कैनी समाज

  • Home
  • कैनी समाज

कैनी समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कैनी समाज, Hindu temple, .

डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ भदौ २० गते, दलित पूजारी हुने डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–०२ रुपालमा त...
01/09/2025

डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ भदौ २० गते, दलित पूजारी हुने

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–०२ रुपालमा तीन वर्षपछि ‘जोगेनी जाँत’ हुँदै छ। प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा हुने गर्दछ। यसवर्षको जोगेनी जात्रा यही भदौ २० गते हुने वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिनुभयो।

उनका अनुसार यो जाँत परापूर्वकालदेखि नै मनाइँदै आइएको हो। उक्त मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजन आउने गर्दछन्। गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीनरचार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्।

जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्। अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका या रजस्वला भएका महिलाहरू पनि यो जात्रामा जान पाउँछन्।

यो दिन सबै स्थानीयहरू जोगेनी डाँडा जात्रा हुने स्थान ठाँउमा बिहानैदेखि जात्रा हेर्न जाने गर्दछन् भने चौलो खेल्नेहरूलाई जब देवताले अनुमति दिन्छन् त्यसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरू पनि खुसीका साथ जोगेनी डाँडा जात्रा हुने स्थान तर्फ जान्छन्। सबै जात्रा हेर्न जाने हुनाले त्यस दिन गाउँ नै खाली हुने गर्दछ। त्यस दिन गाउँमा विभिन्न जंगली जनावर र भूतप्रेत आउँछन् भन्ने जनविश्वास रही आएको छ।

जात्राको इतिहास
यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको भनाइ छ। त्यतिबेला साबिकको रुपाल गाविसको माहाकाली नदीनजिकै जाख भन्ने गाउँ थियो। त्यस गाउँमा ‘सुनी’ जातिको बसोबास थियो। उनीहरू महाकाली नदीमा माछा मार्ने गर्दथे। एक दिन त्यस गाउँका काका भतिज नाता पर्ने दुईजना माछा मार्न जाल लगेर महाकाली गएछन्।

एकदिन जालभित्र परेको मान्छेकै अनुहारको माछा पर्छ। त्यो जालसहितको माछालाई घिसार्दै तान्दै घरमा लगे। घर पुगेपछि त्यस माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाइ कुरा गर्न थाले। कोही गाँउले यसलाई काटेर खाऊँ भन्न थाले भने कोही गाँउले यसलाई अजयमेरु दरबार लैजाऔ भन्न थालेछन्।

त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो। गाउँमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानुपर्ने चलन थियो। त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे।

राति नै लैजानुपर्ने भएकाले गाँउलेहरू सबै मिली त्यो जालसहित नै बोकेर हिँड्न थाले। जाँदै गर्दा एउटा जालबाट निक्लेर भाग्छ। रात भरि हिँड्दा हिँड्दै बयलबाट भन्ने ठाउँमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भाग्छ।

त्यहाँबाट जाँदै गर्दा एउटा डाँडामा पुगेपछि थकान मेट्न एकछिन् बस्न थाले र जाल पनि छेउमै राखे। केही छिनपछि उज्यालो भयो। तिनीहरू हिँडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ त जालभित्र ढुङ्गा थिए। त्यो देखेर र सबै जना आत्तिएछन् त्यसै बेला आकाश गर्जिएछ र पानी परेछ। ती सुनीहरू डराउँछन्। यो के भयोरु कसरी भयोरु भनेर र सबै घर भाग्न थालेछन्।

यता पूरै रुपालमा अनर्थ र अशान्ति भएछ। कोही काम्न त कोही पागल भए रे। यस्तो अनर्थ देखेर गाउँका सबै मिली धामीझाँक्री बोलाएर पञ्चनी गरेछन्। पञ्चनीमा आएका सुनीहरू त्यो घटना बताएछन्। तर पनि कसैले पनि शान्त गर्न सकेनन्।

पछि त्यहीँ रुपाल कोटेउडाको कर्लै देबताले शान्त पार्‍यो। भनिन्छ, कर्लै देवतामा जोतिषि ज्ञान पनि भएकाले सान्त पार्न सकेका हुन्। कर्लै देवताले ती ढुंगामा ‘जोगेनी माता’ र वीर भूत भएकाले तिनीहरूको राम्रो योगले पूजा गरेपछि शान्त हुने र यो पूजा प्रत्येक तीन वर्षमा गर्नुपर्ने हो भने पछि यहाँ जाँत सुरु भएको स्थानीय बताउँछन्।

पूजामा दुई खुट्टे र चार खुट्टेको बली दिइन्छ। त्यो बेला कर्लै देवताले ‘जोगेनी माता’ र वीरहरूलाई शान्त पार्नको लागि भएको पञ्चमीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरी पूजा खाने भनेकाले त्यहाँ पूजाआजाका साथै बलि चढाइन्छ।

पूजाआजा गर्ने दलित समुदाय
सबै गाउँलेहरू र कर्लै देवताको धामी जात्रा कुन दिन गर्ने भनेर बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला हुने गर्दछन्। स्थानीयकाअनुसार जात्राको दिन र नौर्ता बस्ने व्यक्ति तोकिन्छ। उक्त जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ।

जात्राको दिन तोकिएपछि गाँउबाट सार्की थरका र तिरुवा थरकाले पोखलो पूजा गर्न चाहिने अन्न र अरु सामान उठाउने काम गर्छन्। जात्रा सुरु हुने केहि दिन अगाडि भागेका वीरहरूको पूजाआजा गरिन्छ। जसलाई गाउँलेहरू ‘भैरव’ बाद्नु भन्छन्। जात्रा हुने एकदिन अगाडि गौरा बिसर्जन गरिन्छ। त्यसै दिन साँझ कोटेउडाको देवथलीमा ‘चौलो’ खेलिन्छ।

