महालक्ष्मी पुजा सामग्री \Mahalakshmi Puja Samagri

  • Home
  • Nepal
  • Bhaktapur
  • महालक्ष्मी पुजा सामग्री \Mahalakshmi Puja Samagri

महालक्ष्मी पुजा सामग्री \Mahalakshmi Puja Samagri पुजा सामग्री , ज्योतिष परामर्श ,गुरु पुरोहित �

28/12/2025

शुक्र अस्त भएपनि एकादशीको व्रत लिन मिल्छ है।

हाम्रा धार्मिक गतिविधिले  #आर्थिक गतिविधिलाई धेरै नै टेवा दिइरहेको छ। । हाम्रो अर्थतन्त्रबाट हाम्रो धार्मिक र सांस्कृतिक...
19/11/2025

हाम्रा धार्मिक गतिविधिले #आर्थिक गतिविधिलाई धेरै नै टेवा दिइरहेको छ। ।

हाम्रो अर्थतन्त्रबाट हाम्रो धार्मिक र सांस्कृतिक गतिविधि निकाल्ने हो भने हाम्रो अर्थतन्त्रको अवस्था यो नभएर निकै कमको हुनेछ ।

हाम्रोमा कुनै पनि पेशा व्यवसाय नितान्त प्रोफेसनल छैन र आर्थिक #आम्दानी र खर्च पनि कुनै पारदर्शी छैन।

स्थानीय किसान वा तल्लो तहसम्म पैसा पुग्ने बाटो हाम्रो धार्मिक सांस्कृतिक कर्महरू पनि हुन् हुन ।
बाला चतुर्दशीकै कुरा गर्दा किसानले उब्जाएका अन्नहरू खेती नगर्नेहरूले किनेर लग्छन्। जुन छर्दाखेरि #पितृ को पित्रीको आशीर्वाद साथसाथै वन्यजन्तुहरू चराचुरुङ्गीहरू को आशीर्वाद पनि प्राप्त हुन्छ। #मानसिक #शान्ति त अर्को फाइदाको कुरो छँदैछ। स्थानीय व्यापारले हाम्रो अर्थतन्त्रलाई पनि संचारित गराउँछ ।
त्यसैले #धार्मिक क्रियाकलापहरूले धर्म र मोक्ष मात्र होइन देशको टेवा साथै पशुपन्छी चराचुरुङ्गीहरूको पनि आशीर्वाद प्राप्त हुन्छ।
#नेपाली

28/10/2025

धेरै संविधानहरू कानुनहरू मध्ये पाँचवटा महत्वपूर्ण हुन्छन्।

आज असार कृष्ण औंशी ऋण ,रोग,   शत्रु ,नकरात्मकता‌ , मानसिक समस्या जस्ता‌ समस्या बाट मुक्ति र आफैले गर्न सकिने विषेश समय आ...
25/06/2025

आज असार कृष्ण औंशी
ऋण ,रोग, शत्रु ,नकरात्मकता‌ , मानसिक समस्या जस्ता‌ समस्या बाट मुक्ति र आफैले गर्न सकिने विषेश समय
आजबाट गुप्ती वा गुप्त नवरात्र को आरम्भ हुन्छ। आजदेखि नौ दिनसम्म देवीको नवदुर्गाको विशेष उपसना गर्ने गरिन्छ।
दशैंको बेलाको वा चैते दशैंको बेलाको जति चर्चा नभए पनि यो नवरात्र पनि विशेष अर्थ राख्ने खालको हुन्छ ।
खासगरी ध्यान र साधनामा वा तन्त्रमा लाग्नेहरूको लागि विशेष महत्व रहेको छ।

तान्त्रिक, आध्यात्मिक, र रहस्यमय साधनाहरूको लागि अत्यन्तै शक्तिशाली समय मानिन्छ। यसमा देवी शक्तिको गूढ रूपहरूको उपासना हुन्छ, जसले साधकलाई आध्यात्मिक उन्नति, सिद्धि, तथा अदृश्य शक्तिको अनुभूति दिन सक्छ।

गुप्ती नवरात्र देवीको गूढ, रहस्यमय, र उच्चतम रूपहरूको उपासना गर्ने पावन अवधि हो। सामान्य नवरात्रजस्तै यो पनि आध्यात्मिक रूपान्तरणको अवसर हो, तर यो गोप्य, गहिरो, र प्रभावशाली साधना हो जुन विश्वास, अनुशासन र सहित गर्ने गरिन्छ

