16/09/2025
श्रद्धाञ्जली – मेरो बाबुका लागि
म पुष्पराज श्रेष्ठ र बुहारी रबिना सिंह गुर्नीत,
स्व. सुरेन्द्र कुमार श्रेष्ठका छोरा बुहारी
वि.सं. २०८० जेठ ५ गते— मेरो जीवनको आधारस्तम्भ, मेरो बुबा, मलाई छोडेर अनन्त यात्रामा लाग्नुभयो।
जीवनले धेरै कुरा हातमा दियो, फेरि त्यति नै कुरा हिँडेर गयो। तर सबैभन्दा गहिरो घाउ यही हो—
उहाँको अनुपस्थिति। मेरो बुवाको इच्छा थियो— बाबु पुष्प, सोमनाथ मन्दिर जानु मन लागेको छ।”
तर नियतिको कठोर खेल यस्तो रह्यो कि त्यो सपना उहाँको आँखाभित्रै कैद भएर रह्यो।
उहाँले बाँचुञ्जेल दिएको माया र शिक्षाका टुक्राहरू अहिले मेरो जीवनका बाटो बनिरहेका छन्।
तर २०८२ अषाढ ५ पछि— जीवनले कहिलेकाहीँ मलाई घरको न घाटको बनाइदियो,
मलाई भत्काएर फेरि बनाउन खोजेजस्तो गर्यो।
शायद मैले कुनै बेला कसैलाई दिएको सानो सहयोग, उस्तै बेला फर्केर आयो र मलाई फेरि उठायो।
शायद त्यही कर्मले आज म पुनः राम्रो ठाउँमा उभिन पाएको छु।
जीवनको यो विडम्बनामा पनि, बुवाको आशीर्वाद र स्मृतिले मलाई निरन्तर अघि बढ्न शक्ति दिइरहेको छ।
मलाई कसैले प्रेम गरोस् या नगरोस्—मलाई कुनै मतलब छैन।
मेरो बुवाको यो इच्छा थियो। सोमनाथ मन्दिरमा गएर दर्शन गर्ने त्यो हुन सकेन,
तर यो आउने औंशीको पितृ विसर्जनको दिन उहाँकै नाममा श्राद्ध गर्न जाँदैछु।
सोमनाथ मन्दिरमा पुग्न पाउँदा म अत्यन्त खुसी छु।
मेरो बुवाले शरीर छोड्दा सबैलाई भन्नुभएको प्रत्येक कुरा आज पनि मेरो हृदयमा एउटा–एउटा अमूल्य सम्झनाको रूपमा सुरक्षित छ। कसले के भन्यो, कसले के गर्यो— उहाँसँग सम्बन्धित ती सबै क्षणहरू
मैले मनको कोठरीमा एउटा–एउटा राखेको छु, जसले मलाई सदैव मार्गदर्शन र शक्ति दिइरहेको छ।
तपाईंको छोरा–बुहारी
पुष्प श्रेष्ठ र रबिना सिंह गुर्नीत