नेसनल प्याब्सन

नेसनल प्याब्सन National Private and Boarding School Association Nepal, Central Committee

22/05/2026
नेसनल प्याब्सन केन्द्रीय कमिटिको दोस्रो बैठकको पहिलो दिन ।।
20/06/2025

नेसनल प्याब्सन केन्द्रीय कमिटिको दोस्रो बैठकको पहिलो दिन ।।

नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत जिल्ला भेला सम्पन्न — नयाँ समिति गठन, नेतृत्वमा मनोज होमबहादुर अधिकार...
04/04/2025

नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत जिल्ला भेला सम्पन्न — नयाँ समिति गठन, नेतृत्वमा मनोज होमबहादुर अधिकारी

काठमाडौं, चैत २२ — नेशनल प्याब्सन काठमाडौं जिल्ला (स्थापना पक्ष) को वृहत जिल्ला भेला आज होटल रोयल एयरपोर्ट, सिनामंगलमा भव्य रूपमा सम्पन्न भएको छ।

गत फागुन १५ र १६ गते बीरगंजमा सम्पन्न आठौं केन्द्रीय महाधिवेशनपछि तत्कालीन जिल्ला समिति भंग गरिएको थियो। त्यसपछि पहिलोपटक आज सम्पन्न भेलाबाट काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरको नयाँ संरचना औपचारिक रूपमा गठन गरिएको हो।

भेलाबाट श्री मनोज होमबहादुर अधिकारी काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा ईश्वर के.सी. र लक्ष्मी गुरुङ, सचिवमा लेखराज घिमिरे, सहसचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा बिजय न्यौपाने, सहकोषाध्यक्षमा हेमन्त श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा सुरेन्द्र मगर र रामप्रसाद काफ्ले रहेका छन्।

बूढानीलकण्ठ नगरपालिका कमिटीमा अध्यक्षमा श्री सुदीप काफ्ले, उपाध्यक्षमा सुस्मिता मैनाली, सचिवमा गोबिन्द धामी, सहसचिवमा नारायण चौलागाईं, कोषाध्यक्षमा किरण खड्का, सहकोषाध्यक्षमा बेनी खड्का तथा सदस्यहरूमा रमिस अधिकारी र रुकेश लामा चयन भएका छन्।

त्यसैगरी, काठमाडौं महानगर कमिटीमा संयोजकमा निलम मणि भट्टराई, सहसंयोजकमा राजन लम्साल, सदस्यहरूमा सुस्मिता शाह मल्ल, अभिनास शाह, बिबीलाल खड्का र सबिना थापा खड्का चयन भएका छन्।

कार्यक्रममा नेशनल प्याब्सनकी केन्द्रीय अध्यक्ष माननीय गीता राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, पूर्व अध्यक्षहरू कर्ण शाही र रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्षहरू सुर्य अधिकारी र सुबोध डागी, सचिव तेन्जिङ भोटिया सहित केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै सचिव तेन्जिङ भोटियाले भने, “नेशनल प्याब्सन भन्नाले गीता राणाको अध्यक्षतामा रहेको संगठन नै हो। अरू कसैको अध्यक्षतामा रहेको संस्था नेशनल प्याब्सन होइन,” भनी संगठनको वैधानिकता र एकताको पक्षमा बल दिएका थिए।

वरिष्ठ उपाध्यक्ष सुबोध डागीले संगठन फुटाएर अध्यक्ष बन्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। “संस्थागत विधि र मूल्य–मान्यताको संरक्षण हाम्रो प्राथमिकता हो,” उनले जोड दिए।

केन्द्रीय अध्यक्ष गीता राणाले महाधिवेशनबाट निर्वाचित कार्यसमिति र सबैजसो पूर्व अध्यक्षहरूको साथ आफूहरूको पक्षमा रहेको उल्लेख गर्दै भनिन्, “कसैले पनि व्यक्तिगत स्वार्थ र पदलोलुपताको कारण संगठन फुटाउने काम गर्न खोजे पनि त्यो कदापि स्वीकार्य छैन।”

उनका अनुसार स्थायीत्व, एकता र गुणस्तरीय शिक्षाको पक्षमा नेशनल प्याब्सनको नेतृत्व प्रतिबद्ध रहेको छ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत् जिल्ला भेला भोलि २२ गते होटल रोयल एयरपोर्ट, सिनामंगल, काठमाडौंमा आयो...
03/04/2025

नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत् जिल्ला भेला भोलि २२ गते होटल रोयल एयरपोर्ट, सिनामंगल, काठमाडौंमा आयोजना हुँदैछ। गत फाल्गुन १५ र १६ गते बीरगंजमा सम्पन्न आठौं महाधिवेशनपछि तत्कालीन जिल्ला समिति भंग गरिएकाले नयाँ समिति गठन गर्न लागिएको हो।

28/02/2025

नेसनल प्याबसनको राष्ट्रीय महाधिवेशन समपन्न ।।

नेसनल प्याबसनको आठौ राष्ट्रीय महाधिवेशन को बन्द सत्र शुरु ।।
28/02/2025

नेसनल प्याबसनको आठौ राष्ट्रीय महाधिवेशन को बन्द सत्र शुरु ।।

नेसनल प्याबसन बुनपाका कोषाध्यक्ष श्री ईश्वर केसीको जन्मदिनको अवसरमा नेसनल प्याबसन बुनपाले केक काटेर शुभकामना व्यक्त गरेक...
04/08/2024

नेसनल प्याबसन बुनपाका कोषाध्यक्ष श्री ईश्वर केसीको जन्मदिनको अवसरमा नेसनल प्याबसन बुनपाले केक काटेर शुभकामना व्यक्त गरेको छ ।। कार्यक्रममा नेसनल प्याबसन का राष्ट्रीय अध्यक्ष श्री पाण्डब हमालको समेत उपस्थिति रहेको थियो ।।

02/07/2024

आदरणीय सर/म्याम नमस्कार !

यहि असार २१ गते शुक्रवारको दिन नेसनल प्याबसन बुनपाले हालै समन्न एस ई ई परीक्षामा उत्कृष्ट नतिजाको साथ परीक्षा उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा नेसनल प्याबसन काठमाडौं जिल्लाका अध्यक्ष एवम पदाधिकारी ज्युहरु, नगर अध्यक्ष एवम पदाधिकारी ज्युहरु साथै नेसनल प्याबसन बुढानिलकण्ठका सदस्य विद्यालयहरु सम्पूर्णमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

🔹 स्थान : मिलन चोक पार्टी प्यालेस
🔹 समय : ३ बजे दिउसो

( नोट: कार्यक्रममा राष्ट्रीय कलाकारहरुको सांगीतिक प्रस्तुति सगै रात्रीभोजको व्यवस्था गरिएको छ )

धन्यवाद !

तेन्जिङ भोटिया
अध्यक्ष
नेसनल प्याबसन बुनपा

नेसनल प्याबसन बुढानिलकण्ठमा सेन्ट जोन्स स्कुल पनि नया सदस्यको रुपमा आवद्द हुनुभएको छ । नया सदस्य विद्यालयको प्रधानाध्याप...
14/05/2024

नेसनल प्याबसन बुढानिलकण्ठमा सेन्ट जोन्स स्कुल पनि नया सदस्यको रुपमा आवद्द हुनुभएको छ । नया सदस्य विद्यालयको प्रधानाध्यापक श्री रुकेस तामाङ्लाई अध्यक्ष श्री तेन्जीङ भोटिया र सचिव श्री सुदिप काफ्लेले खदा लगाएर स्वागत गर्नुभएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेसनल प्याब्सन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share