Ps. Shyam

Ps. Shyam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ps. Shyam, Church, Banglachuli 1 Dang, Dang.

I am A Servant Of Living GOD.म जिवित परमेश्वरको सेवक हु।
यूहन्ना १४:६. येशूले तिनलाई भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।"
हामि सबै पापि छौ,त्यसकारणहामिसबैलाईयेशू चाहिन्छकिनकियेशूलेहाम्रोनिम्ति रगतबगाउनुभयो।

17/04/2026

प्रभु धन्यवाद त्यो प्रेम को लागी ♥️✝️🛐। Ps. Shyam

  Milan Rokaya🎂🎉🎊👏 आज पर्न गएको जन्मदिनको अवसरमा सधै परमेश्वरको काम को निम्ति उत्साहित रहने, सबैलाई उत्साह दिने, सधै ओठम...
17/04/2026

Milan Rokaya🎂🎉🎊👏
आज पर्न गएको जन्मदिनको अवसरमा सधै परमेश्वरको काम को निम्ति उत्साहित रहने, सबैलाई उत्साह दिने, सधै ओठमा मुस्कान बोकि हिड्ने र हामिलाई परमेश्वरको राज्यमा हुर्कन साहायता गर्ने आदरणीय सर #पा_मिलन लाई जन्मदिनको धेरै शुभकामना। परमेश्वरले हजुरको जिबनमा प्रसस्तै आशिष दिनुभएको होस् 🤗✝️🛐।

 #जयमसी ♥️✝️शुक्रबार, १७ अप्रिल, बैशाख ४“हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्छौं ।” —१ युहन्ना ४ः...
17/04/2026

#जयमसी ♥️✝️
शुक्रबार, १७ अप्रिल, बैशाख ४
“हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्छौं ।” —१ युहन्ना ४ः१६
तपाईंप्रति परमेश्वरको प्रेमबारे विश्वस्त हुनुहोस्
तपाईं असफल हुनुभए तापनि तपाईंप्रति परमेश्वरको प्रेम असफल हुँदैन । अनि तपाईंले प्राप्त गर्नुभएको उहाँले चाहनुभएको छ, पूर्ण रूपमा त्यसको उपभोग गर्नको लागि तपाईंले यो कुरा विश्वास गर्नुपर्छ । नरकका शक्तिहरू तपाईंको विरुद्धमा हुँदा परमेश्वरको प्रेमको ज्ञानले तपाईंलाई विजयसम्म पु¥याउने छ । परमेश्वरको प्रेमको ज्ञानले तपाईंलाई जीवनको आँधीबेहरीहरू पार गर्दै शान्तिको ठाउँमा पु¥याउने छ । परमेश्वरको प्रेम तपाईंले राम्ररी कार्यसम्पादन गर्नुभएका दिनहरूमा मात्र सीमित छैन । तपाईं असफल हुँदा पनि उहाँले तपाईंलाई त्यति नै प्रेम गर्नुहुन्छ । तपाईं उहाँको प्रेममा विश्वस्त हुनुपर्छ, विशेषगरी जब तपाईंमाथि परीक्षाहरू आइपर्छन् र शैतानले तपाईंलाई आरोप लगाउँछ र यसो भन्छ, “अँ, तैँले पक्कै केही गल्ती गरेको हुनुपर्छ ।” परमेश्वरको प्रेम योग्यता प्रणाली अनुसार बाँडिने होइन । तपाईंले उहाँको प्रेमको योग्य बन्न केही पनि गर्नुभएको थिएनý त्यसैले तपाईं यसलाई गुमाउन पनि केही गर्न सक्नुहुन्न । युहन्नाले लेखेका छन् ः “यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्छौं । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्‍यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ । न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौँ भनेर प्रेम यसैमा हामीमा सिद्ध (परिपक्व) भएको हुन्छ । किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौँ । (हामीले ख्रीष्टको धार्मिकता पहिरिएका छौँ ।) प्रेममा डर हुँदैन तर (परमेश्वरको) सिद्ध प्रेमले डरलाई हटाउँछ । किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन” (१ युहन्ना ४ः१६–१८) ।
त्यसैकारण जस्तोसुकै परिस्थितिमा पनि तपाईंप्रति परमेश्वरको प्रेममा विश्वस्त हुनुहोस् । #आमेन
आत्मिक भोजनः प्रेरित ६–७ मत्ती २ः१९–२३ भजन १३० हितोपदेश १०ः२४–२६

