Anugraha Prataapi Church - अनुग्रह प्रतापी मण्डली

  • Home
  • Nepal
  • Kathmandu
  • Anugraha Prataapi Church - अनुग्रह प्रतापी मण्डली

Anugraha Prataapi Church - अनुग्रह प्रतापी मण्डली We are family here. Everyone is welcome in our church.

Every Wednesday - Woman's Fellowship(दिदि बहिनी सेवा)
Every Friday - Fasting Praying Fellowship(उपवास सेवा)
Every Saturday - Weekly Fellowship(आराधना सेवा)

Latest Christian Song..
15/07/2025

Latest Christian Song..

Nepali Christian Latest Song - YESHU CHAN by Pastor Ruben. Music, Lyrics, and Vocal: RUBEN BASNET (RASAILI) Music Arrangement: Suraj BhusalLive Flute: Milan ...

यो आउने हप्ता, जेठ ३१ गते , शनिबार, अनुग्रह प्रतापी चर्च, चन्डोल काठमान्डौमा , ख्रिष्टीयन गाएकः L B Baraily वचनको सेवकाई...
09/06/2025

यो आउने हप्ता, जेठ ३१ गते , शनिबार, अनुग्रह प्रतापी चर्च, चन्डोल काठमान्डौमा , ख्रिष्टीयन गाएकः L B Baraily वचनको सेवकाई लिएर आउदै हुनुहुन्छ । यो हप्ता हामीले Church Music को सिर्षकमा परमप्रभुको बचनबाट केहि बचनहरु सुन्नेछौ । उहाको गितहरु हेर्नु भएको छैन भने यो लिंक क्लिक गर्नुहोला
https://www.youtube.com/

यो हप्ता छुटाउनु भयो भने, धेरै आशिषित कुराहरु सुन्न छुट्नु हुनेछ।

01/06/2025
23/05/2025

हजुरलाई यो जवान सम्म्लनमा हार्दिक स्वागत गर्दछौ ।

आउने शनिबार साप्ताहिक संगतीमा पास्टर एज्रा, वर्दियाबाट, “पबित्र आत्माको शक्ति” को बिषयमा बचनको सेवकाई लिएर आउदै हुनुहुन्...
15/05/2025

आउने शनिबार साप्ताहिक संगतीमा पास्टर एज्रा, वर्दियाबाट, “पबित्र आत्माको शक्ति” को बिषयमा बचनको सेवकाई लिएर आउदै हुनुहुन्छ । यदि तपाईहरु पबित्र आत्माले भरिन चाहानु हुन्छ , अन्यभाषाको बरदानहरु पाउन चाहानुहुन्छ, यो संगति हजुरको लागि हो , नछुटाउनु होला…

यदि यो सनिबार संगतीमा छुट्नु भएको भए, बचन सुन्न र हेर्नको लागि यो भिडियो क्लिक गर्नु होला ।
21/04/2025

यदि यो सनिबार संगतीमा छुट्नु भएको भए, बचन सुन्न र हेर्नको लागि यो भिडियो क्लिक गर्नु होला ।

Pastor Ruben Rasaili (Basnet) preached the word about Suffering Week.

