Ummat-E-Nabi

Ummat-E-Nabi “अरूको रूप हेर्‍यो भने आफ्नै मन कुरूप बन्न जान्छ।”

09/09/2026

इन्ना लिल्लाहि वा इन्ना इलैहि राजिउन।
चितवन मुस्लिम समाजका अग्रज, सम्मानित तथा समाजसेवी व्यक्तित्व हाजी जनाब शमसेर दिन मियाको इन्तकाल(निधन) भएको दुःखद खबर प्राप्त भएको छ।

उहाँको निधनले चितवनको मुस्लिम समुदाय तथा सम्पूर्ण समाजले एक अनुभवी, सम्मानित र अग्रज व्यक्तित्व गुमाएको छ। उहाँले समाजप्रति पुर्‍याउनुभएको योगदान तथा सम्झनाहरू सधैँ स्मरणीय रहनेछन्।

यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।

अल्लाह तआलाले मरहूम हाजी जनाब शमसेर दिन मियालाई जन्नतुल फिरदौसमा उच्च स्थान प्रदान गरून्, उहाँका सम्पूर्ण गल्ती-कमजोरीहरू माफ गरून् तथा शोकसन्तप्त परिवारलाई सब्र गर्ने शक्ति प्रदान गरून्।

इन्ना लिल्लाहि वा इन्ना इलैहि राजिउन।

कीर्तिपुर–८ मा मुस्लिम समुदायको पहलमा अबु हुरैर मुसल्ला निर्माण।काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ८ मा मुस्लिम समुद...
06/09/2026

कीर्तिपुर–८ मा मुस्लिम समुदायको पहलमा अबु हुरैर मुसल्ला निर्माण।

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ८ मा मुस्लिम समुदायको सामूहिक पहलमा अबु हुरैर मुसल्ला’ निर्माण गरिएको छ।

स्थानीय मुस्लिम बासिन्दाहरूको आपसी सहयोग एकता र सामूहिक प्रयासबाट निर्माण गरिएको उक्त मुसल्लाले स्थानीय मुस्लिम समुदायलाई नमाज तथा धार्मिक गतिविधिका लागि थप सहज वातावरण सिर्जना गरेको छ।

आफ्नो धार्मिक आस्था र आवश्यकतालाई ध्यानमा राख्दै स्थानीय बासिन्दाहरूले मिलेर मुसल्ला निर्माण गर्नु समुदायबीचको एकता सहकार्य र सामाजिक सद्भावको सकारात्मक उदाहरण बनेको छ।

कीर्तिपुरजस्तो ऐतिहासिक तथा बहुसांस्कृतिक क्षेत्रमा विभिन्न समुदायबीच आपसी सम्मान सहकार्य र सद्भाव कायम राख्दै धार्मिक तथा सामाजिक संरचनाको विकास हुनु सकारात्मक पक्षका रूपमा हेरिएको छ।

स्थानीय मुस्लिम समुदायले अबु हुरैर मुसल्लालाई केवल नमाज पढ्ने स्थानका रूपमा मात्र नभई समुदायलाई जोड्ने, आपसी भाइचारा बढाउने र सामाजिक सद्भाव कायम गर्ने साझा स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

कावासोती मुस्लिम समुदायबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकमुष्ठ रु ८९,००० /- सहयोग हाम्रो देश नेपालले अहिले ठुलो...
04/09/2026

