Kumar Gurung

Kumar Gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumar Gurung, Church of God, Kathmandu.

March 21/2022Jhon piper द्वारा भक्तिमय अध्ययन संस्थापक र शिक्षक desiringGod.org18. किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ...
08/09/2022

March 21/2022

Jhon piper द्वारा भक्तिमय अध्ययन

संस्थापक र शिक्षक desiringGod.org

18. किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो– धर्मी जन अधर्मीहरूका निम्‍ति– तर आत्‍माद्वारा जीवित पारिनुभयो। १ पत्रुस 3:18 (NNRV)

यानिर सुसमाचारको सारांस दिईएको छ जुन बुझ्नलाई र यसको आनन्द लिनलाई र अरुहरुलाई पनि बुझाउनलाई तपाईको सहायता गर्ने छ।

1) परमेश्वरले हामीलाई आफ्नो महिमाको लागि बनाउनुभयो।

6. मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्‍वीको पल्‍लो छेउदेखि ल्‍याओ,
7. हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ। यशैया 43:6(ख)-7 (NNRV) परमेश्वरले हामी सबैलाई आफ्नै स्वरूपमा बनाउनुभयो ताकि हामी उहाँको चरित्र र नैतिकतालाई संसारमा देखाउन सकौ भनेर वा प्रतिबिम्बित गरौं भनेर।

2) यसैकारणले प्रतेक मानिसलाई परमेश्वरको महिमाको लागि जीउनुपर्छ।

31.यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।
१ कोरिन्थी 10:31 (NNRV) परमेश्वरको महिमाको लागि जीउनुको अर्थ हो उहाँलाई प्रेम गर्नु ( मत्ति 22:37 ) उहाँमाथि भरोसा गर्नु ( रोम 4:20 ) उहाँप्रति धन्यवादि हुनु ( भजन 50:23 ) उहाँको आज्ञाहरु पालन गर्नु ( मत्ति 5:16 ) अरु सबै कुराहरुभन्दा बढी प्रेम उहाँलाई गर्नु ( फिलि 3:8, मत्ति 10:37 ) जब हामी यी कुराहरु गर्छौ तब हामी उहाँको महिमा गरिरहेका हुन्छौं।

3) तरपनि हामी सबैले पाप गरेका छौँ र उहाँको महिमा गर्नदेखि चुकेका छौँ।

23. किनकि सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। रोमी 3:23 (NNRV)
21. किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्‌, न त धन्‍यवाद नै चढ़ाए,
23. र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे। रोमी 1:21,23 (NNRV) हामी कसैलेपनि परमेश्वरलाई न त प्रेम गरिम न भरोसा न धन्यवाद न त आज्ञापालन नै गरिम जबकि यो गर्नुनै पर्ने थियोे।

4) यसकारण हामी सबै जना उहाँद्वारा दण्ड पाउने योग्यका छौ।

23. किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो। रोमी 6:23 (NNRV)
8. परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।
9. तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्‌, २ थेसलोनिकी 1:8-9 (NNRV) मत्ती 25:46 (NNRV)
46. “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्‌, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

5) तरपनि, आफ्नो महान दयामा भयर उहाँले आफ्नो एकलौटे पुत्र ख्रीष्ट येशुलाई हामी पापीहरुलाई अनन्त जीवन दिन यस संसारमा पठाउनु भयो।

16. “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्ना 3:16 (NNRV)
13. हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, गलाती 3:13 (NNRV)
18. किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो– धर्मी जन अधर्मीहरूका निम्‍ति– तर आत्‍माद्वारा जीवित पारिनुभयो। १ पत्रुस 3:18 (NNRV)

6) यसकारण, अनन्त जीवन तिनिहरु सबैको लागि सितैको उपहार स्वरुप छ ज-जसले प्रभु येशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र उद्धारकर्ता भनेर सर्वोच्चको बहुमुल्य धन ठानेर भरोसा गर्छन।

31. अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले।” प्रेरित 16:31 (NNRV)
9. किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। रोमी 10:9 (NNRV)
8. किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ– र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो–
9. कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।
एफिसी 2:8-9 (NNRV)
20. म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो। गलाती 2:20 (NNRV)
8. साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु, फिलिप्पी 3:8 (NNRV)

Address

Kathmandu
KUMAR12345

Telephone

+9779821463474

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Kumar Gurung:

Share

Category