Tashi Chhyophelling Bouddha Gumba-Jitu Gumba

Tashi Chhyophelling Bouddha Gumba-Jitu Gumba Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tashi Chhyophelling Bouddha Gumba-Jitu Gumba, Convent and monastery, ramnagar 10, Butwal.

30/04/2026

भोलि २०८३ बैशाख १८ गते २५७०औ बुद्ध जयन्ती को सुम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना तथा गुम्बा मा हार्दिक निमन्त्रणा गर्द छु!

२५७०औ बुद्ध जयन्ती को बारेमा lumbini world school को बाबु नानी हरु लाई केहि धर्म देशना दिएको दृश्य हरु 🙏🙏
30/04/2026

२५७०औ बुद्ध जयन्ती को बारेमा lumbini world school को बाबु नानी हरु लाई केहि धर्म देशना दिएको दृश्य हरु 🙏🙏

27/12/2025

नमो बुद्धाय । नमो धर्माय। नमी संघाय !!

टाशी छ्योफेल लिङ्ग बौद्ध गुम्बा (जितु गुम्बा)

अग्नी तत्व पुरुष 'त' ल्हो (घोडा वर्ग) ल्होछार २०८२/०९/१५ को पावन अवसरमा सुख, शान्ति समृद्धि र सु स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना!

हामी तमु जातिको महान् पर्व तमू ल्होछार पौष १५ गतेको आफ्‌नै धार्मिक तथा ऐतिहासिक महत्व र महिमा छ। व्होछार पर्वको दिन एक वर्गको समापन तथा अर्को वर्गको स्वागतको लागि संगमको रुपमा लिई हर्षोल्लासमय वातावरणमा चाड मनाईन्छ। यस वर्ष सप्री ल्हो (सर्प वर्म को भोग गर्ने अवधि समाप्त भई त ल्हो (घोड़ा वर्ग)को उदय हुनेछ ।

१.स्व ग्रह त ल्हो (घोडा वर्ग)

यस वर्गका सबै स्त्री-पुरुष, बाल-वृद्धा त त्हो घोडा वर्ग मानिसहरूलाई रङकेंग (स्वःग्रह) चलेको छ। तसर्थ घोडा वर्गहरु विरामी भेट्न, विरामीको स्वाहार गर्न र घर निर्माण कार्य थाल्नु आदि स्वास्थ्य धन र प्राण समेत हानी हुन सक्नेछ। यस वर्ष सबै घोड़ा वर्गका व्यक्ति अचानक आकस्मिक रुपमा दुघर्टनामा पर्ने सम्भावना हुन्छ भने विवाद् आरोपहरू लाग्न सक्ने, धन खति हुने, दुःख पिडा र शोकले सत्ताउने सम्भावना देखिन्छ। शोक र चिन्ता मनमा नलिई तन, मनको साथ पुण्य कार्यमा समय लगाउनाले राम्रो हुनेछ। रङकैग वर्गमा परेकाहरुले आयु पूजा, आयु अभिषेक, सह पुजा, धोक्या, हेचर तुक्कर त्रिठि, तोगशुङ र केन्दोग आदिको पाठ गरार्ड ग्रह शान्ति गर्नुपर्दछ ।

२.सप्तकोणी ग्रह च्यु ल्हो (मुसा वर्ग)

मुसा वर्गका स्त्री-पुरुष, बाल-वृद्धा सबै च्यू ल्हो (मुसा वर्ग का व्यक्तिलाई धुन्सुर (सप्तकोणी) ग्रह चलेको छ। यस ग्रहको प्रकोपमा परेको व्यक्ति कै-झगडा वा पारिवारिक र स्त्री विवाद‌मा फस्ने, मनको सन्तुलन गुमाउने, चिताएको काम पूरा नहुने र थप जिम्मेवारीहरु आउने देखिन्त। अनावश्यक व्यक्तिहरुसँग संगत गर्दा, विदेश यात्रा गर्दा, स्वास्थ्य, धन र प्रतिष्ठामा हानी हुन सक्ने भएकाले सतर्क रहन सकेमा राम्रो हुनेछ। यस दशाको प्रभावलाई शान्ति गर्न छुसुम, तोन्छेन, पुंगेन, लोङगेन, डाल्हा, ग्याल्छेन चेमो, तोकशुङ वाचन तथा नाग पूजा आदि गराउनु भए राम्रो हुनेछ भने मार्मे-द्विप डेङाको दिशातर्फ चढाड यात्रा गर्नुभएमा राम्रो हुनेछ ।

