06/04/2024
एन.सी.एफ.एन.को प्रादेशिक अधिवेशन २०८० अन्तर्गत हालसम्म कोशी, मधेश, सु.प.क्षे र कर्णाली प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । कोशी प्रदेशमा पास्टर गंगा आले अध्यक्ष सहितको १३ सदस्यीय प्रदेश समिति सर्वसहमती चयन भइसक्नु भएको छ भने मधेश प्रदेशमा मतदान प्रकृबाट सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष पदमा पास्टर आशिष लामा लगायत १३ सदस्य समिति निर्वाचित हुनुभएको छ ।
त्यस्तैगरी चैत २० गते सु.प. प्रदेशको कञ्चनपुरमा सम्पन्न अधिवशेनबाट पास्टर हर्क सिंह तामाङ र पास्टर वीरबहादुर चौधारीवीच भएको स्वस्थ्य र कडा चुनावी प्रतिस्पदबाट १ मतले पास्टर हर्कसिह तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यस प्रदेश अध्यक्ष र कोषाध्यक्ष मतदान प्रकृयाबाट चयनगरीएको थियो भने उपाध्यक्ष, सचिव र सदस्यहरु निविरोध चयन हुनुभएको थियो ।
चैत २३ गते सुर्खेत छिन्चुमा सम्पन्न भएको एन.सी.एफ.एन. कर्णाली प्रदेश समितिको निर्वाचनबाट पास्टर प्रेम वयलकोटी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यस प्रदेशमा पनि अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको लागि मतदान प्रकृयाबाट चयन गरीएको थियो भने सचिव र सदस्यपदका उम्मेदवारहरु निविरोध निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक एवं निर्वाचन आयुक्त रेभ. वीरबहादुर कार्कीज्यूको संयोजक्त्वामा यसपालिका निर्वाचन स्वच्छ, निस्पक्ष आत्मिक एवं सौभाद्रपुर्ण वातावरण सम्पन्न भएको कुरा प्रतिनिधिहरुले वताउनु भएको थियो । सदुर पश्चिम र कर्णालीमा सम्पन्न भएको अधिवशेसनमा निर्वाचन प्रकृयाको सम्पूर्ण व्यवस्गापन केन्द्रीय कार्यालय अधिकृत पा. रुद्रदेव विकज्यूले गर्नुभएको थियो भने एन.ई.टी.सी.का एकेडेमी डिन राजेन्द्र घोडासइनी, एन.सी.एफ.एन केन्द्रिय युवा विभागका उपाध्यक्ष निमराज जैसी, कर्णाली प्रदेश कार्यालय सचिव भरत राना लगायत भोलेन्टरहरुले स्वस्छ रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुभएको थियो । .
एन.सी.एफ.एन.गण्डकी प्रदेश र बागमती प्रदेशको अधिवेशनमा तोकीएको समयमा सम्पन्न गर्नेको लागि तयारी अवस्थामा रहेको छ ।