाल्न जरुरी छ । सामाजिक सेवा परमेश्वरले मण्डलीलाई दिनुभएको मिसनको एक अभिन्न भाग हो ।

३. अन्याय, अत्याचार र थिचोमिचोमा परेकाहरूको लागि पैरवी गर्नु
जातीय विभेदको मुद्दा नितान्त न्यायसँग जोडिएको विषय हो । हामीलाई थाहा छ कि परमेश्वर न्यायी (Just) हुनुहुन्छ र बाइबलले हामीलाई बताउँदछ कि न्याय वा इन्साफद्वारा नै परमेश्वरको नाम उच्च हुन्छ । "तर सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ इन्साफद्वारा उच्च हुनेछ, र पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ" (यशैया ५:१६) ।

"तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्‌ !" (आमोस ५:२४) बाइबलले हामीलाई स्पष्टसँग सिकाएको छ “त्यस्ताहरूको पक्षमा बोल्‌, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्‌, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन् । आवाज उठा र न्यायसँग फैसला गर । गरीब र दीन-हीनको अधिकारको रक्षा गर" (हितोपदेश ३१:८-९) ।

"भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ" (यशैया १:१७) ।

येशू आफैले यसो भन्नुभयो, “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्‌, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ'" (मत्ती २५:४०) ।

➡️ अन्तमा...
नेपालमा आज जात व्यवस्था समाजको अर्थ व्यवस्था, सामाजिक संगठन, संस्कृतिको मेरुदण्ड, राजनीति, धर्म र संहिता बनेर जकडिएको छ । त्यसकारण जात व्यवस्थालाई उन्मूलन गर्नका लागि त्यस्तो आन्दोलन अथवा परिवर्तनको आवश्यकता छ, जसले यी सबैलाई चिर्न सकोस् । अरू कुनै विकल्प छैन । जातीय विभेद अन्त गर्न कुनै एकल समुदाय वा धर्म विशेषको प्रयास यथेस्ट हुँदैन । त्यसैले सबैले आआफ्नो ठाउँबाट प्रयास गर्न जरुरी छ खास गरी यो मुद्दामा पिडक भनेर चिनिएका कथित उपल्लो जातिहरूले ...

लेखक: राजेन्द्र पौडेल

Address

Lagankhel
Lalitpur
00977

Alerts

Be the first to know and let us send you an email when Church of God in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Church of God in Nepal:

Share