Living Hope church, Gorkha, Nepal

Living Hope church, Gorkha, Nepal JESUS IS THE LORD

सम्पूर्णमा अभिवादन  जयमशिह शलोम 🙏🕊️ विनाशकारी विपत्तिप्रति लिभिङ होप चर्च परिवारको हार्दिक समवेदना तथा प्रार्थना 🙏🕊️ यस ...
27/08/2026

सम्पूर्णमा अभिवादन जयमशिह शलोम 🙏🕊️

विनाशकारी विपत्तिप्रति लिभिङ होप चर्च परिवारको हार्दिक समवेदना तथा प्रार्थना 🙏🕊️

यस विनाशकारी विपत्तिमा आफ्नो अमूल्य ज्यान गुमाउनुहुने सम्पूर्णप्रति लिभिङ होप चर्च परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ। शोकसन्तप्त परिवार, घाइते, विस्थापित तथा घरबारविहीन सबैप्रति हाम्रो गहिरो समवेदना व्यक्त गर्दछौँ।

परमेश्वरले विपत्तिबाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारहरूलाई सान्त्वना, सुरक्षा, स्वास्थ्यलाभ र आशा प्रदान गरून्। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू प्रभावकारी र सफल रूपमा सम्पन्न होऊन् भन्ने हाम्रो प्रार्थना छ।

यस कठिन घडीमा प्रार्थना, सहयोग र सहकार्यका साथ एकअर्काको साथमा उभिन सम्पूर्णमा हार्दिक आह्वान गर्दछौँ। 🙏❤️

📖 “परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ।” — भजनसंग्रह ४६:१

हे प्रभु, नेपाल राष्ट्र तथा यस विपत्तिबाट प्रभावित सम्पूर्ण जनसमुदायलाई आफ्नो सुरक्षा, शान्ति, सान्त्वना र सामर्थ्य प्रदान गर्नुहोस्। आमेन। 🙏🇳🇵

सम्पूर्णमा अभिवादन जय मसिह  शालोम 🙏🌿परमेश्वरलाई महिमा भएको होस् । उहाँको अनुग्रहमा शनिबारको सेवा आशिषमय भएको छ वचनको सेव...
08/08/2026

सम्पूर्णमा अभिवादन जय मसिह शालोम 🙏🌿
परमेश्वरलाई महिमा भएको होस् । उहाँको अनुग्रहमा शनिबारको सेवा आशिषमय भएको छ

वचनको सेवा:- पा : येशु विश्वकर्मा
वचन शीर्षक :- ख्रिस्टको सर्वश्रेष्ठता
कलस्सी २:-१-१५
ख्रीष्ट नै हाम्रो पूर्णता, सुरक्षा र विजय हुनुहुन्छ ! त्यसैले विश्वासमा दृढ भएर धन्यवाद साथ ख्रीष्टको वचनमा जरा गाडेर उहाँको महिमा हुने कार्यमा लागिरहौँ।🙏
Living Hope church, Gorkha, Nepal

सम्पूर्णमा अभिवादन, जय मसीह! शालोम। 🙏🌿परमेश्वरलाई महिमा होस्! उहाँको अनुग्रहले शनिबारको आराधना सेवा आशिषमय रूपमा सम्पन्न...
01/08/2026

सम्पूर्णमा अभिवादन, जय मसीह! शालोम। 🙏🌿

परमेश्वरलाई महिमा होस्! उहाँको अनुग्रहले शनिबारको आराधना सेवा आशिषमय रूपमा सम्पन्न भयो।

वचनको सेवा: आशिष कोइराला
वचनको शीर्षक: Important of forgiveness (क्षमाको महत्त्व)
मुख्य बाइबल खण्ड: १ कोरिन्थी १३:५, Ephesians ४:३२,
क्षमा गर्नु ख्रीष्टियन जीवनको एउटा महत्त्वपूर्ण चिन्ह हो। जसरी परमेश्वरले ख्रीष्टमा हामीलाई क्षमा गर्नुभयो, त्यसरी नै हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ। क्षमाले मनको बोझ हटाउँछ, सम्बन्धहरू पुनःस्थापित गर्छ, र परमेश्वरको प्रेमलाई व्यवहारमा देखाउँछ। त्यसैले रिस, कटुता र बदला त्यागी प्रेम र क्षमाको जीवन जिउँदै ख्रीष्टको स्वभावलाई संसारमा प्रकट गरौँ।
Living Hope church, Gorkha, Nepal
fans

सम्पूर्णमा अभिवादन जय मसिह  शालोम 🙏🌿परमेश्वरलाई महिमा भएको होस् । उहाँको अनुग्रहमा शनिबारको सेवा आशिषमय भएको छ वचनको सेव...
25/07/2026

सम्पूर्णमा अभिवादन जय मसिह शालोम 🙏🌿
परमेश्वरलाई महिमा भएको होस् । उहाँको अनुग्रहमा शनिबारको सेवा आशिषमय भएको छ

वचनको सेवा:- पा : येशु विश्वकर्मा
वचन शीर्षक :- ख्रिस्टको सर्वश्रेष्ठता
कलस्सी १:१५–२९
कलस्सी १:१५–२९ अनुसार ,येशू ख्रीष्ट सम्पूर्ण सृष्टिमाथि सर्वोच्च हुनुहुन्छ भन्ने सत्यलाई प्रकट गर्दछ। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सबै थोकका सृष्टिकर्ता र मण्डलीको शिर हुनुहुन्छ। उहाँको क्रूसद्वारा मानिसले परमेश्वरसँग मेलमिलाप पाउन सक्छ। त्यसैले विश्वासीहरूको जीवनको केन्द्र ख्रीष्ट नै हुनुपर्छ। प्रेरित पावलले पनि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाउन यही सुसमाचारको सेवामा आफूलाई समर्पित गरेको देखिन्छ।
मुख्य सन्देश:
"ख्रीष्ट सबैभन्दा सर्वोच्च हुनुहुन्छ; त्यसैले हाम्रो विश्वास, जीवन र सेवाको केन्द्र उहाँ नै हुनुपर्छ।"
Living Hope church, Gorkha, Nepal

17/07/2026

✨ सम्पूर्णमा ख्रीष्ट येशूको नाममा जयमसी! ✨

🙏 आराधना सेवामा हार्दिक निमन्त्रणा 🙏

📅 भोलि : शनिबार
🕥 समय : बिहान १०:३० – १२:३० बजे
📍 स्थान : लिभिङ होप चर्च, रानीवन, गोरखा

लिभिङ होप चर्च परिवार यहाँहरू सबैलाई प्रेमपूर्वक हार्दिक स्वागत गर्दछ।

आउनुहोस्, परमेश्वरको उपस्थितिमा आराधना गरौँ, उहाँको वचनद्वारा आत्मिक रूपमा बलियो बनौँ, र विश्वासमा अझ दृढ हुँदै एक-अर्कालाई प्रेम, उत्साह र प्रोत्साहन दिऔँ।

“एकसाथ भेला हुन नछोडौँ, बरु एक-अर्कालाई उत्साह दिऔँ।”
— हिब्रू १०:२५

🤝 तपाईं र तपाईंको परिवारको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ।

परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष् दिनुहोस्! ❤️
Living Hope church, Gorkha, Nepal

In the name of our Lord Jesus Christ, greetings to all! Jayamashi 🙏🌿Today’s youth fellowship was truly blessed and fille...
05/07/2026

In the name of our Lord Jesus Christ, greetings to all! Jayamashi 🙏🌿
Today’s youth fellowship was truly blessed and filled with God’s presence.😇🤗🕊️



Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Living Hope church, Gorkha, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category