02/09/2026
काका इस्राफिल अन्सारीमाथि भतिजीको गम्भीर आरोप : घरमा बस्न नदिएकोदेखि विदेशमा रहेका बुवालाई नेपाल फर्किन नदिने षड्यन्त्र गरेको दाबी
वीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौलीका इस्राफिल अन्सारीमाथि आफ्नै भतिजीले विभिन्न गम्भीर आरोप लगाएकी छन्।
भतिजीका अनुसार काका इस्राफिल अन्सारीले आफू र आफ्नी आमालाई घरमा बस्न नदिने व्यवहार गर्दै आएको आरोप छ। घरमा बस्न नदिएपछि आफूहरू समस्यामा परेको उनको भनाइ छ।
यस्तै, उनका बुवा हाल विदेशमा काम गरिरहेको अवस्थामा बुवालाई विदेशबाट नेपाल फर्किन नदिने उद्देश्यले काका इस्राफिल अन्सारीले षड्यन्त्र गरेको समेत भतिजीले आरोप लगाएकी छन्।
त्यसैगरी, आफूहरूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको आरोपसमेत उनले लगाएकी छन्। घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी आफू र आफ्नी आमाको सुरक्षा तथा अधिकार सुनिश्चित गरिदिन उनले माग गरेकी छन्।