03/01/2023

बालक येशूको विरुद्धमा हेरोद राजा
येशू ख्रीष्टको जन्म कुन राजाको समयमा भएको थियो (मत्ती २:१)? __________। ऐतिहासिक लेखोटहरूमा उनलाई “हेरोद महान्” (Herod the Great) भनी उल्लेख गरिएको पाइन्छ। हो, एक अर्थमा उनी महान् नै थिए; दुष्टता र नृशंसतामा उनी महान् थिए। शक्तिका निम्ति उनी अति अभिलाषी थिए (शक्तिका निम्ति उनी कति डाही र अभिलाषी थिए भन्ने कुरा मत्ती २:२-३ मा हेर्नुहोस्)। इतिहासले बताएअनुसार, उनले कुनै दया-माया नराखी आफ्नै घर-घरानाकाहरूलाई हत्या गर्दा उनका धेरैमध्ये एक पत्‍नी समेत परीन्, साथै ती पत्‍नीका दुई दाजुभाइहरू पनि। उनी पशुसरह मानिस थिए। रोमका सम्राट अगस्टसले समेत हेरोदका बारेमा यसरी भनेका थिए, “हेरोदको छोरा हुनुभन्दा त उनको सुँगुर हुनु बेस।”
हेरोदको जीवनको आखिरी महिनाहरूमा बेथलेहेममा एक शिशुको जन्म भयो जो ____________का ________ हुनुहुन्थ्यो (मत्ती २:२)। उहाँ नै _____________का ________ पनि हुनुहुन्छ (प्रकाश १९:१६)। राजगद्दीमा बस्ने उनको अधिकारलाई चुनौती दिने अर्को राजा उनी देख्‍न चाहँदैनथे। आफू सट्टा अरू कोही पनि राजा भएको उनी चाहँदैनथे।
कहिलेकाहीँ हामी पनि हेरोदजस्तै हुन्छौं– प्रभुलाई हाम्रो जीवनका राजा बन्न दिँदैनौं, स्वयम् आफै राजा बनी सिंहासनमा बसिरहन चाहन्छौं। “प्रभु, मैले के गर्नु हुन्छ या हुँदैन भनेर मलाई बताउनुपर्दैन। म आफूखुशी गर्न चाहन्छु। आफ्नो राजा म आफै हुँ!”
हेरोदले ज्योतिषीहरू (“wise men”) लाई दुइटा महत्त्वपूर्ण प्रश्‍न सोधेः
१) यी राजा कहाँ जन्मेका छन्? (मत्ती २:४-६)�
२) यी राजा कहिले जन्मेका हुन्? (मत्ती २:७ लाई मत्ती २:१६ सित तुलना गर्नुहोस्)
अर्थात् बालक कहाँ छन् र कति उमेर पुगेका छन्? हेरोद जान्न इच्छुक थिए। ज्योतिषीहरू बालक येशूलाई किन भेट्न इच्छुक थिए (मत्ती २:२)? __________________________ _____________। मत्ती २:८ मा उल्लेखित उनको भनाइअनुसार, हेरोद बालक येशूलाई भेट्न किन इच्छुक थिए? _______________________________। यस अमानवीय दुर्जनको उक्त भनाइलाई के तपाईं विश्वास गर्नुहुन्छ? __________। उनले बालक येशूलाई भेट्न चाहनुको वास्तविक कारण के थियो? _________________________________।
हेरोद अति दुष्ट थिए तरैपनि उनलाई परिचालन गर्ने अर्कै व्यक्ति थियो। हेरोदलाई परिचालन गरी आफ्नो दुष्ट योजनाहरू पूरा गर्न खोज्ने हेरोदभन्दा कैयौं गुणा दुष्ट हत्यारा को थियो (यूहन्ना ८:४४)? ______। हेरोदको आत्मिक बाबु को थियो? _________।
बाइबलले बताउँदछ, त्यो अजिङ्गरले (अजिङ्गर को हो प्रकाश १२:९ बाट पत्ता लगाउनुहोस्) बालक येशूलाई उहाँ ज ________साथ (प्रकाश १२:४) निलिहाल्न चाहन्थ्यो, अनि त्यस अजिङ्गरले आफ्नो उद्देश्य पूरा गर्न खोज्न दुष्ट हेरोदलाई प्रयोग गर्‍यो।
तर शैतान मात्र सक्रिय थिएन। परमेश्वर पनि सक्रिय हुनुहुन्थ्यो। बालक येशूको रक्षा गर्न परमेश्वरले गर्नुभएको एउटा कार्य के थियो (मत्ती २:१२)? _________________ _________________________________________ __________। ज्योतिषीहरू फर्केर नआएकाले हेरोद साह्रै रिसाए। उनले आफ्ना कारिन्दाहरूलाई के गर्न लगाए (मत्ती २:१६)? _________________________________________ ___________________। शैतान येशूलाई किन नष्ट गर्न चाहन्थ्यो? लूका ८:१२ अनुसार मानिसहरूले __________ गरेको र ________ पाएको शैतान चाहँदैन। मुक्तिदाता छैनन् भने मानिसले मुक्ति पाउन सक्छन् र?
यदि तपाईं परमेश्वर हुनुभएको भए, बालक येशूमाथिको शैतानिक आक्रमणको प्रतिकार तपाईंले कसरी गर्नुहुनेथ्यो? हेरोदलाई हटाउने प्रयास गर्नुहुनेथ्यो कि? निर्दोष बालकहरूको हत्या गर्न आउनेहरूको हातबाट उनीहरूलाई जोगाउन बेथलेहेम शहरलाई घेर्न तपाईंले ५,००० स्वर्गदूतहरू खटाउनुहुनेथ्यो कि? हेरोदको निर्दयी टोलीलाई निलिहाल्न तपाईंले जङ्गली जनावरहरू पठाउनुहुनेथ्यो कि? परमेश्वरले के गर्नुभयो (मत्ती २:१३-१४)? ______________________________ _________________________________________ __। मत्ती २:१९-२१ पनि पढ्नुहोस्।
