मालिकार्जुनको इतिहास सम्बन्धी केहि तथ्य
तप, त्याग, साधना र समाधी द्धारा आराध्यदेव शंकरलाई प्राप्त गर्छ, अद्वेत दृष्टिद्धारा ब्रह्मलाई साक्षात्कार गर्छ । सेवा भक्ति भावनाबाट प्रेरित भई सत्कर्ममा जीवन समर्पित गर्न आत्म देव र परात्मालाई बुझेर आत्म र देहलाई परात्मामा विलय गर्छ अर्थात आत्ममुक्तिको बाटो खोज्ने ज्ञानी, योगी, विद्धान र आविस्कारहरु जोसुकै भएपनि सवै पुजनीय हुन्छन्, सममाननीय छन् र सम्झनयोग्
य छन् । मानव जगतको उत्पत्तीदेखि विभिन्न सिधुघाँटीको सभ्यता, आर्य भाषा, कला संस्कृतिले इतिहासमा आफ्नो स्थान सुरक्षित राखेको छ । पौराणिक एवं ऐतिहासिक सभ्यताबाट आजको आधुनिक समयको सभ्यतासम्म आइपुग्दाको विभिन्न कालखण्डहरुको गहिरो अध्ययन गर्ने हो भने, भाषा, धर्म, कला, संस्कृति, रितिरिवाज पम्रपराबाट कोही अछुतो भएको देखिदैन् । फरक यति मात्र हुन सक्छ, पौराणिक कालमा देखा परेको केही गलत संस्कार र कुरितिहरुलाई हटाउँदै समय सापेक्ष सुहाउदो ढंगले परिवर्तन, परिमार्जन र रुपान्तरण स्वभाविक विषय हो । परिमार्जन, परिवर्तन र रुपान्तरणको स्वभाविक प्रक्रियाबाट हेर्दा प्राचिनकालको आध्यत्मिक शक्ति र वर्तमानको आध्यात्मिक शक्तिबीच केहि भिन्नता निश्यच नै छ । तत्कालिन इतिहासको अध्ययनबाट दैवीय शक्ति प्राप्त गर्ने बाटो साधन, त्याग, तप र साधना फरक देखिन्छ भने वर्तमानमा दैवीय शक्ति प्राप्त गर्ने साधन स्रोतमा भिन्नता अवशय नै देखिन्छ । यति मात्रै होइन उति बेलाको दैवीय शक्ति र यति बेलाको दैवीय शक्तिमा समेत फरक महशुस हुन्छ । शक्ति प्राप्त गर्ने र शक्ति प्रदान गर्ने दुइटै पक्ष आ–आफ्नो योग, तप, त्याग र बलिदानीप्रति कमजोर हुन थालको परिणाम स्वरुप दुवै पक्षबीचको शक्ति पनि क्षणिक हुदै गयो । जसले आफ्नो त्याग, समर्पण र साधनालाई उचाईमा राख्दछ, तिनका मनोकामना, इच्छा र आकांक्षा पूर्ण हुँदै जीवन मुक्तिको मार्गतर्फ बढछन् । सनातन धर्मको मूल आशय पनि यहि नै हो ।
आत्मा, जीवन, जगत र ब्रह्माण्डका पालनकर्ता देवाधिदेव महादेवको गाथा कथा ऐतिहासिक धार्मिक ग्रन्थ शिव पुराणले प्रष्ट पारेको छ । त्यही अद्धैत शक्तिका धनी शिव भगवान्का १२ औँ ज्योर्ति लिंगहरुमध्ये द्धादश लिंगका रुपमा परिचित (शौराष्टे« सोमनाथच) श्री शैल्य मालिकार्जुन सबैका आस्था र भरोसाका प्रतिक मानिन्छन् ।
गंगोत्रि यमुना गयाँ पशुपति केदार रामेश्वर ।
काशी पुस्कर झै मड शिखरको यात्रा गरौँ आखिर ।।
मालिकार्जुन भक्ति काव्य खण्ड (काशीदत्त भट्ट शास्त्री) ज्युँको रचना साभार गरिएको छ ।
आस्था, विस्वास, त्याग, तप र साधनाबाट बुझ्न सकिने अनधिदेव शिव शंकरका लागि सबै प्राणी समान छन् । उनको दया, दृष्टि सबैमा एउटै हुन्छ । फरक यति मात्र हो कि महादेव श्री शैल्य मालिकार्जुनको पुँजा, आराधना र आस्था जुन प्राणिले जसरी गर्छन् र त्यसै अनुरुपको फल पाउछन् । जसले अन्तरआत्मादेखि शुद्ध र पवित्र तन, मनले आराध्यदेव श्री शैल्य मालिकार्जुनको तप, आराधना र पुजन गर्दछन् । त्यसले यो लोकमा मान्य मात्रै होइन परलोकमा समेत शक्ति र शुख पाउँछ । शुद्ध र पवित्र मनले श्री मालिकार्जुनको पुजन तथा आराधना गर्नाले यो जन्ममा मनले चिताएको फल त पाइन्छ नै धन, प्रेम, मान, सम्मान, रोजगार, समृद्धि र सुकर्म प्राप्त गर्दछ । फलको आशा राख्दै भाकल गर्ने, अर्पण गर्ने, सेवाभक्ति राख्ने गर्नाले शुभ शान्ति मिल्ने जनविश्वास र श्रुती रहिआएको पाइन्छ ।
गंगा चन्द्र सर्हस धारण गरी, कैलासमा बस्दछौ ।
जो छन भक्तहरु अखण्ड मनका महा मायागर्दछौ ।।
हे शैलेश प्रणमा गर्छु मडका कल्यान्तका मालिका ।
सानो यो महिमा भक्तीको, चरणमा लेखी चढाए अवा ।।
