Baksila Baptist Church, Khotang

Baksila Baptist Church, Khotang This is an official page of Baksila Baptist Church, Khotang, Nepal येशु मुक्तिदाता हुनुहुन्छ।
Jesus is the seviour.

17/10/2024

आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्‍नका निम्‍ति प्रयत्‍न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्‍चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।” होशे ६:३

04/04/2024

सहमत हुनुहुन्छ भने Share गर्नुहोस्।
येशु मेरो असल गोठालो(रक्षक),
येशु मेरो असल साथी,
येशु मेरो मुक्तिदाता,
येशु मेरो उद्धारकर्ता,
येशु मेरो साहारा,
येशु मेरो ख्रीष्ट,
येशु मेरो प्रभु,
येशु मेरो थुमा... हुन्।

31/03/2024

"उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।" मत्ती २८:६
#पुनरूत्थान_दिवसको_शुभकामना ।

ख्रीष्टमसको शुभकामना । ❤️🎉🙏
24/12/2023

ख्रीष्टमसको शुभकामना । ❤️🎉🙏

प्रभुको सेवामा एकदमै जोशिलो यस बाक्सिला बप्तिस मण्डलीका प्रीय भाइ अनिल राई एभरेस्ट थियोलोजिकल ईन्स्टिच्युट काठमाडौंबाट "...
26/11/2023

प्रभुको सेवामा एकदमै जोशिलो यस बाक्सिला बप्तिस मण्डलीका प्रीय भाइ अनिल राई एभरेस्ट थियोलोजिकल ईन्स्टिच्युट काठमाडौंबाट "मास्टर इन डिभिनीटी"मा दिक्षित भएकोमा धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
आगामी प्रगतिको लागि परमप्रभुले अझै सहायता र आशिष दिनुभएको होस्।

27/10/2023
बैवाहिक जीवन अति नै संवेदनशील, चुनौतीपूर्ण साथै उन्मादपुर्ण पनि हुन्छ। सबै बिबाहित जोडिहरुको संबन्ध हाम्रो लागि अर्थपूर्...
24/10/2023

बैवाहिक जीवन अति नै संवेदनशील, चुनौतीपूर्ण साथै उन्मादपुर्ण पनि हुन्छ। सबै बिबाहित जोडिहरुको संबन्ध हाम्रो लागि अर्थपूर्ण छ। बलियो बैबाहिक संबन्धलाई ख्रीस्टको ज्ञानको सिमेन्ट लाउँदै! आजको जोडि संगती।

30/09/2023

परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्‍वीले यो कुरा जानून्‌। यशैया 12:5

उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग ...
26/09/2023

उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन। यहूदा १:२५

रोमी १:१९-२५ १९. परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखा...
21/09/2023

रोमी १:१९-२५
१९. परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।
२०. उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
२१. किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्‌, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो।
२२. बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
२३. र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
२४. यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
२५. किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

19/09/2023

“बीउ छर्नेको दृष्‍टान्‍त"
जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।
ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुशीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।
तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।
काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।
तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
मत्ती १३:१९-२३

18/09/2023

हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।
मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।”
परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ। विलाप ३:२३-२५

Address

Kepilasgadhi Rural Municipality-4, Baksila
Khotang

Telephone

+9779849816303

Website

Alerts

Be the first to know and let us send you an email when Baksila Baptist Church, Khotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Baksila Baptist Church, Khotang:

Share