Chabdi Barahi (छाब्दी बाराही)

Chabdi Barahi (छाब्दी बाराही) छाब्दी बाराही

तनहूँ जिल्लाको सदरमुकाम व्यास नगर अर्थात दमौली बजारबाट ७ कि.मी. दक्षिण–पूर्वमा अवस्थित यो शक्तिपीठमा दमौली बजारबाट एक घण्टाको पैदल यात्रामा सजिलै पुग्न सकिन्छ । यहा“सम्म मोटरबाटो निर्माण गरी नियमित यातायातको प्रबन्ध समेत मिलाइएकोले यो स्थान अझै सुगम्य बनेको छ । वरिपरी डा“डाहरुले घेरेको, बेसीमा समतल फा“ट, शहरीकरणको बिगबिगीले आक्रान्त छ छाब्दी बाराही । यो तनहू“ जिल्लाका तीनवटा गा.वि.स.हरुको संगमस्थ

ल हो । बजारबाट अलिक पूर्व दिशामा भीमकाय पहराको कोप्चेरोमा अवस्थित छन् यी माई । त्यही पहराको काखमा रहेको कञ्चन पानीको कुण्डसंगै जोडेर माईस्थान स्थापना गरिएको छ । कुण्ड र माईस्थानको छेउबाट बग्ने नमादी अर्थात छाब्दी खोलामा घामै छेक्नेगरी बाम र कत्ले माछाहरु खेलिरहन्छन् । भक्तहरुको गन्ध पाउनासाथ कुण्ड र नदीको किनारामा आई चाराको आशा र प्रतीक्षा गर्दछन् । औंसी, एकादशी र साउन महीना बाहेक अन्य दिनहरुमा माईको पूजा, भाकल दर्शन र भेटी फलित हुने भएकाले प्रातःदेखि मध्यान्हसम्म भक्तहरुको घुंइचो लाग्दछ । पूजा आरम्भ भएपछि मात्र कुण्डमा बामहरु देखिन थाल्दछन् ।

गण्डक क्षेत्रका सात बहिनी माईहरु मध्येकी एक छाब्दी बाराही, धर्मभीरु भक्तहरुको आस्थाको धरोहर मानिन्छ । माईको पूजा, भाकल दर्शन र भेटीले मनोकांक्षा पूरा भएका र दीर्धरोगहरु समेत बिसेक भएका अनुभवहरु सुनाउ“दछन् भक्त र पूजारीहरु ।

छाब्दी बाराहीको उत्पत्तिबारे अनौठो किंवदन्ती र विश्वास छ । परापूर्वकालमा कुनै दिन शिवजीको वीर्य पतन भयो र सो वीर्य कुनै नदीमा खेल्ने माछीले सेवन गरिन् परिणाम स्वरुप ती माछी गर्भिणी भईन् । एकदिन जलारी जालहान्दै जा“दा संयोगवश तिनै माछी जालमा परिन् । माझी (जलारी) ले माछीको पेट चिरेर हेर्दा एक कन्या पायो । ऊ सन्तानहीन भएकोले कन्यालाई आफ्नी पुत्री बनाई पाल्यो । काल वित्दै जा“दा कन्या हुर्कंदै गइन्, माझी बृद्ध हु“दै गयो । त्यसै उनले आफ्ना पिताको पेशा सम्हाल्दै घाटमा बस्ने र मानिसहरुलाई नदी तार्ने गर्न थालिन् । यो सेती र मादी नदीको संगमस्थलतिर थियो । संयोगको कुरा ती कन्याले एकदिन परासर ऋषिलाई नदी तार्दै थिइन्, उनको सौन्दर्यबाट ऋषि मोहित भए, अनि ती कन्यासंग रासलीलाको प्रस्ताव राखे । दिवाकाल भएकाले मानिसहरुले देख्ने र आफू माछीबाट जन्मेर माझी कूलमा हुर्केको कारणले शरीरबाट आउने माछाको गन्ध ऋषिलाई नमीठो लाग्ने हु“दा आफ्नो असमर्थता जाहेर गरिन् । तर ऋषिले अन्धकार सिर्जना गर्नका लागि कुहिरो उत्पन्न गरे र दुर्गन्ध हटाउनका लागि अत्तर सिर्जना गरी ऋतुदान गरे । यसको परिणाम स्वरुप ती मत्स्य कन्या गर्भवती भईन र व्यास ऋषिलाई जन्म दिइन् । केही काल पर्यन्त आफू कुमारी मै आमा बन्नुपरेकोमा सामाजिक हेपाई भोग्नु परेको कुरा पुत्र व्याससंग कहिन् । तब माताको सेवा र संरक्षण गर्नुपर्ने आफ्नो कर्तव्य संझी पुत्र व्यासले तहा“देखि पूर्वको कुनै शान्त र निर्जन स्थलमा एक कुण्ड निर्माण गरे । सो कुण्डमा विभिन्न १०३ तीर्थस्थलहरुको जलल्याई भरिदिए र आफ्नी मातालाई त्यहीं बस्ने प्रबन्ध मिलाए । ती कन्यालाई सनातन शास्त्रमा मत्स्यगन्धा र सत्यवतीका नामले चिनिन्छ । पुत्रले मिलाएको प्रबन्ध अनुसार उनी त्यही कुण्डमा गई शीलाको रुपमा बास गरिन् । कलियुगमा उनलाई आस्थाका साथ छाब्दी बाराहीका रुपमा पूजागर्न थालियो ।

