19/05/2026
🚨 अत्यन्तै जरुरी सूचना: भाेली जापान उड्ने चेलीको बाटोमै हरायो पासपोर्ट, देख्नासाथ लाइक कमेन्ट र शेर गर्नुहाेला साथै भेटाउनुहुनेले सम्पर्क गर्नुहोला— ठुलो धर्म लाग्नेछ!
काठमाडौँ, जेठ ४ । भनिन्छ, भाग्यले ठग्नु र समयले साथ नदिनु एउटै हो। वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बोकेर पर्सि (मंगलबार) जापान उड्न लागेकी एक १९ वर्षीया चेली अहिले आँसु खसाल्दै छटपटीमा छिन्। उडानको मुखैमा आइपुग्दा आज आइतबार उनको राहदानी (पासपोर्ट) बाटोमै हराएपछि उनको पुरै सपना र भविष्य अन्योलमा परेको छ।
स्कुटरमा जाँदाजाँदै भयो बज्रपात!
भक्तपुरकी १९ वर्षीया जिया कसुला आज आफ्नो काम विशेषले ललितपुर पुगेकी थिइन्। ललितपुरको कुमारीपाटीदेखि पुल्चोक सडकखण्डमा स्कुटरमा जाँदै गर्दा उनको ब्यागबाट पासपोर्ट कतिबेला खस्यो, पत्तै भएन। पुल्चोक पुगेर ब्याग खोल्दा पासपोर्ट नभएपछि उनी छाँगाबाट खसेजस्तै भइन्।
पर्सि जापानको जहाज चढ्नुपर्ने मान्छे, आज पासपोर्ट नै हराएपछि जिया र उनको परिवार यतिबेला कति ठुलो मानसिक तनाव र रोदनमा होला, हामी सहजै अनुमान गर्न सक्छौँ। धेरै दुःख र मिहिनेत गरेर जापान जाने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भएको यो बज्रपातले उनी मर्माहत बनेकी छिन्।
सम्पर्कका लागि अपिल: एउटा सेयरले कसैको जीवन बन्न सक्छ!
ती चेलीले रुँदै फेसबुक र मिडियामार्फत सबै नेपाली दाजुभाइ, दिदीबहिनी तथा यातायात व्यवसायीहरूसँग आफ्नो पासपोर्ट खोजिदिन विनम्र विन्ती गरेकी छिन्।
यदि तपाईँहरू कसैले ललितपुरको कुमारीपाटी-पुल्चोक गुड्ने क्रममा वा सडक किनारमा जिया कसुला (Jiya Kasula) को नाममा रहेको पासपोर्ट भेटाउनुभएको छ भने कृपया मानवीयताको नाताले तुरुन्तै यो मोबाइल नम्बर ९७०९१९५९३६ (9709195936) मा सम्पर्क गरिदिनुहोला।
तपाईँको सानो इमानदारिता र एउटा फोन कलले एउटी १९ वर्षकी चेलीको बर्बाद हुन लागेको भविष्य जोगिनेछ। भेटाउने व्यक्तिले यो नम्बरमा सम्पर्क गरेर पासपोर्ट बुझाइदिनुभएमा परिवारको तर्फबाट उचित पुरस्कार र जीवनभर सम्झिरहने आशीर्वाद मिल्नेछ।
जुनतारा खबर अपिल गर्दछ— कृपया यो सूचनालाई भुलेर पनि कञ्जुस्याइँ नगरी आफ्नो फेसबुक वाल, ग्रुप र मेसेन्जरमा सेयर गरिदिनुहोला। तपाईँको एउटा सेयरले पासपोर्ट भेटाउने व्यक्तिसम्म यो खबर पुग्न सक्छ। कसैको उद्धार गर्नु सबैभन्दा ठुलो धर्म हो।