Thilden Kaman Gumba

Thilden Kaman Gumba Thilden Kaman Gumba ( ठिल्देन कमान गुम्बा ), is a Buddhist monastery

हार्दिक धन्यवाद !काठमाडौंमा बसोबास गर्नुहुने हाम्रा गाउँका १० जना दिदीबहिनीहरूले गुम्बा निर्माण कार्यमा सहयोग स्वरूप खाद...
10/06/2026

हार्दिक धन्यवाद !
काठमाडौंमा बसोबास गर्नुहुने हाम्रा गाउँका १० जना दिदीबहिनीहरूले गुम्बा निर्माण कार्यमा सहयोग स्वरूप खाद्यान्न सामग्री पठाइदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

हाल गुम्बा निर्माणको क्रममा दैनिक रूपमा कामदारहरूलाई भोजनको व्यवस्था गर्नुपर्ने भएकाले तपाईँहरूको यो सहयोगले ठूलो राहत र हौसला प्रदान गरेको छ। टाढा बसेर पनि धर्म र समाजको काममा देखाउनुभएको माया, सद्भाव र सहयोगका लागि हामी अत्यन्तै कृतज्ञ छौं।

यस पुण्य कार्यमा योगदान दिनुहुने सबै दिदीबहिनीहरूलाई भगवान बुद्धको आशीर्वाद प्राप्त होस्। तपाईँहरू र तपाईँहरूको परिवारमा सधैं सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धि रहोस् भन्ने मंगलकामना गर्दछौं। Manmaya Tamang, Tmg Seeta P**n,

ठिलदेन कमान गुम्बा परिवार
🙏🙏🙏

धादिङ्ग जिल्ला नेत्रवती डबजोङ गा.पा. वडा न- २ धारा धिरी गाँउ (भदेरे टोल) निवासी धर्म प्रेमी, मनका धनि, श्री सोरा हिम्दुङ...
09/06/2026

धादिङ्ग जिल्ला नेत्रवती डबजोङ गा.पा. वडा न- २ धारा धिरी गाँउ (भदेरे टोल) निवासी धर्म प्रेमी, मनका धनि, श्री सोरा हिम्दुङ्ग तामांगज्युले धाराधिरी (ब्रादी) स्थित निर्माणाधीन " ठिलदेन कमान गुम्बा " का लागी नगद रु २५५५६/- ( पच्चीस हजार पाँच सय छप्पन्न ) सहयाेग प्रदान गर्नुभै फेरी पनि हामी संग यस पुण्य संचयको कार्यमा जोडिनु भएको छ। वहाँले असल उद्देश्यले गर्नुभएको यो कुशल दानपुण्यको प्रभावले वहाँको मनले चिताएको, ताकेको, आटेको, सोचेको सबै इच्छा आकांक्षाहरु पूरा हुँदै जाउन् । नबनेको अधुरा कामहरुले पुर्णता पाउन् । त्रिरत्न (कोन्ज्योसोम) को आशिषले वहाँको स-परिवारमा सधैं सुख शान्ति र खुसी छाईरहुन् यही शुभेक्क्षाका साथ यस पुण्य कार्यको लागी वहाँ प्रति गुम्बा व्यवस्थापन समिति र सम्पूर्ण गाँउवासीको तर्फबाट हृदय देखि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।
अन्तमा सम्पूर्ण गाँउवासी र विश्वभर छरीएर बस्नुभएका शान्ति प्रेमी माहानुभवहरूलाई पनि पुण्य कमाउन यसरीनै मुठी खोलि दान-सहयोग गर्न बिनम्र अनुरोध गर्दाछौं। " यदि हामीले दान-सहयोग गर्न हृदय खोलि दिन्छौं भने…त्यसको हजार
गुणा बढी खुशी हामीमा फर्केर आउनेछ " ओम माने पद्मे होम १०८ !!! Sora Semche Kaasa

धादिङ जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा नं.–२ धाराधिरी (ल्हा टोल) निवासी धर्मप्रेमी श्रीमती सुशिला तामाङ ज्युले आफ्नो जन...
12/05/2026

धादिङ जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा नं.–२ धाराधिरी (ल्हा टोल) निवासी धर्मप्रेमी श्रीमती सुशिला तामाङ ज्युले आफ्नो जन्मदिनको शुभ अवसरमा धाराधिरी (ब्रादी) स्थित निर्माणाधीन “ठिलदेन कमान गुम्बा” का लागि नगद रु. ५०५०/- (पाँच हजार पचास रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा गुम्बा व्यवस्थापन समिति तथा सम्पूर्ण गाउँवासीको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

उहाँले असल भावनाले गर्नुभएको यस पुण्य कार्यको फलस्वरूप त्रिरत्न (कोन्ज्योसोम) को आशीर्वादले उहाँ तथा उहाँको स-परिवारमा सधैं सुख, शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

ॐ मणि पद्मे हुँ १०८ !!! 🙏 Singa Bahadur

धादिङ्ग जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा न-२ धाराधिरी निवासी श्री बिक्रम हिम्दुंग तामांग ज्युले धाराधिरी (ब्रादी) स्थित...
06/05/2026