कलियुगको बिक्रमाब्द १८०० सालपूर्व यिनको महीमाको खासै चर्चा भएको पाईंदैन । यसै सम्वत् जेष्ठ ८ गते सन्ध्याको पहिलो प्रहरतिर एक अपरिचित कन्या गाउ“मा गई जहरसिंह आले मगरको गाई गोठमा बास मागिन् । घरबेटीले बासदिन सक्ने तर आफ्नो गरीबीका कारणले गा“स दिन नसक्ने वाध्यता जनाएपछि ती कन्याले आफू देवी भएको र तलको कुण्डमा प्रकट हुने जानकारी दिंदै उप्रान्त जहरसिंहका सन्तान दरसन्तानले आफ्नो पूजा गर्नू भनेर अलप भइन् । अर्को दिन बिहान जहरसिंह त्यहा“ पुगिहेर्दा एक शीला भेटेछन् र नित्य पूजाको शुरुवात गरेछन् । यस प्रकार यी माईको नित्य पूजा सम्वत १८०० साल जेष्ठ ९ गतेबाट प्रारम्भ भएको देखिन्छ । यहा“का पूजारी आले मगर हुन्छन् र हालका पूजारी जहरसिंहका नवौं पुस्ताका हुन् ।

सांस्कृतिक मात्र होइन, वातारणीय पक्षबाट पनि अत्यन्तै सुरम्य छ, छाब्दी बाराही । चराहरुको चिरबिर चिरबीर आवाज, घण्टहरुको टिनिनिनि.....धून र धूपको वास्नाले भरिपूर्ण यो वातावरण बैरागी र सन्यासीहरुको मन वहलाउने स्थान हो । दुई पहराहरुको कोप्चेरोमा नमादी खोला, झु्म्म झाडी, रङ्गीबिरङ्गी पुतलीहरुको चहलपहल, मौसमी फूलमा मौरी र भँवराहरुको भुन्भुन् आवाज, कञ्चन कुण्ड अनि खोलामा बाम र कत्ले माछाहरुको लुकामारीको दृश्यले पूर्ण छाब्दी बाराही प्रकृतिप्रेमीहरुको क्रीडास्थल र सर्जकहरुको सिर्जनास्थल हुन सक्छ ।

माईस्थानदेखि अलिकति माथिको थुम्को, समतल जमीन, पारीलो वातावरण, ठिङ्ग उभिएका कताकति सालका बुट्टा, वरपीपल चौतारी अनि वारीमा लटरम्म वाली । प्रणय गर्नेहरुका लागि रतिरागका बातमार्ने स्थान हुनसक्छ, यो । त्यसैले धर्मभीरु मात्र होइन, बैरागी, सन्यासी, वातावरणविद्, प्रकृतिप्रेमी, प्रेमजोडी वा जो कसैका लागि पनि त्यहा“ पुग्दा नवीनताको आभाष मिल्दछ ।

तनहुँको व्यास नगरपालिका १४ स्थित छाब्दी बाराही मन्दिर ❤️🙏
16/04/2026

तनहुँको व्यास नगरपालिका १४ स्थित छाब्दी बाराही मन्दिर ❤️🙏

२०८३/०१/०१🌞छाब्दी बाराही देवीको मन्दिरमा नयाँ वर्षको सुरुवात संगै देवीको दर्शन गर्न आउनुहुने दर्शनार्थीहरुको भिड ।छाब्दी...
14/04/2026

२०८३/०१/०१🌞
छाब्दी बाराही देवीको मन्दिरमा नयाँ वर्षको सुरुवात संगै देवीको दर्शन गर्न आउनुहुने दर्शनार्थीहरुको भिड ।
छाब्दी बाराही माईले हामी सबैको रक्षा गरुन । 🙏🏻🕉️

01/04/2026
04/03/2026

07/02/2026
काग तिहारको शुभकामना! | तिहार पर्वको पहिलो दिन आज हामी काग (काग) - मृत्युका देवता यमका दूत र जागरूकता र सञ्चारको प्रतीक ...
19/10/2025

काग तिहारको शुभकामना! | तिहार पर्वको पहिलो दिन
आज हामी काग (काग) - मृत्युका देवता यमका दूत र जागरूकता र सञ्चारको प्रतीक - को सम्मान गर्छौं।
नेपालीहरूले बिहान सबेरै कागलाई खाना चढाउँछन्, यो विश्वास गर्दै कि यसले आगामी वर्षको लागि शुभकामना र सुरक्षा ल्याउँछ।
काग तिहार सुरु हुँदै गर्दा, यो पर्वले हरेक घरमा सद्भाव, आनन्द र आशीर्वाद ल्याओस्।

19/10/2025
13/05/2025
"के हनुमान जी अहिले पनि जीवित हुनुहुन्छ?"हिन्दू धर्मशास्त्र, विशेष गरी रामायण र पुराणहरू अनुसार, हनुमानजीलाई अमर (चिरंजी...
01/05/2025

"के हनुमान जी अहिले पनि जीवित हुनुहुन्छ?"

