श्री शैल्य शिखर मालिकार्जन मन्दिर Shree Shailya Shikhar Malikarjun Temple

  • Home
  • Nepal
  • Darchula
  • श्री शैल्य शिखर मालिकार्जन मन्दिर Shree Shailya Shikhar Malikarjun Temple

श्री शैल्य शिखर मालिकार्जन मन्दिर  Shree Shailya Shikhar Malikarjun  Temple It's In STATE NO-7, DARCHULA, NEPAL

मालिकार्जुनको इतिहास सम्बन्धी केहि तथ्य

तप, त्याग, साधना र समाधी द्धारा आराध्यदेव शंकरलाई प्राप्त गर्छ, अद्वेत दृष्टिद्धारा ब्रह्मलाई साक्षात्कार गर्छ । सेवा भक्ति भावनाबाट प्रेरित भई सत्कर्ममा जीवन समर्पित गर्न आत्म देव र परात्मालाई बुझेर आत्म र देहलाई परात्मामा विलय गर्छ अर्थात आत्ममुक्तिको बाटो खोज्ने ज्ञानी, योगी, विद्धान र आविस्कारहरु जोसुकै भएपनि सवै पुजनीय हुन्छन्, सममाननीय छन् र सम्झनयोग्य छन् । मानव जगतको उत्पत्तीदेखि विभिन्न सिधुघाँटीको सभ्यता, आर्य भाषा, कला संस्कृतिले इतिहासमा आफ्नो स्थान सुरक्षित राखेको छ । पौराणिक एवं ऐतिहासिक सभ्यताबाट आजको आधुनिक समयको सभ्यतासम्म आइपुग्दाको विभिन्न कालखण्डहरुको गहिरो अध्ययन गर्ने हो भने, भाषा, धर्म, कला, संस्कृति, रितिरिवाज पम्रपराबाट कोही अछुतो भएको देखिदैन् । फरक यति मात्र हुन सक्छ, पौराणिक कालमा देखा परेको केही गलत संस्कार र कुरितिहरुलाई हटाउँदै समय सापेक्ष सुहाउदो ढंगले परिवर्तन, परिमार्जन र रुपान्तरण स्वभाविक विषय हो । परिमार्जन, परिवर्तन र रुपान्तरणको स्वभाविक प्रक्रियाबाट हेर्दा प्राचिनकालको आध्यत्मिक शक्ति र वर्तमानको आध्यात्मिक शक्तिबीच केहि भिन्नता निश्यच नै छ । तत्कालिन इतिहासको अध्ययनबाट दैवीय शक्ति प्राप्त गर्ने बाटो साधन, त्याग, तप र साधना फरक देखिन्छ भने वर्तमानमा दैवीय शक्ति प्राप्त गर्ने साधन स्रोतमा भिन्नता अवशय नै देखिन्छ । यति मात्रै होइन उति बेलाको दैवीय शक्ति र यति बेलाको दैवीय शक्तिमा समेत फरक महशुस हुन्छ । शक्ति प्राप्त गर्ने र शक्ति प्रदान गर्ने दुइटै पक्ष आ–आफ्नो योग, तप, त्याग र बलिदानीप्रति कमजोर हुन थालको परिणाम स्वरुप दुवै पक्षबीचको शक्ति पनि क्षणिक हुदै गयो । जसले आफ्नो त्याग, समर्पण र साधनालाई उचाईमा राख्दछ, तिनका मनोकामना, इच्छा र आकांक्षा पूर्ण हुँदै जीवन मुक्तिको मार्गतर्फ बढछन् । सनातन धर्मको मूल आशय पनि यहि नै हो ।

आत्मा, जीवन, जगत र ब्रह्माण्डका पालनकर्ता देवाधिदेव महादेवको गाथा कथा ऐतिहासिक धार्मिक ग्रन्थ शिव पुराणले प्रष्ट पारेको छ । त्यही अद्धैत शक्तिका धनी शिव भगवान्का १२ औँ ज्योर्ति लिंगहरुमध्ये द्धादश लिंगका रुपमा परिचित (शौराष्टे« सोमनाथच) श्री शैल्य मालिकार्जुन सबैका आस्था र भरोसाका प्रतिक मानिन्छन् ।
गंगोत्रि यमुना गयाँ पशुपति केदार रामेश्वर ।
काशी पुस्कर झै मड शिखरको यात्रा गरौँ आखिर ।।
मालिकार्जुन भक्ति काव्य खण्ड (काशीदत्त भट्ट शास्त्री) ज्युँको रचना साभार गरिएको छ ।