मेलामा ‘चौलो’को रौनकता
योजात्राको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन्। मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पड चौलोसँग मिसिन्छन्। पड र कोटेउडाको चौलो, पड चौलोको देवथली गोल्देउखलामा केहीबेर चौलो खेल्छन्।

त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थल मा पुग्छ। सबैभन्दा पहिले डमरु बजाइ सार्की, तिरुवा र सुनीहरू कुण्डमा पस्छन्। त्यसपछि कुण्डमा चौलो पस्छ। ५–५ फन्का घुमेपछि त्यो चौलो पडकोटेउडा नौतडीको चौलोलाई पर्छ्याउन जान्छ। पर्छ्याएपछि फेरि चौलो कुण्डमै प्रवेश गर्छ र चौलो खेल्छ। केही समय चौलो खेलेपछि त्यो चौलो पडकोटेउडा नौतडी बिस्तडीको चौलो पर्‍याउन जान्छ।

चारवटै चौलो मिसिएपछि कुण्डमा चौलो खेल्छन्। कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पुरै चौलो बाहिर जान्छ। खेल्दा खेल्दै तल्ली रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो पडकोटेउडा नौतडी बिस्तडी पर्छ्याउन जान्छ। तल्ली रुपालको चौलो र पर्छ्याउन गएको चौलोको मिसिने ठाँउ भिरालो भएकाले धेरै मानिसहरू चिप्लिन्छन् पनि।

पाँचवटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्नसम्म ठाउँ हुँदैन। त्यसमा पनि अधिकांश चौलो खेल्नेहरूसंग तरबार, खुकुरी, सिस्नुको हाङ्गा, काँडा भएको लौरि र नेजाध्वजा हुन्छन्। कुण्डमा खेलिरहेको चौलोको आवाज, सिट्टि बजाएको आबाज र दमाहा दाइनको आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ।

हात हतियारसहित चौलो खेल्ने भएकाले चोटपटक पनि लाग्ने गर्दछ। चौलो खेल्दाखेल्दै लागेको चोटपटकलाई जोगेनी माताको आशीर्वाद हो भन्ने जनविश्वास पनि रही आएको छ।

खेल्ने क्रममा कर्लै देवताको धामीलाई तिरुवाहरूले काँधमा राखीभित्र बाहिर घुमाउँछन्। घुमाउने बेलामा धामीले बाख्रालाई मुखले च्यापेको हुन्छ। त्यसपछि पूजा विधि सुरु हुन्छ भने चौलो बाहिर जान्छ। उता सार्की र तिरुवाका महिलाहरू एकपल्टे रोटी पकाउँछन्।

पूजाआजा
कुण्ड खाली भएपछि मसानको माटोले रेखा हालिन्छ र सालका पातला बिछाएर चामल अनि कालो मसि छरिन्छ। त्यसपछि कुखुराको टाउको काटेर उडाइन्छ भने बाख्राको बली कुण्डको बीचमा तीन सय चौसठ्ठी ढुङ्गामा तीन सय चौसठ्ठी वीरहरूको माथि राखेर दिइन्छ।

र बाख्राको सबै खुन ९रगत० तीन सय चौसठ्ठी ढुङ्गामा ९तीन सय चौसठ्ठी वीरहरूको माथि० छरिन्छ। त्यसपछि एकपल्टे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ। भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातीका मान्छेहरू आउन दिँदैनन्। सुनीहरू चौलोभित्र न आओस् भनि सिस्नु, लौरि, तरवार, खुकुरी र घङारुको हाँगाले प्रतिकार गर्छन्।

बली दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीन सय चौसठ्ठी ढुङ्गालाई (तीन सय चौसठ्ठी बिरहरूलाई) दिइन्छ। अनि पूजाविधि सकिन्छ र कुण्डमा भएका रोटी उठाउँछन्। त्यसै बेला बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन्। बिहानदेखि साझसम्म निरन्तर खेलिरहेका चौलोले दिनभर त्यहाँ को वातावरण गुञ्जयमान बनाइरहेको हुछ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।

दिनभरी खेल्दाखेल्दै यस जात्राको रमझममा यताउता घुम्न अतिनै मनमोहक लाग्छ। दिनमा पुरुषहरूको चौलो हुन्छ भने महिला डेउडा खेल्छन्। यो जात्रा विशेष गरि भाद्र महिनामा हुन्छ। दिनभर रमाइलो गरेर जात्रा सम्पन्न हुन्छ। अँध्यारो भएपछि वीरहरू चौलो खेल्ने भएकाले सबैजना आ–आफ्नो घर फर्कन्छन्।

31/08/2025

गाउँ खाने कथा
"एक खुट्टो आइन्थें, एक खुट्टो तैथें, मुँडो छनै थांइ पुछडी नाइथेंइ" के हो ?

30/08/2025

सुदूरपश्चिम को महान चाड गौरा पर्वको सम्पुर्णमा शुभकामना 🙏
भोली मिति २०८२/०५/१५ देखि डडेल्धुरा बजारमा गौरा पर्व सुरु हुन गईरहेको छ सम्पूर्ण लाई गौरा पर्वमा कैनी समाज द्वारा स्वागत गर्दछौँ |

Address


10300

Website

Alerts

Be the first to know and let us send you an email when कैनी समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your place of worship to be the top-listed Place Of Worship?

Share