29/12/2025
जय मसीह 🙏
सिलोआम टुपेक मण्डलीमा मिति: 2025/12/25 मा सम्पन्न भएको पवित्र ख्रीष्टमस कार्यक्रमका आत्मिक, सांस्कृतिक तथा संगतिक क्षणहरूलाई समेटेर तयार गरिएको यस भिडियोमार्फत ख्रीष्टको जन्मको आनन्द, प्रेम र आशा साझा गर्न पाउँदा हामी धन्य भएका छौं।
यस कार्यक्रममा आराधना, वचन सेवा, सांस्कृतिक प्रस्तुति, संगति तथा प्रेम भोजजस्ता महत्वपूर्ण पक्षहरू समेटिएका छन्, जसले मण्डली परिवारलाई एकता र विश्वासमा अझ बलियो बनाएको छ।
कार्यक्रमका यी अमूल्य क्षणहरूलाई भिडियोमार्फत कैद गरी सुन्दर रूपमा एरेन्ज, एडिट तथा प्रस्तुत गरिदिनुहुने आदरणीय प्रभुको सेवक श्री आशिष लामा ज्यूप्रति मण्डलीको तर्फबाट हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं। तपाईंको समय, सीप, मेहनत र निस्वार्थ सेवाबाट मण्डलीको सेवा अझ प्रभावकारी बनेको छ।
साथै, यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा, सहयोग, प्रार्थना, समय, प्रतिभा र स्वेच्छा भेटीद्वारा योगदान दिनुहुने सम्पूर्ण सेवक–सेविका, दाजुभाइ, दिदीबहिनी तथा मण्डली परिवारजनहरूमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरू सबैको समर्पणको लागि शब्दमा व्यक्त गर्न सक्ने अवस्था छैन।
यस भिडियोमार्फत आशिषित हुनुभएको छ भने कृपया यस Page लाई Like गर्नुहोस्, भिडियो Share गर्नुहोस् र आफ्नो आत्मिक अनुभव Comment मार्फत साझा गर्नुहोस्, ताकि अझ धेरै जनासम्म ख्रीष्टको प्रेम र सुसमाचार पुग्न सकोस्।
प्रभु परमेश्वरले तपाईंको जीवन, परिवार र सेवकाईमा प्रशस्त अनुग्रह र आशीष थप्दै लैजानुभएकोहोस्। आमिन् ।
धन्यवाद 🙏
जय मसीह ✨
– सिलोआम टुपेक मण्डली Siloam Tupek Church Aasu Rumba Binod Ghimire Timothy Rajendra Rn Gajmer Apsara Ghimire Anu Gajmer Binod Ghimire Aanu Gazmer Shobha Thulung Rai