बालक येशूलाई जोगाइयो तर राजाको आज्ञाबमोजिम दुई वर्ष र मुनिका निर्दोष (पापी स्वभाव लिएर जन्मेका भए तापनि मृत्युदण्ड लायकका कुनै कार्य नगरेका) बालकहरूको हत्या भयो (मत्ती २:१६)। किन परमेश्वरले तिनीहरूको मृत्यु हुन दिनुभयो? परमेश्वरले एकजनालाई उम्काउनुभयो तर अरूहरूलाई भने किन निर्मम हत्याको शिकार बन्न दिनुभयो?
त्यस भयावह रक्तपातले मानिसको डरलाग्दो पापी स्वभावको बारेमा केही शिक्षा दिन्छ कि? यसले पापी र हत्याराहरूमा पनि मुख्य शैतानको दुष्ट चरित्रको थप प्रमाण दिन्छ कि (१ यूहन्ना ३:८, यूहन्ना ८:४४)? वर्तमान जीवनका अन्याय, अत्याचारलाई के परमेश्वरले एक दिन सुल्ट्याउन सक्नुहुन्छ? निर्दोष व्यक्तिलाई निर्ममतापूर्वक फाँसी दिइँदा के परमेश्वरलाई खुशी लाग्छ र (हितोपदेश ६:१६-१७)? __________। के परमेश्वर साना नानीहरूको वास्ता गर्नुहुन्छ (लूका १८:१४- १५)? ____________। के परमेश्वरले उनीहरूको निम्ति हामीले भन्दा बढी वास्ता गर्नुहुन्छ (लूका १८:१४)? ____________। के परमेश्वरले सधैं सही काम गर्नुहुन्छ (उत्पत्ति १८:२५)? ______________।
हामीले देख्यौं, परमेश्वरका योजना र उद्देश्यहरू सधैं सफल हुन्छन्। मैले जित्दै छु भनी शैतानले सोचे तापनि अन्त्यमा ऊ सधैं नै परास्त हुन्छ। तपाईंको जीवनको निम्ति परमेश्वरको योजना छ कि छैन? के उहाँको उक्त योजना असल छ? उक्त योजना पूरा होस् भन्ने शैतान चाहन्छ र? परमेश्वरको योजना आफ्नो जीवनमा पूरा होस् भन्ने तपाईंको चाहना छ कि छैन?
आज शैतानको योजना छ कि छैन? उसका शत्रुहरू छन् कि छैनन्? उसका शत्रुहरूले हुन्? ऊ कसलाई हटाउन, कसलाई नष्ट गर्न चाहन्छ? यसका लागि उसले कसलाई परिचालन गर्छ (एफेसी २:२)? उसको इच्छाअनुसार काम गरिदिने उसका सन्तानहरूले हुन् (१ यूहन्ना ३:१०, यूहन्ना ८:४४)? उहाँ जन्मनुभएको दिनदेखि प्रभु येशू शैतानको प्रमुख तारो बन्नुभयो। आज येशू यस पृथ्वीमा हुनुहुन्न (यूहन्ना १६:१० मा हेर्नुहोस्) जसको कारण शैतानले आज उहाँलाई प्रत्यक्ष आक्रमण गर्न सक्दैन। यसकारण शैतानले आज कसलाई आक्रमण गर्छ? संसारमा ख्रीष्टको सबभन्दा निकटमा रहेको कुरा के छ (कलस्सी १:२७ दाँजेर हेर्नुहोस् – “ख्रीष्ट ________हरू भि ____”)? आज शैतानले कसलाई प्रहार गर्दै छ (एफेसी ६:१२,१३,१६)? _______________________________। येशू जन्मनासाथ उहाँलाई निलिहाल्न अजिङ्गर तयार थियो (प्रकाश १२:४)। आज ऊ सिंहले झैं कसलाई गाँज्न चाहन्छ (१ पत्रुस ५:८)? __________________। हाम्रो डरलाग्दो शत्रु शैतानको चर्चा गर्दा हामीले एउटा कुरा बिर्सनुहुन्न, त्यो के हो (१ यूहन्ना ४:४)? ___________________________________ _________________________________। हामीले शैतानलाई कसरी पराजित गर्न सक्छौं?– याकुब ४:७-८, १ पत्रुस ५:६- ११।
बालक येशूको रक्षा गर्नुहुने परमेश्वरले तपाईंको रक्षा गर्नुहुन्छ! शैतानलाई नियन्त्रण गर्न परमेश्वर सक्नुहुन्छ! केवल तपाईंले आफ्नो जीवनको राजा परमेश्वरलाई बनाउनुहोस्। आफ्नो जीवनको सुरक्षाको जिम्मा परमेश्वरमाथि सुम्पिनुहोस्!
* * *
शिक्षकका लागि थप टिप्पणीहरू:

मत्ती २ अध्यायमा बालक येशू कति उमेरको हुनुहुन्थ्यो?�
हेरोदको प्रश्‍न यो थियो, तारा सबभन्दा पहिले कुन समयमा

31/12/2022

Address

Bansidhar Marg, Chandol
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Anugraha Prataapi Church - अनुग्रह प्रतापी मण्डली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Anugraha Prataapi Church - अनुग्रह प्रतापी मण्डली:

Share