३.त्रि अनुकूल ग्रह. तो ल्हो (बाघ वर्ग) खी ल्हो (कुकुर वर्ग)

यस वर्गका सबै बाल-वृद्धा, स्त्री-पुरुष थुनसुम (त्रि अनुकूल) ग्रहद्वारा यस वर्षभरि प्रवाहित हुनेछ। यस वर्षमा लडाई झगडा, विवाद आदि गर्न र मलामी जान अत्यन्त हानिकारक हुन सक्छ। थुनसुमको दोषबाट ग्रसित मानिसहरुको मन अशान्त, अस्वस्थ हुनुको साथै पढाईमा पनि बाधा हुने सम्भावना देखिन्छ । लामो यात्रा गर्न र बसाई सर्ने पनि हानिकारक हुन सक्नेछ। ग्यापब्शी, ह्रीनेन, याङगुग, फोल्हा-डाल्हाको पूजा गरेर ग्रह शान्ति गर्नु भएमा राम्रो हुनेछ ।

४.चतुघर्ती ग्रह हिय ल्हो (बिरालो वर्ग) र च्यह ल्हो (चरा वर्ग)

यस वर्ष विरालो र चरा वर्गका सबै मानिसलाई शिस्हे (चतुघर्ती) ग्रहले ग्रसित पार्नेछ। शिस्ह्द्वारा ग्रसित मानिसहरूले प्रायः मित्रता गाँस्न, विदेश जान, व्यापारको शुरुवात गर्न, बसाई सर्न, जग्गाको कारोवार आदि गर्न हानिकारक हुन सक्छ। उक्त ग्रह शान्ति गर्न र कार्य सफल गर्न ञिठि, सोग्लु, मेन्ध, धोमाड, भार्छे लम्सेल, सम्पा न्हुन्डुब, ग्येतोङ्पा वाचन एवं साङ्ग्ये मेन्लाको जप-साधान गराउनु भएमा ग्रह दशा शान्ति हुनेछ ।

५.गिद्ध र बाँदर वर्ग- (सगुण वर्ग)

यस वर्ष गिद्ध र बाँदर वर्गले शुभ मणि-लक्षण बोकेर आऊने हुँदा-विवाह गर्ने, छेवारमा कपाल काट्ने, भात खुलाई गर्ने, शुभ साईतमा अगाडि शुभकार्यमा अगाडि बढाउने, घरको जग हाल्ने, खेतमा बीउ राख्ने जस्ता शुभकार्यहरू गर्दा, यी दुई वर्गको व्यक्तिहरूबाट सुरूवात गराऊदा शुभ हुनेछ।

माथि उल्लेख गरिएका वर्गहरू बाहेक, जस्तै सर्प,गाई,मृग र भेडा वर्गको व्यक्तिहरू मध्यम फल रहनेछ। उक्त विषय अझै विस्तृत जानकारी र सल्लाह सुझाउ आवश्यक परेमा नजिकको धर्मगुरू लामाहरू सँग सम्पर्क राख्नुहोला।

तर कर्म जति सत्य र शक्तिशाली अन्य छैन।
भवतु सर्वमंगलम्।

टाशी छ्योफेल लिङ्ग बौद्ध गुम्बा (जितु गुम्बा) बुटवल-१०, रामनगर

नमो : बुद्धाय ! नमो धर्माय ! नमो : संघाय !!!तमु सप्री-ल्हो ल्होछारको मंगलमय शुभ-कामना!टाशी छ्योफेल लिङ्ग बौद्ध गुम्बा (ज...
26/12/2025

नमो : बुद्धाय ! नमो धर्माय ! नमो : संघाय !!!
तमु सप्री-ल्हो ल्होछारको मंगलमय शुभ-कामना!
टाशी छ्योफेल लिङ्ग बौद्ध गुम्बा (जितु गुम्बा) बुटवल-१०, रामनगर रुपन्देही