16/04/2026

कमल Sargam Sangit दाईको यो मिठो बासुरीको धुनले के भन्दैछ ...... । ❤️✝️😇🙌।

  भाउजु 😇❤️🎂🎉🎊👏आज पर्न गएको जन्मदिनको अवसरमा आदरणीय भाउजुलाई जन्मदिनको धेरै शुभकामना 🎂🎉👏।परमेश्वरले हजुरको जिबनमा परिवार...
16/04/2026

भाउजु 😇❤️🎂🎉🎊👏
आज पर्न गएको जन्मदिनको अवसरमा आदरणीय भाउजुलाई जन्मदिनको धेरै शुभकामना 🎂🎉👏।
परमेश्वरले हजुरको जिबनमा परिवारमा साहायता सुरक्षा गर्नुभएको होस ❤️।

 #जयमसी♥️✝️🙏बिहीबार, १६ अप्रिल, बैशाख ३“तिमीहरूले सत्यता के हो जान्नेछौ र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउने छ ।” —...
16/04/2026

#जयमसी♥️✝️🙏
बिहीबार, १६ अप्रिल, बैशाख ३
“तिमीहरूले सत्यता के हो जान्नेछौ र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउने छ ।” —युहन्ना ८ः३२
सेभ बटन थिच्नुहोस् ।
यदि तपाईं कम्प्युटर प्रयोग गर्नुहुन्छ भने, सेभ बटन के हो तपाईंलाई थाहा छ । टाइप गरिएको लेखोट सुरक्षित गर्न तपाईंले त्यो सेभ बटन थिच्नुहुन्छ । तब स्क्रिनमा भएका शब्दहरू मेसिनको केन्द्रीय भागमा पुग्छन् । जबसम्म शब्दहरू स्क्रिनमा मात्रै सीमित हुन्छन्, तिनीहरू चञ्चल कर्सरको चालसँगै मेटिन वा यताउता पारिने जोखिममा हुन्छन् । टाइप गरिएको सामग्री नष्ट गर्नसक्ने भएकाले त्यसको नाम कर्सर (श्राप ल्याउने) रहन गएको पो हो कि ? त्यो सानो उपकरणले हाम्रो कठोर परिश्रमलाई मासिदिन्छ । तर टाइप गरेको सामग्रीलाई सेभ गर्यौं भने त्यो सुरक्षित रहन्छ । प्रश्न यहाँ छ ः के तपाईं धर्मशास्त्रमा सेभ बटन थिच्दै हुनुहुन्छ ? जब तपाईंले योजनाबद्ध रूपमा आपूmले पढेको वा सुनेको कुरालाई आÇनो अंश बन्न अनुमति दिनुहुन्छ तब तपाईंले सत्यता सेभ गर्नुहुन्छ । येशूले भन्नुभयो, “तिमीहरूले सत्यता के हो जान्ने छौ र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउने छ ।” जब तपाईंले सत्यता जान्नुहुन्छ (सेभ गर्नुहुन्छ), सत्यताले तपाईंलाई दोषको भावना, डर, घमण्ड, क्रोध, आदिबाट मुक्त गर्दछ । यसरी सेभ गरिएको सत्यताले तपाईंको ह्दयलाई आकार दिने, पुनर्संरचना गर्ने काम गर्छ । जब तपाईं धर्मशास्त्रको सत्यतालाई आÇनो जीवनमाथि अख्तियार बन्न दिनुहुन्छ तब मात्र तपाईंले यसले काम गर्छ भन्ने कुरा प्रमाणित गर्नुहुने छ । तपाईंले यो कसरी गर्नुहुन्छ ? यस्तो प्रार्थनाबाट सुरु गर्नुहोस्स् “हे परमेश्वर, जब म तपाईंको वचन पढ्छु, कृपया आज मेरो ह्दयसँग कुरा गर्नुहोस् ।” त्यसपछि खुला ह्दयले, सन्देश नबुझेसम्म पढ्नुहोस्, अनि तपाईंले ठुलो इनाम पाउनुहुने छ। यदि उनले यसो गरे भने, उह ाँले उनको बाटो “सफल” बनाउनुहुने छ भनेर परमेश्वरले यहोसुलाई भन्नुभयो (यहोसु १ः८ हेर्नुहोस्) । समृद्धिको प्रतिज्ञामा आर्थिक कुराहरू समावेश छन् तर यसले सम्पन्न आत्मा, मन र शरीरलाई पनि जनाउँछ । परमेश्वरले अगुवालाई नयाँ सिपसाथ, कामदारलाई राम्रो निद्रासाथ, शिक्षकलाई थप धैर्यसाथ, आमालाई गहिरो स्नेहसाथ अनि वृद्ध व्यक्तिलाई अझै महान् आशासाथ समृद्ध बनाउनुहुन्छ ।
त्यसैले आज सेभ बटन थिच्नुहोस् ¤
आत्मिक भोजनः प्रेरित ३ः११–५ः४२ मत्ती २ः१३–१८ भजन ७५ हितोपदेश १०ः२२–२३। ♥️✝️🛐

