श्री शान्निकोट बज्रयोगिनी माई मन्दिर मार्कु अछाम

  • Home
  • Nepal
  • Achham
  • श्री शान्निकोट बज्रयोगिनी माई मन्दिर मार्कु अछाम

श्री शान्निकोट बज्रयोगिनी माई मन्दिर मार्कु अछाम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री शान्निकोट बज्रयोगिनी माई मन्दिर मार्कु अछाम, Chaurpati Rural Municipality Marku-07, Achham Farwest Nepal province no. 7, Achham.

Located at Achham District Chaurpati Rural Municipality ward no7 Marku famous for "Marku ko Dashain Mela"wishes comes true by worshipping Shannikot Maata Mandir #श्री शान्निकोट बज्रयोगिनी माई कि

17/05/2026
05/05/2026

"दुखमा काम नलाग्ने आफन्तको भिड भन्दा, सुख र दु:खमा आफैँले आफैँलाई साथ दिनु नै संसारको सबैभन्दा ठूलो जित रहेछ।"

26/04/2026

रवा खोला, मार्कु

25/04/2026

दोधारा झुलुङ्गे पूल, कंचनपुर

कालभैरव बाबा कि जय !!!
25/04/2026

कालभैरव बाबा कि जय !!!

सिमा पुनरावलोकन गर्ने कि?
21/04/2026

सिमा पुनरावलोकन गर्ने कि?

नेपालमा कुन जातको कफीखेती गर्दा उपयुक्त हुन्छ ? कफीखेती गर्नेले जान्नै पर्ने महत्वपूर्ण कुराहरु जानौ कफी एक प्रकारको वनस...
21/04/2026

नेपालमा कुन जातको कफीखेती गर्दा उपयुक्त हुन्छ ? कफीखेती गर्नेले जान्नै पर्ने महत्वपूर्ण कुराहरु जानौ


कफी एक प्रकारको वनस्पति हो । यसबाट पेयपर्दाथ बनाईन्छ । नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ।

कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा साथै पछिल्लो समय नेपालमा पनि यसको खेती गरिदै आएको छ । धेरै देशको अर्थतन्त्रमा यस खेतीको ठुलो भुमिका रहेको छ ।

नेपालका ४० जिल्लाहरुमा कफी खेती गरिदै आएकाछन् भने केही जिल्लाहरुमा व्यवसायिक रुपमा पनि खेती गरिन थालेकाछन् । यसै कफीको खेती कसरी गर्ने भनी कृषि व्यवस्थापन प्रणलीले बुदाहरु तयार पारेकाछन् । जुन कफी खेती गर्ने कृषकले जान्न अतिनै आवस्यक छ ।

१- विरुवा रोप्ने खास समय कहिले हो ?

प्लास्टीक ब्यागमा रहेको कफी बेर्नामा कम्तीमा ६–८ जोडा पात हुनु पर्दछ। आषाढ देखि भाद्र सम्म बर्षातको समयमा घाम नलागेको बेलापारी लगाउनु उत्तम हुन्छ।

२- खाडलको साइज र विरुवा लगाउने तरीका के हो ?

विरुवा रोप्नु भन्दा करीब एक महिना आगाडी विरुवा लगाउने ठाउंहरुको रेखांकन गरी चिन्हो लगाएर राख्नु पर्दछ । सो चिन्ह लगाएको ठाउंमा २x२x२ फिट लम्बाई चौडाई र गहिराई भएको खाडल खन्ने र प्रति खाडाल करीब १० के.जी. कम्पोष्ट वा गोठ मल राम्ररी मिसाई खाडल पुर्नु पर्दछ । स्वस्थ्य विरुवा छानी, प्लास्टीक ब्यागमा राम्ररी भिजाई विस्तारै बोटलाई ब्यागबाट निकाली खराब जरा हटाउने र विरुवालाई खाडलमा राखी माटोले राम्ररी पुर्नु पर्दछ ।

३- बगैंचामा कफी लगाउने विधि के हो ?