कावासोती मुस्लिम समुदायबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकमुष्ठ रु ८९,००० /- सहयोग
हाम्रो देश नेपालले अहिले ठुलो विपत् सामना गरिरहेको छ । देशले धेरै ठुलो जनधनको क्षति बेहोर्न परेको छ । हजारौ मानिसले ज्यान गुमाउनपर्यो, धेरै गाँउ र सहरले आफ्नो स्थायित्व गुमाए, देशले कयौ जनशक्ति गुमायो, धेरै परिवारको वाच्ने आधार हरायो, कति घर परिवार रित्तिए, देशका ठुला ठुला आयोजना चकनाचूर भए र देश दशकै पछाडी धकेलिन पुग्यो । तर
यो हाम्रो क्षति हो, यो हाम्रो गुमेको हो र हामीले नै पुन:बनाउन छ ।
यो क्षतिको सामना गर्नको लागी हामी सबै एकजुट भएर देशलाई सहयोग गर्नुपर्छ भन्ने हेतुले कावासोती मुस्लिम समुदाय अन्तर्गत यसै कावासोती नगरिमा भएका तिनवटै मस्जिदहरु (मदिना जामे मस्जिद, कोइलापानी जामे मस्जिद र कावासोती जामे मस्जिद) वाट अघिल्लो र यो शुक्रवार रकम संकलन गरि तपशिल रुपमा जम्मा रकम रु ८९, ००० /- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरीएको छ ।
1. मदिना जामे मस्जिद, कोइलापानी बाट रु ४३, ००० /-
2. कोइलापानी जामे मस्जिद, कोइलापानी रु ३६, ५०० /-
3. कावासोती जामे मस्जिद, थकाली चोक रु ९, ५०० /-
जम्मा रकम रु ८९, ००० /-
यो काम वास्तबमै हाम्रो कर्तब्य हो । यस पुण्य काममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा जोडिनुभएका सम्पुर्ण सहयोगी मनहरु, तिनवटै मस्जिदका समितिका पदाधिकारीहरु, इमाम तथा सम्पुर्ण दाजुभाई, दिदि बहिनी तथा आमाबुबाहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।

एकता नै हाम्रो शक्ति हो । 🤝
मानव रक्षा नै ठुलो धर्म हो । 🩸

नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उ...
03/09/2026

नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पञ्च काश्मिरी तकिया (काश्मिरी जामा मस्जिद), दरबारमार्ग, काठमाडौं को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख (रु. १०,००,०००) सहयोग प्रदान गरिएको छ।
विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै, मानवीय सेवाको भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उक्त सहयोग प्रदान गरिएको हो।
राष्ट्रमाथि आइपरेको यस कठिन परिस्थितिमा आपसी सद्भाव, सहकार्य र एकताका साथ विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउनु हामी सबैको साझा दायित्व हो।
मानवीय सेवा, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताप्रति पञ्च काश्मिरी तकियाको निरन्तर प्रतिबद्धता छ ।
पञ्च काश्मिरी तकिया
(काश्मिरी जामा मस्जिद)
दरबारमार्ग, काठमाडौं

रमौलका मुस्लिम समुदायले बाढीपीडितका लागि १३ लाख ४४ हजार राहत कोषमा हस्तान्तरण सिरहा : रसुवाका बाढीपीडितको सहयोगका लागि स...
03/09/2026

रमौलका मुस्लिम समुदायले बाढीपीडितका लागि १३ लाख ४४ हजार राहत कोषमा हस्तान्तरण

सिरहा : रसुवाका बाढीपीडितको सहयोगका लागि सिरहा नगरपालिका–४ रमौल गाउँका मुस्लिम समुदायबाट संकलन गरिएको रु. १३ लाख ४४ हजार ६० प्रधानमन्त्री विपद् तथा राहत कोषमा हस्तान्तरण गरिएको छ।

बैंकमार्फत जम्मा गरिएको रकमको भौचर सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठक लगायतको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई हस्तान्तरण गरिएको हो।

केही दिनदेखि सञ्चालन गरिएको सहयोग अभियानमा रमौलका ज्येष्ठ नागरिक, युवादेखि सम्पूर्ण गाउँवासी सक्रिय रूपमा सहभागी भएका थिए। सामूहिक प्रयासबाट संकलित उक्त रकम विपद् प्रभावित परिवारको सहयोगमा पुग्ने विश्वास व्यक्त गरिएको छ।

अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक तथा सहयोगीप्रति आयोजकले धन्यवाद व्यक्त गर्दै रमौलवासीको एकता र मानवीय पहललाई अनुकरणीय उदाहरणका रूपमा लिएको छ।

देशमा ठुलो प्राकृतिक बिपत्ति आयको बेलामा धादिङ मुस्लिम समुदायको तर्फ बाट सानो सहयोग।🤲🤲🤲🙏
02/09/2026