देबी नवदुर्गा ले हामी सबैको रक्षा गरुन

21/05/2025

१) पाण्डव पाँच भाइ थिए उनका नाम हुन् :
१. युधिष्ठिर
२. भीम
३. अर्जुन
४. नकुल
५. सहदेव
(यी पाँच भन्दा अलग महाबली तथा दनबीर कर्ण पनि कुन्तीको पुत्र थियो, तर कर्णलाई पाण्डवमा गनिदैन)
यो पनि ध्यान राखौ कि.. पाण्डुको उपरोक्त पाँच पुत्रमा युधिष्ठिर, भीम र अर्जुनको माता कुन्ती थिइन् । नकुल र सहदेवको माता माद्री थिइन् ।
२) धृतराष्ट्र र गान्धारीका सय पुत्र थिए ,त्यसलाई कौरव भनिन्छ उनीहरुको नाम हुन् :
१. दुर्योधन
२. दुःशासन
३. दुःसह
४. दुःशल
५. जलसंघ
६. सम
७. सह
८. विंद
९. अनुविंद
१०. दुर्धर्ष
११. सुबाहु
१२. दुषप्रधर्षण
१३. दुर्मर्षण
१४. दुर्मुख
१५. दुष्कर्ण
१६. विकर्ण
१७. शल
१८. सत्वान
१९. सुलोचन
२०. चित्र
२१. उपचित्र
२२. चित्राक्ष
२३. चारुचित्र
२४. शरासन
२५. दुर्मद
२६. दुर्विगाह
२७. विवित्सु
२८. विकटानन्द
२९. ऊर्णनाभ
३०. सुनाभ
३१. नन्द
३२. उपनन्द
३३. चित्रबाण
३४. चित्रवर्मा
३५. सुवर्मा
३६. दुर्विमोचन
३७. अयोबाहु
३८. महाबाहु
३९. चित्रांग
४०. चित्रकुण्डल
४१. भीमवेग
४२. भीमबल
४३. बालाकि
४४. बलवर्धन
४५. उग्रायुध
४६. सुषेण
४७. कुण्डधर
४८. महोदर
४९. चित्रायुध
५०. निषंगी
५१. पाशी
५२. वृन्दारक
५३. दृढ़वर्मा
५४. दृढ़क्षत्र
५५. सोमकीर्ति
५६. अनूदर
५७. दढ़संघ
५८. जरासंघ
५९. सत्यसंघ
६०. सद्सुवाक
६१. उग्रश्रवा
६२. उग्रसेन
६३. सेनानी
६४. दुष्पराजय
६५. अपराजित
६६. कुण्डशायी
६७. विशालाक्ष
६८. दुराधर
६९. दृढ़हस्त
७०. सुहस्त
७१. वातवेग
७२. सुवर्च
७३. आदित्यकेतु
७४. बह्वाशी
७५. नागदत्त
७६. उग्रशायी
७७. कवचि
७८. क्रथन
७९. कुण्डी
८०. भीमविक्र
८१. धनुर्धर
८२. वीरबाहु
८३. अलोलुप
८४. अभय
८५. दृढ़कर्मा
८६. दृढ़रथाश्रय
८७. अनाधृष्य
८८. कुण्डभेदी
८९. विरवि
९०. चित्रकुण्डल
९१. प्रधम
९२. अमाप्रमाथि
९३. दीर्घरोमा
९४. सुवीर्यवान
९५. दीर्घबाहु
९६. सुजात
९७. कनकध्वज
९८. कुण्डाशी
९९. विरज
१००. युयुत्सु
(यी १०० भाइ कौरवको एक बहिनी पनि थिइन् उनको नाम 'दुशाला' थियो दुशालाकोविवाह 'जयद्रथ' सँग भएको थियो)
३) “श्री मद्भगवत गीता" को बारेमा -
ॐ . कस्ले कस्लाई सुनायो ?
उ.- श्रीकृष्णले अर्जुनलाई सुनाउनु भयो ।
ॐ . कहिले सुनाउनु भयो ?
उ.- आजभन्दा लगभग ५ हज़ार साल पाहिले सुनाउनु भयो ।
ॐ. भगवानले कुन दिन श्रीमद्भगवद गीता सुनाउनु भयो ?
उ.- रविवारको दिन।
ॐ. कुन तिथि थियो ?
उ.- एकादशी
ॐ. कहा सुनायनु भयो ?
उ.- कुरुक्षेत्रको रणभूमिमा ।
ॐ. कति लामो समय सम्म सुनाउनु भयो ?
उ.- लगभग ५० मिनटमा
ॐ. के सुनाउनु भयो ?
उ.- कर्त्तव्य पथबाट भग्न खोज्ने अर्जुनलाई कर्त्तव्य र धर्मको बारेमा र आउने पीढ़ीको लागि धर्म-ज्ञान र सत्य ज्ञान सुनाऊँनु भयो ।
ॐ. कति अध्याय छन् ?
उ.- जम्मा १८ अध्याय
ॐ. कति श्लोक छन ?
उ.- ७०० श्लोक
ॐ.गीतामा के-के को बारेमा बताइएको छ ?
उ.- ज्ञान-भक्ति-कर्म योग मार्गको विस्तृत व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको अर्थात मोक्ष्यको अधिकारी बन्ने छ ।
ॐ. गीताज्ञानलाई अर्जुन बाहेक अरु कुन कुन ब्यक्तिले सुने ?
उ.- धृतराष्ट्र, संजय एबं बार्बरिकले सुने
ॐ. अर्जुन भन्दा पाहिले गीताको पावन ज्ञान कस्ले सुनेको थियो ?
उ.- सूर्यदेवलाई
ॐ. गीताको गणना कुन ग्रन्थमा धर्म-ग्रन्थ मा आउछ ?
उ.- उपनिषदमा
ॐ. गीता कुन महाग्रन्थको भाग हो ?
उ.- गीता महाभारत को एक अध्याय शांति-पर्वको भाग हो ।
ॐ. गीतालाई अर्को नाम ले जानिन्छ त्यो नाम के हो ?
उ.- गीतोपनिषद
ॐ. गीता को मूल सार के हो ?
उ.- निराशक्त कर्म गर्नु र प्रभु श्रीकृष्णको शरणमा जानू ।
ॐ. गीतामा कस्ले कति श्लोक भनेको छ ?
उ.- श्रीकृष्ण जी ले - ५७४
अर्जुन ले - ८५
धृतराष्ट्र ले - १
संजय ले - ४०
४) अधूरो ज्ञान खतरनाक हुन्छ ।
३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्म मा ।
कोटि = प्रकार।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ,
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड़ पनि हुन्छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड़ देवी देवता छन र जनि नजानि मुर्ख हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड़ देवी देवता छन
जम्मा ३३ प्रकारका देवी देवता छन् हिन्दू धर्म ग्रन्थमा हुन :-
१२ प्रकारका छन आदित्य : - धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था, र विष्णु ।
८.प्रकारका छन वासु: - धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११. प्रकारका छन रुद्र: - हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं
२ प्रकारका छन कुमार: - अश्विनी र कुमार।
जम्मा : जम्मा :- १२+८+११+२ = ३३ कोटि
दुइ पक्ष-
कृष्ण पक्ष ,
शुक्ल पक्ष !
📜😇 तीन ऋण -
देव ऋण ,
पितृ ऋण ,
ऋषि ऋण !
📜😇 चार युग -
सतयुग ,
त्रेतायुग ,
द्वापरयुग ,
कलियुग !
📜😇 चार धाम -
द्वारिका ,
बद्रीनाथ ,
जगन्नाथ पुरी ,
रामेश्वरम धाम !
📜😇 चारपीठ -
शारदा पीठ ( द्वारिका )
ज्योतिष पीठ ( जोशीमठ बद्रिधाम )
गोवर्धन पीठ ( जगन्नाथपुरी ) ,
शृंगेरीपीठ !
📜😇 चार वेद-
ऋग्वेद ,
अथर्वेद ,
यजुर्वेद ,
सामवेद !
📜😇 चार आश्रम -
ब्रह्मचर्य ,
गृहस्थ ,
वानप्रस्थ ,
संन्यास !
📜😇 चार अंतःकरण -
मन ,
बुद्धि ,
चित्त ,
अहंकार !
ईति सम्पुर्णम