नयाँ वर्षको पहिलो दिन  #यात्रा मा नै बिताईयो, जे होस पहिलो पटक दाउन्नेको बाटोमा जाम मा परियन । प्रभु धन्यवाद ❤️✝️🛐 ।
15/04/2026

नयाँ वर्षको पहिलो दिन #यात्रा मा नै बिताईयो, जे होस पहिलो पटक दाउन्नेको बाटोमा जाम मा परियन । प्रभु धन्यवाद ❤️✝️🛐 ।

15/04/2026

उकाली ओराली ढाइयो येशू पाइयो अबत के चाईयो ❤️✝️♥️। Ps. Shyam

  Da Raj Mogar 🥳🎂🎊🎉👏हाम्रो घरको जेठो सुपुत्र भई जन्मेको मेरो प्यारो दाइ  #खगराज लाई आज पर्न गएको जन्मदिनको धेरै शुभकामना...
14/04/2026

Da Raj Mogar 🥳🎂🎊🎉👏
हाम्रो घरको जेठो सुपुत्र भई जन्मेको मेरो प्यारो दाइ #खगराज लाई आज पर्न गएको जन्मदिनको धेरै शुभकामना छ। 😇♥️
परमेश्वरले हजुरको जिबनमा प्रसस्तै आशिष दिनुभएको होस्, साहायता सुरक्षा गर्नुभएको होस ❤️✝️🛐।

🖐️  🎊🎉🙌  #गर्नुपरेता_पनी_जतिसुकै_दुख_कष्ट_र_पिडाको_सामना_सससधै_स्थिर_र_आनन्द_रहनुहोस्_यही_छ_मेरो ❤️✝️ ्ष_२०८३_को_हजुरहरू...
13/04/2026