पहाडी क्षेत्रमा कफी लगाउने भएकाले कन्टुर विधिनै उपयुक्त तरिका हो । जहाँं पंक्ति पंक्ति बीचको दुरी कायम गरिन्छ र जमिनको कारणले गर्दा विरुवा विरुवा वीचको दूरी कायम गरिदैन। अरविका समूहको कफी जातहरुमा पंक्ति पंक्ति बीच ७ फिट दूरी राखिन्छ । रोवस्टा कफीलाई भने ९ फिटको दूरीमा रोपिन्छ । यसरी एक रोपनीमा ७०–१०० बोटसम्म कफी विरुवा लाग्दछ ।

४- कफी बगैंचाको लागि कस्तो जमिन छनौट गर्नु पर्दछ ?

कफी बगैंचा स्थापना गर्ने ठाउंको छनौट गर्दा पानी नजम्ने, केहि भिरालो तथा उत्तर वा उत्तर पूर्व फर्केको जग्गा छनौट गर्नु बेश हुन्छ । बढि हावा खेल्ने र लामो समय घाम लाग्ने जग्गा छान्नु हुदैन। कफी लगाउने बगैंचामा ६०५ सम्म छहारी भएको हुनु पर्दछ ।

५- नर्सरीमा गोडमेल तथा मलजलको ब्यबस्था कसरी गरिन्छ ?

अनावश्यक झारपातहरु नियमित रुपमा हटाउनु पर्दछ। माटोको अवस्था हेरी समयानुसार सिंचाई दिनु पर्दछ। तर नर्सरीमा बढि पानी पनि जम्न दिनु हुँदैन। नाईट्रोजन कमी भई पहेंलिएमा ०.४५ को यूरियाको झोल बनाई छर्नु पर्दछ

६- कफी खेतीमा मलखादको ब्यवस्था कसरी गर्नु पर्दछ ?

नेपालमा कफी प्रांगारिक तरिकाले उत्पादन गरिने भएकोले रसायनिक मलको प्रयोग गरिँदैन। कफीको बोट लगाउंदा खाडलमा कम्पोष्ट मल राख्नु पर्दछ। प्रत्येक बर्ष फाल्गुन चैत्रमा (फल टिपेपछि) ५ के.जी. कम्पोष्ट वा गोबरमल प्रत्येक बोटमा राख्नु पर्दछ। थप कुखुराको मल १ के.जी. र तोरीको पिना ५०० ग्राम प्रतिबोट पनि उपलब्ध भएमा दिनु बेश हुन्छ ।

७- दोश्रो नर्सरी ब्याडमा कहिले सार्नु पर्दछ ?

पहिलो ब्याडमा कफी बीउ टोपी अवस्थामा पुग्नासाथ अर्थात् वीउ उम्रेको १०–१५ दिनमा दुई पाते बेर्ना बन्दछन् जसलाई प्लास्टिक थैलामा दोश्रो नर्सरीमा सार्नु पर्दछ। यस्तो प्लास्टीक थैलाहरुलाई नर्सरीमा राम्ररी स्याहार सम्भार गर्नु पर्दछ र छाप्रो बनाई छोप्नु पनि पर्दछ। मलखाद, गोडमेल र सिंचाईको राम्रो ब्यवस्था मिलाउनु पर्दछ।

८- नर्सरीमा रोपेको वीउ कति समयमा उम्रन्छ ?

नर्सरी ब्याडमा रोपिएको वीउ तापक्रम र चिस्यानको राम्रो प्रबन्ध भएमा करीब दुई महिना भित्र उम्रन्छन्।

९- नर्सरीमा वीउ रोप्ने तरीका के हो ?

नर्सरीमा १० से.मी. फरकमा १.२५ से.मी. (आधा इन्च) गहिरो कुलेसो बनाउनु पर्दछ। वीउको फराकिलो भाग तल फर्काई, एक वीउबाट अर्को वीउको दुरी २.५ से.मी. कायम हुने गरी रोप्नु पर्दछ। रोपीसकेपछि वीउलाई हल्कासंग मलिलो माटोले पुरी छापो हाल्नु पर्दछ।

१०- नर्सरी ब्याडको तयारी कसरी गर्नु पर्दछ ?