धादिङ्ग जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा न-२ धाराधिरी निवासी श्री बिक्रम हिम्दुंग तामांग ज्युले धाराधिरी (ब्रादी) स्थित निर्माणाधीन " ठिलदेन कमान गुम्बा " का लागी रु ५०००/- ( पाँच हजार ) बराबरको गुम्बालाई अति आवस्यक सामग्री डमरु र घन्टी सेट प्रदान गर्नुभै हामी संग यस पुण्य संचयको कार्यमा जोडिनु भएको छ। वहाँको स-परिवारमा त्रिरत्न (कोन्ज्योसोम) को आशिषले सधैं सुख शान्ति र खुसी छाईरहुन् यही शुभेक्क्षाका साथ यस पुण्य कार्यको लागी वहाँ प्रति गुम्बा व्यवस्थापन समिति र सम्पूर्ण गाँउवासीको तर्फबाट हृदय देखि हार्दिक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । ओम माने पद्मे होम १०८ !!!

मिति २०/०१/२०८३ मा गठित नवनियुक्त गुम्बा व्यवस्थापन समितिलाई सम्पूर्ण गाउँवासीको तर्फबाट हार्दिक स्वागत तथा बधाई व्यक्त ...
05/05/2026

मिति २०/०१/२०८३ मा गठित नवनियुक्त गुम्बा व्यवस्थापन समितिलाई सम्पूर्ण गाउँवासीको तर्फबाट हार्दिक स्वागत तथा बधाई व्यक्त गर्दछौं। गुम्बा हाम्रो आस्था, संस्कृति र पहिचानको
केन्द्र हो, जसको संरक्षण र विकासमा तपाईँहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ। तपाईँहरूको नेतृत्वमा गुम्बाको काम अझ प्रभावकारी, व्यवस्थित र सफल हुने विश्वास लिएका छौं।

यस अवसरमा पूर्व गुम्बा व्यवस्थापन समितिलाई उहाँहरूको योगदान, समय र मेहनतका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। उहाँहरूले निर्माण गर्नुभएको
आधारमा अब नयाँ समितिले अझ अग्रसर हुँदै कामलाई अघि बढाउनेछ भन्ने आशा व्यक्त गर्दछौं। सबैलाई सफल, समर्पित र प्रेरणादायी कार्यकालको हार्दिक शुभकामना।

नवनियुक्त पदाधिकारी ज्युहरू

अध्यक्ष: मान बहादुर तामांग गुरुङ
उप-अध्यक्ष: अशोक कुमार गुरुङ
सचिव: कुशल गुरुङ
कोष अध्यक्ष: लक्ष्मी तामांग

सदस्य: बग बहादुर गुरुङ
सदस्य: सुशिला तामांग
सदस्य: अमान माया गुरुङ
सदस्य: फुल माया तामांग
सदस्य: कुमारी तामांग

सल्लाहकार: सानु कान्छा तामांग

धादिङ जिल्ला, नेत्रावती डबजोङ–२ धारा-धिरी (ल्हा टोल) निवासी मनका धनि सुश्री अन्जु दिम्दुंग तामांग ज्युले बुद्ध जयन्तीको ...
02/05/2026

धादिङ जिल्ला, नेत्रावती डबजोङ–२ धारा-धिरी (ल्हा टोल) निवासी मनका धनि सुश्री अन्जु दिम्दुंग तामांग ज्युले बुद्ध जयन्तीको पावन अवसरमा धाराधिरी (ब्रादी) स्थित निर्माणाधीन “ठिलदेन कमान गुम्बा” का लागि आफ्नी स्वर्गीय आमा धर्म प्रेमी श्रीमती उर्चावती तामांग ज्युको पुण्य स्मृतिमा रु. ५०,०००/- (पचास हजार) सहयोग अर्पण गर्नुभएको छ।
आमाको स्मृतिमा गरिएको यो दानले उहाँको आमाप्रतिको गहिरो माया, श्रद्धा र समर्पणलाई स्पष्ट रूपमा झल्काएको छ। साथै, यस उदार योगदानले गुम्बा निर्माण कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउनुका साथै समाजमा धर्म, सेवा र संस्कारको सकारात्मक सन्देश फैलाएको छ।
यस प्रेरणादायी तथा अमूल्य योगदानका लागि उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। साथै, स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना गर्दछौं।
ॐ मणि पद्मे हुँ १०८ !!!