🖐️ 🎊🎉🙌 #गर्नुपरेता_पनी_जतिसुकै_दुख_कष्ट_र_पिडाको_सामना_सससधै_स्थिर_र_आनन्द_रहनुहोस्_यही_छ_मेरो ❤️✝️
्ष_२०८३_को_हजुरहरू_सबैलाई_धेरै_शुभकामना 🎊
🤗परमेश्वरले हजुरहरु सबैलाई यो वर्ष धेरै आशिष दिनुभएको होस्, राम्रो रहोस आनन्द रहोस् ❤️✝️❤️😇
✝️ मंगलबार, १४ अप्रिल, बैशाख १
“किनकि जसका ह्दय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ ।” —२ इतिहास १६ः९
जिम्मेवारी र “प्रतिक्रिया दिने क्षमता”
परमेश्वरले कहिल्यै पनि कुनै व्यक्तिलाई प्रतिक्रिया दिने क्षमता नदिई उसलाई कुनै जिम्मेवारी दिनुहुन्न । त्यसैले आज तपाईं ऐनामा हेरेर आत्मविश्वासका साथ भन्न सक्नुहुन्छ, “परमेश्वर, तपाईंले मलाई यो जिम्मेवारी र त्यसप्रति प्रतिक्रिया दिने क्षमता दिनुभएको छ ।” बाइबलमा, जब परमेश्वरले साधारण मानिसहरूलाई महान् कामहरू गर्न बोलाउनुभयो, सामान्यतया तिनीहरूले आफुलाई अयोग्य भएको भावनाका साथ प्रतिक्रिया जनाउँथे । जब परमेश्वरले मोसालाई इस्राएलीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाल्न आदेश दिनुभयोः ‘मोसाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु”’ (प्रस्थान ४ः१०) । तर परमेश्वरले उनको त्यो बहाना सुन्नुभएन, अनि उहाँले मोसालाई भन्नुभयो, “अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के–के बोल्नुपर्ने हो सो सिकाउने छु” (प्रस्थान ४ः१२) । जब परमेश्वरले गिदोनलाई मिद्यानका शक्तिशाली सेनाहरू विरुद्ध इस्राएलीहरूलाई विजयतर्फ डो¥याउन भन्नुभयो, हामी यस्तो लेखिएको पाउँछौँ ः “‘हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु ? मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त मनस्सेमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु ।” परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्” (न्यायकर्ता ६ः१५–१६) । गिदोनले १,३५,००० सिपाही भएको सेनालाई केवल ३०० जना सिपाहीसाथ जिते, साथमा परमेश्वर पनि । त्यो ४५० जनाको विरुद्धमा १ जनाको अनुपात हो ¤ त्यसैले अब शैतानले तपाईं अयोग्य हुनुहुन्छ भनी तपाईंलाई सम्झना गरायो भने, यसो भन्नुहोस् ः “तैँले ठिक भनिस् ¤ तर म त्यस्ता परमेश्वरसँग जोडिएको छु जो सर्वशक्तिमान, सर्वज्ञ र सधैँ उपस्थित हुनुहुन्छ । उहाँद्वारा म सबै कुरा गर्न सक्छु ¤” ( फिलिप्पी ४ः१३ हेर्नुहोस्) ।
यसकारण सबै परिस्थितिको सामना गर्न सक्षम बन्नका लागि परमेश्वरमा भर पर्नु बुद्धिमानी हुने छ। #आमेन

आत्मिक भोजनः योएल १–३ मत्ती १ः१८–२५ भजन ४३ हितोपदेश १०ः१७–१८ ❤️✝️🛐
परमप्रभु मेरो जिम्मेवारी र कर्तव्य म पुरा गर्ने छु मलाई सधै सक्ति उ बल दिनुहोस , मेरो बल र सक्ति ले होइन तर तपाइको आत्माले ❤️✝️🛐

 #जति_समय_बित्दै_छ_त्यती_तपाइको_राज्य_नजिक_छ२०८२ पनि सकियो 😇।८२ को अन्तिम फोटो ✋❤️भजनसंग्रह ७१ ५. किनकि हे परमप्रभु परमे...
13/04/2026

#जति_समय_बित्दै_छ_त्यती_तपाइको_राज्य_नजिक_छ
२०८२ पनि सकियो 😇।८२ को अन्तिम फोटो ✋❤️
भजनसंग्रह ७१
५. किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा।
६. जन्मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्ने तपाईं हुनुहुन्छ, निरन्तर म तपाईंकै प्रशंसा गरिरहनेछु। ♥️✝️🛐।
👉प्रभु धन्यवाद यो २०८२ वर्ष धेरै आशिषमय रह्यो, तपाईंको कृपा अनुग्रह हरेक समय म र मेरो परिवार र मेरो मण्डली परिवार माथी रह्यो, २०८२ मा मैले गर्न नसकेका कुराहरु ८३ मा पुरा गर्न सकु, म माथि सधै दया गर्नुहोस् ❤️ ✝️ 🛐। #आमेन
😇२०८२ मा सायद कसैको मन दुखाई दिएको हुन सक्छु छेमा गर्नु है ❤️।

13/04/2026

मगर सांस्कृतिक ड्रेसमा हाम्रो नेपाली ईसाई नानिहरु यसरी नाचेर परमेश्वरको महिमा गर्दै।♥️✝️🛐🙌👏।
पुनरुत्थान महोत्सव २०८२।
Ps. Shyam

Address

Banglachuli 1 Dang
Dang
22400

Alerts

Be the first to know and let us send you an email when Ps. Shyam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Ps. Shyam:

Share

Category