05/04/2026
1. अगुवा नियुक्ति: बाइबलले भन्छ कि 1 तिमोथी 3:1 मा, अगुवा बन्ने व्यक्ति विवेकशील, इमानदार, र नियमित रूपमा सेवा गर्ने हुनुपर्छ। जसरी हामी पास्टर, एल्डर, डिकन, या युवा अगुवा नियुक्त गर्छौं, त्यो बाइबलका सिद्धान्तअनुसार हुनुपर्छ।
2. नियमित सहभागिता: हिब्रूहरू 10:25 ले भन्छ, हामीले एक-अर्कासँग मिलेर प्रार्थना, आराधना र बाइबल अध्ययनमा नियमित रूपमा भाग लिनुपर्छ। अगुवा वा युवा समूहका सदस्यहरू पनि, सबै कार्यक्रममा उपस्थित हुने, प्रार्थना र बाइबलमा समय दिनेहरूबाट चयन गरिनुपर्छ।
3. इमानदार सेवा: कलस्सी 3:23 मा भनिन्छ, जे कुरा पनि गर्नुहोस्, प्रभुका लागि सम्पूर्ण मनले गर्नुहोस्। अगुवाहरूलाई पनि, आफु नियमित रूपमा आराधनामा, बाइबल अध्ययनमा, र समुदायमा योगदान दिनेहरूबाटै अघि बढाउनु पर्छ।
4. युवा र संगीत समूह: 1 तीमोथी 4:12 मा भनिन्छ, जवानहरूले शब्द, प्रेम, आचरण, विश्वास र शुद्धतामा उदाहरण बन्नुपर्छ। संगीत समूहमा पनि, उनीहरूलाई नियमित प्रार्थना, बाइबल अध्ययन, र समुदायमा पूर्ण सहभागिताले अगाडि बढ्नुपर्छ।
5. आवाज सुन्ने प्राथमिकता: एफिसी 4:15 मा, हामीले सत्य बोल्नुपर्छ, प्रेममा वृद्धि गर्नुपर्छ। जसरी हाम्रा अगुवाहरू नियमित रूपमा उपस्थित, प्रार्थना, बाइबल र योगदान दिनेहरूका सुझावहरू सुन्नुपर्छ। तर जसले केवल गुनासो गर्छन्, तर नियमित सेवामा जान्दैन, उनीहरूको आवाजलाई हामी सावधानीका साथ सुन्छौं, तर प्राथमिकता त्यसैलाई दिन्छौं, जसले प्रभुको वचन अनुसार नियमित सेवामा भाग लिन्छन्।