श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आउनु भएको हो भन्ने किंवदन्ती रहेको पाइन्छ । भारतमा भएको धार्मीक दंगाका बखत १६ औं सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरुमा विभाजन थियो । कर्णाली प्रदेस अन्तरगत डोटी राज्यमा मल्ल बंशका राजाहरु शासन गर्दथे । भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरु एक ठाउबवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए ।
हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरु आफ्नो इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ् । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादुन आदि ठाउँ पुगेका इतिहास छ । डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरुमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ । यता श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरु खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र ग्वानी गाविसको बिचमा पर्दछ ।
आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथिहरु प्रभुको ज्योर्तिलिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरुमा घुम्दै गए तर, कहि कतै पनि उनीहरुले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफु मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे । त्यसो भएको हुनाले मैले स्थायी रुपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पु¥याउने छ ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडी प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु¥याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरुलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ ।
गंगा गौ मुख हो मडै शिखरको यो मुक्तिको धामहो ।
पुर्णा पूर्ण अपुर्ण पूर्ण गरने मालिकार्जुन नाम हो ।।
धारा वग्न गए हिमाल शिखर बाटै तली झर्दछन ।
चढछन माथी यहाँ मडै शिखरमा यात्रीहरु पुग्दछन ।।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरु भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ–गाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ जसको बयान गर्न हामीसंग प्रयाप्त शब्दहरु नै छैनन् । हामीसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तप र साधना छैन् । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजाँ अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ ।
विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।
तोडछन बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन ।।
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।।
हिन्दु शास्त्र परम्पराअनुसार वैद्धिक मन्त्र र विधिका साथ पुजाँपाठ हुने यो ठाउँमा समस्त नरनारी मानवजगत शुदता वर्तेर शिखर स्वामीको दर्शन गदर्छन । श्री शैल्य शिखर मालिकार्जुन दर्शन यात्रा गर्न पालन गर्नुपर्ने सामान्य नितिनियम र परदेह सम्बन्धी जानकारी अघिल्लो अकंमा प्रकाशित भइसकेको छ ।
ऊँ भ्यंवकं यजामहे युगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव वन्धानात मृत्योमुक्षीय माम्रताता ।।
भावार्थ ः
हामी भगवान शकंरको पुजाँ गर्दछौ ।
श्री शैल्य मालिकार्जुनको उत्पत्ति, आगमन, स्थापन र महिमाबारे, अभयराज पाण्डेय, भिमनाथ निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा र सुरदास औजीदेखी हालसम्मको बंशावलीको बारेमा कसैलाई जानकारी छ भने थाहा भएका महानुभावहरुले तलको ठेगनामा आईपुग्ने गरी पठाएर सहयोग गरी दिनु हुन अनुरोध गरिन्छ । प्राप्त इतिहास र तथ्यहरुका आधारमा मालिकार्जुन र सहयोद्धाहरुको पुख्यौली इतिहास (वंशावली) प्रकाशन गरिदंै छ ।
ठेगाना ः मालिकार्जुन पर्यटन पुर्वाधार समिति मड, दार्चुला ।
सम्पर्क मो.नं.