हिन्दू धर्मशास्त्र, विशेष गरी रामायण र पुराणहरू अनुसार, हनुमानजीलाई अमर (चिरंजीवी) मानिन्छ। चिरंजीवी भन्नाले यिनीहरू युगौंसम्म (यावत्कालसम्म) जीवित रहन्छन्, विशेष प्रयोजनका लागि।

चिरंजीवीहरू को-को हुन्?

धर्मग्रन्थ अनुसार ८ जना चिरंजीवीहरू छन्, जसलाई “अष्ट चिरंजीवी” भनिन्छ:

1. अश्वत्थामा

2. बलि राजा

3. व्यास मुनी

4. हनुमानजी

5. विभीषण

6. कृपाचार्य

7. परशुराम

8. मार्कण्डेय ऋषि

हनुमानजीको अमरत्वको सन्दर्भ

रामायण अनुसार, जब प्रभु श्रीरामले हनुमानजीलाई वरदान दिनुभयो, तब भन्नुभयो:

> “जहाँ जहाँ मेरो नाम लिइनेछ, त्यहाँ त्यहाँ तिमी उपस्थित हुनेछौ।”
यसको अर्थ हनुमानजीलाई "रामकार्य" रहने限 जीवन दिइएको हो।

वर्तमानमा जीवित हुनुहुन्छ?

शास्त्र अनुसार, हनुमानजी "सूक्ष्म रूपमा" (अदृश्य रूपमा) संसारमा विचरण गरिरहनुभएको छ। उहाँ भक्तहरूको मन, कार्य र संकटमा सहायता पुर्‍याउने विश्वास गरिन्छ। कतिपय कथन अनुसार उहाँ आज पनि हिमालय, गन्धमादन पर्वत वा दक्षिण भारतका केही क्षेत्रमा देखिने गरेको जनश्रुति पनि पाइन्छ।

वैज्ञानिक दृष्टिकोणले?

धार्मिक विश्वासलाई वैज्ञानिक आधारमा प्रमाणित गर्न गाह्रो हुन्छ। चिरंजीवी भन्ने कुरा शारीरिक अस्तित्व भन्दा बढी आध्यात्मिक उपस्थिति, प्रेरणा, र शक्ति स्वरूपको अस्तित्व हो।

निष्कर्ष

हनुमानजीको जीवन्तता धार्मिक विश्वास, शास्त्रीय वर्णन र भक्तिको भावनासँग गहिरो सम्बन्धित छ। चाहे उहाँ प्रत्यक्ष रुपमा देखिनुहुन्छ वा नदेखिनुहोस्, भक्तजनको विश्वासमा उहाँ सधैं जीवित हुनुहुन्छ।

वैशाख १ गते व्यास नगरपालिका–१४ स्थित छब्दी मन्दिरमा श्रद्धालुहरूको घुँइचोनयाँ वर्ष २०८२ को पहिलो दिन, वैशाख १ गतेको अवसर...
14/04/2025

वैशाख १ गते व्यास नगरपालिका–१४ स्थित छब्दी मन्दिरमा श्रद्धालुहरूको घुँइचो

नयाँ वर्ष २०८२ को पहिलो दिन, वैशाख १ गतेको अवसरमा तनहुँ जिल्लाको व्यास नगरपालिका–१४ मा अवस्थित छब्दी मन्दिरमा अहिले श्रद्धालुहरूको अपार भिड लागेको छ। बिहानैदेखि नै मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरू लामो लाइनमा उकालो हुँदै मन्दिरसम्म पुगिरहेका छन्।

नयाँ वर्षको शुभारम्भमा देवीको दर्शन गरी वर्षभरिको सुख, समृद्धि र शान्तिको कामना गर्ने धार्मिक आस्थाले प्रेरित भएर यहाँ ठूलो संख्यामा भक्तजनहरूको आगमन भइरहेको छ। बालबालिका, युवा, वृद्धलगायत सबै उमेरका मानिसहरू पूजा सामग्रीसहित शान्तिपूर्वक लाइनमा बसेका छन्।

हरेक वर्षझैं यस वर्ष पनि छब्दी मन्दिरमा व्यापक भक्तजनहरूको सहभागिताले यस स्थलको धार्मिक, सांस्कृतिक महत्व अझ प्रष्ट रूपमा देखिएको छ।

Address

Keshavtar VDC-Damauli
Kathmandu
00977

Opening Hours

Monday 05:00 - 17:00
Tuesday 05:00 - 17:00
Wednesday 05:00 - 17:00
Thursday 05:00 - 17:00
Friday 05:00 - 17:00
Saturday 05:00 - 17:00
Sunday 05:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Chabdi Barahi (छाब्दी बाराही) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category