नर्सरी ब्याड तयारी गर्नको लागि ६ भाग जंगलको माटो, ३ भाग राम्ररी पाकेको गोठेमल र १ भाग बालुवा राम्ररी मिसाउनु पर्दछ। यदि माटोमा चिम्ट्याईलो माटोको मात्रा बढी छ भने बालुवाको मात्रा बढाउनु पर्दछ। यसरीतयार पारिएको माटोबाट १ मिटर चौडा, १५ से.मी. अग्लो र आवश्यकता अनुसारको लम्बाई कायम गरी नर्सरी ब्याड तयार गर्न सकिन्छ ।

११- नर्सरीमा वीउ रोप्ने समय कहिले हो ?

कफी नर्सरीका लागि वीउ रोप्ने उयुक्त समय फाल्गुन-चैत्र महिना हो ।

१२- वीउको छनौट कसरी गर्नु पर्दछ ?

बीउ परिपक्व, रोग र कीरा नलागेको स्वस्थ्य बोटबाट लिईएको, राम्रोसंग पाकेको पोटिलो, चम्किलो हुनु पर्दछ। यसरी छानेको बीउलाई पानीमा डुवाउनु पर्दछ। पानीमा डुबेको दानामात्र वीउका लागि उपयुक्त हुन्छ। छानिएको वीउको बाहिरी ब्रोक्रा हटाएर फक्लेटा बनाई ४–५ से.मी. बाक्लो खरानी वा काठको धूलोको सतहमा मिलाई ४–५ दिनसम्म छायामा सुकाउनु पर्दछ । एकनासले सुकाउन बीच बीचमा चलाउनु पर्दछ। यसरी तयार गरिएको बीउलाई महिना दिन भित्र रोपी सक्नु पर्दछ।

१३- कफी बालीको प्रसारण कसरी गरिन्छ ?

कफी बालीलाई बडिङ्ग, ग्राफ्टिङ्ग र कटिङ्ग विधिद्वारा प्रसारण गर्न सकिन्छ, तापनि यसको प्रसारण खास गरी वीउ बाटनै गरिन्छ। कफीको वीउलाई नर्सरीमा उमारी वर्षायाममा सार्ने काम गरिन्छ ।

१४- कफी खेतीका लागि कस्तो माटो उपयुक्त हुन्छ?

प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको, पानी नजम्ने, पि.एच. ५.५ देखि ६.५ सम्म भएको माटो कफी खेतीका लागि राम्रो मानिन्छ। जंगली उत्पतिको दोमट माटो यो बालीका लागि उत्तम मानिन्छ। माटो धेरै अम्लिय छ भने (पि.एच.५.५ भन्दा कम) कृषि चून प्रयोग गर्नु पर्दछ।

१५- अराबिका कफीका जातको लागि कस्तो हावापानी चाहिन्छ ?

कफी खेतीका लागि सापेक्षिक आर्द्रता ७० देखि ८० प्रतिशत, वार्षिक वर्षा १५००–२००० मि.मि. र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम अराबिका जातका कफीका लागि उपयुक्त हुन्छ।

१६- अराविका कफी प्रजातिको विशेषता के हो ?

यसको बोट अन्य प्रजातिहरुको भन्दा होचो हुन्छ (३.५ मिटर) हांगाहरु मसिना र साना हुन्छन्। पात गाढा हरियो टुप्पातिर तिखारिएको चिल्लो र लाम्चो हुन्छ।१५-२० वटाको झुप्पामा फलहरु फल्ने गर्दछ।फल गोलो हुन्छ र सात देखि नौ महिनामा परिपक्व हुन्छ।

१७- यी मध्ये राम्रो उत्पादन दिने जातहरु कुन कुन हुन् ?

