Thali New Life Church "Youth Fellowship"

Thali New Life Church "Youth Fellowship" हामी "थली नयाँ जीवन मण्डली" को जवानहरु 🙏🙏🙏

06/10/2023

मत्ती 10:1
उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।🙏
परमेश्वरले सबैलाई निको ,चंगाई र बल दिनुभएको होस्।
आमेन्।🙏

04/10/2023

२ इतिहास 30:9
तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने तिमीहरूका कुटुम्‍बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्‌, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्‌। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ। तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”

29/09/2023

२ तिमोथी 1:12
यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।

23/09/2023

१ थेसलोनिकी 5:18
सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

17/09/2023

उनीहरूले तरवारको बलले देश जितेका होइनन्‌, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्‌। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो।
-भजनसंग्रह 44:3

14/09/2023

भजनसंग्रह 66:19-20
तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ।
परमेश्‍वरलाई महिमा होस्‌, जसले मेरो प्रार्थना अस्‍वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।🙏🙏🙏🙏

10/09/2023

पावलले सेवाकाई गर्दैगर्दा भोग्नुभएको केहि कष्ट र सतावटहरु
२ कोरिन्थी 11:24-25
पाँच पल्‍ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ।
तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।

आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरे...
09/09/2023

आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।
किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।
यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।
हिब्रू 4:14-16

जन्म दिनको अनगिन्ती शुभकामना सागर चेम्जोङ भाई🎂🎁👑💐 💐💐💐💐💐💐💐💐💐💐💐💐भजनसंग्रह 23 अनुसार परमप्रभुले आशिष, सहायता र अगुवाई गर्नु...
08/09/2023

जन्म दिनको अनगिन्ती शुभकामना सागर चेम्जोङ भाई🎂🎁👑💐 💐💐💐💐💐💐💐💐💐💐💐💐
भजनसंग्रह 23 अनुसार परमप्रभुले आशिष, सहायता र अगुवाई गर्नुभएको होस्।🙏

06/09/2023

एफिसी 1:17-18
17. म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।
18. म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्‌, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।🙏

05/09/2023

जब मानिसका मार्गहरू परमप्रभुलाईमन पर्ने हुन्‍छन्‌, उहाँले त्‍यसका शत्रुहरूलाई समेत त्‍यससँग मिलापमा राख्‍नुहुन्‍छ।
हितोपदेश 16:7

Address

Kageswori-Manohars, Thali 5
Kathmandu
44600

Telephone

+19808327601

Website

Alerts

Be the first to know and let us send you an email when Thali New Life Church "Youth Fellowship" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Thali New Life Church "Youth Fellowship":

Share