Lama Karki Pariwar, Chobhar

Lama Karki Pariwar, Chobhar आदिशक्ति, महाशक्ति, ज्वालामुखी जालपादेवी शारदादेवी चोभार

06/06/2024

हरेक वर्मापराशर कार्की परिवारमा हुनैपर्ने ग्रन्थहरुको नामावली
१. शुक्लयजुर्वेद
२. धनुर्वेद
३. मध्यन्दिनिय शुक्लयजुर्वेद साखा
४. पराशर होराशास्त्र
५. हिमवत्खण्ड
६. शिव पुराण तथा विष्णुपुराण
७. श्री स्वस्थानी
८. रुची अनुसारका वेद
९. रुची अनुसारका पुरण
१०. स्थानिय भाषाका संस्कृतिक पुस्तकहरु

जय कुलदेवी जय इस्टदेवता जय पशुपतिनाथ जय गुइहेश्वोरी माता जय सनातन |

Sukla yajurveda
27/12/2023

Sukla yajurveda

Shukla Yajur Veda Chanting | Vedic Mantras Vedas (knowledge) are a large body of religious texts originating in ancient I...

Krishna Yajurveda
27/12/2023

Krishna Yajurveda

Krishna Yajur Veda Chanting | Vedic Mantras Vedas (knowledge) are a large body of religious texts originating in ancient ...

04/07/2023

अत्यन्त जरुरी सूचना !!!

आ. व. २०७९/८० कोवार्षिक समीक्षा तथा कूलदेवीहरुकाे प्रसाद वितरण समेत गरिने भएकोले २०८० साल आषाढ २३ गते शनिवारका दिन बिहान ७:४५ वजे जालपादेबी मन्दिर परिसरमा सम्पुर्ण गुठी सदस्यहरुलाई अनिवार्य उपस्थितीको लागि यसै सूचना मार्फत जानकारी गराईन्छ ।

सचिव, गजे सिंह कार्की परिवार गूठी, चोभार

02/07/2023

भोली २०८० साल आषाढ १८ गते सोमवारका दिन पर्ने गूरुपूर्णिमा (कूलपूजा/देवाली) को दिन दिप प्रज्ज्वलनको शुभ साईत बिहान ८:४० मा भएको ब्यहोरा सबै कूल बन्धुहरुलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । बिहान ९:०५ मा पञ्च पुजारीहरुवाट मूल पुजा सुरु हुने र पञ्च पुजारी मध्ये कुनै एकजना पुजारीको सहयोगमा क्रमश: अन्य कूल बन्धुहरुवाट पुजा गरि प्रसाद ग्रहण दिनको २:०० वजेवाट सुरुहुने छ । सदा झैं, सबै कूल बन्धुहरुवाट साथ र सहयोगको अपेक्षा समेत गरिन्छ ।

सचिव, गजे सिंह कार्की परिवार गूठी, चोभार

20/06/2023

सनातन धर्मका पाखण्डीहरू कालिका पुराण को बलिविधानम मा बलि, बलिका प्रकार, बलिको विधान र बलि कस्ले कसरी दिनसक्ने बारेमा प्रस्ट उल्लेख छ। बुझेर गरेको कुरो मिठो तर मूर्ख को ओखती छैन।

19/06/2023

सूचना!

बि.सं. २०८० साल आषाढ १८ गते सोमवारका दिन पर्ने गूरुपूर्णिमा (कूलपूजा/देवाली) को साथै अन्य विविध विषयमा समेत विस्तृत छलफल गर्नु पर्ने भएको हुँदा जालपादेबी मन्दिर परिसरमा २०८० साल आषाढ ९ गते शनिवारका दिन ७:४५ वजे बिहान सवै गूठी सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ ।

सचिव, गजे सिंह कार्की परिवार गूठी, चोभार।

03/05/2023

सूचना!