उपरोक्त जातहरु मध्ये नेपालमा टेकेसिक, यलोकटुरा, क्षेत्रदीप जातहरुले राम्रो उत्पादन दिइरहेका छन् ।

१८- नेपालमा लगाइने अराबिका कफीका जातहरु कुन कुन हुन् ?

नेपालको हावापानीमा उपयुक्त देखिएका अराबिका कफीका जातहरुमा बोर्बन अमारिल्लो, क्याटिमोर, पाकामारा, पाकस,टेकेसिक, यलोकटुरा, सेलेक्सन१०, क्षेत्रदीप र स्याङ्गजास्पेशल प्रमुख हुन्।

१९- कफीका कतिवटासमूहहरु छन् र नेपालमा खेती गरिने कफी कुन समूह अन्तर्गत पर्दछ ?

कफी बालीमा खेती गरिएका मुख्यतः ३ वटा समूहहरु छन् ( अराविका, रोवस्टा र लाइवेरीका) नेपालमा खेती गरिने कफी अराविका समूह अन्तर्गत पर्दछ।

२०- नेपालको कुन क्षेत्र कफी उत्पादनका लागि उपयुक्त छन् ?

समुद्री सतहबाट ८००–१५०० मिटरसम्मको नेपालका मध्य पहाडी क्षेत्रहरु गुणस्तरीय कफी उत्पादन गर्नका लागिउपयुक्त छन्।

२१- निर्यातयोग्य बालीको रुपमा कफीको सम्भाब्यता कस्तो छ ?

नेपालको ८०० देखि १५०० मिटर उचाईमा लगाएको कफीको गुणस्तर राम्रो भएकोले यसलेअन्तर्रा्ष्ट्रिय बजारमाविशेष पहिचान बनाएको हो। यस बाहेक यसमा पाईने क्याफिन भन्ने तत्वले गर्दा पिउँदा स्फूर्ति प्राप्त हुने भएकोले पनि पेय पदार्थको रुपमा लोकप्रिय भै निर्यातयोग्य बालीको रुपमा राम्रो सम्भाब्यताभएको अवस्था छ।

२२- कफी खेतीको के महत्व छ ?

कफी बालीलाई एकबर्षे बाली जस्तो खनजोत बढि गर्न नपर्ने, पहाडको भिरालो, पाखो जमिनमा लगाउन मिल्ने,भू-क्षयबाट बचावट गर्ने र बर्षेबालीको तुलनामा आर्थिक रुपमा २(३ गुणासम्म बढी फायदाजनक पाईएकोले यसको विशेष महत्व छ। यो एक औद्योगिक बाली भएकाले प्रशोधन, बजारीकरण आदि मूल्य श्रृङ्खलासँग जोडिएकोहुँदा रोजगारी सिर्जना हुने भएकोले यसको आर्थिक महत्व पनि त्यत्तिकै छ।

२३- १०० के.जी. रातो चेरी अर्थात् ताजा कफी दानावाट कति के.जी. खानयोग्य कफी तयार हुन्छ ?

१०० के.जी. रातो चेरी अर्थात् ताजा कफी दानावाट करिब १४ के.जी. खानयोग्य भुटेको कफी तयार हुन्छ ।

२४- पिउने कफी कसरी बनाईन्छ ?

तयार भएको ग्रीन बीनलाई रोष्टर मेशिनको सहायताले आ-आफ्नो स्वाद अनुसार कडा वा हल्का किसिमले भुटिन्छ र ग्राईन्डिङ्ग मेशिनमा पिनेर धुलो बनाइन्छ। त्यसपछि तातो पानीमा पकाइ फिल्टरले छानेर पिउनका लागि तयार हुन्छ।

२५- हलिङ्ग भनेको के हो, यो कसरी र किन गरिन्छ ?

