22/04/2026
🌸 शुभ अवसरमा भव्य उद्घाटन सम्पन्न 🌸
बुढीगंगा गाउँपालिका, बगवान स्थित
श्री महाराज सलहेश देव मन्दिरको
नयाँ वर्ष २०८३ बैशाख १ गते
भव्य रूपमा उद्घाटन सम्पन्न भएको छ। 🙏✨
उक्त उद्घाटन कार्यक्रम
बुढीगंगा गाउँपालिकाका मेयर
जीत नारायण थापा मगर ज्यूबाट
करकमलद्वारा सम्पन्न भएको हो। 🌼
📜 इतिहास झल्काउने यो मन्दिर
करिब ५० वर्ष अघि शुभकी पासवान ज्यूबाट स्थापना भई
पछिल्लो ३२ वर्षदेखि उहाँका ६ जना छोराहरूले
निरन्तर रूपमा संरक्षण र सञ्चालन गर्दै आउनुभएको थियो।
👨👩👦 हाल, उहाँहरूका सन्तानहरूले
सोही परम्परालाई अगाडि बढाउँदै
मन्दिर सञ्चालन गर्दै आइरहनुभएको छ।
🙏 धर्म, संस्कृति र परम्पराको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।
आउनुहोस्, सबै मिलेर यस पवित्र स्थानको विकासमा साथ दिऔं।
🚩 जय श्री सलहेश देव 🚩