04/08/2026
अनि सङ्कष्टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु, र तिमीले मेरो बढ़ाइ गर्नेछौ।
- भजनसंग्रह ५०:१५
"सङ्कष्टको दिनमा परमेश्वरलाई पुकारा गरौं"
१. प्रार्थना गर्नलाई परमेश्वरको निम्तो छ।
परमेश्वर स्वयं भन्नुहुन्छ, "मलाई पुकार।" प्रार्थना केवल धार्मिक अभ्यास होइन, तर यो त परमेश्वरसँगको जिउँदो सम्बन्ध हो। आत्मिक सम्बन्ध ! उहाँले आफ्ना सन्तानलाई आफूकहाँ आउनलाई बोलाउनुहुन्छ।
२. प्रार्थनामा परमेश्वरले जवाफ दिनुहुन्छ।
उहाँले प्रतिज्ञा गर्नुभएको छ, "म तिमीलाई छुटकारा दिनेछु।" परमेश्वरले कहिल्यै झुट बोल्नु हुन्न। उत्तर उहाँको समय र उहाँको इच्छाअनुसार नै आउँछ, तर उहाँले आफ्ना जनहरूको पुकार अवस्य सुन्नुहुन्छ।
३. हरेक जवाफको उद्देश्य परमेश्वरको महिमा हो।
जब परमेश्वरले सहायता गर्नुहुन्छ, तब त्यसको परिणाम वा छुटकारामा हाम्रो महिमा होइन, तर उहाँको महिमा हुनुपर्छ। हामीले प्राप्त गरेको छुटकारा र आशिषहरूका निम्ति उहाँलाई नै धन्यवाद दिनु पर्छ र स्तुति, महिमा चढाउनु पर्छ किनकी यो नै एक साँचो विश्वासीको कर्तव्य हो।