हलिङ्ग भनेको कफी प्रशोधनकोएउटा विधि हो जसमा खोस्टा सहितको कफी पार्चमेन्ट अर्थात् सुख्खा पार्चमेन्टको बाहिरको पातलो झिल्ली जसलाई सिल्भर स्किन भनिन्छ,त्यसलाई हटाइन्छ। यो कार्य हलर मेसिनको प्रयोग गरी गरिन्छ। यस प्रकृयाबाट मात्रै खाने कफी अर्थात् ग्रीन बीन तयार हुन्छ। यस प्रकृयामा २३ के.जी. सुख्खा पार्चमेन्टबाट करीब १८.५ के.जी.ग्रीन बीन तयार हुन्छ।

२६- कफी सुकाउने प्रकृया भनेको के हो ?

कफी सुकाउने प्रकृया भनेको कफी प्रशोधन कै एउटा विधि हो जसमा कफी पार्चमेन्टलाई घाममा पल्टाइ पल्टाइ सुकाईन्छ। यसरी सुकाइसकेपछि गुणस्तरीय कफी उत्पनदनका लागि पार्चमेन्टमा ११ देखि १२ प्रतिशत मात्र चिस्यान भएको हुनुपर्दछ। यस प्रकृयामा ४३ के.जी. पार्चमेन्टको तौल घटेर करिब २३ के.जी. सुख्खा पार्चमेन्ट (खोस्टा सहितको कफी) तयार हुन्छ।

२७- कफीको फर्मेन्टेशन पछिका प्रशोधन प्रकृया बारे केही बताई दिनु हुन्छ कि ?

फर्मेन्टेशनका लागि ७२ घण्टा राखिसकेपछि बाल्टीमा भएको कफी पार्चमेन्टमा लागेका चिप्लो पदार्थलाई हटाउन पानीले राम्रोसँग पखाल्नु पर्दछ र पार्चमेन्टलाई जालीमा सुकाई पानी उत्रिन दिनुपर्दछ। यस प्रकृयामा ५४ के.जी. पार्चमेन्टको तौल घटेर करिब ४३ के.जी. पार्चमेन्ट रहनजान्छ।

२८- कफीको फर्मेन्टेशन कसरी गरिन्छ ?

पल्पिङ्ग गरिसकेपछि चिसो कफी पार्चमेन्टलाई २४ देखि ७२ घण्टासम्म बाल्टी वा ड्रममा राखिन्छ यस प्रकृयालाई फर्मेन्टेशन भनिन्छ ।

२९- पार्चमेन्ट कसलाई भनिन्छ ?

बोक्रा हटाई सकेको चिप्लो पदार्थ सहितको कफीको दानालाई पार्चमेन्ट भनिन्छ। कफीको १०० के.जी. ताजा फललाई पल्पिङ्ग गरेपछि करीब ५४ के.जी. पार्चमेन्ट तयार हुन्छ।

३०- पल्पिङ्ग भनेको के हो,कहिले र कसरी गरिन्छ बताई दिनुहुन्छ कि ?

पल्पिङ्ग भनेको कफीको ताजा फल (रातो चेरी) को बोक्रा हटाउने प्रकृया हो। कफी दाना टिपेको २४ घण्टा भित्र पल्पिङ्ग गर्नुपर्ने हुन्छ।पल्पर मेशिनको सहायताले पल्पिङ्ग गर्ने कार्य गरिन्छ।

३१- कफीको सुख्खा प्रशोधन विधि के हुन् ?

यस विधिमा कफीका ताजा फल टिपिसकेपछि सिधै घाममा सुकाउने काम गरिन्छ र १५ देखि २० दिन चर्को घाममा सुकाईन्छ। यसरी सुकाएपछि चिस्यानको मात्रा जाँच गरेर ११ देखि १२ प्रतिशत चिस्यान कायम भएको कफीका सुकेका दानाको बोक्रा सहित बाहिरको पातलो झिल्ली हटाइन्छ र त्यसपछि तयार भएको ग्रीन बीनलाई चिसो प्रशोधन विधि जस्तै भुटिन्छ, पिनिन्छ र प्याकेजिङ्ग गरिन्छ।

३२- कफीको चिसो प्रशोधन विधिका विभिन्न चरणहरु के के हुन् ?