29/04/2025

आज अक्षय तृतीय आज जौको सातु खाने दिन आज गरेको पुण्य क्षय नहुने धार्मिक विश्वास रहेको छ। साथै आज शिव पार्वतीको विवाह उत्सव ।आज आज सर्वत र जौको सातो दान गरेमा अनन्त पुण्य हुने धार्मिक विश्वास रहेको छ।

जय महालक्ष्मी

29/04/2025

आज पशुराम जयन्ती हो भने भोलि अक्षय तृतीया
जौ को सातु र सर्वत खाने खुवाउने दिन ।

27/04/2025

आज मातृसम्मान दिवस तर mother day हैन ।
हाम्रो संस्कृतिले आमा लाइ मन ले मान्छ भने mother day ले तन ले मात्र मान्छ । यहि फरक छ

भगवान लाई खुसी बनाउन फूलहरु पनि लामबद्द छन
26/04/2025

भगवान लाई खुसी बनाउन फूलहरु पनि लामबद्द छन

सबैको जय होस
23/04/2025

सबैको जय होस

22/04/2025

आज मंगलबार । हनुमानजि को र गणेशजि को पुजा आर्चना गरेर व्रत बसेमा मन आनन्दित हुने धार्मिक विश्वास छ
जय महालक्ष्मी

Address

Bhaktapur

Telephone

+9779843030858

Website

Alerts

Be the first to know and let us send you an email when महालक्ष्मी पुजा सामग्री \Mahalakshmi Puja Samagri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share