Shrawan Bomzan

Shrawan Bomzan This page has been set up primarily for one purpose. Truth. Nothing is more important than the truth

मेरो आत्मा यो जानेर खुसी हुँदछ कि त्यो दिन आउँदैछ जब परमेश्वरले ती कार्य पूरा गर्नुहुनेछ जुन उहाँले सुरु गर्नुभएको थियो।...
11/10/2021

मेरो आत्मा यो जानेर खुसी हुँदछ कि त्यो दिन आउँदैछ जब परमेश्वरले ती कार्य पूरा गर्नुहुनेछ जुन उहाँले सुरु गर्नुभएको थियो। ~चार्ल्स स्पर्जन


धेरै मानिसहरूलाई के हुन्छ भने! उनीहरूको जीवनमा केही अनुभव हुन्छ जसले ख्रीष्टको निम्ति भावनात्मक निर्णय लिनको लागि प्रेरि...
11/10/2021

धेरै मानिसहरूलाई के हुन्छ भने! उनीहरूको जीवनमा केही अनुभव हुन्छ जसले ख्रीष्टको निम्ति भावनात्मक निर्णय लिनको लागि प्रेरित गर्दछ । सोच र व्यवहारमा एक अस्थायी परिवर्तन हुन्छ तर टिक्दैन किनकि त्यो केवल भावनात्मक हुन्छ । यो इसाई संस्करणअनुसार नयाँ वर्षमा गरिने सङ्कल्प भन्दा केही होइन । यो स्थिर रहँदैन किनकि यो पतित देहबाट उत्पन्न हुन्छ । तर जुन कुरा वास्तवमै परमेश्वरको पवित्र आत्माबाट खडा गरिएको छ, त्यो रहनेछ । ग्रीक व्याकरणमा 'नयाँ कुराहरू आइसकेका छन्' ले वर्तमान र चिरस्थायी वास्तविकतालाई सूचित गर्दछ जुन समयसँगै विलीन हुँदैन । — जस्टिन पीटर्स


भावनाले सत्यलाई परिभाषित गर्दैन। परमेश्वरको वचनले सत्यलाई परिभाषित गर्दछ। मेरो भावनाहरू प्रतिध्वनि र मेरो दिमागले के बुझ...
11/10/2021

भावनाले सत्यलाई परिभाषित गर्दैन। परमेश्वरको वचनले सत्यलाई परिभाषित गर्दछ। मेरो भावनाहरू प्रतिध्वनि र मेरो दिमागले के बुझ्छन् भन्ने प्रतिक्रिया हुन्। र कहिलेकाँही - धेरै पटक - मेरा भावनाहरू सत्यतादेखि बाहिर हुन्छ । जब त्यो हुन्छ, र यो प्रत्येक दिन केही हदसम्म हुन्छ। म आफ्नो असिद्ध भावनाहरूको औचित्य प्रमाण गर्न सत्यलाई मोड्ने कोसिस गर्दिनँ, बरु, म परमेश्वरसँग बिन्ती गर्दछु: तपाईंको सत्यताको बारेमा मेरो धारणा शुद्ध पार्नुहोस् र मेरा भावनाहरू बदल्नुहोस् ताकि ती सत्यसँग एकरूपता होस् । -जोन पाइपर


09/10/2021
13/01/2014

Verse 1:
आकाशभन्दा उच्च-उच्च छ नाउँ,
सागरभन्दा गहिरो-गहिरो छ प्रेम
आसमानभन्दा विशाल-विशाल अनुग्रह
छ, हाम्रो प्रभु येशूको।

Chorus:
(यसैले गर्छौं प्रशंसा,
गाउँछौं महिमा उनै येशूको) २

Verse 2:
वाक्यले व्यक्त नहुने,
भन्‍‌नलाई शब्द नपुग्‍‌ने प्रेम,
आदिदेखि अहिलेसम्म
समयले साक्षी दिएको प्रेम,

स्वर्ग छोडी आउनुभो
क्रूसैमा मर्नुभो,
मृत्युलाई जित्‍‌नुभो,
हामीलाई मुक्ति दिनलाई।

Verse 3:
सारा सृष्टिले ढोग्‍‌नेछ,
सबै घुँडाहरू टेक्‍‌नेछन्‌,
निर्बल बलियो हुनेछ,
लाटाले पुकार्नेछ त्यो नाउँ

अन्धाले देख्‍‌नेछ,
बहिरोले सुन्‍‌नेछ,
मुर्दा बिउँतनेछ
उनैलाई महिमा दिनलाई।

भजन B-510
अडियो सुन्नको लागि :- http://www.nepalisongs.site40.net/songs/index.html?title=Aakaash-bhandaa_Ucca-ucca_Cha_-_B510

27/12/2013

Verse 1:
सबै जातिका परमेश्‍वर,
सारा पृथ्वी र स्वर्गको मालिक
तपाईंको नाउँ उच्च पार्छौं,
तपाईंको शक्तिको बढाइ गर्छौं।

Verse 2:
सारा संसारले येशूलाई देख्‍‌नुपर्छ,
(सारा मानिसले येशूलाई पुज्‍‌नुपर्छ) २
कारण तपाईं मात्र राजा र प्रभु,
(एक मात्र परमेश्‍वर) २

Verse 3:
सारा जातिले येशूलाई चिन्‍‌नैपर्छ,
(सारा नेपालीले येशूलाई पाउनुपर्छ) २
कारण तपाईं मात्र राजा र प्रभु,
(एक मात्र परमेश्‍वर) २

भजन B515
1400 भन्दा बढी भजनहरु एकै साथमा : http://www.nepalisongs.site40.net

20/12/2013

Chorus:
(मुक्तिदाताको जन्म दिवसमा
उदाए आशाको तारा आकाशमा) २
(गरे प्रसंशा, गरे महिमा
स्वर्गदुतले स्वर्गमा परमेश्‍वरको) २
मुक्तिदाताको ...