धादिङ जिल्ला, नेत्रावती डबजोङ गाउँपालिका–२, धारा धिरी (क्रैबु ब्रादी) निवासी मनका धनी श्री हेम हिम्दुंग तामाङज्यूले धारा...
01/05/2026

धादिङ जिल्ला, नेत्रावती डबजोङ गाउँपालिका–२, धारा धिरी (क्रैबु ब्रादी) निवासी मनका धनी श्री हेम हिम्दुंग तामाङज्यूले धाराधिरी (ब्रादी) मा निर्माणाधीन “ठिलदेन कमान गुम्बा” का लागि बुद्ध जयन्तीको पावन अवसरमा आफ्नो स्वर्गीय बाजे सल्जोरोंग र बज्यैको पवित्र स्मृतिमा रु. १,००,०००/- (एक लाख ) बराबरको ७ वटा लामा ठी र १ वटा गुरु ठी र नगद रु. ११५२/- (एक हजार एक सय बाउन्न) सहयोग प्रदान गर्नु भएको छ।

बाजे–बज्यैप्रतिको उहाँको गहिरो श्रद्धा, माया र सम्मानलाई उजागर गर्ने यस उदार सहयोगले गुम्बा निर्माण कार्यमा महत्वपूर्ण टेवा पुर्‍याएको छ। साथै, यस्ता पुण्य कार्यहरूले समाजमा सेवा, श्रद्धा र संस्कारको सकारात्मक सन्देश प्रवाह गर्दछ।

यस महान एवं प्रेरणादायी योगदानका लागि हामी हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं। साथै स्वर्गीय बाजे–बज्यैको पवित्र आत्माको चिरशान्तिको कामना गर्दछौं।

ॐ मणि पद्मे हुँ १०८ !!!

शान्ति, करुणा र ज्ञानका प्रतीक भगवान गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!सं...
30/04/2026

शान्ति, करुणा र ज्ञानका प्रतीक भगवान गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
संसारबाट दुःख हटाई निर्वाण प्राप्तिको मार्ग देखाउने बुद्धको शिक्षाले हामी सबैमा शान्ति, प्रेम र समझदारी फैलाओस्।
"बुद्धं शरणं गच्छामि।" शुभ बुद्ध जयन्ती!
-ठिलदेन कमान गुम्बा परिवार-

धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोक्टेनी निवासी मनका धनि श्रीमती प्रेम माया वाइबा ज्युले धाराधिरी (ब्र...
18/04/2026

धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोक्टेनी निवासी मनका धनि श्रीमती प्रेम माया वाइबा ज्युले धाराधिरी (ब्रादी) मा निर्माणाधीन “ठिलदेन कमान गुम्बा” का लागि मातृ दिवसको पावन अवसरमा आफ्नी स्वर्गीय आमाको स्मृतिमा नगद रु. १०,०००/- (दस हजार) सहयोग प्रदान गर्नु भएको छ। आमाको पवित्र सम्झनामा गरिएको यो उदार सहयोगले उहाँको आमाप्रतिको गहिरो श्रद्धा, माया र सम्मान प्रकट गर्दछ। यस्ता पुण्य कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दछ। यस महान योगदानका लागि हामी हार्दिक कृतज्ञता व्यक्त गर्दै स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना गर्दछौं।
ओम् मणि पद्मे हुँ १०८ !!!

धादिङ्ग जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा न-४ भोक्टेनी निवासी हाल यु.के.मा रहनुभएकी समाजसेवी, धर्मप्रेमी तथा व्यवसायी चि...
03/02/2026

धादिङ्ग जिल्ला नेत्रावती डबजोङ गा.पा. वडा न-४ भोक्टेनी निवासी हाल यु.के.मा रहनुभएकी समाजसेवी, धर्मप्रेमी तथा व्यवसायी चिजावती तामाङज्यूकी माइली छोरीको परिवार
१. जग तामाङ,
२. कमला तामाङ,
३. जय तामाङ र
४. कोमल तामाङ
बाट धाराधिरी (ब्रादी) स्थित निर्माणाधीन " ठिलदेन कमान गुम्बा " का लागी नगद रु ५०००/- ( पाँच हजार रुपैयाँ ) सहयाेग प्रदान गर्नुभै हामी संग यस पुण्य संचयको कार्यमा जोडिनु भएको छ।
वहाँले असल उद्देश्यले गर्नुभएको यो साथ-सहयोग, कुशल दानपुण्यको प्रभावले वहाँको मनले चिताएको, ताकेको, आटेको, सोचेको सबै इच्छा आकांक्षाहरु पूरा हुँदै जाउन् । नबनेको अधुरा कामहरुले पुर्णता पाउन् । त्रिरत्न (कोन्ज्योसोम) को आशिषले वहाँको स-परिवारमा सधैं सुख शान्ति र खुसी छाईरहुन् यही शुभेक्क्षाका साथ यस पुण्य कार्यको लागी वहाँ प्रति गुम्बा व्यवस्थापन समिति र सम्पूर्ण गाँउवासीको तर्फबाट हृदय देखि हार्दिक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।
अन्तमा सम्पूर्ण गाँउवासी र विश्वभर छरीएर बस्नुभएका शान्ति प्रेमी माहानुभवहरूलाई पनि पुण्य कमाउन यसरीनै मुठी खोलि दान-सहयोग गर्न बिनम्र अनुरोध गर्दाछौं। " यदि हामीले दान-सहयोग गर्न हृदय खोलि दिन्छौं भने…त्यसको हजार
गुणा बढी खुशी हामीमा फर्केर आउनेछ " ओम माने पद्मे होम १०८ !!!

Address

Dhara Dhiri, Netrawati Dabjong/2
Dhading
45100

Telephone

+9779849469526

Website

Alerts

Be the first to know and let us send you an email when Thilden Kaman Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Thilden Kaman Gumba:

Shortcuts

Share