08/05/2022
क्यानडामा घटेको सत्य कथा
एउटा केटा जसको नाम डेबिट
थियो, उसको जन्म एक सामान्य
परिवारमा भयो, उसको आमा धेरै खुशी भईन !
एक दिन उनि छोरालाई सुताईराखेर
बगैँचामा गईन !
जब उनि बगैँचामा थिईन
उनको घरमा आगो लाग्यो !
उनि छिटो भन्दा छिटो दौडिएर आफ्नो छोरालाई बचाउन घर तर्फ
गईन,
मान्छेहरुले उनलाई रोक्ने कोशिस गरे
तर उनिहरु सफल भएनन !
उनि आफ्नो छोरा सुतेको ठाँउमा पुगिन
छोरा सकुशल रहेछ, तर अचानक उनको कपाललाई आगोले
भेट्यो र उनि आगोले जल्न पुगीन् !
उनको जिवन आगोले
पोलेको दागबाट धेरै खराब हुन
पुग्यो ,
छोरा ठुलो हुदैँ गयो र धेरै धनि भयो र उ शहर तिर बसाँई सर्यो !
किनकी उ धेरै लज्जित
भयो उसको आमाको शरिरको दाग
देखेर !
जब मान्छेहरुले उसलाई सोध्थे, उ
भन्थ्यो :- मेरो परिवारमा मेरो आमा जस्तो नराम्रो कोही छैन...
एक दिन उसको आमाले
आफ्नो बारेमा छोराले भनेको सबै
कुरा थाहा पाईन र उनि साह्रै
दु:खि भईन,
उनले उनि कसरी नराम्री भईन भन्ने कुरा बताउन शहर जाने निर्णय गरिन,
तर उनि चढेको बस अचानक
दुर्घटना भयो र उनको मृत्यु भयो !
त्यो छोराले त्यो खबर सुन्यो तर उ
धेरै खुशी भयो..
उ हतपत गाँउ गयो , उसले मान्छेहरु धेरै दु:खी भएको देख्यो,
तर उसले कसैलाई
वास्ता नगरि सिधा आमाको कोठा भित्र
छिर्यो र महत्वपुर्ण कागजपत्र
खोज्न थाल्यो र उसले
आमाको पुरानो डायरी भेट्यो.... डायरीमा यस्तो लेखेको थियो:-
दिन 5th Sept 1980:- म मिस
टोरोन्टो प्रतियोगितामा बिजयी भएँ..!
दिन 14th Jan 1982:-
मेरो पति टोनि गेटसन एक
दुर्धटनामा परेर मृत्यु भयो र मलाई 6 महिनाको गर्भवति छोडेर जानुभयो !
दिन 2nd July 1983:- मैले
मेरो छोरालाई आगोबाट
बचाउँदा मेरो कपाल र
मेरो अनुहारमा दाग लाग्यो !
जब उसले यो सबै पढ्यो र धेरै दु:खि भएर रुन थाल्यो, तर धेरै
ढिला भईसकेको थियो !
मोरल:- कहिल्यै
आफ्नो आमाबुबालाई दुर्व्यवहार
नगरौँ, उनिहरुले सधैँ हामीलाई
आशिर्वाद दिईरहेका हुन्छन र जब हामी रुन थाल्छौँ उनिहरु हामीलाई
छोडेर गईसकेका हुन्छन !!