तमुहरुको महान् पर्व अग्नी तत्व पुरुष 'त' ल्हो (घोडा वर्ग) ल्होछार को पावन अवसरमा देश-विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली एवंम् तमु बुबा-आमा, दाजुभाई तथा दिदि-बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछौ! साथै आउँदै गरिएको 'त' ल्हो (घोडा वर्ग) मा सबै परी आएको शुभ अशुभ बर्गहरु को लागि यही पुस १४ गते दिउँसो को ३ बजे ग्रह शान्ति पूजा गुम्बा द्वारा आयोजना गरीएको हुँदा सम्पूर्ण भक्तजनहरुमा उपस्थित हुन हार्दिक अनरोध गर्दछौ।

आयोजक
टाशी छ्योफेल लिङ्ग बौद्ध गुम्बा (जितु गुम्बा) बुटवल-१०, रामनगर

28/09/2025

नमस्कार सबै लाई 🙏🙏

भोलि अशोज १३गते सोमबार को दिन एस गुम्बा का श्रादये गुरू स्व जितु गुरू को बार्षिक तिथि परेको हुदा भोलि बिहान ठिक ९ बजे गुम्बा परिवार बाट सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्द छौ! धन्यवाद 🙏🙏🙏🙏

२५६९औ बुद्ध जयन्ती को  हार्दिक शुभकामना सबै लाई 🙏🙏🙏🙏
11/05/2025

२५६९औ बुद्ध जयन्ती को हार्दिक शुभकामना सबै लाई 🙏🙏🙏🙏

14/04/2025

नयाँ वर्ष 2082 को मंगलमय शुभ कामना सबै मा🙏🙏🙏

चैत ११ गते सोमबार  बुटवल -१०,रामनगरमा अवस्थित टाशि छ्योफेललिङ बौद गुम्बा को गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बु...
27/03/2025

चैत ११ गते सोमबार
बुटवल -१०,रामनगरमा अवस्थित टाशि छ्योफेललिङ बौद गुम्बा को गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बुम पुजा बाचनको अन्तिम दिन
श्रद्धेय गुरु खेन रिन्पोछे सङगे रङज्युङ रिन्पोछे ज्यू र श्रद्धेय खेन्पो थुप्तेन येसे (श्री लामा गुरुङ्ग द्वारा त्री काय मूर्ति, गुम्बा को प्राण प्रतिष्ठ (रपने), साथै यस पूजा को प्रमुख अतिथी मिन कुमारी गुरुङ्ग ज्यू द्वारा गुम्बाको समुदघाटन तथा गुरु द्वारा श्रद्धालु भक्तजनहरुलाई वाङ अभिषेक प्रदान् गरि सफल्ता को साथ पूजा सुसम्पन्न गरियो।

चैत १० गते आइतबार गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बुम पुजा वचनको तेस्रो दिनश्रद्धेय गुरु खेन रिन्पोछे  सङगे रङ...
23/03/2025

चैत १० गते आइतबार
गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बुम पुजा वचनको तेस्रो दिन
श्रद्धेय गुरु खेन रिन्पोछे सङगे रङज्युङ रिन्पोछे ज्यूलाई टाशि छ्यो फेलिङ बौद्ध गुम्बा बुटवल -१०,रामनगरमा पुजनिय खेन्पो थुप्तेन येसे (शिर लामा गुरुङ्ग ) ज्यू र श्रद्धालु भक्तजनहरूद्वारा भव्यका साथ स्वागत तथा गुम्बा परिवार बाट श्रदये गुरु खेन रिन्पोछे ज्यूलाई मण्डल अर्पण गरियो ।
यसै गुम्बा का प्रमुख लामा गुरु ईश्वर गुरुङ्ग ज्यूलाई चार भन्ज्याङ्ग समाज पोखरा र काठमाण्डौ को तर्फा बाट तीनवर्ष तीन महिना गुफा साधन पूरा भएको मा हार्दिक बधाई ज्ञापन गर्नु भएको छ।

चैत्र ९ शनिबार,गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बुम पुजा बाचनको दोस्रो दिन,
22/03/2025

चैत्र ९ शनिबार,
गुम्बा प्राण प्रतिष्ठ तथा प्रज्ञापारामिता बुम पुजा बाचनको दोस्रो दिन,

Address

Ramnagar 10
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Tashi Chhyophelling Bouddha Gumba-Jitu Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share