देशमा ठुलो प्राकृतिक बिपत्ति आयको बेलामा धादिङ मुस्लिम समुदायको तर्फ बाट सानो सहयोग।🤲🤲🤲🙏

बाढी तथा विपद् पीडितका लागि देशभरिका पचासौँ ठाउँका नेपाली मुस्लिम समुदायबाट प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सहयोग आईरह...
02/09/2026

बाढी तथा विपद् पीडितका लागि देशभरिका पचासौँ ठाउँका नेपाली मुस्लिम समुदायबाट प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सहयोग आईरहेको छ।

1. मुस्लिम समाज विकास प्रतिष्ठान, झापा रु. १,२८,६८०/-
2. मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् तथा बुटवलवासी मुस्लिम समुदाय रु. ५,२१,७८६/-
3. मेची अन्जुमन इस्लामिया मदरसा तथा धुलाबारी जामे मस्जिद रु. २९,७८६/-
4. कनकाई मुस्लिम समाज रु. १७,०७०/-
5. नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपाल (NMCDC Nepal) रु. १,०५,०००/-
6. झापा बाह्रदशी–४ का युवा साहिल हुसेनको सक्रियतामा साउदी अरबबाट रु. ३,२३,५१८/-
7. बुर्तिबाङ–२, बागलुङस्थित मदरसा अहले सुन्नत गुलशन रजा विद्यालय तथा मुस्लिम युवा समुदाय —टरु. १,१५,४४०/-
8. नेपालगञ्ज नेपाली मस्जिद रु. ४७,१३३/-
9. नेपालगञ्ज जामा मस्जिद रु. ८२,०००/-
10. नेपालगञ्ज मदीना मस्जिद रु. ४८,३८०/-
11. नेपालगञ्ज मक्का मस्जिद, घरबारी टोल रु. २१,०००/-
12. सुनसरी मुस्लिम समाज, कतार रु. ४८,९००/-
13. धरान जामे मस्जिद तथा अन्जुमन इस्लामिया धरान रु. ७५,०००/-
14. खुशिबु मानव कल्याणकारी संस्था (खुशिबु मस्जिद), काठमाडौं रु. १,५१,०००/-
15. एसियन लेदर फेमिलीका अध्यक्ष तथा समाजसेवी हसन अन्सारीको नेतृत्वमा रु. २,५१,०००/-
16. कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलस्थित जामा मस्जिद रु. ५८,६००/-
17. मदरसा नुरुल हुदा, रामपुर, पाल्पा रु. १४,७१६
18. वीरगन्ज मुर्ली क्षेत्रका मुस्लिम समुदाय तथा अन्जुमन इस्लामिया मस्जिद रु. १,७१,०००/-
तथा २५ क्विन्टल राहत सामग्री
19. अल मदीना जामा मस्जिद, सिद्धार्थ नगरपालिका–९, कठौतिया रु. ३०,३००/-
20. मस्जिद हन्फिया तथा अल जामेअतुल हन्फियतुल गौसिया मदरसा, जनकपुरधाम–६ रु. १,९३,५१०/-
21. इस्लामिक कल्याणकारी समाज, पोखरा–८ रु. ३,००,०००/-
22. शुक्लागण्डकी–५, तनहुँ मुस्लिम समुदाय — रु. ७१,७८६
23. बर्जु गाउँपालिका–५, सुनसरी रु. ३१,७००
24. लहान–१९ छर्रापट्टीका मुस्लिम समुदाय तथा जमिया इस्लामिक छर्रापट्टी रु. ८०,०५१/-
25. हम्बल मस्जिद, नेपालगञ्ज रु. १०,०००/-
26. मदरसा गुलशने अजमेरी, जनकपुरधाम–८ रु. ५०,७८६/-
27. बर्दिया मोहम्मदपुरका विभिन्न मस्जिद तथा मुस्लिम समाज, गुलरिया–११ र १२ रु. २,०२,७८६/-
28. पोखरा मुस्लिम समाज रु. २,२५,७८६
29. हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल, इनरुवा–२, सुनसरी रु. ५,००,०००/-