आस्था, विस्वास, त्याग, तप र साधनाबाट बुझ्न सकिने अनधिदेव शिव शंकरका लागि सबै प्राणी समान छन् । उनको दया, दृष्टि सबैमा एउटै हुन्छ । फरक यति मात्र हो कि महादेव श्री शैल्य मालिकार्जुनको पुँजा, आराधना र आस्था जुन प्राणिले जसरी गर्छन् र त्यसै अनुरुपको फल पाउछन् । जसले अन्तरआत्मादेखि शुद्ध र पवित्र तन, मनले आराध्यदेव श्री शैल्य मालिकार्जुनको तप, आराधना र पुजन गर्दछन् । त्यसले यो लोकमा मान्य मात्रै होइन परलोकमा समेत शक्ति र शुख पाउँछ । शुद्ध र पवित्र मनले श्री मालिकार्जुनको पुजन तथा आराधना गर्नाले यो जन्ममा मनले चिताएको फल त पाइन्छ नै धन, प्रेम, मान, सम्मान, रोजगार, समृद्धि र सुकर्म प्राप्त गर्दछ । फलको आशा राख्दै भाकल गर्ने, अर्पण गर्ने, सेवाभक्ति राख्ने गर्नाले शुभ शान्ति मिल्ने जनविश्वास र श्रुती रहिआएको पाइन्छ ।

गंगा चन्द्र सर्हस धारण गरी, कैलासमा बस्दछौ ।
जो छन भक्तहरु अखण्ड मनका महा मायागर्दछौ ।।
हे शैलेश प्रणमा गर्छु मडका कल्यान्तका मालिका ।
सानो यो महिमा भक्तीको, चरणमा लेखी चढाए अवा ।।

श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आउनु भएको हो भन्ने किंवदन्ती रहेको पाइन्छ । भारतमा भएको धार्मीक दंगाका बखत १६ औं सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरुमा विभाजन थियो । कर्णाली प्रदेस अन्तरगत डोटी राज्यमा मल्ल बंशका राजाहरु शासन गर्दथे । भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरु एक ठाउबवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए ।

हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरु आफ्नो इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ् । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादुन आदि ठाउँ पुगेका इतिहास छ । डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरुमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ । यता श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरु खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र ग्वानी गाविसको बिचमा पर्दछ ।

आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथिहरु प्रभुको ज्योर्तिलिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरुमा घुम्दै गए तर, कहि कतै पनि उनीहरुले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफु मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे । त्यसो भएको हुनाले मैले स्थायी रुपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पु¥याउने छ ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडी प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु¥याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरुलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ ।

गंगा गौ मुख हो मडै शिखरको यो मुक्तिको धामहो ।
पुर्णा पूर्ण अपुर्ण पूर्ण गरने मालिकार्जुन नाम हो ।।
धारा वग्न गए हिमाल शिखर बाटै तली झर्दछन ।
चढछन माथी यहाँ मडै शिखरमा यात्रीहरु पुग्दछन ।।

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरु भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ–गाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ जसको बयान गर्न हामीसंग प्रयाप्त शब्दहरु नै छैनन् । हामीसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तप र साधना छैन् । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजाँ अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ ।

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।
तोडछन बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन ।।
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।।

हिन्दु शास्त्र परम्पराअनुसार वैद्धिक मन्त्र र विधिका साथ पुजाँपाठ हुने यो ठाउँमा समस्त नरनारी मानवजगत शुदता वर्तेर शिखर स्वामीको दर्शन गदर्छन । श्री शैल्य शिखर मालिकार्जुन दर्शन यात्रा गर्न पालन गर्नुपर्ने सामान्य नितिनियम र परदेह सम्बन्धी जानकारी अघिल्लो अकंमा प्रकाशित भइसकेको छ ।
ऊँ भ्यंवकं यजामहे युगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव वन्धानात मृत्योमुक्षीय माम्रताता ।।
भावार्थ ः
हामी भगवान शकंरको पुजाँ गर्दछौ ।

श्री शैल्य मालिकार्जुनको उत्पत्ति, आगमन, स्थापन र महिमाबारे, अभयराज पाण्डेय, भिमनाथ निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा र सुरदास औजीदेखी हालसम्मको बंशावलीको बारेमा कसैलाई जानकारी छ भने थाहा भएका महानुभावहरुले तलको ठेगनामा आईपुग्ने गरी पठाएर सहयोग गरी दिनु हुन अनुरोध गरिन्छ । प्राप्त इतिहास र तथ्यहरुका आधारमा मालिकार्जुन र सहयोद्धाहरुको पुख्यौली इतिहास (वंशावली) प्रकाशन गरिदंै छ ।
ठेगाना ः मालिकार्जुन पर्यटन पुर्वाधार समिति मड, दार्चुला ।
सम्पर्क मो.नं.

29/07/2026

Celebrating my 13th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

ॐ नमः शिवाय
28/06/2026

ॐ नमः शिवाय

आस्थाकाे केन्द्र
28/06/2026

आस्थाकाे केन्द्र

सडक संजाल
26/06/2026

सडक संजाल

मन्दिरका नमुना
26/06/2026

मन्दिरका नमुना

25/06/2026
पहाडकाे सुन्दर दृश्य
21/06/2026

पहाडकाे सुन्दर दृश्य

Address

Darchula
10100

Telephone

+9779865654662

Website

Alerts

Be the first to know and let us send you an email when श्री शैल्य शिखर मालिकार्जन मन्दिर Shree Shailya Shikhar Malikarjun Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्री शैल्य शिखर मालिकार्जन मन्दिर Shree Shailya Shikhar Malikarjun Temple:

Shortcuts

Share