चिसो प्रशोधन विधिमा कफीको ताजा फल टिपिसकेपछि फलको बोक्रा हटाइन्छ(पल्पिङ्ग), पल्पिङ्गपछि निस्केका चिप्लो पदार्थ सहितको कफीका दाना (पार्चमेन्ट) लाई फर्मेन्टेशन गरिन्छ, त्यसपछि पार्चमेन्टलाई धुने पखाल्ने, सुकाउने कार्य गरिन्छ, सुकेको पार्चमेन्टको बाहिरको पातलो झिल्ली हटाइन्छ (हलिङ्ग), हलिङ्गपछि ग्रीन बीन तयार हुन्छ जसलाई भुटिन्छ(रोष्टिङ्ग), भुटेपछि पिन्ने गरिन्छ(ग्राईण्डिङ्ग)अर्थात् धुलो बनाईन्छ र प्याकिङ्ग गरिन्छ।

३३- कफीको प्रशोधन गर्ने कति वटा विधिहरु छन् ?

कफीको प्रशोधन दुई विधिबाट गर्न सकिन्छ – एउटा कफीको चिसो प्रशोधन विधि र अर्को कफीको सुख्खा प्रशोधन विधि।

३४- कफीका गुणस्तरीय दाना कसरी छुट्याइन्छ ?

कफीको फल टिपिसकेपछि पानी भरेको बाल्टिनमा राख्ने र पानीमा डुबेका कफीका दाना नै गुणस्तरीय दाना हो जसलाई छुट्याएर अलग राखी पल्पिङ्ग गर्नु पर्दछ र उत्रिएका कफीका दानालाई हटाइदिनु पर्दछ।

३५- कफीको उत्पादन कति हुन्छ ?

कफीको फलको उत्पादन प्रति बोट ५ के.जी. देखि १५ के.जी. सम्म लिन सकिन्छ ।

३६- कफीको फल कहिले टिप्नु पर्दछ ?

कफीको फूल चैत्र महिनामा फुल्न शुरु गरी फल मंसिर(पौषमा पाक्दछ। कफीको दाना राम्री पाकेर रातो वा पहेंलो रङ्गमा परिणत भएपछि फल टिप्नु पर्दछ। कफीको फल एकै समयमा नपाक्ने भएको हुनाले यसको टिपाई पटक पटक गर्नु पर्दछ। काँचो अवस्थामा वा गिल्थीलिने गरी पाकेको कफी टिप्नाले कफीको गुणस्तर बिग्रीन जान्छ।

३७- कफीको बोटले कहिले फल दिन शुरु गर्दछ ?

कफीको बिरुवा लगाएको तीन देखि चार वर्षपछि बोटले फल दिन शुरु गर्दछ र प्रत्येक वर्ष फल लाग्दछ। कफीको फललाई चेरी भनिन्छ।

३८- टुप्पाबाट हाङ्गा मर्ने (Dieback)रोगको प्रकोपको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

यो रोग लागेका बोटको कलिलो हांगाहरुको पात पहेंलिने, आंख्ला र साना हांगाहरु पनि पहेंलिदै जाने, रोगीबोट ओइलाउने तथा टुप्पाबाट सुक्दै जाने हुन्छ। यसको ब्यवस्थापन गर्नका लागि रोगी तथा सुकेका हांगाहरु हटाउने, बोटको कांटछांट गर्ने र बोर्डो मिक्सचर तथा बोर्डोपेस्टको प्रयोग गर्ने।

३९- कोत्रे एवं फल सुक्ने र पातको थोप्ले रोगका क्षतिका लक्षणहरु कस्ता हुन्छन् र यसको ब्यवस्थापन कसरी गर्नु पर्दछ ?

यी सबै ढुसीजन्य रोगहरु हुन् । यी रोग लागेका बोटका पातहरुमा काला धब्बा तथा खैरा थोप्लाहरु देखिन्छन् । यसको ब्यवस्थापनका लागि बगैचाको राम्रो सरसफाई गर्ने, सुख्खा मौसममा सिंचाईको ब्यवस्थागर्ने, बगैंचामा उचित छहारीको राम्रो ब्यवस्था गर्ने र नर्सरी तथा बगैंचामा बोर्डो मिक्सचरको नियमित प्रयोग गर्नु पर्ने हुन्छ ।

४०- नर्सरीमा बेर्ना कुहिने रोगको प्रकोपको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्नु पर्दछ ?

