11/08/2022
श्रावणी / रक्षाबन्धन सबै कर्म श्रावण २७ गते शुक्रबार नै हो, यही नै आधिकारिक प्रमाण हो । अनावश्यक हल्लाको भ्रममा नपरौं । शास्त्रीय विधान अनुसार नै आफ्नो पर्व मनाऔं ।
● बजारमा पञ्चाङ्ग आएको ६\७महिना भैसक्यो, यतिञ्जेल चुपचाप बसेर पर्वको मुखैमा आएर अघिल्लो दिन मात्र फेसबुके प्रचार गरेर भ्रम छर्न विद्वानहरूलाई सुहाउॅदैन ।
● यदि पञ्चाङ्गमा गलत लेखिएको थियो भने बेलैमा पञ्चाङ्ग निर्णायक समितिलाई प्रमाणसहित संशोधन गर्न लगाउॅदा हुन्थ्यो तर तेसो नगरेर आज मात्र फेसबुके/युट्युवे प्रचार गर्दा दुराशय मात्र देखिन्छ, अरू कुनै कारण देखिंदैन।
● धेरै भ्रम छरियो भनेर पञ्चाङ्ग निर्णायक समितिले यथेष्ट प्रमाण सहित भ्रम निवारण गरेको छ, यसका लागि समितिलाई धन्यवाद ।
● २६ गते गर्ने भनेर विद्वानहरूले दिएका प्रमाणहरूमै पनि विभिन्न पक्षको विचार गर्दै अन्तिममा दिइएको निष्कर्ष
'यदा पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयन्यूना भवति , क्षयवशान्नास्त्येव वा तदा सर्वयाजुषाणां पूर्वैव'
यो वाक्यले नै दोस्रो दिन अर्थात् २७ गते नै गर्नु पर्ने प्रमाणित हुन्छ ।
उक्त वाक्यको अर्थ : पूर्णिमा २ दिन भएको खण्डमा - यदि पहिलो दिन सूर्योदयभन्दा एक मुहूर्त अर्थात् २ घडिपछि पूर्णिमा लागेको छ र दोस्रो दिन २ मुहूर्त अर्थात् ४ घडीभन्दा थोरै पूर्णिमा छ वा क्षय भएर पूर्णिमा नै छैन भने सबै यजुर्वेदीहरूले पहिलो दिन नै गर्नू ।
तर यसपाली माथि भनेजस्तो अवस्था छैन, अर्थात् २७ गते ४ घडी ४१ पला पूर्णिमा छ, यो भनेको २ मुहूर्तभन्दा बढी हो, थोरै होइन । तेसैले पहिलो दिन गर्नू भन्ने वाक्यले यहाॅ छुॅदैन । तेसकारण दोस्रो दिन (२७ गते) गर्नु नै उपयुक्त हुन्छ ।
अन्तिम निष्कर्ष यही हो ।
यी सबै कुरा पञ्चाङ्ग निर्णायक समितको विज्ञप्तिबाट स्पष्ट भैसकेको छ, तसर्थ सबैले अलमलमा नपरी, अनावश्यक हल्लाको पछि नलागी २७ गते शुक्रवार नै श्रावणी पर्व मनाऔं ।