30. अन्सारियान मस्जिद, नेपालगञ्ज–८ रु. १८,०३६/-
31. नुरी जामा मस्जिद, कोहलपुर–४, बेलनपुर रु. ५,०५५
32. तैयबा गर्ल्स मदरसा, परोहा–१/२, जिङगडवा, रौतहट रु. ४७,८२५/-
33. देवानगञ्ज–२, सुनसरीका मुस्लिम युवाहरू रु. १,००,१००/-
34. नौरी मस्जिद, खजुरा–५, मार्दानपुर, बाँके रु. १,०१,१००/-
35. महोत्तरी लोहरपट्टी–३, तपनपुरका मुस्लिम समुदाय रु. ५२,९६६/-
36. बलवा–९, अधयनपुरका मुस्लिम समुदाय रु. ५१,७८६
37. इटहरी जामा मस्जिद रु. ३६,२४२/-
38. रौज़ा मज़ारशरीफ़ विकास समिति रु. ५१,७८६
39. तौलिहवा मुस्लिम समाज तथा जामा मस्जिद समिति, कपिलवस्तु रु. ५८,५००/-
40. लहान नगरपालिका–१७ का मुस्लिम समुदाय रु. १,०२,२६०/-
41. बरकाती जामे मस्जिद, नारायणगढ रु. ३८,८५०/-
42. रजा नुरी मस्जिद, पिप्रहवा, जानकी गाउँपालिका–६, बाँके रु. २,८०१/-
43. मस्जिदे हनफिया गुलशने मदिना, औरही–१, झिटकहिया, धनुषा रु. २५,३००/-
44. जामे अलनुर मस्जिद, अहमदपुर, बर्जु–५, सुनसरी रु. १७,०००/-
45. मदिना जामा मस्जिद, विराटनगर–१५ रु. ३३,५००
46. रजा मस्जिद, प्रतापपुर–२, सेमरी, नवलपरासी पश्चिम रु. ७२,८४०/-
47. मदरसा मन्नानुल उलूम तथा इस्लामिक युथ कमिटी, खजुरा–७ रु. ५,१०१/-
48. हफ्सा स्कुल, गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्रबजार, धनुषा रु. १,०००/-
49. मदरसा जामिया सिदरा गर्ल्स स्कूल, रौतहट रु. १,१००/-
50. मस्जिद ताजुशरिया, डुडुवा गाउँपालिका–२, बाँके रु. २७,१५०/-
51. कैलाली मुस्लिम समुदाय, धनगढी तथा अत्तरिया रु. ३,००,०००/-
52. मदरसा इस्लामिया, गौर, रौतहटका विद्यार्थीहरू रु. १,८४८/-
53. लमहीस्थित अहले सुन्नत मस्जिदमा शुक्रबार संकलित सहयोग रु. १,२०,०१०/-
54. चितवन चाँद जामे मस्जिद रु. १४,६१०/-

अन्य सामूहिक सहयोग
55. बाँके जिल्लाका विभिन्न मस्जिद, समिति तथा सहयोगदाताहरूको मानवीय पहल रु. ४,२३,५१०/-
56.उलमा फाउन्डेसन बाँकेको संयोजनमा १८ मस्जिदबाट रु. १,५८,२३६/-
57 नेपालगञ्जका मुस्लिम अगुवा तथा समाजसेवीहरूबाट रु. ४,६२,०००/-
58 कोइलाबास स्टोरका सञ्चालक शेरु सिद्दिकीबाट रु. ५७,७५०/-बराबरको कपडा।
59 Suffah Ideal Academy, Bahuwari, Birgunj-14, Parsa का PG देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरु र शिक्षक कर्मचारीहरूबाट रू. १६,२३५/-

दाता सबै मुस्लिम दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद।

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग
02/09/2026

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

02/09/2026
रसुवा बाढि पश्चात त्रीशुलि बजारमा रहेको मस्जिद
01/09/2026

रसुवा बाढि पश्चात त्रीशुलि बजारमा रहेको मस्जिद

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ummat-E-Nabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share