यो रोग लागेपछि नर्सरी ब्याडका विरुवाहरु जमिनको सतहबाट डांठ कुहिएर समूहमा मर्ने गर्दछन्। माटोमा अधिक चिस्यान,रोगी माटोतथा धेरै बाक्लो बेर्ना भएको अवस्थामा यो रोग देखिन्छ। यसको ब्यवस्थापन गर्नका लागि ब्याडमा ट्राईकोडर्माले उपचारित कम्पोष्ट मलको प्रयोग गर्ने,जमिनको सतह भन्दा १५–२० से.मी. अग्लो ब्याड बनाउने,बाक्लो बेर्ना नराख्ने, सिफारिस गरे अनुसार ठीक्क दुरी राख्ने र ब्याडमा बढी चिस्यान हुन नदिने।

४१- कफीमा लाग्ने मुख्य रोगहरु के के हुन ?

कफी बालीमा लाग्ने रोगहरुमा नर्सरीमा बेर्ना कुहिने रोग, कोत्रे, फल सुक्ने तथा पातको थोप्ले र टुप्पाबाट हांगा मर्ने रोग मुख्य हुन्।

४२- कफीकोमा लाग्ने रातो गवारोको ब्यवस्थापन कसरी गर्नु पर्दछ ?

रातो गवारो कीराको ब्यवस्थापन गर्नका लागि बगैंचामा छहारीको राम्रो ब्यवस्था गर्ने, बगैचाको नियमित सरसफाई गर्ने, कफीको बोट राम्ररी कांटछांट गर्ने र काटिएको भागमा बोर्डोपेस्ट प्रयोग गर्ने र कीराको प्रकोपले गर्दा काटिएको हांगाहरु जलाई दिने।

४३- कफीको कलिलो हांगाहरुमा लाग्ने रातो गवारोको क्षतिको लक्षण कस्तो हुन्छ ?

यो कीराको रंग हल्का किसिमको रातो तथा खैरो रङ्गको हुन्छ। माउ कीरा पुतलीले विशेष गरीकफीका हांगाका कलिला डांठहरुमा प्वाल पार्दछ र भित्र भित्रै कलिला भागहरु खाई दिन्छ जसले गर्दा ती हांगाहरु टुप्पातिरबाट सुक्दै गरेको देखिन्छ। यो कीराले प्वाल भित्र पसेपछि मात्र फुल पार्दछ र करीब २-३ दिनमा फुलबाट बच्चाहरु निस्किन्छन् र लार्भाहरु २०-२१ दिनसम्म रहन्छन् यही अवस्थामा कलिला डांठको गुदी खान्छन्।

४४- कफीको काण्डको सेतो गवारोको ब्यवस्थापन कसरी गर्ने ?

सेतो गवारोको पोथी बयस्क कीराले पारिलो ठाउंमा मात्र फुल पार्ने भएको हुनाले कफी बगैंचामा उचित छहारीको ब्यवस्था मिलाउनु पर्दछ माटोमा चिस्यान कायम गरिरहनु पर्दछ र बगैचाको राम्रो सरसफाई गर्नु पर्दछ।

४५- कफीको काण्डको सेतो गवारोको क्षतिको लक्षण कस्तो हुन्छ ?

नेपालमा यो कीरा चुनौतीको रुपमा देखिएको छ। यो कीराको वयस्क अवस्था खपटे हो र यसको बाहिर कालो खपटामा सेतो धर्सा हुन्छ। पोथी कीराले बोक्रामा पारेको फुलबाट करीब २-३ दिनमा लार्भा (गवारो) निस्कन्छन्। लार्भाहरुले शुरुको अवस्थामा बोक्राको गुदी खांदै गर्दछन् र करीब दुई महिनाको अवस्थामा डांठ वा हांगाको कडा भागमा प्वाल पारी भित्र पसी गुदि खांदै करीब १० महिनासम्म लार्भा अवस्थामै बस्दछन् ।

४६- कफीमा बोटको कांटछांट कसरी गरिन्छ ?