यहि मिति २०८० बैशाख १८ गते सोमवार रात ८ वजे जालपादेबी मन्दिरमा कूलदेबीहरुको आह्वान गरि चण्डिपूर्णीमाका दिन गरिने पुजा, हवन सम्वन्धि विधि विधान सोधनी हुंदा बैशाख २२ गते शुक्रवारका दिन बिहान ७:३३ मा दिप प्रज्वलन गरि दैनिक पुजा सुरु गर्ने र ८:४१ मा हवनको लागि दिप प्रज्वलन गरि पुजा सुरु गर्ने आज्ञा भएको र सवै घरवाट पुजासामानको अपेक्षा समेत भएको हुंदा सवैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । साथै, उक्त दिन प्रसाद ग्रहणको लागि परिवारका सवै सदस्यज्यूहरुलाई यसै सूचना मार्फत हार्दिक आमन्त्रण गरिन्छ ।

सचिव, गजेसिंह कार्की परिवार गुठी, चोभार

27/04/2023

सूचना!
यहि २०८० साल बैशाख २२ गते शुक्रवार पर्ने चण्डिपुर्णीमाका दिन गरिने पुजा/हवन तथा कूलदेबीहरुलाई नयां मन्दिरमा भित्र्याउने शुभसाईत र बिधिबिधान सोधनी गर्नुपर्ने भएको हुंदा, बैशाख १८ गते सोमवार रात ८ वजे जालपादेबी मन्दिरमा कूलदेबीहरु र वायु राजा/वायुरानीहरुलाई आह्वान गरि सोधनी गर्ने सल्लाह भएकोले ईच्छुक सदस्यहरुलाई उक्त दिन (१८ गते सोमवार) रातकाे ७:४५ वजे जालपादेबी मन्दिर परिशरमा उपस्थितीका लागि यसै सूचना मार्फत जानकारी गराईन्छ ।

सचिव, गजेसिंह कार्की परिवार गुठी, चोभार

२०८०-०१-१४
सांझ ६:२५

17/04/2023

सूचना!

बि.सं. २०८० साल बैशाख २२ गते शुक्रवार चण्डिपूर्णिमाका दिन गरिने श्री जालपादेवी शारदादेवी मन्दिरको वार्षिक पुजा र हवन तथा उक्त दिन नै कूलदेबी र वायूदेवताहरुको शिलालाई नयाँ मन्दिरमा प्रतिस्थापन गरिने तथा आषाढ १८ गते सोमवारका दिन गरिने कूलपूजा/देवालीका साथै अन्य विविध विषयमा विस्तृत छलफल गर्नु पर्ने भएको हुँदा जालपादेबी मन्दिर परिसरमा यहि मिति २०८० साल बैशाख ९ गते शनिवारका बिहान ७:४५ वजे सवै गूठी सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।

सचिव, गजे सिंह कार्की परिवार गूठी, चोभार।

To all family, friends, associates, coworkers, partners, relatives, mentors, teachers, and all whom I know and who knows...
13/04/2023

To all family, friends, associates, coworkers, partners, relatives, mentors, teachers, and all whom I know and who knows me, Happy New Year 2080. May Pashupatinath grants all of your wishes, give you health, prosperity, happiness and progress. Happy New Year

21/03/2023

सूचना!

यहि मिति २०७९ साल चैत्र ९ गते बिहिवारको रात ८ वजे जालपादेबी मन्दिरमा कूलदेबीहरुलाई आह्वान गरि कुलदेबीहरु र वायूदेवताहरुलाई नयॅंा मन्दिरमा भित्राउने दिन/साईत सोधनी गर्ने सम्बन्धि सल्लाह भएकोले ईच्छुक सदस्यहरुलाई यसै सूचना मार्फत जानकारी गराईन्छ।

Address

Kirtipur

Telephone

+9779841582771

Website

Alerts

Be the first to know and let us send you an email when Lama Karki Pariwar, Chobhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share