Verse 1:
(आफैलाई रित्याई कमाराको रुपमा
मानिस कहाँ आउनुभयो) २
(के नै पो थियो र इश्‍वरको पुत्रलाई
दिन है उद्धार सारा संसारलाई) २

Verse 2:
(कसले पो बुझ्ने परमेश्‍वरको प्रेमलाई
नबुझे हामी मानिसलाइ) २
(के नै पो छ है दिन इश्‍वरको पुत्रलाई
दिन है उद्धार सारा संसारलाई) २

More Christmas Songs.. with mp3
http://nepalisongs.site40.net/songs/index.html?title=Muktidaataako_Janma_Diwasmaa

19/12/2013

लौ हेर पुर्ब क्षितिज
चम्किलो तारा चम्कियो
(जन्मे मुक्तिदाता येशू
बेथलेहेम शहरमा) २

Verse 1:
थरथर कम्ने गोठाला बीच
स्वर्गदुत पहिले गएँ
(प्रशांस गर्दै येशू जन्मेको
खवर तिनलाई दिएँ) २

गोठालाहरू हर्षले भरि
दौडिए गोठैमा
(लौ हेर सानो डुडमा येशू
देखेर रमाए) २

Verse 2:
ज्योतिषीहरू पुर्बबाट खोज्दै
तारालाई पछ्याए
(यहुदीको राजा जन्मेको कहाँ
सोध्दै पछ्याए) २

हेर त्यो तारा पुर्बबाट देखिने
अडियो गोठैमा
(गोठैमा देखे मरियमको साथ
बालक येशूलाई) २

लौ हेर इम्मानुएल,
इश्वर हामी सित
(रमाऔ आज, खुशीले गाऔ
मुक्ति छ हामी सित) २

More.. Christmas Songs..(Mp3)
http://nepalisongs.site40.net/songs/index.html?title=Lau_Hera_Purba_Chitij_Camkilo_Taaraa_Camkiyo_-_B613

18/12/2013

Chorus:
जाउँ सबै ख्रीष्टिय प्रेमी हो
बेथलेहेम गावैमा
हाम्रो प्रभु जन्मिनु भयो
गाइ राख्ने गोठैमा
जाउँ सबै ख्रीष्टिय प्रेमी हो ...

Verse 1:
(सृष्टि गरे परमेश्‍वरले मानिस जातिलाई
छल गरे शैतानले हाम्रा पुर्खालाई) २
सत्यनासको खाडलबाट मुक्ति दिनलाई
हराएका आफ्ना सबै
(फेरी पाउनलाई) २

गाउँ सबै ख्रीष्टिय प्रेमी हो
खुसीको यो साँझैमा
तारणहार जन्मिनुभयो
संसारको माझैमा
जाउँ सबै ख्रीष्टिय प्रेमी हो ...

Verse 2:
(पवित्रात्मा द्वारा
प्रभु कोखमा आउनु भो
अन्धकार संसारमा
ज्योति ल्याउनु भो ) २

जाउँ सबै प्रभु ख्रीष्टको
दर्शन गर्नलाई
मुक्तिदाता तारणहारको

नाचौं सबै ख्रीष्टिय प्रेमी हो
रमाइलो यो साझैमा
मुक्तिदाता जन्मिनुभयो
धर्तिको माझैमा

एल्बम : मरुभूमिमा टुक्रिएको हृदय
स्वर / शब्द / संगीत : जी.एस. आले

For Christimas Songs http://nepalisongs.site40.net/songs/index.html?title=Jaaun_Sabai_Khristiye_Premi_Ho_(Album_-_Marubhumi-maa_Tukriyeko_Ridai)

Jai Masih!Now there are over 1400 lyrics in Nepali Christian Songs website and nearly 400 mp3.I have added 2 features in...
16/12/2013

Jai Masih!
Now there are over 1400 lyrics in Nepali Christian Songs website and nearly 400 mp3.
I have added 2 features in Nepali Christian Songs website:
1. Search for the website:
You can search in Nepalese (e.g. प्रेम गर्छु) or transliterated form (e.g. prem garchu) or composer or singer e.g. Karna Das.
http://nepalisongs.site40.net/songs/index.html?section=Search

2. Top views for songs - it features the top 20 views for songs on the website.
http://nepalisongs.site40.net/songs/index.html?section=TopViews

Please do help contribute mp3 of songs. Thank you.

Wishing you a very Blessed Christmas and a very Blessed New Year!

Nepali Christian Songs ♥

This is a place for people to learn Nepali Christian songs. I know that God has gifted the Nepalese people with the gift to compose and sing and play music. So as people contribute their songs, others in the Nepali Diaspora can learn these songs and be blessed by the song. All glory to our Lord and…

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shrawan Bomzan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shrawan Bomzan:

Share