01/09/2026
A small saving, a big heart. ❤️🙏
It is deeply overwhelming and truly heart-touching to see our young ones not only learning from our guidance in social service, but also carrying those values in their own hearts and putting them into action.
These children have come forward with such pure and open hearts to support the flood relief efforts, offering their little savings that they have patiently collected over a long, long time. For them, it may be a small amount, but the love, compassion, and sincerity behind their offering are priceless. ❤️
Their innocent generosity reminds us that compassion has no age, and kindness has no measure. Sometimes, the smallest hands can carry the biggest hearts. As altogether we have collected Rs 1,70,000 ( One lakh seventy thousand in total to the Prime Minister relief funds.
We are incredibly proud and touched to see the younger generation growing with the spirit of kindness, generosity, and responsibility toward those who are suffering.
We humbly urge all our dear friends, families, and well-wishers to come together and extend whatever support you can toward the flood relief efforts.
Every contribution—big or small—can bring food, shelter, hope, and a little comfort to someone facing hardship.
Let us join hands, open our hearts, and stand beside those in need.
May our collective compassion bring relief and hope to all those affected by the floods. 🙏❤️
With prayers,
DSL Family
सानो बचत, ठूलो हृदय ❤️🙏
हाम्रा नानीहरूले सामाजिक सेवा र करुणाको मूल्य केवल सिकिरहेका मात्र छैनन्, आफूले पाएका ती शिक्षालाई आफ्नो हृदयमा आत्मसात् गर्दै व्यवहारमा उतारिरहेको देख्दा हामी अत्यन्तै भावुक र हर्षित भएका छौँ।
यी बालबालिकाहरूले बाढीपीडितहरूको राहतका लागि अत्यन्तै निर्मल र खुला हृदयले आफूले लामो समयदेखि धैर्यपूर्वक जम्मा गर्दै आएको सानो–सानो बचतसमेत सहयोगस्वरूप अर्पण गरेका छन्। रकम सानो हुन सक्छ, तर त्यसमा निहित प्रेम, करुणा, सद्भाव र समर्पण अमूल्य छ। ❤️
उनीहरूको यो निष्कलंक उदारताले हामीलाई सम्झाउँछ—
करुणाको कुनै उमेर हुँदैन, दयाको कुनै मापन हुँदैन, र दानको महानता रकममा होइन, दिने हृदयमा हुन्छ।
कहिलेकाहीँ साना हातहरूले नै सबैभन्दा ठूलो हृदय बोकेका हुन्छन्।
यसै क्रममा हामी सबैको सामूहिक सहयोगबाट रु. १,७०,००० (एक लाख सत्तरी हजार रुपैयाँ) संकलन गरी बाढीपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ।
हाम्रा बालबालिकाहरूमा करुणा, उदारता र दुःखमा परेकाहरूप्रति जिम्मेवारीको भावना विकसित हुँदै गएको देख्न पाउँदा हामी अत्यन्तै गर्व र भावविभोर भएका छौँ।
हामी हाम्रा सम्पूर्ण प्रिय मित्रहरू, परिवारजन तथा शुभचिन्तकहरूमा विनम्र अनुरोध गर्दछौँ—बाढीपीडितहरूको दुःख र पीडामा सकेको सहयोग लिएर साथ दिनुहोस्।
सहयोग ठूलो होस् वा सानो—हरेक योगदानले कसैको जीवनमा खाना, आश्रय, आशा र केही राहत पुर्याउन सक्छ।
आउनुहोस्, हातेमालो गरौँ, हृदय खोलौँ र करुणालाई कर्ममा परिणत गरौँ।
हाम्रो सामूहिक पुण्य, करुणा र सद्भावले बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा राहत, आशा र शान्ति ल्याओस्।
सबै प्राणी दुःखबाट मुक्त होऊन्। 🙏❤️
प्रार्थनासहित,
DSL परिवार