कफीको बोट सदाबहार बर्गमा पर्ने भएकाले धेरै कडा कांटछांट गर्नु पर्दैन। यसको कांटछांटमा खास गरी रोगी, मरेका तथा भूईंमा लत्रेका हांगाहरुलाई हटाईन्छ। बोटलाई अनियन्त्रित रुपमा बढ्न दिएमा टिपाई तथा अन्य कार्यहरु गर्न कठिनाई हुने भएकाले अग्लो जातलाई २ मिटर र होचा जातहरुलाई १.७५ मिटर राखी टुप्पा काट्ने गरिन्छ ।

४७- बगैंचाको हेरचाह तथा अन्य ब्यवस्था कसरी गर्नु पर्दछ ?

समयानुसार गोडमेल र चिस्यानको ब्यवस्था मिलाई राख्नु पर्दछ। चिस्यानको लागि मल्चिङ्ग गर्नु पर्दछ। तुषारोबाट बचाउन अस्थायी छहारी पनि दिनु पर्दछ ।
स्रोत:- सामाजिक संजाल

21/04/2026

देउडा सुदूरपश्चिमको पहिचान र संस्कृति 💐💐💐🤗🇳🇵🙏🕉️🎬️🔉

प्याज (Onion) को गानो ठूलो बनाउन भाच्नु (टुप्पो काट्नु) पर्छ भन्ने कुरा धेरै ठाउँमा सुन्न पाइन्छ, तर कृषि प्रविधि अनुसार...
21/04/2026

प्याज (Onion) को गानो ठूलो बनाउन भाच्नु (टुप्पो काट्नु) पर्छ भन्ने कुरा धेरै ठाउँमा सुन्न पाइन्छ, तर कृषि प्रविधि अनुसार यो गलत अभ्यास हो।
❌ प्याज भाच्दा के हुन्छ ?
पात (leaf) नै प्याजको खाना बनाउने कारखाना हो (photosynthesis)
भाच्दा खाना उत्पादन घट्छ → गानो सानो हुन्छ
घाउबाट रोग (fungus/bacteria) छिर्न सक्छ
उत्पादन घट्ने सम्भावना बढी हुन्छ
त्यसैले भाच्नु = फाइदा होइन, उल्टै नोक्सान
कृषि अनुसार सही उपाय के हो ?
१. राम्रो बिरुवा र जात
राम्रो बीउ/सेट प्रयोग गर्नुपर्छ
२. दूरी मिलाएर रोप्ने
धेरै नजिक रोप्दा गानो सानो हुन्छ
करिब 10–15 cm दूरी राम्रो मानिन्छ
३. मल व्यवस्थापन
गोठे मल + NPK (नाइट्रोजन, फस्फोरस, पोटास) सन्तुलित प्रयोग
धेरै नाइट्रोजन भए पात मात्र बढ्छ, गानो सानो हुन्छ
४. सिँचाइ (पानी)
सुरुमा पानी चाहिन्छ
गानो बन्ने बेला पानी नियमित तर धेरै होइन
अन्तिममा (harvest भन्दा 10–15 दिन अघि) पानी रोक्ने
५. झारपात नियन्त्रण
झारले पोषण खाइदिन्छ → गानो सानो हुन्छ
निष्कर्ष
प्याज भाच्नु हुँदैन
राम्रो गानोको लागि पात जोगाउनु नै मुख्य कुरा हो

Address

Chaurpati Rural Municipality Marku-07, Achham Farwest Nepal Province No. 7
Achham
00977

Alerts

Be the first to know and let us send you an email when श्री शान्निकोट बज्रयोगिनी माई मन्दिर मार्कु अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share